हाम्रो भान्सामा यस्ता धेरै खानेकुराहरू छन् जुन स्वास्थ्यका लागि फाइदाजनक छन्। यसको प्रयोगबाट धेरै प्रकारका शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ र धेरै रोगको जोखिम कम गर्न सकिन्छ । यी खानेकुरा मध्ये एक हो कागती। कागती धेरै औषधीय गुणहरूले भरिपूर्ण छ। अनुहारको दाग र पिम्पल देखि लिएर स्वास्थ्यसँग सम्बन्धित अन्य समस्याहरूमा कागतीको प्रयोग गर्न सकिन्छ। कागतीमा भिटामिन सी हुन्छ । कागतीलाई आयुर्वेदमा एउटा महत्त्वपूर्ण फल मानिन्छ, जसलाई विज्ञहरूले रोग मार्ने र रोग प्रतिरोधी क्षमता बढाउने फलका रूपमा मान्यता दिएका छन् । कागतीलाई घरेलु उपचार र औषधीको रूपमा प्रयोग गरिन्छ। पोषक तत्त्वले भरिपूर्ण कागतीमा धेरै फाइदाहरू छन्। कागतीको नियमित सेवनबाट हुने स्वास्थ्य लाभ र फाइदाहरू बारे जानौँ।
मानिसका गतिविधि या हरेक अंग मस्तिष्कको इसारामा चल्ने गर्छ । त्यसैले मस्तिष्कलाई असर नपुगोस् भन्ने कुरामा सधैँ चनाखो हुनुपर्छ । मस्तिष्कलाई असर पार्ने तत्व थुप्रै हुन्छन् । त्यस्ता विषयमा सजग हुनु आवश्यक छ ।
तनाव दिमागलाई असर पार्ने एउटा महत्वपूर्ण कारण भनेको तनाव अर्थात् स्ट्रेस हो । लगातारको तनावका कारण मस्तिष्कले कार्टिसोल हर्मोन रिलिज गर्दै लैजान्छ । र, बिस्तारै शरीरभरि तनाव फैलिन थाल्छ । सामान्य अवस्थामा पनि तनावविना काम गर्न नसक्ने परिस्थिति आउन सक्छ । त्यसैले दिमागलाई तनावमा राख्नुहुँदैन ।
फ्री र्याडिकल फ्री र्याडिकलले मस्तिष्कमा आघात पुर्याउने काम गर्छ । यसले मस्तिष्कको कोषिकाहरूलाई मार्ने काम गर्छ । अनि मस्तिष्कमा असर पुग्छ । यसकै कारण मेमोरी लस, मुड डिसअर्डर, सेन्स गुम्नेलगायतका समस्या हुने गर्छ । यसले क्रोनिक स्ट्रेस, मेन्टल डिसअर्डर, डिप्रेसनलगायतका समस्या पनि निम्त्याउने गर्छ । यो तनावसँग पनि जोडिएको हुन्छ । यसबाट बच्न जरुरी छ ।
मदिरा र लागुपदार्थ मदिरा र लागुपदार्थ पनि मस्तिष्कलाई अत्यधिक असर गर्ने एउटा तत्व हो । मदिराले मस्तिष्कको जटिल संरचनामा गहिरो प्रभाव पार्छ । यसले मस्तिष्क कोषिकाहरू (न्युरोन्स) बीचको रासायनिक संकेतहरू रोक्छ, जसले आवेगपूर्ण व्यवहार, अस्पष्ट बोली, कमजोर स्मरणशक्ति बनाउँछ । मस्तिष्कको न्युरोट्रान्समिटरलाई असर पुर्याउँछ । धूम्रपानले पनि मस्तिष्कमा असर पुर्याइरहेको हुन्छ ।
हर्न, कोलाहल हर्न र अत्यधिक कोलाहलले मनिसमा स्ट्रेस बढाउने काम गर्छ । र, मानिस इरिटेड हुन थाल्छ । जसले दिमागमा पनि प्रत्यक्ष असर पुर्याइरहेको हुन्छ । यसले कानको जालीमा पनि उत्तिकै असर पार्छ । किनकि, कानको पनि आफ्नै सीमा हुन्छ । बढी चर्को र निकै सानो आवाजले पनि कानलाई असर पुर्याउँछ । जसका कारण मानिसमा रक्तचाप पनि बढ्न थाल्छ ।
