चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।
चिनियाँ पूर्वीय चिकित्सामा प्रचलित विभिन्न विधिमध्ये अकुप्रेसर, अकुपञ्चर र रिफेक्सलोजी पनि हो । योग चिकित्सामा विभिन्न नाडीहरू भने जस्तै चिनियाँ पूर्वीय चिकित्साअनुसार विभिन्न मेरिडियन शरीरमा यत्रतत्र बगिरहेका हुन्छन् ।
त्यस अवस्थामा हाम्रो शरीरमा विभिन्न गाँठाहरु उत्पन्न भएका हुन्छन् । शरीरमा सकारात्मक र नकारात्मक ऊर्जा बगिरहेको अवस्थामा हामीले कुनै बिन्दुमा थिच्दा धेरै प्रकारका स्वास्थ्यलाभ मिल्छ ।
अकुप्रेसरमा विभिन्न खालमा पोइन्टहरु हुन्छन् । जसको रिफ्लेक्स पोइन्ट, आसी पोइन्ट, मोट पोइन्ट जस्ता नाम छन् । रिफ्लेक्स पोइन्ट हात, खुट्टा र कानमा हुन्छ । शरीरको बनोट जस्तो त्यस्तो बनावट हाम्रो हात–खुट्टामा पनि हुन्छ ।
अकुप्रेसर एउटा सरल चिकित्सा पद्धति हो । यसलाई घरमै प्राथमिक उपचारको रूपमा गर्न सकिन्छ । शरीरको विभिन्न अंगमा रहेका पोइन्टहरुलाई दबाएर विभिन्न स्वास्थ्यलाभ लिन सकिन्छ ।
हाम्रो शरीरको ६० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी बिना जीवन छैन। शरीरमा पर्याप्त मात्रामा पानी भएको कारणले शरीरको काम ठिकसँग हुन्छ । तर कहिले पानी पिउने भन्ने कुरामा मानिस अन्योलमा हुन्छन् । बिहान उठ्ने बित्तिकै ब्रस नगरी पानी पिउँदा धेरै फाइदा हुने विश्वास कतिपयको हुन्छ भने कतिपयले यसको उल्टो सोच्छन् र उनीहरूको विश्वास छ कि बिहान उठ्ने बित्तिकै ब्रस नगरी पानी पिउँदा मुखको फोहोर भित्र जान्छ । जसले हानि गर्छ। यो स्वास्थ्यसँग खेलबाड हो। आखिर यथार्थ के हो त ?
यस विषयमा केही अध्ययनहरूले खाली पेटमा पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुने बताएको छ । यता, सामाजिक सञ्जालमा भारतीय योग प्रशिक्षक तथा होमियोप्याथी चिकित्सक डाक्टर नुपुर रोहतगीले खाली पेट ब्रस नगरी पानी पिउनु उत्तम भएको बताएकी छिन् । जानौँ खाली पेट पानी पिउनुको वास्तविकता के हो ?
