Category Archives: useful tips

म्यासेन्जरमा खाता र मोबाइल नम्बर मागेको दुई मिनेटमा २ लाख गायब !

म्यासेन्जरमा खाता र मोबाइल नम्बर मागेको दुई मिनेटमा २ लाख गायब !

दाङमा एक व्यक्तिको बैंक खातामा राखेको रकम चोरी भएको छ। मंगलबार बिहान दंगीशरण गाउँपालिका– ५ मिरौली घर भई हाल तुलसीपुरमा व्यवसाय गर्दै आएका ज्ञानबहादुर चौधरीको खाताबाट दुई लाख २० हजार रुपैयाँ चोरी भएको हो।

मंगलबार बिहान फेसबुक एनआइसी एसिया बैंक नामबाट म्यासेन्जरमा म्यासेज आयो। उनले त्यसमा ‘रेस्पोन्स’ गरे।

उताबाट आफू एनआइसी एसिया बैंकको कर्मचारी भएको बताउने एक व्यक्तिले खातामा समस्या देखिएको कुरा बताए। खाता बनाउनका लागि भन्दै खाता नम्बर र मोबाइल नम्बर मागे।

म्यासेजमा उनले बैंकको नाम र लोगो भएकोले चौधरीलाई ती व्यक्तिमाथि विश्वास लाग्यो। उनले ती व्यक्तिलाई आफ्नो खाता नम्बर तथा मोबाइल नम्बर दिए। मोबाइलमा फोन पनि आएपछि उनले झनै विश्वास गरे । ‘पहिले पनि खातामा समस्या आएमा बैंकबाट फोन आउँथ्यो’, उनले भने, ‘अहिले पनि त्यही होला भनेर पठाएँ।’

मोबाइल नम्बर र खाता दिएपछि केही समयमा मोबाइलमा ओटिपी कोड आयो। चौधरीलाई ओटिपी कोर्ड आफूभन्दा अरूलाई थाहा दिनुहुँदैन भन्ने थाहा थियो, तैपनि कर्मचारी नै हुँ भन्दै मागेपछि उनले त्यो कोर्ड दिए।

‘दुईपटकसम्म त कोड पनि दिइनँ, त्यो कोर्डको म्याद दुई मिनेटसम्म हुँदोरहेछ, त्यसपछि उताबाट फोन आयो, कर्मचारी भनेपछि विश्वास लाग्यो,’ उनले भने, ‘त्यसपछि दिएँ।’
उनले त्यो ओटिपी कोर्ड दिएको केही समयपछि दुई लाख २० हजार रुपैयाँ खाताबाट अन्तै पठाएको भन्ने म्यासेज आयो। त्यसपछि उनलाई त्यो खाताको रकम चोरी भएको भन्ने लाग्यो र खाता भएको एनआइसी एसिया बैंकमा खबर गरे।

त्यहाँ जाँदा उनको खताबाट सीधै सिटिजन बैंकमा पठायो । त्यहाँबाट एभरेस्ट, मेघा बैंकमा पठाइसकेको पाइयो। त्यसपछि चौधरीलाई सीधै प्रहरी कार्यालयमा सम्पर्क भनेपछि उनी प्रहरी कार्यालयमा पुगे।

कुन खातामा पठाएको, कुन व्यक्तिको खातामा पठाएको भन्ने प्रस्ट थाहा भएकाले त्यहीअनुसार कदम अगाडि बढाइएको चौधरीले बताए।

उनका अनुसार चोरी गर्ने व्यक्तिको खाता कोहलपुर शाखामा रहेको बुझिएको छ । एनआइसी एसिया बैंकका प्रमुख राजीव वलीले भने कुनै पनि व्यक्तिले ओटिपी (वान टाइम पासवर्ड) नम्बर कसैलाई पनि दिन नहुने बताए।

खाता ह्याक गर्ने गिरोह सक्रिय भएको अवस्थामा फेसबुक, म्यासेन्जरलगायत अन्य कुनै पनि माध्यमबाट मागे पनि बैंक, खाता, मोबाइल नम्बर, ओटिपी कोर्डजस्ता बैंकका विवरणहरू कसैलाई पनि नदिन उनले अनुरोध गरे।

बिहानीको यस्तो रुटिनले बनाउँछ स्वस्थ र स्मार्ट

बिहानीको यस्तो रुटिनले बनाउँछ स्वस्थ र स्मार्ट

दिनको सुरुवात बिहानीबाट हुन्छ । त्यसैले बिहानको समयलाई राम्रो र आरामदायक बनाउन सके दिन उसै राम्रो हुन्छ । केही मानिसहरू बिहान उठ्नासाथ तनावमा आउँछन् । यसो गर्दा हाम्रो दिन तनावमै बित्छ । यदि तपाईंले दैनिक रूपमा बिहानै एउटा रुटिन फलो गर्नुभयो भने तपाईंको पूरै दिन खुसीले गुज्रनेछ । राम्रा स्वभावले तपाईंको मानसिक स्वास्थ्य सुधार्छ । त्यस्तै, बिहान चाँडै उठ्दा तपाईंको शरीर दिनभर ऊर्जावान् हुन्छ । हामी आज त्यस्ता केही बानीबारे बताउनेछौँ, जसलाई तपाईंले बिहान फलो गर्न जरुरी छ ।