मोबाइलको बढी प्रयोग पछिल्लो समय प्रायः मानिसहरूले मोबाइलमा अत्यधिक समय बिताउने गर्छन् । यसबाट निस्कने रेडिएसनहरूले मस्तिष्कमा असर पुर्याइरहेको हुन्छ । राति सुत्ने वेला बढी मोबाइल चलाउँदा त अझ बढी असर गर्छ । सिरानी वा टाउकोको नजिकै मोबाइल राखेर सुत्ने बानी पनि गर्नुहुँदैन । सकेसम्म खाटमा मोबाइललगायतका इलेक्ट्रोनिक डिभाइसहरू राख्नुहुँदैन । यसो गरेमा खाटमा जानेबित्तिकै निद्रा आउने बानीको विकास हुन्छ ।
एन्जाइटी, डिप्रेसन एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्याहरूले पनि मस्तिष्कमा असर पुर्याइरहेको हुन्छ । ब्रेनका भागहरू असन्तुलित हुन थाल्छन् । समस्या लामो समयसम्म बढ्दै जाँदा कुनै कारणविना पनि डर लाग्ने, नकारात्मक विचार, अत्यधिक थकान हुनेलगायतका समस्या आउन सक्छ ।
दुर्घटना शरीरका सबै भाग मस्तिष्कबाट स्वचालित हुन्छन् । दुर्घटना हुँदा चोटले दिमागमा पनि असर पुग्छ । खासगरी, शरीरका केही भागमा चोट लाग्दा पनि कुनै न कुनै मात्रामा त्यसको असर मस्तिष्कमा पर्न जान्छ ।
विषादीयुक्त खाना हाम्रो शरीरसँग खानाको सीधा सम्बन्ध हुन्छ । असन्तुलित र अस्वस्थकर खानाले पाचन प्रणालीमा हानि पुर्याउने गर्छ । अत्यधिक विषादीयुक्त खानाले त शारीरिक साथै मानसिक असर पनि पर्न जान्छ । यस्ता खाद्यपदार्थले शरीरमा असर पार्छ र त्यस्ता असर रगतका माध्यमबाट मस्तिष्कमा पनि पुग्छ । यस्ता खानाले मानिसमा तनाव बढाउने पनि काम गर्छ । जसले गर्दा मस्तिष्कमा आघात पुग्छ । त्यसैले हामीले सधैँ स्वस्थ खानेकुरा खानुपर्छ ।
काठमाडौं । कलेजो शरीरको महत्त्वपूर्ण अंग हो, जसले खाना पचाउन मात्र नभई शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै कलेजोले ग्लुकोजको रूपमा ऊर्जा भण्डारण पनि गर्छ ।
तर खराब दिनचर्या र अव्यवस्थित खानपानका कारण कलेजोमा बोसो जम्ने अर्थात् ‘फ्याटी लिभर’को समस्या धेरैमा देखिन थालेको छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्याउँछ ।
कलेजोमा पाँच प्रतिशतभन्दा अधिक बोसो जमेमा फ्याटी लिभर हुन्छ । जीवनशैलीमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । यसको खासै संकेत हुँदैन । यद्यपि समयमै उपचार नगरे यसले स्वास्थ्यमा दीर्घकालीन तथा गम्भीर समस्या निम्तिन सक्ने ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यप बताउँछन् ।
घर अथवा कार्यालयमा काम गर्दा मोबाइलमा भन्दा ल्यापटपमा इन्टरनेट स्लो चल्ने समस्या धेरैले भोग्नुभएको होला । मोबाइलमा चलाउँदा राम्रै चल्ने इन्टरनेट ल्यापटपमा किन स्लो चल्छ त ? यसो हुनुका पछाडि धेरै कारण हुन सक्छन् । आज हामी यसै विषयमा जानकारी दिँदै छौँ ।
धेरैले छालाको हेरचाहमा दालको प्रयोग गर्छन्। अनुहारमा सुधार ल्याउन दालको फेस प्याक लगाउनु राम्रो हुन्छ । के तपाईँलाई थाहा छ दालको फेस प्याक मात्र होइन फेसियल ट्राई गर्नु पनि राम्रो विकल्प हुन सक्छ। हो, दालसँग घरेलु फेसियल गरेर केही मिनेटमै आफ्नो अनुहारलाई चम्किलो र दागरहित बनाउन सकिन्छ। यो बिलकुल प्राकृतिक तरिका हो।
