Category Archives: Extra Dose For You

युट्युबबाट भिडियो डाउनलोड कसरी गर्ने ?

काठमाडौं । भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले प्रयोगकर्तालाई अफलाइनमा भिडियो हेर्नका लागि भनेर भिडियो डाउनलोड गर्ने सुविधा प्रदान गरेको हुन्छ । यद्यपि यसमा केही सीमाहरु भने हुन्छन् । स्मार्टफोन प्रयोगकर्ता जो युट्युबको निशुल्क प्रयोगकर्ता हुन् उनीहरुका लागि ७२० पिक्सेल रिजोलुसनमा युट्युब भिडियो डाउनलोड गर्ने सुविधा हुन्छ ।

जबकि प्रिमियम प्रयोगकर्ताले भने पूर्ण रिजोलुसनमा भिडियो डाउनलोड गर्न सक्दछन् । युट्युब भिडियो डाउनलोडको सुविधा स्मार्टफोनमा जस्त डेस्कटपमा पनि रहेको छ । यद्यपि सबै युट्युब भिडियोहरु डाउनलोड गर्न भने सकिँदैन । सेट गरिएका तथा युट्युब च्यानलबाटै Private viewing निस्क्रिय पारिएका भिडियोहरु डाउनलोड गर्न सकिँदैन ।

स्मार्टफोनमा युट्युब भिडियो कसरी डाउनलोड गर्ने ?

Continue reading युट्युबबाट भिडियो डाउनलोड कसरी गर्ने ?

आइफोनमा डिलिट भएका म्यासेज कसरी रिकभर गर्ने ?

हामीले आफ्नो आइफोनमा दिनहुँ कैयन् मेसेजहरु प्राप्त गरिरहेका हुन्छौँ, र ती मध्ये कतिपय काम लाग्ने नहुन सक्दछन् । त्यस्ता अनुपयोगी मेसेजहरुलाई हामीले डिलिट गर्दछौँ र सबैलाई एकैचोटी डिलिट गर्नका लागि धेरै मेसेज एकैपटक सेलेक्ट गर्दछौँ । तर यसो गर्दा कहिलेकाहीँ काम लाग्ने महत्वपूर्ण मेसेज पनि डिलिट हुन जान्छ । त्यस्तै कतिपय बेला आइफोन चलाइरहँदा भुलवस टेक्स्ट मेसेजहरु डिलिट हुन सक्दछन् । त्यसरी मेटिएका मेसेजहरु फिर्ता ल्याउनु आवश्यक हुनसक्दछ । तर कसरी ?

Continue reading आइफोनमा डिलिट भएका म्यासेज कसरी रिकभर गर्ने ?

किन केही मानिसहरू सधैँ नै ढिलो मात्र हुन्छन्?

किन केही मानिसहरू सधैँ नै ढिलो मात्र हुन्छन्?

Article information

  • Author, लोरा क्लार्क 
  • Role, बीबीसी वर्क लाइफ
कोही किन ढिलो हुन्छन्

स्वीकारोक्ति: म सधैँ ढिलो भैरहने मान्छे हुँ। कम्तीमा म सुध्रिने प्रयासमा छु। 

वास्तवमा मैले बारम्बार र लाजमर्दो रूपमा यो लेख सिध्याएर बुझाउनका लागि दिइएको समयसीमा पनि कटाएँ। 

म यसलाई ‘पत्रकारिताकै एक अभ्यासको रूप हो’ भनेर बहाना बनाउन पाए हुन्थ्यो भन्ने चाहन्छु। तर कुरा त्यसो होइन। 

मलाई थाहा छ- यस्तो ढिलो गर्ने म एक्लो व्यक्ति होइन। 

हाम्रा वरपर ढिलो भैरहने धेरैथरीका मानिसहरूका बारेमा हामी सबैलाई थाहा नै छ: कोही कामकाजी दम्पत्तीका बच्चा हेरिदने मानिस हुन्छन् जो सधैँ काममा ढिलो आउने हुन सक्छन्।

अर्का त्यस्ता सहकर्मी हुन सक्छन् जसले सधैँ उनलाई दिइएको काम समाप्त गर्ने समयसीमाभित्र कहिल्यै काम पूरा गर्दैनन्। 

