Category Archives: useful tips

कसरी छान्ने राम्रो ल्यापटप ?

कसरी छान्ने राम्रो ल्यापटप ?

तपाईँको जीवनमा साथीदेखि आफन्त मात्र होइन, इन्टरनेटमा अपरिचित व्यक्तिले समेत तपाईँलाई ल्यापटपको बारेमा सोधिरहेका हुन्छन् । यस्तोमा कस्तो ल्यापटप किन्ने ? ल्यापटपमा केके भएको खण्डमा राम्रो ? जस्ता झट्ट जवाफ दिन कठिन प्रकृतिका प्रश्नहरूको सामना तपाईँले बारम्बार सुनिरहनु भएको हुनसक्छ ।

बरु यसलाई अर्को कोणबाट ‘के कुराले ल्यापटपलाई नराम्रो बनाउँछ ?’ सोधेको खण्डमा निकै सहज लाग्न सक्छ । एक घण्टाको ब्याट्री लाइफ छ भने त्यसलाई राम्रो मान्न सकिन्न । एउटा यूएसबी-सी पोर्ट हुँदा ? 

त्यो पनि राम्रो भएन । बूट अप हुन १२ मिनेट समय लाग्छ भने ? राम्रो होइन । तर कुन राम्रो भन्ने प्रश्न चाहिँ अलिक कठिन छ । किन भने बजारमा रहेका धेरै ल्यापटप भिन्नाभिन्नै लक्षित समूह र प्रयोगको आवश्यकतालाई सम्बोधन गर्ने प्रकृतिका हुन्छन् । 

बोकेर यताउति धेरै गर्न अल्ट्रापोर्टेबल ल्यापटप चाहनुहुन्छ भने सात घण्टासम्म टिकाउ ब्याट्री भएको राम्रो हुनसक्छ । तर त्यही कुरा फेरि गेमिङ गिगका लागि राम्रो नहुन सक्छ । सम्भवतः राम्रो गेमिङ ल्यापटपका लागि एउटा छुट्टै जीपीयू आवश्यक पर्न सक्छ, तर व्यापार-व्यवसायका लागि निश्चित तवरमा त्यो नचाहिन सक्छ । 

बजारमा निश्चित पोर्ट, स्क्रिन रिजोलुसन, रिफ्रेश रेट, किबोर्ड फिल, बेजल साइज आदि जस्ता अनेकौँ फिचर भएका ल्यापटप छन् । यदि तपाईँ सामान्य प्रयोजनका लागि ल्यापटप खरिद गर्ने विचारमा हुनुहुन्छ भने तल उल्लेखित विषयहरू ध्यान दिनुहोस् ।

Continue reading कसरी छान्ने राम्रो ल्यापटप ?

यस भिटामिनको कमीले कपाल, नङ र छाला बिग्रन थाल्छ

यस भिटामिनको कमीले कपाल, नङ र छाला बिग्रन थाल्छ

beauty tips

बायोटिन स्वस्थ कपाल, नङ र छालाको लागि धेरै लाभदायक छ। मानिसहरूले आफ्नो दैनिक आहारमा बायोटिन युक्त खाना समावेश गर्नुपर्छ। बायोटिन पनि बी कम्प्लेक्स परिवार मध्ये एक हो। जसलाई प्रायः भिटामिन B7 भनिन्छ। जुन हाम्रो शरीरको स्वस्थ प्रक्रियाको लागि सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो। यदि तपाईँले आफ्नो आहारमा पर्याप्त मात्रामा बायोटिन पाउनुभयो भने, यसले प्रोटिन, लिपिड र कार्बोहाइड्रेटलाई तपाईँले खाने खानाबाट ग्लुकोजमा परिणत गर्न सक्छ।

पानीमा घुलनशील भिटामिन बायोटिनलाई भिटामिन एच पनि भनिन्छ। जुन शरीरले सामान्यतया भण्डारण गर्न सक्दैन। यसको स्तर उच्च राख्न, तपाईँले यसलाई बारम्बार उपभोग गर्नुपर्छ। यसले खाना खाएपछि ऊर्जामा परिणत गर्न मद्दत गर्छ। यसबाहेक शरीरले केराटिन उत्पादन गर्न आवश्यक हुन्छ। यो विशेष प्रकारको प्रोटिनले तपाईँको कपाल, छाला र नङहरू बनाउँछ।

Continue reading यस भिटामिनको कमीले कपाल, नङ र छाला बिग्रन थाल्छ

What Do AM and PM Stand For?

What Do AM and PM Stand For?

Some countries, including the US, Canada, and Australia, use the 12-hour clock format including am and pm. What do these abbreviations mean? Is midnight am or pm?