अनुहारमा तुरुन्त चमक ल्याउन प्रायः मानिसहरू पार्लरमा महँगो अनुहारको उपचार गर्ने प्रयास गर्छन्। यसमा पाइने केमिकलले छालालाई हानी पुर्याउँछ। यस्तो अवस्थामा घरमै दालको फेसियल प्रयोग गरेर अनुहारमा प्राकृतिक चमक प्राप्त गर्न सकिन्छ । आउनुहोस् हामी दालको साथ फेसियलका लागि केही सजिलो टिप्स जानौँ, जसलाई पालना गरेर तपाईँ आफ्नो सौन्दर्य बढाउन सक्नुहुन्छ।
विश्वभरमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर तेस्रो स्थानमा पर्छ। नेपालमा भने यो पहिलो नम्बरमा पर्छ। नेपालमा धेरै जसो ग्रामिण भेगको महिलाहरूलाई पाठेघर मुखको क्यान्सर हुने गरेको चिकित्सकहरु बताउँछन्। विश्व स्वास्थ संगठनको रिपोर्टअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन पाँच महिलाको मृत्यु हुने गरेको पाइन्छ। समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने क्यान्सर रोग विशेषज्ञ डा रिता महासेठ बताउँछिन्। क्यान्सर लग्यो भने मृत्यु हुन्छ भन्ने आम बुझाइलाई परिवर्तन गरेर क्यान्सर लाग्न नदिन परीक्षण र लागिहाले उपचार गरे बच्न सकिन्छ भन्ने चेतना फैलाउन जरुरी भएको उनले बताइन्। यसै विषयमा स्वास्थ्यखबरका लागि अन्शु खनालले डा रिता महासेठसँग गरेको कुराकानी:
शहरिया जीवनशैलीमा मोटपन अर्थात् वजन बढ्नु अहिले सामान्य बनेको छ। यसका लागि अनेक तरिका अपनाइन्छन् पनि। तर, कतिपय घरेलु तरिका नै लाभदायक हुन सक्ने कुरामा निकै कमले ध्यान पुर्याउँछन्। आफ्नै वरिपरि रहेका ती कुराको प्रयोग गरेर वजन घटाउने घरेलु उपाय यसप्रकार छन्:
बेसार प्रायः खाना पकाउँदा, वा कुनै पनि सौन्दर्यघरेलु उपचार तयार गर्दा प्रयोग गरिन्छ। यस्तो अवस्थामा कपडामा दाग लाग्नु सामान्य कुरा हो । धेरै पटक तपाईँको नयाँ कपडामा पनि बेसारको दाग लाग्छ, जसबाट छुटकारा पाउन तपाईँले धेरै उपाय अपनाउनुहुन्छ । तर जिद्दी बेसारको दाग कपडामा धेरै रगेड्दा पनि हट्ने नाम लिँदैन। तर अब तपाईँले बेसारको दाग हटाउन चिन्ता लिनु पर्दैन। आज हामी तपाईँलाई बेसारको दाग चाँडै हटाउने केही उपाय बताउन गइरहेका छौँ।
स्कटल्यान्डमा आइतवार साँझ र सोमवार सिपीको जस्तो चम्किलो रङ्ग भएको ‘नेक्रेअस’ बादलको दुर्लभ दृश्य देखिएपछि मानिसहरू दङ्ग परेका छन्।
तस्बिरको क्याप्शन, एबर्डीनशरमा सूर्यास्तका बेला देखिएको सिपीको जस्तो रङ्गको बादल
हाम्रो वायुमण्डलमा निकै माथि हुने त्यस प्रकारको बादल बन्न चिसो अवस्था चाहिन्छ। त्यसमा हुने चहकिलो रङ्गका कारण उक्त बादललाई अङ्ग्रेजीमा “मदर अफ पर्ल” अर्थात् “मोतीकी आमा” वा सिपी पनि भनिन्छ।
“सूर्यास्तका बेला गलहरू उडिरहँदा एकदमै गजबको नेक्रेअस बादल देखियो। कस्तो अद्भुत दृश्य,” बीबीसी वेदरसँग सम्बद्ध एक मौसम अवलोकनकर्ताले भने।
ध्रुवीय क्षेत्रमाथि र वायुमण्डलको स्ट्रयाटस्फिअरभित्र झन्डै १२ देखि १९ माइल माथि निकै चिसो अवस्थामा नेक्रेअस बादल बन्छ। अरू सामान्य बादलभन्दा निकै माथि। बन्न पर्याप्त चिसो नहुने भएकाले त्यस्तो बादल यूकेमा देख्न पाउनु दुर्लभ घटना हो।