तपाईँले भूगोलका किताबहरूमा पृथ्वीमा रहेका धेरै महादेशहरूको बारेमा सुन्नु र पढ्नुभएको हुनुपर्छ। पुस्तकहरूमा पृथ्वीमा रहेका सात महाद्वीपहरू भनिएको छ। तर तपाईँलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यी सात महाद्वीप बाहेक पृथ्वीमा अर्को महाद्वीप छ। यस महाद्वीपलाई हराएको महाद्वीप भनिन्छ। यस महाद्वीपको नाम जिल्याण्डिया हो। यस महाद्वीपको अधिकांश भाग दक्षिण प्रशान्त महासागरमा डुबेको छ।
यो महाद्वीप करिब ३८०० फिटको गहिराइमा अवस्थित छ। वैज्ञानिकहरूले अझै पनि यसको रहस्य पत्ता लगाउन सकेका छैनन्। वैज्ञानिकहरूका अनुसार जिल्यान्डिया कुनै समय विशाल गोन्डवाना महाद्वीपको हिस्सा थियो र लगभग ७५० मिलियन वर्ष पहिले यसबाट अलग भएको थियो। यद्यपि यसको सानो भाग डुब्नबाट बचाइएको थियो, जुन अहिले पनि न्यूजील्याण्डमा छ। वैज्ञानिकहरूका अनुसार यो हराएको महाद्वीपको क्षेत्रफल करिब ४३ लाख वर्ग किलोमिटर हुने थियो ।
आईफोनको आगामी सिरिज आईफोन १६ मा अन्डर डिस्प्ले फेस आईडी उपलब्ध हुने भएको छ । डिस्पेलाई थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्यका साथ एप्पलले नयाँ प्रविधि भित्र्याउने तयारी गरेको हो ।
हाल बजारमा एप्पलकाे पछिल्लाे फ्ल्याशिप सिरिजका रुपमा आईफोन १४ सिरिज उपलब्ध छ । भने, आईफोन १५ सिरिजका स्मार्टफोनबारे पनि विभिन्न जानकारी बाहिरिने क्रम जारी छ । यसैबीच कोरियन सञ्चारमाध्यमले सन् २०२४ मा आउने एप्पलका उत्पादनमा अन्डर डिस्प्ले फेस आईडी अथेन्टिकेसन सिस्टम उपलब्ध हुने जानकारी सार्वजनिक गरेको हो ।
प्रशंसाभन्दा आलोचनाले हामीलाई किन धेरै समयसम्म सताइरहन्छ
हामी बच्चा हुँदा हामीलाई भनिन्थ्यो- लट्ठी र ढुङ्गाले हड्डी भाँचिन सक्छ तर शब्दले भने कहिल्यै दुख्दैन।
तर अनुभव बढ्दै जाँदा यो पुरानो लोकोक्ति सत्यताभन्दा धेरै टाढा छ भन्ने वयस्कहरूले बुझ्छन्- शरीरमा लागेको चोट त केही सातामा निको हुन्छ तर नकारात्मक टिप्पणीले भने जीवनभरका लागि पीडा छोडेर जान्छ।
चाहे विद्यालयमा शिक्षकले गर्ने आलोचना होस् हो प्रेमी वा साथीले चर्को विवादका बेला गर्ने निर्मम टिप्पणी त्यसलाई हामी सकारात्मक टिप्पणीभन्दा धेरै लामो समय सम्झने गर्छौँ। त्यसलाई नेगेटिभिटी बायस अर्थात् नकारात्मक रूपमा राखिने पूर्वाग्रह भनिन्छ।
खासमा, जटिल असरहरू यही पूर्वाग्रहमार्फत् व्याख्या गर्न सकिन्छ जुन भनेको सकारात्मक भावनाभन्दा नकारात्मक भावनाले हामीलाई बढी सशक्त रूपमा असर गर्छ।
मोबाइल, कम्प्युटर तथा इन्टरनेटको प्रयोग बढेसँगै तपाईँ हामी दिनानुदिन नयाँ प्राविधिक शब्दसँग परिचित हुँदै गइरहेका छौँ । हिजो अपरिचित लागेका शब्दहरू आज हाम्रो दैनिकीको महत्त्वपूर्ण हिस्सा बनिसकेका हुन्छन् ।
तपाईँ हामीले इन्टरनेटमा विभिन्न कुराहरू खोजिरहँदा डटकम (.com) शब्दसँग थुप्रै पटक ठोक्किन पुगिरहेका हुन्छौँ । आज हामी तपाईँलाई डटकमसँग जोडिएका विभिन्न विषयको बारेमा जानकारी दिँदै छौँ ।
जाडोयाममा उत्पादन हुने सखरखण्ड कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, पोटासियम, फस्फोरसको राम्रो स्रोत भएको पोषणविद् डा. भुपाल बानियाँ बताउँछन् ।
‘सखरखण्डमा पाइने यी सबै पोषकतत्त्व शरीरको लागि फाइदाजनक छन्,’ उनी भन्छन् । सखरखण्डमा कार्बोहाइड्रेट हुने हुनाले यो शक्तिबर्द्धक हुन्छ भने यसमा पाइने फाइबरले कब्जियतको समस्या पनि कम गर्छ । रक्तचाप नियन्त्रण गर्न भूमिका खेल्ने सखरखण्डले पाचनप्रक्रियालाई समेत बलियो बनाउने बानियाँ बताउँछन् ।
अक्सर पुरुष सुगठिन ज्यान बनाउन जिम धाउँछन् । तर, महिला ?
