Category Archives: Health Tips

कान किन चिलाउँछ ?

कान चिलाउने समस्यालाई हामीमध्ये धेरैले बेवास्ता गरिरहेका हुन्छौं । कान चिलाउने धेरै कारण हुन सक्छन् । कान सुक्खा भएर, कानमा तेल हाल्दा, पानी पस्दा, कानेगुजी जम्मा भएर, कानभित्र चाया परेर, ढुसी परेर कान चिलाउने हुन्छ ।

कान चिलाउने समस्या सामान्य सोचेर बस्दा पछि जटिल अवस्था समेत आउन सक्छ । कान किन चिलाउँछ ? यसबारे यहाँ चर्चा गरिन्छ ।

कान सुक्खा भएर 

कानमा तेल हाल्ने र कानेगुजी निकाल्ने गर्दा त्यहाँ भएको नरमपन हट्छ र कान सुक्खा हुने हुन्छ । सुक्खापनले गर्दा कानमा चाया पर्छ र कान चिलाउँछ ।

कानेगुजी जम्मा भएर

कानेगुजी जम्मा हुँदा पनि कान चिलाउने गरिन्छ । कानेगुजी निकाल्न तेल हाल्दा कान डम्म हुन्छ, त्यसबेला कान चिलाउने हुन्छ । धेरैले कानेगुजी निकाल्न काठ, पिन, इयरबर्ड, औंलाको प्रयोग गर्छन् । त्यसले कानेगुजी झन् भित्र जान्छ र चिलाउने समस्या अरु बढ्छ ।

कानमा पानी पसेर

कानमा पानी पर्‍यो भने पनि कान चिलाउँछ । पानी पसेर कान डम्म हुने अवस्थालाई इयर स्विमर भनिन्छ । किनभने यो समस्या पौडी खेल्नेहरूलाई बढी हुने गर्छ ।

ढुसी परेर 

कानमा पानी पसेपछि चिलाउने हुन्छ र लामो समय रहिरहेमा कानमा ढुसी पर्ने समस्या हुन्छ । यसले कानमा संक्रमण भएर कान चिलाउने समस्या हुन्छ ।

एलर्जी भएर

खानाको एलर्जीले पनि कतिपयलाई कान चिलाउने समस्याण् हुन्छ । दूध, माछा, गहुँबाट बनेको खानेकुरा खाँदा कतिपयलाई कान चिलाउन सक्छ । स्याउ, खर्बुजा, चेरी, किबी, सूर्यमुखीको बीउ, बदाम, ओखरले पनि एलर्जी भएर कान चिलाउने समस्या हुनसक्छ ।

कान जति कोट्यायो उति चिलाउँछ

कान कोट्याउँदा धेरैलाई आनन्द आएको जस्तो लाग्छ । तर कान कोट्याइरहनु हानिकारक हुन्छ । यसले कानभित्र घाउ हुने सम्भावना त हुन्छ नै कान अझ बढी चिलाउने हुन्छ ।

कान कोट्याउँदा कानमा जलन हुने, कानमा पिलो आउने, कान दुख्ने, तरल पदार्थ बग्ने, सुन्ने क्षमतामा कमी आउने, टाउको दुख्ने, कानको वरिपरि सुन्निने जस्ता समस्या आउन सक्छन् ।

कान चिलाएमा तेल लगाउन मिल्छ ?

कानमा तेल हाल्नु हुँदैन । यद्यपि कान चिलाएमा हातमा तेल लिएर कानको बाहिरी भागमा मसाज गर्न भने सकिन्छ । कान सुक्खा भएका कारण चिलाएको छ भने केही थोपा जैतुनको तेल वा बेबी ओयल पनि हाल्न सकिन्छ ।

तर कानमा तेल, लसुन वा अन्य चीन हाल्नु उपयुक्त हुँदैन । कान चिलाउने कारण पत्ता लगाएर त्यसै अनुरूपको उपचार गर्नुपर्छ ।

(नाक कान घाँटीरोग विशेषज्ञ डा. न्यौपाने त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन् उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यस्ता छन् रिँगटा लाग्दा ध्यान दिनु पर्ने कुराहरु, नत्र ज्यान गुम्न सक्ने खतरा

रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ। यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुँदैन्। किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ। रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ।

मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ।

टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन्।

के खाने ? समयमै खाना खाने। एक गिलास दूध वा पानीमा ग्लुकोज मिसाएर पिउने। गर्मी भएमा अमलाको सर्वत पिउने। एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिधेंर बिहान बेलुका खाने।

के नखाने ? रक्सी, खैनी, नशालु पदार्थ नखाने । एलोपेथिक औषधि आफ्नो इच्छाले नखाने। अत्याधिक खाना नखाने।

के गर्ने ? रिँगटा लाग्ने बित्तिकै बस्ने। सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने। निन्द्रा लाग्यो भने पर्याप्त सुत्ने। नियमित व्यायाम गर्ने र बिहान घुम्न जाने। मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको उपचार गर्ने। टाउकोमा बदामको तेलले मालिस गर्ने। आँखा कमजोर भए उचित चस्मा लगाउने।फिजियोथेरपिस्टसँग सिकेर सधैं कसरत गर्ने।

के नगर्ने ? एक्लै घुम्न नजाने। अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने। चिया, चुरोटरबिंडी नखाने। साइकल, स्कुटर, कार नचलाउने। बार्दलीलगायत कुनै अग्लो ठाउँबाट तल नहेर्ने। कठीन शारीरिक या मानसिक परिश्रम नगर्ने। आगो या पोखरीबाट टाढै रहने। खोला नतर्ने।

Continue reading यस्ता छन् रिँगटा लाग्दा ध्यान दिनु पर्ने कुराहरु, नत्र ज्यान गुम्न सक्ने खतरा

मोटोपन भएकालाई मुटुरोगको जोखिम हुन्छ ?

मोटोपन भएकालाई मुटुरोग हुन्छ ? धेरैको मनमा उठ्ने प्रश्न हो यो । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको जवाफ छ, ‘जोखिम हुन्छ ।’

त्यसो भए मोटोपन र मुटुरोगसँग के सम्बन्ध छ ? दुब्लो पातलोलाई मुटुको जोखिम हुन्न ? धुलिखेल अस्पतालमा कार्यरत डा. कोजु भन्छन्, ‘मोटो भएपछि मुटुको कार्यक्षमतामा भार थपिन्छ । खासगरी शरीरमा कोलेस्टोरेलको मात्रा बढेर रगतको नसामा जम्मा हुन्छ र नसा साँघुरो बनाइदिन्छ । यसले मुटुलाई पम्प गर्न गाह्रो हुन्छ ।’

हार्वर्ड हेल्थ पब्लिसिङमा एउटा लेख प्रकाशित भएको थियो, ‘के मोटोपनसँग मुटुरोगको सम्बन्ध छ ?’ शीर्षकमा । त्यसअनुसार पेट वरपर लाग्ने बोसो स्वास्थ्यका लागि खतरा हुन सक्छ । अमेरिकन हार्ट एशोसिएसनको जर्नलले यही विषयमा एउटा अध्ययन नै गरेको थियो । बेलायतमा गरिएको उक्त अध्ययनमा ४० देखि ६९ वर्षका करिब पाँच लाख मान्छे सहभागी गराइएको थियो । सहभागीमध्ये मोटोपन भएकालाई मुटुरोग र हृदयघात भएको पाइयो । उक्त अध्ययनअनुसार हृदयघात हुनेमा पुरुषभन्दा महिला बढी थिए ।

सन् २०२० जनवरी २१ मा अर्को यस्तै अध्ययन गरिएको थियो । युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित उक्त अध्ययनअनुसार जसको कम्मर आसपासमा अत्यधिक बोसो जमेका छन्, उनीहरुलाई हृदयघातको खतरा हुन्छ । अध्ययनले मोटोपनले मुटुरोगको जोखिम बढाउने कुरा उल्लेख गरेको थियो ।

डा. राजेन्द्र कोजुका अनुसार मोटोपनले मुटुरोगलाई बढावा दिने गर्छ । पेट र शरीरमा जम्ने बोसोले मुटुको कार्य सञ्चालनमा अवरोध ल्याउने त छँदैछ, उच्च रक्तचाप र मधुमेहको जोखिम पनि बढाइदिन्छ । अब प्रश्न उठ्छ, के दुब्लो पातलोलाई चाहिं मुटुरोगको जोखिम हुँदैन ?

Continue reading मोटोपन भएकालाई मुटुरोगको जोखिम हुन्छ ?

यस्ता छन् रिँगटा लाग्दा ध्यान दिनु पर्ने कुराहरु, नत्र ज्यान गुम्न सक्ने खतरा

रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ। यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुँदैन्। किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ। रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ।

मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ।

टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन्।

के खाने ? समयमै खाना खाने। एक गिलास दूध वा पानीमा ग्लुकोज मिसाएर पिउने। गर्मी भएमा अमलाको सर्वत पिउने। एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिधेंर बिहान बेलुका खाने।

के नखाने ? रक्सी, खैनी, नशालु पदार्थ नखाने । एलोपेथिक औषधि आफ्नो इच्छाले नखाने। अत्याधिक खाना नखाने।

के गर्ने ? रिँगटा लाग्ने बित्तिकै बस्ने। सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने। निन्द्रा लाग्यो भने पर्याप्त सुत्ने। नियमित व्यायाम गर्ने र बिहान घुम्न जाने। मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको उपचार गर्ने। टाउकोमा बदामको तेलले मालिस गर्ने। आँखा कमजोर भए उचित चस्मा लगाउने।फिजियोथेरपिस्टसँग सिकेर सधैं कसरत गर्ने।

के नगर्ने ? एक्लै घुम्न नजाने। अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने। चिया, चुरोटरबिंडी नखाने। साइकल, स्कुटर, कार नचलाउने। बार्दलीलगायत कुनै अग्लो ठाउँबाट तल नहेर्ने। कठीन शारीरिक या मानसिक परिश्रम नगर्ने। आगो या पोखरीबाट टाढै रहने। खोला नतर्ने।

Continue reading यस्ता छन् रिँगटा लाग्दा ध्यान दिनु पर्ने कुराहरु, नत्र ज्यान गुम्न सक्ने खतरा

मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?

1140x725

मिर्गौलामा हुने पत्थरी सामान्यतया चार  प्रकारको हुन्छ। क्याल्सियम अक्जालेट पत्थरी, फस्फेट पत्थरी, युरिक एसिड पत्थरी र सिस्टिन पत्थरी। ८० प्रतिशत भन्दा बढी मानिसहरुमा क्याल्सियम अक्जालेट पत्थरी पाइने गरेको छ।

पत्थरीको प्रकार अनुसार उचित आहार व्यवस्थापन नै यसको रोकथाम एवं उपचारको निम्ति उत्तम उपाय हो। त्यसैले पत्थरीका बिरामीले सेवन गर्न हुने र नहुने खानेकुरा बारे जानकारी राख्नुपर्छ।

पत्थरीका बिरामीले सेवन गर्न नहुने खानेकुरा

Continue reading मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?

शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?

चिनियाँ पूर्वीय चिकित्सामा प्रचलित विभिन्न विधिमध्ये अकुप्रेसर, अकुपञ्चर र रिफेक्सलोजी पनि हो । योग चिकित्सामा विभिन्न नाडीहरू भने जस्तै चिनियाँ पूर्वीय  चिकित्साअनुसार विभिन्न मेरिडियन शरीरमा यत्रतत्र बगिरहेका हुन्छन् ।

त्यस अवस्थामा हाम्रो शरीरमा विभिन्न गाँठाहरु उत्पन्न भएका हुन्छन् । शरीरमा सकारात्मक र नकारात्मक ऊर्जा बगिरहेको अवस्थामा हामीले कुनै बिन्दुमा थिच्दा धेरै प्रकारका स्वास्थ्यलाभ मिल्छ ।

अकुप्रेसरमा विभिन्न खालमा पोइन्टहरु हुन्छन् । जसको रिफ्लेक्स पोइन्ट, आसी पोइन्ट, मोट पोइन्ट जस्ता नाम छन् । रिफ्लेक्स पोइन्ट हात, खुट्टा र कानमा हुन्छ । शरीरको बनोट जस्तो त्यस्तो बनावट हाम्रो हात–खुट्टामा पनि हुन्छ ।

अकुप्रेसर एउटा सरल चिकित्सा पद्धति हो । यसलाई घरमै प्राथमिक उपचारको रूपमा गर्न सकिन्छ । शरीरको विभिन्न अंगमा रहेका पोइन्टहरुलाई दबाएर विभिन्न स्वास्थ्यलाभ लिन सकिन्छ ।

Continue reading शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?

सुख्खा छालाको लागि यी घरेलु मोइस्चराइजर प्रयोग गर्नुहोस्

face pack

सुख्खा छाला भएका मानिसहरूले आफ्नो छालालाई चिल्लो र नरम बनाउन धेरै चीजहरू प्रयोग गर्छन्। मौसम परिवर्तनसँगै हाम्रो छाला प्रायः सुख्खा हुन थाल्छ । जसका कारण छाला फुस्रो हुन्छ, छालामा चिलाउने हुन्छ । त्यसले गर्दा छालाको सौन्दर्य र चमक दुवै हराउँछ । यस्तो अवस्थामा सुख्खा छालालाई नरम बनाउनको लागि आफ्नो छालामा यस्ता चीजहरू प्रयोग गर्नुपर्छ जसले गर्दा तिनीहरूले पोषण पाउन सकुन्। केही यस्ता चीजहरू छन् जसको मद्दतले तपाईँले आफ्नो सुख्खा छालालाई नरम र चम्किलो बनाउन सक्नुहुनेछ

Continue reading सुख्खा छालाको लागि यी घरेलु मोइस्चराइजर प्रयोग गर्नुहोस्

अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्‍यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका

अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्‍यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका

इन्टरनेटमा क्रोम सर्वाधिक बढी प्रयोग हुने ब्राउजर हो । विशेषगरी कुनै पनि वेबसाइट खोल्ने, त्यसमा नयाँ अकाउन्ट बनाउने, विभिन्न विवरण राखेर फारम भर्ने जस्ता काम क्राेमबाट गरिरहेका हुन्छौँ ।

हामीलाई एउटै विवरण धेरै पटक भरिरहँदा दिक्दार लागेको हुनसक्छ । आज हामी बारम्बार राखिरहनु पर्ने त्यस्ता विवरण स्वतः कसरी राख्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौँ ।

Continue reading अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्‍यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका

वजन घटाउने यी ५ घरेलु पेय पदार्थ

health tips

स्वस्थ र राम्रो जीवनशैलीका लागि शरीर स्वस्थ रहनु अति आवश्यक छ। स्वस्थ शरीरका लागि तौल नियन्त्रणमा राख्नु पनि आवश्यक हुन्छ । यस्तो अवस्थामा धेरै मानिस तौल घटाउने इच्छामा जिम जान्छन् । यदि तपाईँ पनि ती व्यक्तिहरू मध्ये एक हुनुहुन्छ भने, केही विशेष पेयहरूले तपाईँलाई वजन घटाउन मद्दत गर्न सक्छ। विज्ञहरूका अनुसार हाम्रो शरीर करिब ७० प्रतिशत पानीले बनेको हुन्छ । यस्तो अवस्थामा, जब हामी तरल पदार्थ उपभोग गर्छौँ, यसले हाम्रो तौल र समग्र स्वास्थ्यलाई असर गर्छ। यस्तो अवस्थामा बढी मदिरा सेवन गर्दा पाचन प्रणाली र निद्रामा समस्या आउन सक्छ । अर्कोतर्फ, सफ्ट ड्रिंक्स र प्याक गरिएको जुसले तिर्खा मेटाउन सक्छ तर यसमा रहेको चिनीको मात्राले तौल बढाउँछ।

यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने सही हाइड्रेशन छनौट गर्नु आवश्यक छ। यो चिनी बिना घर मा वजन घटाउने पेयसँग पाउन सकिन्छ। यी पेयहरू घरमा कसरी तयार गर्न सकिन्छ भनेर जान्न महत्त्वपूर्ण छ।

Continue reading वजन घटाउने यी ५ घरेलु पेय पदार्थ