बेडसिट मिलाउनुस् :

तपाईंले उठ्नासाथ आफ्नो सिरक–डस्नालाई मिलाउन जरुरी छ । स्टेट अफ माइन्ड ठीक भएका मानिसले कोठालाई पनि मिलाएर चिटिक्क राखेका हुन्छन् । कोठा सफा राख्दा सकारात्मक सोच वृद्धि हुन्छ र कहीँ न कहीँ जीवनमा यसको प्रभाव पर्छ ।

पानी पिउनुस् :

उठ्नासाथ एक वा दुई गिलास मनतातो पानी पिउनुपर्छ । मानिसहरू घटघटी धेरै पानी पिउँछन् । हतारोमा पानी पिउँदा त्यो चाँडै विनियोजन हुने गर्छ र शरीर हाइड्रेट हुन पाउँदैन । त्यसैले तपाईंले आरामसाथ बसेर पानी पिउनुपर्छ । एक गिलास पानी पिउनका लागि कम्तीमा १० मिनेट समय लगाउनु राम्रो हुन्छ । तपाईंको शरीर र दिमाग हाइड्रेट हुन्छ र ऊर्जाशील रहन्छ ।

व्यायाम :

बिहानै व्यायाम गर्दा तपाईंको शरीर तन्किन्छ र दिमाग पनि तेजसँग चल्न थाल्छ । गर्मीको समयमा बिहानै मर्निङवाकमा जानु राम्रो हुन्छ । तर, अहिलेको मौसममा चिसो धेरै जमेको हुनाले हल्का घाम नलागी हिँड्न थाल्नुहुँदैन । कोठाभित्रै कुनै व्यायाम सकिन्छ । तपाईंले डान्स पनि गर्न सक्नुहुन्छ । यसले पनि मुड फ्रेस गराउँछ । व्यायाम सकेपछि केही आराम गर्नुहोस् ।

यस्तो खानपान :

बिहानको समय तपाईंले सलाद, दूध, जुस वा फलफूल लिन सक्नुहुन्छ । यससँगै ठिक्क मात्रामा जौको सातु, चनाको सातु, बदामलगायत पनि खान सक्नुहुन्छ । यसमा पर्याप्त मात्रामा पोषण पाइन्छ । अर्को कुरा, तपाईंले बेलुकी धेरै ढिला खाना खानुहुँदैन ।

झन्डै १२ घन्टा पेट खाली रह्यो भने त्यस अवधिमा शरीरले टक्सिनहरू आफैँ फाल्न सक्छ । त्यसैले बेलुकी अबेर खाने र बिहानै खाने बानी राम्रो होइन । बेलुकी ७ बजे भोजन लिनुभएको छ भने बिहान ७ वा ८ बजे खाँदा शरीरको अटोफेजी एक्टिभ हुन्छ र टक्सिनहरू हट्छ । यसरी सन्तुलित रूपमा खानाले तपाईंको मोटोपन घट्छ, मस्तिष्क ऊर्जाशील बन्छ । सुन्तला, केरालगायत फरक–फरक खाले सिजनल फल रोज्नुस् ।

किनकि, फरक फलमा फरक किसिमका पोषण पाइन्छ र शरीरलाई राम्रो गर्छ ।
लन्च लिनुअघि काँचो तरकारी खान नबिर्सनुस् । मुला, गाँजरलगायत सलादले तपाईंको पाचन प्रणालीलाई बलियो बनाउँछ ।

डायरीमा लेख्नुस् :

राति सुत्नुअघि दिनभर के–के गरियो र भोलि के गर्ने भनेर योजना बनाउनुपर्छ । त्यसलाई डायरीमा टिप्नुपर्छ, किनकि हाम्रो मेमोरीले कहिलेकाहीँ बिर्सन्छ । बिहान उठेर आफ्नो डायरी एकपटक पढ्नुपर्छ र के गर्ने भनेर सोच्नुपर्छ । यसले आफ्ना योजनामा फोकस हुन सहयोग गर्छ ।