अनि, तपाईँका कोही त्यस्ता साथी पनि हुनसक्छन् जस्लाई सँगै खाना खानको लागि कतै बोलाउनु पर्यो भने निश्चित समयभन्दा ३० मिनेट अगाडिको समय दिएर बोलाउनु पर्ने हुन्छ। 

कसैको अरूलाई पर्खाउने जुन बानी हुन्छ त्यो जस्तो रिस उठाउने व्यवहार अरू थोरै मात्र छन्। 

तर कसैले तपाईँलाई पर्खाइरहेको बेला तपाईँको मनमा जस्तो सुकै धारण बनेको भएपनि त्यसको अर्थ के होइन भने तपाईँका साथी वा तपाईँका सहयोगी स्वार्थी छन्। 

ढिलोपनको मनोविज्ञानमाथि विचार गरी हेर्दा त्यो मानिसको मष्तिष्कले कुनै हदसम्म सही ढङ्गले कार्य नगर्दा उत्पन्न हुन गएको नतिजा जस्तो देखिनसक्छ।

Continue reading किन केही मानिसहरू सधैँ नै ढिलो मात्र हुन्छन्?

नेपालबाट पनि यस वर्ष पुच्छ्रेतारा अवलोकन गर्न सकिने भएको छ।

नेपालबाट शुक्रबारदेखि पुच्छ्रेतारा अवलोकन गर्न सकिने, कसरी हेर्ने?

नेपालबाट पनि यस वर्ष पुच्छ्रेतारा अवलोकन गर्न सकिने भएको छ। शुक्रबारबाट C/2022 E3 (ZTE) नामक पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने भएको हो।

नेपालबाट यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवताराको सामिप्यमा पौष अन्तिम सातादेखि माघ महिनाको दोस्रो सातासम्म साँझ ७:०० बजेपश्चात् अवलोकन गर्न सकिनेछ। 

यो पुच्छ्रेताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा पौष २९ गते सूर्यको सबैभन्दा नजिक आउने भएकाले त्यसपश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिने बीपी कोइरला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले जनाएको छ।

आजभन्दा ५० हजार वर्ष पहिलाको समयमा सौर्यमण्डलमा समुपस्थित भएर पृथ्वीबाट देखिएको थियो।

पुच्छ्रेतारा फेब्रुअरी २ मा पृथ्वीको सामिप्यमा ४२ करोड किमिको दूरीमा आइपुग्नेछ। हाल उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्धमा बस्नेले अवलोकन गर्न सक्नेछन् भने फेब्रअरी २ पश्चात् दक्षिणी गोलार्धमा बस्नेले पनि अवलोकन गर्न सक्नेछन् ।

उक्त पुच्छ्रेतारा एउटा टाउको र दुईवटा लामो र छोटो पुच्छरका रूपमा देखिने छ। हरियो रङ्गको देखिनुमा डाइकार्बन अणुहरुको समुपस्थितिले गर्दा भएको हो। 

खाली आखाँले अवलोकन गर्न नसकिए तापनि वाइनाकुलर तथा टेलिस्कोपको सहायताले अवलोकन गर्न सकिनेछ। 

तर फेब्रुअरी २ पश्चात् खाली आखाँले केही समयका लागि यसलाई अवलोकन गर्न सकिनेछ। 

कुनै समयमा आकाशमा पुच्छेतारा देखेपछि कुनै संकटको संकेत भनेर मानिने पुच्छ्रेताराहरू वैज्ञानिक जगतका लागि अहिले अनुसन्धानको विषय भएको छ।

Continue reading नेपालबाट पनि यस वर्ष पुच्छ्रेतारा अवलोकन गर्न सकिने भएको छ।

डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ?

डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ? 

डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ?