शरीरमा कुनै गाँठागुठी देखिनेबित्तिकै धेरैलाई शंका लाग्छ कतै क्यान्सर त भएन ? यस्ता गाँठागुठी क्यान्सरकै कारण हुने भएकाले पनि हामीमध्ये धेरैको मनमा यस्तो सोच आउनु स्वभाविक नै हो । हातको नाडीमा पनि गाँठो वा सिस्ट देखिन सक्छ । तर यसबाट आत्तिहाल्नु भने पर्दैन ।
हातको नाडीमा देखिने ग्यान्ग्लियन सिस्ट हो, यसमा क्यान्सरको कुनै डर हुँदैन । ग्यान्गलियन सिस्ट एकप्रकारको तरल पदार्थले भरिएको सानो थैली वा डल्लो हो । जुन शरीरको जोर्नी वा टेन्डन (मांसपेशीलाई हड्डीसँग जोड्ने तन्तु) मा बढी देखिन्छ । यस्तो डल्लोभित्र बाक्लो, टाँसिने र चिल्लो खाको तलर पदार्थ हुन्छ ।
शरीरमा कुनै गाँठागुठी देखिनेबित्तिकै धेरैलाई शंका लाग्छ कतै क्यान्सर त भएन ? यस्ता गाँठागुठी क्यान्सरकै कारण हुने भएकाले पनि हामीमध्ये धेरैको मनमा यस्तो सोच आउनु स्वभाविक नै हो । हातको नाडीमा पनि गाँठो वा सिस्ट देखिन सक्छ । तर यसबाट आत्तिहाल्नु भने पर्दैन ।
हातको नाडीमा देखिने ग्यान्ग्लियन सिस्ट हो, यसमा क्यान्सरको कुनै डर हुँदैन । ग्यान्गलियन सिस्ट एकप्रकारको तरल पदार्थले भरिएको सानो थैली वा डल्लो हो । जुन शरीरको जोर्नी वा टेन्डन (मांसपेशीलाई हड्डीसँग जोड्ने तन्तु) मा बढी देखिन्छ । यस्तो डल्लोभित्र बाक्लो, टाँसिने र चिल्लो खाको तलर पदार्थ हुन्छ ।
तपाईँको ओठ गर्मीमा कालो र कुरूप हुन थालेको छ भने, यस्तो अवस्थामा आइस फोमेन्टेसन तपाईँको लागि धेरै स्वस्थ हुन सक्छ। ओठमा बरफ लगाउनाले रक्तसञ्चारमा सुधार हुन्छ, जसले ओठलाई गुलाबी बनाउन सक्छ। यसका साथै ओठको कालोपन पनि हट्छ । ओठमा बरफ लगाउनाले धेरै फाइदा हुन्छ । यसले ओठको सुन्निने र कालोपन हटाउन सक्छ। यसका फाइदाहरू विस्तारमा जानौँ !
ओठको सुख्खापन कम गर्न
यदि तपाईँ नियमित रूपमा ओठमा बरफ रगडाउनुहुन्छ भने, यसले रक्त नलीहरू साँघुरो बनाउँछ। यसो गर्दा ओठको सुख्खापन कम हुन्छ। यसका साथै ओठको जलन र सुन्निने समस्याबाट पनि धेरै राहत मिल्नेछ ।
ओठ गुलाबी बनाउन
यदि तपाईँले दैनिक ओठमा लगाउनुहुन्छ भने, यसले ओठमा रक्तसञ्चार सुधार गर्छ। यसले ओठको मृत कोशिकाहरू हटाउँछ। यसका साथै ओठको गुलाबीपन पनि बढ्छ । साथै तपाईँको ओठ धेरै नरम हुन्छ।
ओठको कालोपन हटाउन
गर्मीमा ओठमा बरफ लगाएर ओठलाई एक्सफोलिएट गर्नु राम्रो हुन्छ । यसले छालाबाट ओठको मृत कोशिकाहरू हटाउन सक्छ। यसका साथै ओठको कोमलता पनि बढ्छ । ओठमा दिनहुँ बरफ लगाउँदा पिग्मेन्टेसनबाट छुटकारा पाउन सकिन्छ । यदि तपाई ओठको कालोपनको समस्याबाट ग्रसित हुनुहुन्छ भने आइस फोमेन्टेसन तपाईँको लागि राम्रो हुन सक्छ ।
घामबाट जोगाउन
गर्मीमा ओठमा बरफ लगाउनाले ओठको छालालाई घामबाट जोगाउन सकिन्छ । घामको कारणले ओठमा दाग, चिलाउने र कालोपनको समस्यालाई यसले हटाउन सक्छ।
ओठ हाइड्रेटेड राख्न