झुक्किएर पनि नगर्नुस् यी काम

इन्टरनेटको जमानामा युवादेखि वृद्धवृद्धासम्म मोबाइलमै झुम्मिरहेका हुन्छन् । एकातर्फ, मोबाइलको टावरबाट आउने इलेक्ट्रो म्याग्नेटिक फिल्ड रेडिएसनले स्वास्थ्यमा असर पुर्‍याइरहेको हुन्छ । अर्कोतर्फ, सोसल साइटमा आइरहेका विभिन्न समाचारले पनि अवचेतन मनमा असर गरिरहेको हुन्छ । त्यहाँ कसैको मृत्यु भएको वा कोही घाइते भएको अप्रिय समाचार आइरहेको हुन सक्छ, जसले तपाईंमा नकारात्मक भाव जन्माउँछ । तपाईं नेगेटिभ इनर्जीबाट बच्न जरुरी छ ।

चकलेटदेखि पकाएको हड्डीसम्म : कुकुरका लागि विषाक्त हुन्छन् यी खानेकुरा

चकलेटदेखि पकाएको हड्डीसम्म : कुकुरका लागि विषाक्त हुन्छन् यी खानेकुरा

हाम्रा बालबालिकालाई चकलेट मनपर्छ । उनीहरुले मीठो मान्ने चकलेट पशुपंक्षीलाई पनि मीठो लाग्न सक्छ भन्ने लाग्छ । तर चकलेट उनीहरुका लागि विषसमान हुन्छ । खासगरी कुकुरका लागि ।

अहिले घरघरमा कुकुर पाल्ने चलन बढेको छ । कुकुर पाले पनि त्यसलाई कसरी स्याहारसुसार गर्ने, कस्तो खानपान गराउने भन्ने कुरामा धेरैजसो अनभिज्ञ छन् । त्यसैले उनीहरु आफूलाई जे स्वाद लाग्छ, त्यही कुरा आफ्ना कुकुरलाई खुवाउने गर्छन् ।

तर मान्छेलाई मीठो लाग्ने धेरैजसो खानेकुरा कुकुरका लागि विषालु हुन्छ । घरपालुवाको मात्र कुरा होइन, सडकका कुकुरलाई पनि त्यस्ता खानेकुरा सम्भव भएसम्म दिनुहुँदैन । हुन त सडक कुकुरको कुरा गर्दा खानै नपाएका स्थिति धेरै छ । फोहोरमा उँधिनेर खानेकुरा खोज्नुपर्ने उनीहरुको बाध्यता छ । यस्तो स्थितिमा सडक कुकुरलाई यो दिनुहुन्छ, यो दिनुहुन्न भन्ने कुरा कतिका लागि हास्यास्पद पनि लाग्न सक्छ ।

तर यस्ता मनकारी पनि यहाँ धेरै छन् जो सडक कुकुरका पनि खानेकुरा बचाएर राख्ने गर्छन् । उनीहरुले के कुरामा चाहिं ध्यान दिनुपर्छ भने हामीले खाइरहेका कतिपय खानेकुरा कुकुरले पचाउन सक्दैनन् । त्यस्ता खानपानले उनीहरु रोगी हुन्छ ।

जस्तो हामीलाई मसालेदार खानेकुरा स्वाद लाग्छ । मासु, तरकारी तारेको वा मसला मिसाएको मनपर्छ । यस्तो खानेकुरा कुकुरलाई विष बराबर हुन्छ ।

पाकेको हड्डी

कतिपयले हेयभावले कुकुरलाई गाली गर्दा ‘हड्डीमा लुछाचुँडी गर्ने जात’ पनि भन्ने गर्छन् । त्यसैले मान्छेलाई के लाग्छ भने कुकुरका लागि हड्डी उपयुक्त खुराक हो ।

मान्छेले मासु खाँदा बाँकी रहेको हड्डी, छाला आदि कुकुरलाई दिने गर्छन् । यस्तो खानेकुरा कुकुरका लागि निकै हानिकारक हुन्छ ।

चिल्लो तथा घिउ

घिउ पोषिलो र स्वादिलो खानेकुरा हो । खानामा थोरै घिउ मिसाएपछि स्वाद दोब्बर हुन्छ । तर यस्तो स्वाद मान्छेका लागि हो कुकुरका लागि भने घिउ राम्रो मानिंदैन । बोसो, तारेको वा भुटेको, घिउ मिसाएको खानेकुरा कुकुरका लागि एकदमै हानिकारक हुन्छ ।

अंगुर–सुन्तला

फलफूल मान्छेका लागि स्वस्थ्यवद्र्धक मानिन्छ । स्वस्थ जीवनका लागि फलफूल खानु अनिवार्य नै हो भनिन्छ । तर कुकुरलाई धेरैजसो फलफूल विषसमान हुन्छ । अंगुर त कुकुरलाई दिनै हुन्न । यसैगरी मौसमी सुन्तला, एभोकार्डो पनि कुकुरलाई हानि गर्ने फलफूल हुन् । कुकुरलाई स्याउ, खर्बुजा मात्र उचित हुन्छ ।

चकलेट

मान्छेले माया गरेर कुकुरलाई चकलेट दिने गर्छन् । चकलेट हामीलाई मीठो लाग्छ तर कुकुरलाई होइन । कुकुरका लागि चकलेट विषालु खाना हो ।

जुठो भात

अक्सर मान्छेले कुकुरलाई जुठो भात दिने गर्छन् । तर मान्छेले आफ्नो स्वादअनुसार मसालेदार, चिल्लो, पीरो खानेकुरा खाएका हुन्छन् । यस्तो खानेकुरा बाँकी रहेपछि कुकुरलाई दिइने गरिन्छ, जो कुकुरका लागि हानिकारक हुन्छ ।

कस्तो खानेकुरा दिने ?