Illustration image
12-hour clock at noon: 12 am or 12 pm?©lookscafe.health.blog

Two 12-Hour Periods

The 12-hour system divides the 24 hours of a day into two periods lasting 12 hours each. The first 12-hour period is designated as am. It runs from midnight to noon. The second period, marked pm, covers the 12 hours from noon to midnight.

The abbreviations am and pm derive from Latin:

  • AM = Ante meridiem: Before noon
  • PM = Post meridiem: After noon

Using numbers from 1 to 12, followed by am or pm, the 12-hour clock system identifies all 24 hours of the day. For example, 5 am is early in the morning, and 5 pm is late in the afternoon; 1 am is one hour after midnight, while 11 pm is one hour before midnight.

Ante meridiem is commonly denoted as AM, am, a.m., or A.M.; post meridiem is usually abbreviated PM, pm, p.m., or P.M. Like many other sources, timeanddate.com uses am and pm, but the other variants are equally correct and widely used.

Continue reading What Do AM and PM Stand For?

यस्ता छन दैनिक जीवनमा उपयोगी एआई टुलहरू

यस्ता छन दैनिक जीवनमा उपयोगी एआई टुलहरू

यस्ता छन दैनिक जीवनमा उपयोगी एआई टुलहरू

अहिले एआई अर्थात् आर्टिफिसिएल इन्टेलिजेन्समा आधारित सफ्टवेयर निकै चर्चामा छन् । गत नोभेम्बरमा बजार प्रवेश गरेको ओपन एआईको च्याट जीपीटी एउटा उदारण हो ।

त्यसैले आज यहाँ हामी विभिन्न कामका लागि उपयोगी हुने एआई टुल्सका बारेमा जानकारी दिँदैछौँ ।

Continue reading यस्ता छन दैनिक जीवनमा उपयोगी एआई टुलहरू

फेसबुकको स्मार्ट फिचर, कम्प्युटरबाटै यसरी अपलोड गर्नुहोस् मोबाइलमा भएको फोटो

फेसबुकको स्मार्ट फिचर, कम्प्युटरबाटै यसरी अपलोड गर्नुहोस् मोबाइलमा भएको फोटो

फेसबुकको स्मार्ट फिचर, कम्प्युटरबाटै यसरी अपलोड गर्नुहोस् मोबाइलमा भएको फोटो

यदि तपाईँको मोबाइलमा फोटो छ, र त्यसलाई कम्प्युटरबाट फेसबुकमा अपलोड गर्नुपर्‍यो भने के गर्नुहुन्छ ? हामीमध्ये अधिकांश प्रयोगकर्ता सबैभन्दा पहिले उक्त फोटो कम्प्युटरमा ट्रान्सफर गर्छौं । त्यसपछि आवश्यक परेका फोटो कम्प्युटरबाट अपलोड गर्छौं ।

यदि तपाईँसँग फोन र कम्प्युटर दुवै छ । र, फोनमा भएको फोटो कम्प्युटरबाट फेसबुकमा अपलोड गर्न चाहनुहुन्छ भने फेसबुकमा एउटा स्मार्ट फिचर छ । याे फिचर प्रयाेग गरी मोबाइलमा भएको फोटो वा भिडिओ कम्प्युटरबाट अपलाेड गर्न सकिन्छ ।

– सबैभन्दा पहिले कम्प्युटरमा फेसबुक खोल्नुहोस् ।

– त्यसपछि होमपेजमा रहेको ‘Photo/Video’ अप्सनमा जानहोस् ।

Continue reading फेसबुकको स्मार्ट फिचर, कम्प्युटरबाटै यसरी अपलोड गर्नुहोस् मोबाइलमा भएको फोटो

घर कसरी सफा राख्ने ??

घरको सरसफाइसँग हाम्रो मन जोडिएको हुन्छ

house tips

हामी सबैलाई थाहा छ कि घर सफा गर्नु कत्तिको महत्त्वपूर्ण छ, तर जब हाम्रो घर सफा राख्ने कुरा आउँछ, हामी अक्सर यसलाई बेवास्ता गर्छौँ, जुन तपाईँको स्वास्थ्यको लागि हानिकारक पनि हुन सक्छ। हाम्रो राम्रो स्वास्थ्यको लागि घरको सरसफाइ धेरै महत्त्वपूर्ण छ। सरसफाइ हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि मात्र आवश्यक छैन, यसले हाम्रो दिमागलाई स्वस्थ राख्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

हाम्रो दैनिक गतिविधिहरूमा सरसफाइको लागि केही समय दिन आवश्यक छ, उदाहरणका लागि, तपाईँको भान्छा र बाथरुम, जहाँ नियमित रूपमा सफा गर्न आवश्यक छ । हरेक दिन हाम्रा सबै महत्त्वपूर्ण कामहरू जस्तै यसलाई नियमित रूपमा पाँच मिनेट समय दिनुहोस्, त्यसपछि निश्चित रूपमा तपाईँको घर सधैँ सफा देखिनेछ।

Continue reading घर कसरी सफा राख्ने ??