मोबाइल, कम्प्युटर तथा इन्टरनेटको प्रयोग बढेसँगै तपाईँ हामी दिनानुदिन नयाँ प्राविधिक शब्दसँग परिचित हुँदै गइरहेका छौँ । हिजो अपरिचित लागेका शब्दहरू आज हाम्रो दैनिकीको महत्त्वपूर्ण हिस्सा बनिसकेका हुन्छन् ।

तपाईँ हामीले इन्टरनेटमा विभिन्न कुराहरू खोजिरहँदा डटकम (.com) शब्दसँग थुप्रै पटक ठोक्किन पुगिरहेका हुन्छौँ । आज हामी तपाईँलाई डटकमसँग जोडिएका विभिन्न विषयको बारेमा जानकारी दिँदै छौँ ।

Continue reading डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ?

यस्तो छ हाम्रो खानपान शिष्टचार

खाने कसरी ?

यस्तो छ हाम्रो खानपान शिष्टचार

बिहान उठेर नित्यकर्म गर्नेदेखि बेलुकी सुत्ने समयसम्म हामी नियममा बाँधिएका हुन्छौं । दैनिक जीवनका विभिन्न कार्य आ–आफ्नै नियम वा पद्धतिमा चलेका हुन्छन्, जसलाई शिष्टाचार पनि भनिन्छ ।

त्यसमा खानेशैली पनि पर्छ । खाना खानेशैलीले हाम्रो शिष्टाचार झल्काउँछ । तर हामीमध्ये धेरैलाई यसको आभास नभएको पनि हुन सक्छ ।

भनिन्छ, खाना खान हामीले गर्भबाटै सिकेर आएका हुन्छौं । तर कसरी खाने ? खाँदा के–के पक्षमा ध्यान दिने भन्ने बारेमा सायदैले सोच्ने गरेका छन् । हुन त व्यक्तिको खाने तरिकालाई समय, परिस्थिति र रहनसहनले पनि निर्धारण गर्छ । यसमा स्थान विशेषको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

Continue reading यस्तो छ हाम्रो खानपान शिष्टचार

टाइप नगरी कम्प्युटरमा यसरी उतार्नुहोस् कागजमा लेखिएका नेपाली अक्षर

टाइप नगरी कम्प्युटरमा यसरी उतार्नुहोस् कागजमा लेखिएका नेपाली अक्षर

टाइप नगरी कम्प्युटरमा यसरी उतार्नुहोस् कागजमा लेखिएका नेपाली अक्षर

काठमाडौं । कापीमा पेनले नलेख्ने मान्छे संसारमा बिरलै होलान् । पढाइको सामग्री होस् वा आफूलाई लागेका केही कुरा हुन् हामी अधिकांश मानिसहरू कागजमा लेख्ने गर्छौँ ।

सोही कागजमा लेखिएका कुराहरू कहिलेकाँही हामीलाई हाम्रो कम्प्युटरमा अथवा अनलाइनमा लेख्नुपर्ने हुन्छ । यस्तोमा कागजमा लेखिएका कुरालाई पुन: कम्प्युटरमा टाइप गर्छौँ । तर समय अभाव भएको अवस्थामा यो काम झन्झटपूर्ण पनि हुनसक्छ ।

Continue reading टाइप नगरी कम्प्युटरमा यसरी उतार्नुहोस् कागजमा लेखिएका नेपाली अक्षर

बेल्कुल भाइरल भेलु बाजे : टेलिफिल्मदेखि गायनसम्म


बेल्कुल भाइरल भेलु बाजे : टेलिफिल्मदेखि गायनसम्म

सोसल मिडियाको प्रभाव कतिसम्म छ भने दूरदराजका एक गुमनाम व्यक्ति रातारात ‘भाइरल’ हुन्छन् । युट्युब, फेसबुक र टिकटकभरि उनलाई छताछुल्ल बनाइन्छ । मानिसहरु उनको बोल्ने शैली, भाषा र हाउभाउमा यसरी रमाउँछन् कि अब उनलाई आफ्नो ढंगले बाँच्ने फुर्सद नै मिल्दैन । टिकटक बनाउनेदेखि युट्युबमा भिडियो बनाउनेहरू उनलाई पछ्याउन थाल्छन् ।