कुकुरको लागि मासु नै राम्रो खुराक हो । ताजा मासु उसिनेर दिनु राम्रो हुन्छ । त्यसैगरी उसिनेको अण्डा, सिमी, फर्सी, साग लगायत उपयुक्त हुन्छ । कुकुरलाई नुन, तेल दिनु हुन्न । यद्यपि स्वादका लागि एक चिम्टी नुन दिएमा त्यस्तो हानि गर्दैन ।

कुकुरलाई दिइने खानेकुरा उसिनेको हुनुपर्छ । तारेको, पोलेको खानेकुरा राम्रो मानिंदैन । मान्छेलाई जस्तो कुकुरलाई पनि सन्तुलन मिलाएर खुवाउनुपर्छ । सम्भव भएसम्म बिहान र साँझको छाक फरक-फरक खाना दिनु राम्रो हुन्छ ।

जवानी फर्काउने यी फल र जडीबुटी

जवानी फर्काउने यी फल र जडीबुटी

आयुर्वेदको विकासको प्रारम्भिककालमा एक अद्भुत वैद्य (चिकित्सक) थिए अश्विनी कुमार । उनले एक यस्तो ओखती तयार गरे, जसको सेवनबाट ‘च्यवन’ नामक ऋषिको जवानी फर्किएको कथन छ । भनिन्छ, महर्षि च्यवन त्यसबेला एकदमै पाको भइसकेका थिए ।

अश्विनीकुमारले तयार गरेको उक्त ओखतीको मुख्य घटक थियो अमला । प्रकृतिको यो भण्डारमा अमलालगायत यस्ता केही जडीबुटी छन्, जसले बुढ्यौलीको गति धीमा बनाउने क्षमता राख्छ । मान्छेलाई जवान राख्न मद्दत गर्छ ।

यतिबेला अमलाको मौसम छ । आयुर्वेदमा अमलाको खास महत्व छ । आयुर्वेदले अमलालाई एउटा रसायन भनेर वर्णन गरेको छ । ताजा अमलामा भिटामिन सी प्रचूर मात्रामा हुन्छ । यसैकारण अमला औषधीय गुणले भरिपूर्ण फल मानिन्छ, जसले थुप्रै रोगबाट शरीरलाई बचाउने क्षमता राख्छ ।

अमलामा भिटामिन सी, ट्यानिन्स, पोलिपेनोल, फाइबर, खनिज, प्रोटिन, एमिनो एसिड र भरपुर एन्टी अक्सिडेन्ट पाइन्छन् । खासगरी एन्टी अक्सिडेन्ट त्यही पोषक तत्व हो, जसले फ्रि रेडिकल्ससँग लड्न मद्दत गर्छ । फ्रि रेडिकल्सले शरीरका कोषहरुलाई नष्ट गर्छ । अमलामा पाइने पोषक तत्वले छालालाई पनि जवान राख्छ । यसैले अमलालाई एकदमै प्रभावकारी ओखती मानिन्छ, जसले प्राकृतिक रुपमै बुढ्यौली रोक्ने क्षमता राख्छ ।

एन्टी अक्सिडेन्टको खास विशेषता के पनि भने यसले बुढ्यौली हुने प्रक्रियालाई धीमा बनाइदिन्छ ।

अमला भिटामिन सीको ठूलो स्रोत हो । यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यसबाहेक अमलाले मधुमेह, मूत्ररोग, रक्तश्राव आदि रोक्ने काम गर्छ ।

अमला जस्तै अर्को प्रभावकारी जडिबुटी हो, यार्सागुम्बा । यो वनस्पति र जीवनको अद्भूत संयोजन मानिन्छ । वनस्पतिविद्हरुका अनुसार यो ६ महिना कीरा र ६ महिना वनस्पति भएर रहन्छ । यसलाई कामोत्तेजक र स्मरण शक्तिवद्र्धक ओखतीको रुपमा प्रयोग गरिएको विभिन्न अध्ययनमा उल्लेख छ ।

यार्सागुम्बा पनि एन्टी अक्सिडेन्टको भण्डार हो । यही गुणका कारण यार्सागुम्बाले शरीरलाई जवान राखिरहन सहयोग गर्छ । खासगरी यार्सागुम्बालाई यौन शक्तिवद्र्धक र सर्वगुण सम्पन्न टनिकको रुपमा लिइन्छ ।