फिटनेस सेन्टरका प्रशिक्षक विक्रम बिष्ट भन्छन्, ‘महिलाहरु आफ्नो बढेको तौललाई नियन्त्रण गर्न, शरीरलाई आकर्षक र राम्रो आकार दिन, हिप्स बढाउन, ब्रेस्ट टाइट गराउन र घरमा व्यायाम गर्ने वातावरण नहुँदा जिम सेन्टरमा कुनै अवरोध विना व्यायाम गर्न सकिने भएकाले महिला तथा किशोरीहरु आउने गर्छन् ।’
यति मात्र नभएर दैनिक जिम गर्दा हड्डी मक्किने, ढाड दुख्ने, महिनावारी गडबडी, रक्तचापमा कमी, ढाड तथा गर्दन दुखाइ र नसासम्बन्धी समस्या समाधानका लागि फाइदा पुग्ने उनी बताउँछन् ।
काठमाडौं । कुनै कुरामा चित्त नबुझ्दा मानिसलाई रिस उठ्छ । रिस एक प्राकृतिक प्रतिक्रिया पनि हो जसले केही कुरा ठीक छैन भन्ने संकेत गर्छ । आफूले सोचेको जस्तो भएन भने वा अरूबाट आफूले चाहेजस्तो व्यवहार पाइएन भने कुनै पनि व्यक्तिलाई रिस उठ्छ ।
आफूमा भएको तनाव र समस्यालाई मानिसले कुनै न कुनै माध्यमबाट बाहिर निकालिरहेको हुन्छ । त्यसमध्ये एक रिस पनि हो । तर कोही व्यक्ति सानो-सानो कुरामा पनि धेरै रिसाउँछ भने स्वास्थ्यको लागि हानिकारक बन्न सकिन्छ ।
रिस उठ्नुमा बाह्य परिस्थिति र स्वभाव दुवै कारण हुने मनोविद् विनोद पौडेल बताउँछन् ।
गुगल क्रोम ब्राउजरबारे निकै काम लाग्ने १० ट्रिक्स र टिप्स
काठमाडौं । हामी धेरैजसोले इन्टरनेट ब्राउजरको रुपमा गुगल क्रोम नै प्रयोग गरिरहेका हुन्छौँ । निकै सरल, प्रयोगकर्तामैत्री तथा आवश्यकता अनुसारको डिजाइनका कारण गुगल क्रोम पहिलो रोजाइमा पर्ने गर्दछ । तथापि गुगल क्रोमभित्र केही त्यस्ता गोप्य ट्रिक्स हुन्छन् जसलाई प्रयोग गर्ने हो भने इन्टरनेट ब्राउजिङ निकै सहज र गज्जब बन्दछ ।
क्रोमकास्ट : तपाइँले क्रोम ब्राउजरको यो फिचर प्रयोग गरेर आफ्नो कम्प्युटरमा हेरिरहेको कुरालाई टेलिभिजन स्क्रिनमा हेर्न सक्नुहुन्छ । यसका लागि क्रोम ब्राउजर खोलेर कुनै खाली ठाउँमा राइट क्लिक गर्ने र ऋबकत अप्सन छान्नुपर्दछ ।
सन् २०२३ मा चन्द्रमा र अन्यत्र अन्तरिक्ष मिसन पठाउन लागेका देश कुन कुन हुन्?
