शहरिया जीवनशैलीमा मोटपन अर्थात् वजन बढ्नु अहिले सामान्य बनेको छ। यसका लागि अनेक तरिका अपनाइन्छन् पनि। तर, कतिपय घरेलु तरिका नै लाभदायक हुन सक्ने कुरामा निकै कमले ध्यान पुर्याउँछन्। आफ्नै वरिपरि रहेका ती कुराको प्रयोग गरेर वजन घटाउने घरेलु उपाय यसप्रकार छन्:
आयुर्वेदमा सबैभन्दा बढी प्रयोग हुने जडिबुटी त्रिफला चूर्ण हो । विभिन्न प्रकारका जडिबुटी मिसाएर तयार गरिने त्रिफला चूर्णले धेरै प्रकारका रोग निको पार्छ ।
त्रिफला चूर्ण औषधीय गुण भएका तीन फलहरू हर्रो, बर्रो र अमलाको संयोजनबाट बनाइएको यौगिक सूत्र हो । बजारमा त्रिफला चूर्ण, त्रिफला ट्याब्लेट, त्रिफला सिरपका ढाँचामा यो उपलब्ध हुन्छ ।
मानव शरीरमा हुने कुनै पनि प्रकारका रोगहरू त्रिदोष अर्थात् वात, पित्त र कफको विकृतिका कारण हुने गर्छ । वात, पित्त र कफलाई एकैसाथ सन्तुलनमा राख्न त्रिफला चूर्णको प्रयोग प्रभावकारी मानिन्छ ।
मिर्गौलामा हुने पत्थरी सामान्यतया चार प्रकारको हुन्छ। क्याल्सियम अक्जालेट पत्थरी, फस्फेट पत्थरी, युरिक एसिड पत्थरी र सिस्टिन पत्थरी। ८० प्रतिशत भन्दा बढी मानिसहरुमा क्याल्सियम अक्जालेट पत्थरी पाइने गरेको छ।
पत्थरीको प्रकार अनुसार उचित आहार व्यवस्थापन नै यसको रोकथाम एवं उपचारको निम्ति उत्तम उपाय हो। त्यसैले पत्थरीका बिरामीले सेवन गर्न हुने र नहुने खानेकुरा बारे जानकारी राख्नुपर्छ।
आहार तथा पोषण विज्ञहरूका अनुसार स्वस्थ रहनका लागि पौष्टिक आहार सबैभन्दा महत्त्वपूर्ण हुन्छ । हिजोआज मानिसलाई उमेर नपुग्दै धेरै प्रकारका रोग लाग्न थालेका छन्, यसको कारण गलत खानपान र गलत जीवनशैली हो । कमजोर रोग प्रतिरोधात्मक क्षमता, जोर्नी दुख्ने, हड्डी कमजोर हुने, मुटुको रोग लाग्ने जस्ता रोगहरू कम उमेरमै पोषणको अभावमा हुने गर्दछ । स्वस्थ रहनका लागि हरेक उमेरमा पौष्टिक खानेकुरा उपभोग गर्न जरुरी भइसकेको छ । विशेषगरी युवा तथा महिला र ३० वर्षभन्दा माथिका पुरुषहरू आफ्नो स्वास्थ्यप्रति बढी सचेत हुनुपर्छ । यसो गर्नाले तपाई सबै प्रकारका रोगहरूबाट टाढा रहनुहुनेछ र तपाई बुढेसकालमा पनि स्वस्थ र सक्रिय रहनुहुनेछ। यसका लागि ३० वर्षभन्दा माथिका व्यक्तिले चारवटा कुराको सेवन गर्नुपर्छ ।
हाम्रो शरीरको ६० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी बिना जीवन छैन। शरीरमा पर्याप्त मात्रामा पानी भएको कारणले शरीरको काम ठिकसँग हुन्छ । तर कहिले पानी पिउने भन्ने कुरामा मानिस अन्योलमा हुन्छन् । बिहान उठ्ने बित्तिकै ब्रस नगरी पानी पिउँदा धेरै फाइदा हुने विश्वास कतिपयको हुन्छ भने कतिपयले यसको उल्टो सोच्छन् र उनीहरूको विश्वास छ कि बिहान उठ्ने बित्तिकै ब्रस नगरी पानी पिउँदा मुखको फोहोर भित्र जान्छ । जसले हानि गर्छ। यो स्वास्थ्यसँग खेलबाड हो। आखिर यथार्थ के हो त ?
यस विषयमा केही अध्ययनहरूले खाली पेटमा पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुने बताएको छ । यता, सामाजिक सञ्जालमा भारतीय योग प्रशिक्षक तथा होमियोप्याथी चिकित्सक डाक्टर नुपुर रोहतगीले खाली पेट ब्रस नगरी पानी पिउनु उत्तम भएको बताएकी छिन् । जानौँ खाली पेट पानी पिउनुको वास्तविकता के हो ?
चिनियाँ पूर्वीय चिकित्सामा प्रचलित विभिन्न विधिमध्ये अकुप्रेसर, अकुपञ्चर र रिफेक्सलोजी पनि हो । योग चिकित्सामा विभिन्न नाडीहरू भने जस्तै चिनियाँ पूर्वीय चिकित्साअनुसार विभिन्न मेरिडियन शरीरमा यत्रतत्र बगिरहेका हुन्छन् ।
त्यस अवस्थामा हाम्रो शरीरमा विभिन्न गाँठाहरु उत्पन्न भएका हुन्छन् । शरीरमा सकारात्मक र नकारात्मक ऊर्जा बगिरहेको अवस्थामा हामीले कुनै बिन्दुमा थिच्दा धेरै प्रकारका स्वास्थ्यलाभ मिल्छ ।
अकुप्रेसरमा विभिन्न खालमा पोइन्टहरु हुन्छन् । जसको रिफ्लेक्स पोइन्ट, आसी पोइन्ट, मोट पोइन्ट जस्ता नाम छन् । रिफ्लेक्स पोइन्ट हात, खुट्टा र कानमा हुन्छ । शरीरको बनोट जस्तो त्यस्तो बनावट हाम्रो हात–खुट्टामा पनि हुन्छ ।
अकुप्रेसर एउटा सरल चिकित्सा पद्धति हो । यसलाई घरमै प्राथमिक उपचारको रूपमा गर्न सकिन्छ । शरीरको विभिन्न अंगमा रहेका पोइन्टहरुलाई दबाएर विभिन्न स्वास्थ्यलाभ लिन सकिन्छ ।
दादुरा एक संक्रामक रोग हो। जुन भाइरसको कारणले गर्दा हुन्छ। यो भाइरस पारा–म्याक्सो समूह अन्तर्गत पर्दछ। यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भएपनि पाँच वर्ष मुनिका बालबालिकामा बढी देखिन्छ। निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ।
दादुरा सर्ने तरिका दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावा मार्फत सर्दछ। भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ र शरीरभरी फैलिन्छ। यो भाइरस मानिसमा मात्र सर्छ। हालसम्म अन्य जीवमा देखिएको छैन।
दादुराको लक्षणहरु दादुराको पहिलो लक्षण भनेको उच्च ज्वरो हो। जुन भाइरसको सम्पर्कमा आएको १० देखि १२ दिनपछि सुरु हुन्छ र ४ देखि ७ दिनसम्म रहन्छ। ज्वरोसँगै बिरामीको नाकबाट पानी बग्ने, खोकी लाग्ने र आँखा रातो हुने गर्छ। यस रोगमा देखापर्ने मुख्य लक्षणका आधारमा थ्रि सी डिजिज (कफ, कोर्जा र कन्जस्टीटिभ) पनि भनिन्छ। बिरामीसँग सम्पर्कमा आएको १४ दिनपछि शरीरमा बिमिराहरु देखिन्छ। पहिलो चरणमा गालाभित्र सेतो दाग देखिन्छ। त्यसपछि कानको पछाडी हुँदै अनुहार, घाँटी गर्दै हात, खुट्टा र शरीरभरी फैलिन्छ।
जटिलताहरु गम्भीर जटिलताहरु पाँच वर्षभन्दा कम उमेरका बालबालिका वा ३० वर्ष माथिका व्यक्तिहरुमा देखिन्छ। अन्धोपन, इन्सेफलाइटिस, पखाला, कानको संक्रमण गम्भीर श्वासप्रश्वासको संक्रमण दादुरले निम्त्याउने जटिलताहरुमा पर्दछन्।
दादुरा रोगको उपचार, नियन्त्रण तथा रोकथामका उपायहरु दादुरा भाईरसको कारणबाट हुने रोग भएकोले यसको विशेष उपचार छैन। यो अवस्थामा बिरामीमा देखा परेको चिन्ह लक्षणका आधारमा उपचार गरिन्छ। ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्ता लागेको पहिलो र दोस्रो दिन गरी दुई मात्रा भिटामिन ए क्याप्सुल खुवाउनु पर्दछ। एक जना बिरामीले १२ देखि १८ जना बालबालिकालाई सार्न सक्छ। त्यसैले बिरामीलाई अनिवार्य रुपमा अन्य बालबालिकासँगको सम्पर्कमा आउन नदिन आईसोलेसनमा राख्नुपर्दछ। बिरामीले मास्क प्रयोग गर्ने, हात धुने, व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्दछ। बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा एक÷एक मात्रा गरी दुई मात्रा दादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एक मात्र प्रभावकारी उपाय हो।
चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।
चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ?
चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन्। यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ। आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। बेलायतका डाइटिसियन डा. फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ। उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन। तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु खानेकुुराबाट प्राप्त हुने पोषकतत्वबाट वन्चित रहनु हो।’