यार्सागुम्बाले वीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ राख्न अण्डा र अन्डाशयको खराबी कम गर्छ । यार्सागुम्बालाई सामान्यतः कमजोरी, थकान र उमेरसँग जोडिएको नपुंसकता भएको अवस्थामा खानका लागि सिफारिस गरिन्छ । यसले अक्सिडेटिभ तवनालाई रोकेर आयु लम्बाउने काम गर्छ पनि भनिएको छ ।

त्यसो त खोकी, दम, क्षयरोग, अनिद्राको समस्यामा पनि यार्सागुम्बाको सेवन उपयोगी हुने बताइन्छ । स्नायुसम्बन्धी रोग, अनिद्रा, मांसपेशीको दुखाइ, श्वासप्रश्वास सम्बन्धी समस्या कम गर्न पनि यार्सागुम्बा सेवन गर्न सकिन्छ ।

शिलाजीत हिमालय क्षेत्रमा पाइने एकदमै अमूल्य र दुर्लभ वस्तु हो । यो धेरै औषधीय वनस्पतिहरुको विघटनपछि तयार हुन्छ । शिलाजीत वास्तवमा खनिज पिच हो, जुन हिमालयमा अवस्थित चट्टानहरुबाट निस्केको ह्युमस र कुहिएको बिरुवाको अवेशषबाट बन्छ ।

पुरातन आयुर्वेदिक शास्त्रमा जेठ र असार महिनामा सूर्यको प्रत्यक्ष किरणले पहाडका तहहरु पग्लिएर शिलाजीत भनिने (र्‍याल जस्तो अर्थ ठोस) तरल पदार्थ निस्किने उल्लेख छ ।

यो प्रकृतिको अद्भूत उत्पादन हो, जसले शरीरका तन्तुहरुको मर्मत र पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्छ । यसमा भएको शक्तिशाली एन्टी अक्सिडेन्टले कोषिय क्षतिबाट जोगाउँछ । साथै छालाको तन्तुमा देखिने बुढ्यौली संकेतलाई पनि कम गर्छ । यसमा पाइने फुलभिक एसिडको उपस्थितिले शरीरलाई फ्रि रेडिकल क्षतिबाट जोगाउँछ । साथै एन्टी अक्सिडेन्ट प्रशस्त पाइने भएकाले हड्डीमा क्याल्सियम सन्तुलित राख्छ ।

अश्वगन्धालाई आयुर्वेदमा महत्वपूर्ण मानिन्छ । यसको जराबाट घोडाको गन्ध आउने भएकाले नै यसलाई अश्वगन्ध भनिएको हो । अश्वगन्धले शरीरमा क्षय भएका धातुहरु (रस, रक्त र मासु) आदिलाई वृद्धि गरी वृद्धावस्थामा पुनः जवान राख्न सहयोग गर्छ । अश्वगन्धका अनगिन्ती फाइदा छन् । तर जथाभावी खाँदा त्यसले अरु स्वास्थ्य समस्या निम्त्याउँछ ।

अश्वगन्धले यौन क्षमता बढाउने, स्नायुहरुलाई पोषण प्रदान गर्ने र यसका प्रक्रियालाई सुचारु राख्ने काम गर्छ । चिन्ता, नैराश्यता कम गर्न पनि यो निकै उपयोगी हुन्छ । अश्वगन्धले यौन र वीर्य दुर्बलता र नपुंसकता हटाउन सहयोग गर्छ ।

टेलोमेर छिटो बुढ्यौली हुनसँग सम्बन्धित छ । विभिन्न अध्ययन अनुसन्धान अनुसार अश्वगन्धाले टेलोमेर संरचनाको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

(आयुर्वेद चिकित्सक डा. सृष्टि श्रेष्ठ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ललितपुरकी कार्यालय प्रमुख समेत हुन् ।)

हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबरमुटुको रोग र क्यान्सरको जोखिम

हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबर
मुटुको रोग र क्यान्सरको जोखिम

रात्रीकालिन रेष्टुरेन्टहरुमा नजर डुलाउनुहोस्, हुक्काको धुँवाले कुइरीमण्डल देखिन्छ । खासगरी तन्नेरी जमात हुक्काको धुँवामा मस्त देखिन्छन् ।

हुक्काको यो लहडले धेरैलाई धुँवाको अम्मली बनाउँदै लगेको छ । किनभने हुक्का तान्नुलाई ग्लानी होइन, गर्व गर्ने जमात बढी छ ।

हुक्काप्रतिको यही आशक्तिले होला, शहरका रेष्टुरेन्टहरुमा हुक्का अनिवार्य जस्तै भइसकेको छ । जहाँ जहाँ बार छन्, त्यहाँ हुक्का पक्का छ । र, जहाँ जहाँ हुक्का छ त्यहाँ तन्नेरीहरु झुम्मिएका छन् । सोझै भनौं, हुक्का फेसन भएको छ ।