एसईओ वा डिजिटल मार्केटिङमा काम गर्नुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

एसईओ वा डिजिटल मार्केटिङमा काम गर्नुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

एसईओ वा डिजिटल मार्केटिङमा काम गर्नुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित च्याट जीपीटी (जेनेरेटिभ प्रि-ट्रेन्ड ट्रान्सफर्मर)को प्रयोग दिनानुदिन बढ्दो छ । कुनै पनि प्रश्न वा जिज्ञासामा विज्ञले जसरी उत्तर दिने च्याटजीपीटीको शैलीलाई धेरैले रुचाएका छन् ।

च्याटजीपीटीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र इन्टरनेटमा उपलब्ध गराइएका अर्बौँ डेटाका माध्यमबाट कुराकानीको शैलीमा जिज्ञासा मेटाइदिन्छ । वाक्य मिलाउन, प्रोग्रामिङ ल्याङ्ग्वेजमा भएका कमजोरी पत्ता लगाउन, निबन्ध लेख्न वा अन्य विविध प्रयोजनका लागि च्याट जीपीटीको प्रयोग बढेको छ ।

Continue reading एसईओ वा डिजिटल मार्केटिङमा काम गर्नुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

सधैँ किन आईफोनको विज्ञापनमा ९:४१ नै बजिरहेको देखाइन्छ ?

सधैँ किन आईफोनको प्रचारमा ९:४१ नै बजिरहेको देखाइन्छ ?

सधैँ किन आईफोनको प्रचारमा ९:४१ नै बजिरहेको देखाइन्छ ? 

यदि तपाईँले एप्पलका विज्ञापन सामग्रीमा हेर्नुभयो भने बिहानको ९:४१ बजेको समय देख्न सक्नुहुन्छ । एप्पलले विज्ञापनका लागि आफ्ना हरेक उत्पादनको स्क्रिनमा ९ बजेर ४१ मिनेटको समय राख्ने गरेको छ ।

एप्पलको आधिकारिक वेबसाइटमा गएर हेर्ने हो भने त्यहाँ राखिएका विभिन्न उत्पादनको स्नापशटमा ९ बजेर ४१ मिनेट गएको देख्न सकिन्छ । आखिर एप्पलले आफ्ना हरेक उत्पादनमा त्यही एउटै समय किन देखाउँछ होला ? त्यसो त एउटै समय देखाउने उत्पादनमा एप्पल एक्लो होइन । 

सामान्यतः घडिका विज्ञापन हेर्ने हो भने त्यहाँ १० बजेर १० मिनेटको समय राखिएको हुन्छ । कतिपयले यसलाई सामान्य रूपमा हेरिरहेका हुन्छन् भने केहीले भने यसभित्र हुनसक्ने विभिन्न रहस्यको आँकलन गरिरहेका हुन्छन् । 

वास्तवमा एप्पलले आफ्ना प्रायः उत्पादनमा ९ बजेर ४१ मिनेटको समय राख्नुका पछाडि रोचक कहानी छ । यसका लागि हामी अप्रिल २०१० मा फर्किनु पर्ने हुन्छ ।

Continue reading सधैँ किन आईफोनको विज्ञापनमा ९:४१ नै बजिरहेको देखाइन्छ ?

गर्भावस्थाको खानपान : नरिवल पानी पिउँदा सुन्दर बच्चा जन्मिन्छ ?

गर्भावस्थाको खानपान : नरिवल पानी पिउँदा सुन्दर बच्चा जन्मिन्छ ?

गर्भावस्थामा आफ्नो बच्चाप्रति जति उत्सुकता र उत्साह हुन्छ, उत्तिकै भय पनि । भय यसकारण कि कतै बच्चामा कुनै जन्मजात समस्या त देखिने होइन ?

हरेक आमाबुवा चाहन्छन्, आफ्नो बच्चा सग्लो जन्मियोस्, स्वस्थ होस् । तन्दुरुस्त होस् । सही तौलको होस् । र, सुन्दर पनि ।

गर्भको शिशु कसरी सुन्दर हुन्छ त ?

Continue reading गर्भावस्थाको खानपान : नरिवल पानी पिउँदा सुन्दर बच्चा जन्मिन्छ ?