सन् २०२३ मा रुस, भारत र युरोपेली अन्तरिक्ष एजेन्सीले चन्द्रमा र अन्तरिक्षको भित्री भागमा अन्वेषणका लागि यानहरू पठाउँदै छन्।
नासाको आर्टमिस एक मिसनले हालै चन्द्रमा कक्षको परिक्रमा गरेको थियो।
चन्द्रमाको सतहमा मानिसलाई पठाउने लक्ष्यसहित उक्त अन्तरिक्षयान डिजाइन गरिएको थियो।
चन्द्रमामा कसले यानहरू प्रक्षेपण गरिरहेका छन्?
भारतले सन् २०२३ को जुन महिनामा चन्द्रयान मिसन प्रक्षेपण गर्ने योजना बनेको छ।
सतहमा अन्वेषण गर्नका लागि त्यसमा लेन्डिङ मोड्युल र रोबोट सहितको रोभर हुनेछ।
सन् २००८ मा चन्द्रयान एक मार्फत भारत पहिलो पटक चन्द्रमामा पुगेको थियो।
रुसले लुना २५ मिसन जुलाई २०२३ मा चन्द्रमा प्रक्षेपण गर्न लागको छ।
उसले दक्षिण ध्रुवीय क्षेत्रका नमुनाबारे जाँच गर्न उक्त मिसन चन्द्रमामा अघि बढाउन लागेको हो।
स्पेसएक्सले जापानी अर्बपति युसाकु मायाजावा र अरू आठ जना यात्रुलाई डिअरमुन यात्रामा सन् २०२३ को अन्त्यतिर लैजाँदै छ।
यो १०० जना यात्रु बोक्ने क्षमताको स्टारसीप यानको पहिलो मिसन हो।
अमेरिकी अन्तरीक्ष निकाय नासाले सन् २०२४ मा अर्को चन्द्र मिसन प्रक्षेपण गर्दैछ।
आर्टमिस दुई नामक यो मिसनका क्रममा अन्तरिक्षयात्रीहरू चन्द्रमाको कक्षको परिक्रमा गर्नेछन्।
आर्टमिस तीन नामक अर्को मिसन नासाले सन् २०२५ वा २०२६ मा अघि बढाउनेछ जसका क्रममा पहिलो महिला वा पहिलो अश्वेत व्यक्ति चन्द्रमामा जानेछन्।
नासाको सन् १९७२ को एपोलो मिसनयता पहिलो पटक मानिसहरू चन्द्रमामा पाइला टेक्नेछन्।
नासाले भनेको छ- उसले स्पेस एक्स स्टारसीपको प्रयोग उक्त मिसनमा गर्नेछ।
चीनले रुससँग मिलेर सन् २०३५ सम्ममा चन्द्रमामा संयुक्त बेस निर्माण गर्ने बताएको छ। तर उक्त परियोजनाको कुन काम कहिले गरिन्छ खुलाइएको छैन।
विभिन्न देशहरू चन्द्रमामा किन जाँदैछन्?
तस्बिरको क्याप्शन, अमेरिका र अरू शक्तिहरूले अन्तरिक्षमा मानववस्ती बसाउन चाहान्छन्
अमेरिकास्थित हार्वड-स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सक्सका खगोलशास्त्री डाक्टर म्याकडोएल अमेरिका, रुस र चीन जस्ता अन्तरिक्ष शक्तिहरूले अन्तरिक्षयात्रीहरू चन्द्रमामा नै बस्न सकुन् भनेर बेस निर्माण गर्न चाहेको बताए।
“चन्द्रमालाई मङ्गल जस्ता ठाउँ पुग्ने पहिलो पाइला बनाउन लागिएको हो।
यो भित्री अन्तरिक्षका प्रविधिको परीक्षण गर्ने महत्त्वपूर्ण थलो बन्न सक्छ।”
युनिभर्सिटी अफ पोर्ट्समाउथकी अन्तरिक्ष परियोजना प्रमुख लुसिन्डा किङले अन्तरिक्षको भित्री क्षेत्रमा यानहरू चन्द्रमाबाट प्रक्षेपण गर्दा पृथ्वीबाट यान पठाउँदाको तुलनामा कम इन्धन खर्च हुने बताइन्।
उनले चन्द्रमामा इन्धनको स्रोत पनि फेला परेको उल्लेख गरिन्।
तस्बिरको क्याप्शन, चन्द्रमाको दक्षिणी ध्रवीय क्षेत्रमा ६०० अर्ब किलोग्राम बरफ रहेको छ
डाक्टर किङ भन्छिन्, “चन्द्रमाको दक्षिणी ध्रुवमा पानी परेको जानकारीमा आएको छ। यसलाई हाइड्रोजन र अक्सिजनमा विभाजित गर्न सकिन्छ जसलाई मङ्गल ग्रह र अन्यत्र जाने यानहरूमा इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ।”
उनले चन्द्रमामा पुग्न भइरहेको प्रतिस्पर्धा त्यहाँ रहेको पानीमाथि दाबी गर्नका लागि पनि भइरहेको उल्लेख गरिन्।
अरू कस्ता अन्तरिक्ष मिसनका योजना बुनिएका छन्?
सन् २०२३ को गर्मियाममा साइकी अन्तरिक्षयान नासाले पठाउँदैछ। सौर्य प्रणालीको सुरुवाती दिनमा निर्माण भएको सिक्स्टिन साइकी नामक एउटा क्षुद्र ग्रहको अन्वेषणका लागि उक्त यान पठाउन लागिएको हो।
युरोपका २२ वटा देशहरूको समर्थन प्राप्त युरोपियन स्पेस एजेन्सीले जुपिटर आइसी मुन एक्सप्लोररलाई एप्रिल २०२३ मा प्रक्षेपण गर्ने योजना बनाएको छ।
उक्त अन्वेषणले बृहस्पतिका चन्द्रमाहरू – गेनीमेड, कालिस्ट्रो र युरोपाको सतह मुन्तिर निर्मित बरफ भएको क्षेत्रमा जीवनको सङ्केतबारे जाँच गर्ने भनिएको छ।
तर रुसले युक्रेनमाथि गरेको हमलाको विरोधमा युरोपियन स्पेस एजेन्सीले आगामी वर्ष रुसी रकेटको मद्दतले युक्लिड अन्तरिक्ष टेलिस्कोपलाई कक्षमा पठाउने छैन।
त्यसको साटो उसले स्पेसएक्स फाल्कन नाइन रकेटको प्रयोग गर्नेछ।
उसले मङ्गल ग्रहमा रोभर पठाउने उद्देश्य राखेको एक्सोमार्समा पनि रुससँग काम गर्न छाडेको छ। उक्त मिसनको प्रक्षेपण सन् २०२८ सम्म धकेलिएको छ।
चीनले सुनटियन नामक टेलिस्कोपलाई पृथ्वीको तल्लो कक्षमा सन् २०२३ को डिसेम्बरमा पठाउने जनाएको छ। त्यसले तारा र ब्ल्याक होलको दुरीहरू मापन गर्ने भनिएको छ।
चीनले चन्द्रमा र मङ्गल ग्रहहरूमा अन्वेषण सुरु गरिसकेको छ र रोबोटिक रोभरहरू पठाएको छ।
उसले वैज्ञानिक अनुसन्धान केन्द्र अन्तरिक्षमा स्थापना गरेको छ, त्यसको नाम तियाङगुङ्ग हो।
“एउटा नयाँ अवधारणा हालैका वर्षमा देखा परिरहेको छ, जसले मङ्गल ग्रह वा त्यसभन्दा परसम्म मानवीय उपस्थिति विस्तार गर्न सकिने ठान्ने गरेको छ,” डाक्टर म्याकडोवेल भन्छन्।
त्यही भएर चीन र भारतजस्ता देशहरू अमेरिका, रुस र युरोपसँगै अन्तरिक्षका शक्ति राष्ट्रहरू बनेका छन्।
“उनीहरूका सरकारले सोचिरहेका छन् कि यदि भविष्य त्यस्तै हो भने हामी हाम्रो देशलाई पछि राखिराख्न चाहँदैनौँ।”
स्वस्थ जीवन शैली , सकारात्मक भावना र जीवन सन्तुष्टि हाम्रो उदेश्य