कहिल्यै ओंठमा चुरोट नच्यापेकाहरु पनि हुक्का तान्न तम्सिन्छन् । त्यसैले त किशोर-किशोरीदेखि चुरोटमा स्वादै नभिजेकाहरु पनि हुक्का तान्न हौसिएका छन् । जगजाहेर छ, चुरोटका अम्मलीहरु क्यान्सरको उच्च जोखिम बर्गमा पर्छन् । जबकि हुक्का चुरोट भन्दा सैयौं गुण घातक रहेको चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा हुक्कालाई पनि समेटेको छ, जो स्वास्थ्यका लागि अति हानिकारक भनिएको छ ।

हुक्का सेवन चुरोट भन्दा पनि बढी हानिकारक भएको वरिष्ठ छाती रोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् । ‘हुक्कामा निकोटिन, धातुको कण, कार्बनमोनोअक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्छ’ डा. पंगेनी भन्छन्, ‘चुरोट सेवन गर्दा हाम्रो शरीर भित्र जति धुँवा प्रवेश गर्छ त्यो भन्दा बढी धुँवा हुक्का सेवन गर्दा प्रवेश गर्छ ।’

सुर्तीजन्य हुक्का प्रयोग गरेको छ भने चुरोटको धुँवा र हुक्काको धुँवामा केही फरक हुँदैन । विभिन्न फ्लेवर हुक्का सेवन गरेको छ भने पनि त्यसमा प्रयोग हुने कोइला र प्लेवरमा भएको रसायनले स्वास्थ्यमा एकदमै नकारात्मक असर गर्छ । सुर्तीजन्य हुक्का तथा फ्लेवर हुक्कामा निकोटिनको परिमाण तलमाथि हुन सक्छ । तर, त्यसमा पाइने रसायनहरूको मात्रा र त्यसले स्वास्थ्यमा गर्ने असर उत्तिकै हुने पंगेनीले बताए ।

चुरोट भन्दा सय गुण हानि

धूम्रपान गर्दा त्यसबाट जति पनि हानिकारक रसायनहरू निस्कन्छ त्यो भन्दा धेरै गुणा बढी रसायन हुक्कामा प्रयोग हुने सुर्तीजन्य पदार्थहरूबाट निस्कन्छ । चुरोट भन्दा हुक्काबाट सय गुण बढी धुँवा, रसायन र निकोटिन निस्कने पंगेनी बताउँछन् । ‘सुर्तीजन्य पदार्थ प्रयोग हुने हुक्काबाट निस्कने धुँवाले स्वास्थ्यमा विभिन्न नकारात्मक असर पार्छ’ पंगेनी भन्छन्, ‘एउटा चुरोट पिउँदा आधा लिटर धुँवा फोक्सोमा पुग्छ भने एउटा हुक्का पिउँदा ९० लिटर भन्दा बढी धुवाँ प्रवेश गर्छ । यसको थोरै प्रतिशत धुवाँ हाम्रो श्वास प्रश्वास प्रणालीमा टाँसियो वा रगतमा मिसियो भने शरीरको धेरै अंगमा असर गर्छ ।’

गाउँघरमा तम्बाकु प्रयोग गरिएको हुन्छ भने अहिले शहरी क्षेत्रमा प्रचलित हुक्कामा विभिन्न फ्लेवर मिसाइन्छ । त्यस्तै हुक्कामा जुन कोइला बालिन्छ त्यसबाट कार्बनमोनोअक्साइड भन्ने हानिकारक ग्यास निस्कन्छ । हुक्काबाट नसक्ने तापक्रम आफैले पनि हाम्रो श्वास प्रश्वास प्रणालीलाई प्रत्यक्ष असर गर्ने पंगेनीले बताए । ‘त्यसले हाम्रो श्वास नलीलाई सुख्खा बनाउने र खुम्चाउँछ । दमको समस्या बढाउने , घ्याँरघ्याँर हुने र खोकी लाग्ने लगायतका समस्याहरू देखा पर्न सक्छ ।’

डा. पंगेनीका अनुसार फ्लेवरयुक्त हुक्का बाल्नको लागि कोइलाको प्रयोग हुन्छ, जसबाट कार्बनमोनोअक्साइड त निस्कने नै भयो । प्लेवरहरूमा पनि विभिन्न प्रकारका रसायनहरू प्रयोग भएको हुन्छ । त्यसैले फ्लेवर हुक्काले पनि स्वास्थ्यमा नकारात्मक असर गर्छ । सुर्तीजन्य हुक्काको तुलनामा अलि कम असर गर्ने हो असर नै नगर्ने भने होइन ।