आफ्नो बोलीचाली र हाउभाउमा मान्छे किन यसरी लम्पट भएका हुन् ? सम्भवतः उनले कुनै भेउ पाएका छैनन् । उनीसँग न मोबाइल छ, न इन्टरनेट, न टिकटक एकाउन्ट । जसैजसै मान्छेहरू उनको वरिपरि झुम्मिन्छन्, उनी बेपर्वाह बोलिदिन्छन् । त्यही बोली र हाउभाउ ‘मनोरञ्जनको खुराक’ बन्छ, सामाजिक सञ्जालमा रमाउनेहरूका लागि ।

जसरी उनी ‘भाइरल’ हुँदै जान्छन्, त्यसलाई ‘क्यास’ गर्ने हतारो उत्तिकै हुन्छ । अन्ततः कोही उनलाई काठमाडौं ल्याएर अभिनय गराउने सुरसार गर्छन्, कोही गीत रेकर्ड गराउने ।

Continue reading बेल्कुल भाइरल भेलु बाजे : टेलिफिल्मदेखि गायनसम्म

युट्युवरले कसरी कमाउँछन् पैसा ?

युट्युवरले कसरी कमाउँछन् पैसा ?

युट्युवरले कसरी कमाउँछन् पैसा ?

तपाईं पक्कै पनि युट्युव चलाउनुहुन्छ । अहिले आम्दानी गर्ने आकर्षक विकल्पका रुपमा युट्युवलाई लिने गरिन्छ । नेपालमा धेरै युट्युव च्यानल छन्, जसले महिनामै लाखौं कमाइरहेका छन् ।

यो सुन्दा तपाईंलाई पनि यसबाट कमाउने इच्छा जागेको होला । तर कसरी कमाउने भन्ने विषयमा अनविज्ञ हुनुहुन्छ भने, यो सानो जानकारी निकै उपयोगी हुनसक्छ ।

पृथक र सृजनात्मक सामग्री (कन्टेन्ट) दिनसके युट्युव आम्दानीको एक राम्रो स्रोत बन्न सक्छ । यसका लागि सबैभन्दा पहिले तपाईंसँग युट्युव च्यानल हुन आवश्यक छ ।

Continue reading युट्युवरले कसरी कमाउँछन् पैसा ?

आईफोन १५ सिरिजका सबै मोडलमा ४८ मेगापिक्सेलको क्यामेरा

आईफोन १५ सिरिजका सबै मोडलमा ४८ मेगापिक्सेलको क्यामेरा

एप्पलको आगामी सिरिज आईफोन १५ यती बेला निकै चर्चामा छ । कम्पनीले आईफोन १४ मा सोचे जस्तो सफलता हात पार्न नसके पश्चात आगामी सिरिजको आईफोन १५ मा धेरै फिचर थप हुने अपेक्षा गरिएको छ । यसैबिच आईफोन १५ मा उपलब्ध हुने फिचरबारे विभिन्न जानकारीहरू बाहिरिने क्रम जारी छ ।

भर्खरैमात्र बाहिरिएको जानकारी अनुसार आईफोन १५ सिरिजका सबै फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हुने जनाइएको छ । हाईटङ इन्टरनेसनल टेक रिसर्चर जेफ पुले आईफोनमा यो वर्ष क्यामेरामा ठूलो परिवर्तन हुने जानकारी दिएका हुन् ।

उनका अनुसार आईफोन १५ सिरिजका फोनमा तीन ओटा रियर क्यामेरा रहनेछ । त्यसमध्ये मुख्य क्यामेरा ४८ मेगापिक्सेलको हुनेछ । हुन त कम्पनीले आईफोन १४ सिरिज अन्तर्गत आईफोन १४ प्रो म्याक्समा पनि यही क्यामेरा सेटअप उपलब्ध गराएको थियो ।

यसका साथै फोनमा १२ मेगापिक्सेलको पेरिस्कोप लेन्स, सिक्स एक्स अप्टिकल जुम क्यामेरा लेन्स रहने जनाइएको छ । फोनमा कम्पनी आफैले उत्पादन गरेको ए१७ चिपसेट प्रयोगमा ल्याउने उल्लेख गरिएको छ ।

Continue reading आईफोन १५ सिरिजका सबै मोडलमा ४८ मेगापिक्सेलको क्यामेरा