ओठमा बरफ लगाउँदा ओठको नमी कायम रहन्छ। यसले ओठको सुगन्ध बढाउँछ। यसका साथै ओठको हाइड्रेसन पनि धेरै बढ्छ । यदि तपाई ओठ फुट्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने ओठमा बरफ लगाउने गर्नुहोस् ।
ओठमा बरफ लगाएर धेरै फाइदा लिन सकिन्छ । तर, ध्यान राख्नुहोस् कि यसलाई सीधा ओठमा लगाउनु हुँदैन। यसलाई सुती कपडामा बेर्नुहोस् र ओठमा लगाउनुहोस् ।
कान चिलाउने समस्यालाई हामीमध्ये धेरैले बेवास्ता गरिरहेका हुन्छौं । कान चिलाउने धेरै कारण हुन सक्छन् । कान सुक्खा भएर, कानमा तेल हाल्दा, पानी पस्दा, कानेगुजी जम्मा भएर, कानभित्र चाया परेर, ढुसी परेर कान चिलाउने हुन्छ ।
कान चिलाउने समस्या सामान्य सोचेर बस्दा पछि जटिल अवस्था समेत आउन सक्छ । कान किन चिलाउँछ ? यसबारे यहाँ चर्चा गरिन्छ ।
कान सुक्खा भएर
कानमा तेल हाल्ने र कानेगुजी निकाल्ने गर्दा त्यहाँ भएको नरमपन हट्छ र कान सुक्खा हुने हुन्छ । सुक्खापनले गर्दा कानमा चाया पर्छ र कान चिलाउँछ ।
कानेगुजी जम्मा भएर
कानेगुजी जम्मा हुँदा पनि कान चिलाउने गरिन्छ । कानेगुजी निकाल्न तेल हाल्दा कान डम्म हुन्छ, त्यसबेला कान चिलाउने हुन्छ । धेरैले कानेगुजी निकाल्न काठ, पिन, इयरबर्ड, औंलाको प्रयोग गर्छन् । त्यसले कानेगुजी झन् भित्र जान्छ र चिलाउने समस्या अरु बढ्छ ।
कानमा पानी पसेर
कानमा पानी पर्यो भने पनि कान चिलाउँछ । पानी पसेर कान डम्म हुने अवस्थालाई इयर स्विमर भनिन्छ । किनभने यो समस्या पौडी खेल्नेहरूलाई बढी हुने गर्छ ।
ढुसी परेर
कानमा पानी पसेपछि चिलाउने हुन्छ र लामो समय रहिरहेमा कानमा ढुसी पर्ने समस्या हुन्छ । यसले कानमा संक्रमण भएर कान चिलाउने समस्या हुन्छ ।
एलर्जी भएर
खानाको एलर्जीले पनि कतिपयलाई कान चिलाउने समस्याण् हुन्छ । दूध, माछा, गहुँबाट बनेको खानेकुरा खाँदा कतिपयलाई कान चिलाउन सक्छ । स्याउ, खर्बुजा, चेरी, किबी, सूर्यमुखीको बीउ, बदाम, ओखरले पनि एलर्जी भएर कान चिलाउने समस्या हुनसक्छ ।
कान जति कोट्यायो उति चिलाउँछ
कान कोट्याउँदा धेरैलाई आनन्द आएको जस्तो लाग्छ । तर कान कोट्याइरहनु हानिकारक हुन्छ । यसले कानभित्र घाउ हुने सम्भावना त हुन्छ नै कान अझ बढी चिलाउने हुन्छ ।
कान कोट्याउँदा कानमा जलन हुने, कानमा पिलो आउने, कान दुख्ने, तरल पदार्थ बग्ने, सुन्ने क्षमतामा कमी आउने, टाउको दुख्ने, कानको वरिपरि सुन्निने जस्ता समस्या आउन सक्छन् ।
कान चिलाएमा तेल लगाउन मिल्छ ?
कानमा तेल हाल्नु हुँदैन । यद्यपि कान चिलाएमा हातमा तेल लिएर कानको बाहिरी भागमा मसाज गर्न भने सकिन्छ । कान सुक्खा भएका कारण चिलाएको छ भने केही थोपा जैतुनको तेल वा बेबी ओयल पनि हाल्न सकिन्छ ।
तर कानमा तेल, लसुन वा अन्य चीन हाल्नु उपयुक्त हुँदैन । कान चिलाउने कारण पत्ता लगाएर त्यसै अनुरूपको उपचार गर्नुपर्छ ।