मुटुको रोग र क्यान्सरको जोखिम

हुक्काको तातो, कोइला र निकोटिनले मुखको, आमाशयको र पिसाब थैलीमा समेत क्यान्सर भएको पाइएको छ । यसले सबैभन्दा बढी असर गर्ने त फोक्सोमा नै हो । फोक्सोमा घ्यारघ्यार हुने, दीर्घ खोकी लाग्ने, दम निम्ताउने तथा बढाउने र पछि गएर फोक्सोको क्यान्सर हुने समेत हुने पंगेनीले बताए ।

‘अत्यधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै पाठेघरको क्यान्सर र मुटु सम्बन्धी रोग गराउँछ ।’

हुक्का सेवन गरिरहने व्यक्तिहरूलाई निमोनिया हुने जोखिम पनि बढी हुने उनले बताए । ‘धेरै हुक्का सेवन गर्ने व्यक्तिमा दमको जोखिम बढ्नुको साथै पछि गएर फोक्सो नै सुक्दै जाने र फोक्सोको क्यान्सर हुने सम्भावना हुन्छ ।’

‘शरीरमा अक्सिजनलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने प्रणालीलाई कोइलाबाट निस्कने कार्बनमोनोअक्साइडले कमजोर बनाउँछ । शरीरमा अक्सिजनको मात्रा नै घटाउँछ ।’ पंगेनी भन्छन् ‘हुक्कामा भएका साना साना धातुको कणले मूत्र नलीको क्यान्सर र अन्य क्यान्सर हुने सम्भावना बढाउँछ ।’

गर्भवती महिलाहरूले हुक्कको सेवन गरेकी छिन् वा हुक्का पिउने व्यक्तिको नजिक बसेकी छन् भने त्यसले उनको बच्चामा असर पर्छ । त्यो गर्भवती महिलाबाट जन्मने बच्चाको तौल कम हुने र पछि गएर बच्चामा पनि श्वास प्रश्वास सम्बन्धी समस्या देखा पर्ने जोखिम हुने उनी बताउँछन् ।

एउटा व्यक्तिले प्रयोग गरेको हुक्काको पाइप अर्कोको प्रयोग गर्दा भाइरल इन्फेक्सन र टिबी सर्ने सम्भावना पनि हुने पंगेनीले बताए ।

के तपाईँलाई थाहा छ, पसलमा बिक्री गर्न राखिएको घडीमा सधैँ किन १०ः१० बजेको हुन्छ ?

के तपाईँलाई थाहा छ, पसलमा बिक्री गर्न राखिएको घडीमा सधैँ किन १०ः१० बजेको हुन्छ ?

के तपाईँलाई थाहा छ, पसलमा बिक्री गर्न राखिएको घडीमा सधैँ किन १०ः१० बजेको हुन्छ ?

तपाईँले कतै घडी पसलमा घडी किन्न गएको बेला होस् वा अन्य कुनै विज्ञापन देख्दा नै किन नहोस्, जहाँ पनि घडीको समय १० बजेर १० मिनेटमा सेट गरेको देख्नु भएकै होला । घडी बिक्री हुने विभिन्न ठाउँमा घडीको समय एउटै अर्थात १० बजेर १० मिनेट राखेको देख्दा किन भन्ने जिज्ञासा मनमा लागेको हुनसक्छ ।

यदि तपाईँले अहिलेसम्म यो कुरा ख्याल गर्नुभएको छैन भने कुनै पनि घडीको विज्ञापन हेर्नुभयो भने त्यहाँ १० बजेर १० मिनेटको समय नै देख्नु हुनेछ । आज हामी तपाईँलाई प्रायः घडीमा किन उही समय राखेर विज्ञापन गरिएको हुन्छ भन्ने बारेमा बताउँदै छौँ ।

बिक्रेताले किन घडीमा सधैँ १० बजेर १० मिनेटको समय राखेका हुन्छन् भन्ने विषयमा धेरै भ्रामक कुराहरू पनि फैलिएका छन् । सुरुमा बिक्री गर्न घडीको समय १० बजेर १० मिनेट राख्नु पछाडिका केही भ्रामक कुराहरूबारे चर्चा गरौँ ।

१० बजे १० मिनेट एउटा त्यस्तो समय थियो, जुन समयमा अब्राहम लिंकन, जोन फिट्जेरल्ड केनडी, मार्टिन लुथर किङ्ग जुनियरलाई गोली हानी हत्या गरिएको थियो भन्ने गरिन्छ । तर यो भ्रम मात्र हो । वास्तवमा अब्राहम लिङ्कनलाई रातको १० बजेर १५ मिनेटमा गोली हानिएको थियो ।

गोली लागेको करिब नौ घण्टापछि बिहान ७ बजेर २२ मिनेट जाँदा उनको मृत्यु भएको थियो । त्यस्तै अमेरिकाका ३५ औं राष्ट्रपति जोन फिट्जेरल्ड केनडीलाई दिउसोको १२ बजेर ३० मिनेटमा गोली लागेको थियो ।

उनको मृत्यु गोली लागेको आधा घण्टापछि भएको थियो । त्यस्तै अर्का व्यक्ति मार्टिन लुथर किङ्गलाई साँझ ६ बजेर एक मिनेट जाँदा गोली लागेको थियो । गोली लागेको एक घण्टा पछि अर्थात् सात बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको थियो । यसरी उनीहरूको वास्तविक गोली लागेको र मृत्यु भएको समय हेर्दा त्यो भ्रम मात्र हो भन्ने प्रष्ट हुन्छ ।

त्यस्तै घडीमा डिफल्ट टाइम १० बजेर १० मिनेट राख्नुका पछाडि एक अर्को भ्रम प्रचलित छ । दोस्रो विश्व युद्धको बेला हिरोसिमा र नागासाकीमा आणविक बम बिस्फोट हुँदा १० बजेर १० मिनेट गएकाले त्यसैको सम्झनामा स्वरूप घडीमा १० बजेर १० मिनेटको समय राखिएको भ्रम छ ।

वास्तवमा नागासाकीमा ‘फ्याट म्यान’ नामक आणविक बम बिस्फोट हुँदा त्यहाँ बिहानको ११ बजेर दुई मिनेट गएको थियो । त्यस्तै हिरोसिमामा ‘लिटल ब्याई’ नामक आणविक बम स्थानीय समय अनुसार बिहान ८ बजेर १५ मिनेटमा बिस्फोट गराइएको थियो । त्यसबाट यो कुरा प्रस्ट हुन्छ कि उल्लेखित दुई कुरा भ्रम बाहेक केही होइनन् ।

त्यसोभए घडीको डिफल्ट टाइम १० बजेर १० मिनेट राख्नुको वास्तविकता के हो त ? प्रायः धेरै कम्पनीले आफ्नो लोगो घडीको १२ अङ्कको ठीक तल राखेका हुन्छन् । घडीमा १० बजेर १० मिनेटको समय राख्दा कम्पनीको लोगो ठीक बीचमा पर्छ । जसले गर्दा मानिसहरूको नजरमा कम्पनीको लोगो पर्छ ।

त्यही लोगो मानिसहरूको नजरमा पर्दा उनीहरू त्यसतर्फ आकर्षित भएर घडी खरिद गर्छन् । एउटा यही मनोवैज्ञानिक कारणले गर्दा घडीको डिफल्ट टाइम १० बजेर १० मिनेट सेट गरिएको हुन्छ । त्यस्तै घडीमा मिति, बार वा अन्य कुरा ३, ९ वा ६ नम्बरको छेउमा राखिएको हुन्छ । मुख्य सुई १० बजेर १० मिनेट राख्दा ती चिजहरू प्रस्ट देखिन्छन् ।

प्रायः फोटोग्राफरले लोगो देखाउनका लागि १० बजेर १० मिनेट जाँदा फोटो खिच्ने गरेको भएपनि वैज्ञानिक कारण भने केही फरक रहेको छ । रियल क्लियर साइन्सले गरेको खोजमा के पत्ता लागेको छ बने १० बजेर १० मिनेटको सुई सेट गर्दा घडीमा स्माइलीको सिम्बोल निर्माण हुन्छ ।

जसले खरिद गर्ने खरिदकर्ताको मुड अन्य समय राखेको भन्दा उत्साहित बनाइदिन्छ । यही कुरा परीक्षण गर्न उनीहरूले घडीको समय ८ बजेर २० मिनेट सेट गरे । त्यसो गर्दा घडीमा दुःखी भएको सिम्बोल बन्छ ।

यसको प्रभाव केही ठाउँमा १० बजेर १० मिनेट राखिएको भन्दा ठीक विपरित पर्‍यो भने केही ठाउँमा खरिदकर्ताको भावनामा कुनै असर परेन । विभिन्न खोज तथा अनुसन्धानले विज्ञापनमा घडीको सुई १० बजेर १० मिनेट राख्नुका पछाडि यिनै दुई कारण भएको पत्ता लगाएका छन् ।

डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ?

डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ? 

डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ?

मोबाइल, कम्प्युटर तथा इन्टरनेटको प्रयोग बढेसँगै तपाईँ हामी दिनानुदिन नयाँ प्राविधिक शब्दसँग परिचित हुँदै गइरहेका छौँ । हिजो अपरिचित लागेका शब्दहरू आज हाम्रो दैनिकीको महत्त्वपूर्ण हिस्सा बनिसकेका हुन्छन् ।

तपाईँ हामीले इन्टरनेटमा विभिन्न कुराहरू खोजिरहँदा डटकम (.com) शब्दसँग थुप्रै पटक ठोक्किन पुगिरहेका हुन्छौँ । आज हामी तपाईँलाई डटकमसँग जोडिएका विभिन्न विषयको बारेमा जानकारी दिँदै छौँ ।

Continue reading डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ?