मोटोपन भएकालाई मुटुरोग हुन्छ ? धेरैको मनमा उठ्ने प्रश्न हो यो । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको जवाफ छ, ‘जोखिम हुन्छ ।’
त्यसो भए मोटोपन र मुटुरोगसँग के सम्बन्ध छ ? दुब्लो पातलोलाई मुटुको जोखिम हुन्न ? धुलिखेल अस्पतालमा कार्यरत डा. कोजु भन्छन्, ‘मोटो भएपछि मुटुको कार्यक्षमतामा भार थपिन्छ । खासगरी शरीरमा कोलेस्टोरेलको मात्रा बढेर रगतको नसामा जम्मा हुन्छ र नसा साँघुरो बनाइदिन्छ । यसले मुटुलाई पम्प गर्न गाह्रो हुन्छ ।’
हार्वर्ड हेल्थ पब्लिसिङमा एउटा लेख प्रकाशित भएको थियो, ‘के मोटोपनसँग मुटुरोगको सम्बन्ध छ ?’ शीर्षकमा । त्यसअनुसार पेट वरपर लाग्ने बोसो स्वास्थ्यका लागि खतरा हुन सक्छ । अमेरिकन हार्ट एशोसिएसनको जर्नलले यही विषयमा एउटा अध्ययन नै गरेको थियो । बेलायतमा गरिएको उक्त अध्ययनमा ४० देखि ६९ वर्षका करिब पाँच लाख मान्छे सहभागी गराइएको थियो । सहभागीमध्ये मोटोपन भएकालाई मुटुरोग र हृदयघात भएको पाइयो । उक्त अध्ययनअनुसार हृदयघात हुनेमा पुरुषभन्दा महिला बढी थिए ।
सन् २०२० जनवरी २१ मा अर्को यस्तै अध्ययन गरिएको थियो । युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित उक्त अध्ययनअनुसार जसको कम्मर आसपासमा अत्यधिक बोसो जमेका छन्, उनीहरुलाई हृदयघातको खतरा हुन्छ । अध्ययनले मोटोपनले मुटुरोगको जोखिम बढाउने कुरा उल्लेख गरेको थियो ।
डा. राजेन्द्र कोजुका अनुसार मोटोपनले मुटुरोगलाई बढावा दिने गर्छ । पेट र शरीरमा जम्ने बोसोले मुटुको कार्य सञ्चालनमा अवरोध ल्याउने त छँदैछ, उच्च रक्तचाप र मधुमेहको जोखिम पनि बढाइदिन्छ । अब प्रश्न उठ्छ, के दुब्लो पातलोलाई चाहिं मुटुरोगको जोखिम हुँदैन ?
तेजपत्ताको बोक्रालाई दालचिनी भनिन्छ । जसलाई बासनादार मसलाको रूपमा प्रयोग गरिन्छ ।
दालचिनीमा हुने पोलिफिनोल नामक तत्वले शरीरमा विशेष प्रकारका प्रोटिनहरूको काम बढाई इन्सुलिन निष्कासन गर्न सहयोग गर्छ । त्यस्तै, रगतमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । जसले गर्दा रगतमा चिनीको मात्रा कम हुने हुँदा यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ ।
जिरा, ल्वाङ र सुठोको मिश्रणमा दालचिनी हाली उमालेर खाएमा रुघाखोकी र ज्वरो ठीक हुन्छ ।
कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ ।
मुखको घाउ–खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका लागि दालचिनी प्रभावकारी हुने आयुर्वेदमा उल्लेख छ ।
घाँटी बसेमा बिहान–बेलुकी दालचिनीको धुलो उमालेर खाने गर्दा केही दिनमै आराम मिल्छ । त्यस्तै, चिसोले कपाल दुखेमा दालचिनी र मरिचको लेप बनाई बिहान–बेलुका निधार र कन्चटमा लगाएमा सन्चो हुन्छ ।
के तपाईँलाई थाहा छ, पसलमा बिक्री गर्न राखिएको घडीमा सधैँ किन १०ः१० बजेको हुन्छ ?
के तपाईँलाई थाहा छ, पसलमा बिक्री गर्न राखिएको घडीमा सधैँ किन १०ः१० बजेको हुन्छ ?
तपाईँले कतै घडी पसलमा घडी किन्न गएको बेला होस् वा अन्य कुनै विज्ञापन देख्दा नै किन नहोस्, जहाँ पनि घडीको समय १० बजेर १० मिनेटमा सेट गरेको देख्नु भएकै होला । घडी बिक्री हुने विभिन्न ठाउँमा घडीको समय एउटै अर्थात १० बजेर १० मिनेट राखेको देख्दा किन भन्ने जिज्ञासा मनमा लागेको हुनसक्छ ।
यदि तपाईँले अहिलेसम्म यो कुरा ख्याल गर्नुभएको छैन भने कुनै पनि घडीको विज्ञापन हेर्नुभयो भने त्यहाँ १० बजेर १० मिनेटको समय नै देख्नु हुनेछ । आज हामी तपाईँलाई प्रायः घडीमा किन उही समय राखेर विज्ञापन गरिएको हुन्छ भन्ने बारेमा बताउँदै छौँ ।
बिक्रेताले किन घडीमा सधैँ १० बजेर १० मिनेटको समय राखेका हुन्छन् भन्ने विषयमा धेरै भ्रामक कुराहरू पनि फैलिएका छन् । सुरुमा बिक्री गर्न घडीको समय १० बजेर १० मिनेट राख्नु पछाडिका केही भ्रामक कुराहरूबारे चर्चा गरौँ ।
१० बजे १० मिनेट एउटा त्यस्तो समय थियो, जुन समयमा अब्राहम लिंकन, जोन फिट्जेरल्ड केनडी, मार्टिन लुथर किङ्ग जुनियरलाई गोली हानी हत्या गरिएको थियो भन्ने गरिन्छ । तर यो भ्रम मात्र हो । वास्तवमा अब्राहम लिङ्कनलाई रातको १० बजेर १५ मिनेटमा गोली हानिएको थियो ।
गोली लागेको करिब नौ घण्टापछि बिहान ७ बजेर २२ मिनेट जाँदा उनको मृत्यु भएको थियो । त्यस्तै अमेरिकाका ३५ औं राष्ट्रपति जोन फिट्जेरल्ड केनडीलाई दिउसोको १२ बजेर ३० मिनेटमा गोली लागेको थियो ।
उनको मृत्यु गोली लागेको आधा घण्टापछि भएको थियो । त्यस्तै अर्का व्यक्ति मार्टिन लुथर किङ्गलाई साँझ ६ बजेर एक मिनेट जाँदा गोली लागेको थियो । गोली लागेको एक घण्टा पछि अर्थात् सात बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको थियो । यसरी उनीहरूको वास्तविक गोली लागेको र मृत्यु भएको समय हेर्दा त्यो भ्रम मात्र हो भन्ने प्रष्ट हुन्छ ।
त्यस्तै घडीमा डिफल्ट टाइम १० बजेर १० मिनेट राख्नुका पछाडि एक अर्को भ्रम प्रचलित छ । दोस्रो विश्व युद्धको बेला हिरोसिमा र नागासाकीमा आणविक बम बिस्फोट हुँदा १० बजेर १० मिनेट गएकाले त्यसैको सम्झनामा स्वरूप घडीमा १० बजेर १० मिनेटको समय राखिएको भ्रम छ ।
वास्तवमा नागासाकीमा ‘फ्याट म्यान’ नामक आणविक बम बिस्फोट हुँदा त्यहाँ बिहानको ११ बजेर दुई मिनेट गएको थियो । त्यस्तै हिरोसिमामा ‘लिटल ब्याई’ नामक आणविक बम स्थानीय समय अनुसार बिहान ८ बजेर १५ मिनेटमा बिस्फोट गराइएको थियो । त्यसबाट यो कुरा प्रस्ट हुन्छ कि उल्लेखित दुई कुरा भ्रम बाहेक केही होइनन् ।
त्यसोभए घडीको डिफल्ट टाइम १० बजेर १० मिनेट राख्नुको वास्तविकता के हो त ? प्रायः धेरै कम्पनीले आफ्नो लोगो घडीको १२ अङ्कको ठीक तल राखेका हुन्छन् । घडीमा १० बजेर १० मिनेटको समय राख्दा कम्पनीको लोगो ठीक बीचमा पर्छ । जसले गर्दा मानिसहरूको नजरमा कम्पनीको लोगो पर्छ ।
त्यही लोगो मानिसहरूको नजरमा पर्दा उनीहरू त्यसतर्फ आकर्षित भएर घडी खरिद गर्छन् । एउटा यही मनोवैज्ञानिक कारणले गर्दा घडीको डिफल्ट टाइम १० बजेर १० मिनेट सेट गरिएको हुन्छ । त्यस्तै घडीमा मिति, बार वा अन्य कुरा ३, ९ वा ६ नम्बरको छेउमा राखिएको हुन्छ । मुख्य सुई १० बजेर १० मिनेट राख्दा ती चिजहरू प्रस्ट देखिन्छन् ।
प्रायः फोटोग्राफरले लोगो देखाउनका लागि १० बजेर १० मिनेट जाँदा फोटो खिच्ने गरेको भएपनि वैज्ञानिक कारण भने केही फरक रहेको छ । रियल क्लियर साइन्सले गरेको खोजमा के पत्ता लागेको छ बने १० बजेर १० मिनेटको सुई सेट गर्दा घडीमा स्माइलीको सिम्बोल निर्माण हुन्छ ।
जसले खरिद गर्ने खरिदकर्ताको मुड अन्य समय राखेको भन्दा उत्साहित बनाइदिन्छ । यही कुरा परीक्षण गर्न उनीहरूले घडीको समय ८ बजेर २० मिनेट सेट गरे । त्यसो गर्दा घडीमा दुःखी भएको सिम्बोल बन्छ ।
यसको प्रभाव केही ठाउँमा १० बजेर १० मिनेट राखिएको भन्दा ठीक विपरित पर्यो भने केही ठाउँमा खरिदकर्ताको भावनामा कुनै असर परेन । विभिन्न खोज तथा अनुसन्धानले विज्ञापनमा घडीको सुई १० बजेर १० मिनेट राख्नुका पछाडि यिनै दुई कारण भएको पत्ता लगाएका छन् ।
काठमाडौं । जिब्रोलाई हामी अक्सर गाली गर्छौं, स्वादे जिब्रो भन्दै । किनकि हामी जिब्रोको स्वादमा लोभिंदा स्वास्थ्यलाई समेत ख्याल गर्न भुल्छौं । जिब्रोसँगै सम्बन्धित अर्को प्रचलित भनाइ पनि छ, दुई तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस । अर्थात् जथाभावी बोल्नुमा पनि जिब्रोकै दोष ।
यसरी जिब्रोलाई विभिन्न पक्षसँग जोडिन्छ अनि दोष पनि दिइन्छ । तर प्रायजसोः गालीमा प्रयोग हुने जिब्रोको भूमिका मानव स्वास्थ्यका लागि भने महत्वपूर्ण हुने ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन तथा मेडिकल डाइरेक्टर डा. हरिश जोशी बताउँछन् ।
उनका अनुसार जिब्रोले स्वाद मात्र नभई रोगको पहिचान, बोल्नमा निखारताजस्ता विभिन्न कार्यमा भूमिका खेल्छ ।
काठमाडौं । जिब्रोलाई हामी अक्सर गाली गर्छौं, स्वादे जिब्रो भन्दै । किनकि हामी जिब्रोको स्वादमा लोभिंदा स्वास्थ्यलाई समेत ख्याल गर्न भुल्छौं । जिब्रोसँगै सम्बन्धित अर्को प्रचलित भनाइ पनि छ, दुई तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस । अर्थात् जथाभावी बोल्नुमा पनि जिब्रोकै दोष ।
यसरी जिब्रोलाई विभिन्न पक्षसँग जोडिन्छ अनि दोष पनि दिइन्छ । तर प्रायजसोः गालीमा प्रयोग हुने जिब्रोको भूमिका मानव स्वास्थ्यका लागि भने महत्वपूर्ण हुने ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन तथा मेडिकल डाइरेक्टर डा. हरिश जोशी बताउँछन् ।
उनका अनुसार जिब्रोले स्वाद मात्र नभई रोगको पहिचान, बोल्नमा निखारताजस्ता विभिन्न कार्यमा भूमिका खेल्छ ।
अम्बा स्वादमा मिठो मात्र नभई यसमा धेरै औषधीय गुणहरू छन् । अम्बा बजारमा सजिलै पाइन्छ र यसलाई घरमा रोप्न पनि सकिन्छ । तर यो स्वास्थ्यका लागि कति फाइदाजनक छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।
तर पेटका धेरै रोग निको पार्ने औषधीय गुण अम्बामा अम्बाको दानाको साथै यसको बीउ पनिस्वास्थ्यको लागि धेरै फाइदाजनक छ । अम्बा खाँदा यस्ता धेरै समस्यामा राहत मिल्छ ।
काठमाडौं । स्वाद र पोषणका लागि मान्छेले आँखा चिम्लेर खाने पेय हो दूध । खासगरी गाईवस्तुको दूध मान्छेको सर्वप्रिय पेय हो ।
मान्छेबाहेक अरू कुनै पनि जनावरले अर्को प्राणीको दूध खाँदैन । तर मानिस भने लामो समयदेखि गाईवस्तुको दूध खाँदै आएका छन् । गाईभैंसीको दूध त हाम्रो स्वास्थ्यको लागि असाध्यै राम्रो भनेको हामीले धेरै सुन्दै छौं । सुनेकै भरमा हामी गाईभैंसीको दूध ढुक्क भएर खान्छौं पनि । तर के साँच्चै गाईभैंसीको दूध हाम्रो लागि अमृतसरह छ त ?
यसमा के कस्तो पोषक तत्त्व पाइन्छ ? गाईवस्तुको दूध कुन समयमा कति खानेलगायत विषयमा पोषणविद् आरेम कार्कीसँग गरिएको कुराकानी :
अम्बा स्वादमा मिठो मात्र नभई यसमा धेरै औषधीय गुणहरू छन् । अम्बा बजारमा सजिलै पाइन्छ र यसलाई घरमा रोप्न पनि सकिन्छ । तर यो स्वास्थ्यका लागि कति फाइदाजनक छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।
तर पेटका धेरै रोग निको पार्ने औषधीय गुण अम्बामा अम्बाको दानाको साथै यसको बीउ पनिस्वास्थ्यको लागि धेरै फाइदाजनक छ । अम्बा खाँदा यस्ता धेरै समस्यामा राहत मिल्छ ।
काठमाडौं । भान्सामा चामल सकिन्छ, हामी दौडिएर पसल पुग्छौं । नुन, तेल सकिन्छ, फेरि बजार दौडिन्छौं । सागसब्जी, मरमसाला, दाल-गेडागुडी, फलफूल, खाजा-नास्ता, साबुन, टुथपेस्ट जे-जति सकिन्छ, किन्नका लागि बजार चहार्छौं ।
बजार पुगेपछि अनेकथरी सरसामान देखिन्छ । किन्न मन लाग्छ । किन्छौं पनि । घरमा आइपुग्दा कति जरुरी सामान छुटेको हुन्छ र कति अनावश्यक सरसामान ल्याइएका हुन्छौं । यसले अनावश्यक दौडधुप त हुन्छ नै खर्च पनि बढ्छ । नतिजा, घरखर्च धान्न धौ-धौ हुन सक्छ ।
वास्तवमा किनमेल एक कला हो । हामीलाई केही न केही किन्नुपर्ने नै हुन्छ । घरमा सरसामान सकिएको हुन्छ तर त्यस्ता सरसामान कसरी खरिद गर्ने ? केही काइदा अपनाउन सकिन्छ ।
अब्सेसिभ कम्पलसिभ डिसअर्डर बिरामीको सोचको कुनै सीमा हुँदैन ।
रमा ३० वर्षकी युवती हुन्, उनी बारम्बार टोलाइरहन्छिन् । उनको मनमा अनौठा सोचहरू आउँछन् । जब उनी घरायसी काम गर्न खोज्छिन् तब यस्ता सोच मनमा आई सताउँछन् । उनलाई थाहा छ यो सोच आफ्नै हो तर उनी यसलाई नियन्त्रण गर्न सक्दिनन् । मन अशान्त हुन्छ, उनी मनबाट यस्ता कुरा हटाउन खोज्छिन् तर गाह्रो पर्छ । उनी लुगा धुन, नुहाउन पानीमा जानै हँुदैन, कारण उनी त्यहाँबाट उम्कन सक्दिनन् । पानीसँग जोडिएको यो मनोरोग अनौठो हुन्छ । जब उनी लुगा धुन जान्छिन् तब उनले त्यहाँ घन्टौं बिताउनुपर्ने हुन्छ । जब लुगा धुँदै जान्छिन्, मनमा सोचाइ आउँछ कि लुगा अझै सफा भैसकेको छैन अझ दस पटक पखाल्नुपर्छ । त्यसपछि उनी गन्दै दस पटक पुर्याउँछिन् र केही आनन्दको अनुभव गर्छिन् ।
फेरि सोचाइ दोहोरिन्छ अनि छटपटाउँछिन् । त्यसो त लुगा धुने, नुहाउने, हात धुने, घर सफा गर्ने, ढोकामा चुक्कुल लगाउने, पैसा काममा पनि यस्ता समस्या आउँछन् । त्यसैगरी प्रकाश पनि ३० वर्षका भए । उनी किसान हुन् । गत १ वर्षदेखि उनको मनमा एउटै विचार दोहोरिरहन्छ । जब उनी सुत्न लाग्छन् तब उनलाई मूल ढोकामा चुक्कुल लगाएको विषयमा शंका उठ्छ, उनी छटपटीमा पर्छन् र हेर्न जान्छन्, हेर्दा चुक्कुल लगाइसकेको देख्छन् तर फेरि जब उनी सुत्न लाग्छन् त्यही कुरा दोहोरिरहन्छ । उनले खाना खाएर दिसा–पिसाब गरेपछि ३०–४० पटकसम्म हात धुनुपर्छ । उनको मनमा विचार आउँछ, हात फोहोर छ अनि उनी पटक–पटक हात धुन्छन् । यस्तै उनी बाटोमा हिँड्दा फोहोर वस्तु देखेर डराउँछन्, फोहोर वस्तु खाइएला भनेर । उनलाई थाहा छ फोहोर वस्तु खानु हुँदैन तर उनी खाऊँ खाऊँ जस्तो बनाउने डरले त्यहाँ बस्न सक्दैनन् । त्यस्तै यौन विचार आउनाले उनी आफ्ना नातेदार केटी छेउ पनि बस्न सक्दैनन् । उनलाई थाहा छ उनको सोच गलत हो तर उनी त्यसबाट छुटकारा पाउन सक्दैनन् ।
समाजमा रमा र प्रकाशलाई जस्तो समस्या भएका मानिस धेरै छन्, जसलाई यो रोग हो कि होइन थाहा छैन । जब यस्तो समस्या चरम उत्कर्षमा पुग्छ तब उनीहरू डाक्टरकहाँ पुग्छन् । यस्तो समस्यालाई अब्सेसिभ कम्पलसिभ डिसअर्डर भनिन्छ । यस्ता अनौठा सोच, तस्बिर, शंका उत्पन्न हुँदा बिरामी आत्तिन्छन् । पुस्तक पढ्दा चलचित्रका दृश्यहरू मनमा आइरहन्छ र पढाइमा ध्यान कम हुन्छ । अग्लो पहाडमा वा पुलमा जाँदा अचानक मनमा त्यहाँबाट हाम फालूँजस्तो हुन्छ । त्यसो त मनमा हाम फाल्दा खतरा हुन्छ भन्ने पनि छ तर यस्तो सोचाइले बिरामीमा छटपटी पैदा हुन्छ, बिरामी के गरौं, कसो गरौं जस्तो भएर कहिलेकाहीँ चिच्याउँछन् ।
घरमा खुकुरी, चक्कु वा बन्दुक नजिक बस्दा मनमा शंका उत्पन्न हुन्छ । खुकुरीले आफूलाई हानिन्छ वा अरूलाई हानिन्छ त्यस्तो गर्नु हुँदैन भन्ने थाहा छ तर पनि यस्तो शंका–उपशंका मनमा आइरहन्छ । त्यसैले बिरामी त्यस्तो ठाउँमा बस्न रुचाउँदैनन्, त्यो ठाउँ छाडेर हिँड्छन् । यो त केवल मनको हुरी मात्र हो । सँगै बस्ने साथीलाई समेत थाहा हुँदैन । यो मनोवैज्ञानिक समस्या हो ।
अब्सेसिभ कम्पलसिभ डिसअर्डर बिरामीको सोचको कुनै सीमा हुँदैन । मन्दिरमा गएर देवताका विषयमा नराम्रो सोच, शंका, उपशंकादेखि लिएर ‘आकाश किन नीलो हुन्छ’ भन्ने सम्मका अत्यन्तै विचित्रका सोच दिमागमा जबरजस्ती पस्छन् जसबाट बिरामीले यस्तो सोच हटाउन केही गर्नुपर्ने हुन्छ । प्राय: यस्ता बिरामी मन्दिरमा धेरै समय बस्न सक्दैनन् । जब सोचाइ चरम उत्कर्षमा पुग्छ तब उनीहरू मन्दिरबाट बाहिर निस्किन्छन् । आकाशमा हेरिरहन सक्दैनन्, हतियार नजिक बस्न नसकी अर्को ठाउँमा पुग्छन् । जुत्ता–मोजा लगाउने विद्यार्थी दिनभर जुत्ता–मोजा लगाउँदैमा बिताउँछन् । जाडो महिनामा नुहाउन बाथरुम जाने बिरामी घन्टौं नुहाइरहन्छन् । टाउको र शरीर चिसो भैसक्दा पनि पानीबाट बाहिर निस्कन सक्दैनन्, कहिलेकाहीँ त एक्कासि चिच्याउँछन् । हात धुने सोचाइ आउने र यो क्रम दोहोरिँदा हात रातो हुन्छ । यसरी पानीबाट बाहिरिन अत्यन्तै गाह्रो हुने र प्राय: पानीमा नै खेलिरहने हुनाले यस्तो रोगलाई पानी बहुलाहा वा पानी मनोरोग पनि भनिन्छ ।
यो एउटा यस्तो रोग हो जसमा बारम्बार विचार, सोच, दृश्य आइरहँदा छटपटी हुन्छ । हटाउन चाहँदा चाहँदै पनि दिमागमा आई सताउँछ । यसलाई हटाउन बिरामीले कुनै क्रियाकलाप गर्नुपर्ने हुन्छ, जस्तै हात छुने, चुक्कुल लगाए नलगाएको चेक गर्ने आदि । त्यसपछि यसबाट क्षणिक फाइदा हुन्छ तर फेरि दोहोरिरहन्छ । कतिपय बिरामीमा डिप्रेसनको लक्षण पनि पाइन्छ ।
के कारणले यो रोग हुन्छ ?
यो रोगको खास कारण थाहा छैन तर मस्तिष्कमा सेरोटोनिन भनिने रसायनको गडबडी हुँदा यो रोग लाग्छ भन्ने धारणा छ । यसबाहेक सोचेको काम सफल नहुँदा तथा मस्तिष्कको संक्रमणपछि पनि यो रोग भएको पाइन्छ । वंशानुगत रूपमा पनि यो रोग सर्छ ।
उपचार कसरी गरिन्छ ?
विभिन्न खालका औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचार सोचाइ परिवर्तन गराउन, बिरामीको ध्यान केन्द्रित हुन नदिन गरिन्छ । यो रोगका केही बिरामीमा पछि गएर कडा मानसिक रोग पनि देखा पर्न सक्छ । त्यसैले समस्या थाहा हुनेबित्तिकै उपचार गराउनुपर्छ ।
कस्ता मानिसलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ?
यो रोग अत्यन्तै नैतिकवान्, आफूले भनेको नै हुनुपर्ने, अर्काको काममा चित्त नबुझ्ने खालका मानिसलाई लाग्ने सम्भावना बढी हुन्छ । यस्ता मानिसहरू अत्यन्तै नैतिकवान् हुन्छन् र अरूबाट पनि त्यस्तै आशा गर्छन्, तर समाज त्यस्तो छैन । साथै सहन सक्ने क्षमता कम हुने, सानो कुरालाई पनि ठूलो रूपमा लिने मानिसलाई पनि यो रोगले च्याप्ने सम्भावना हुन्छ ।
जान्नैपर्ने कुरा
यस्ता बिरामीले लुगा धुनु हुँदैन वा पानीमा गरिने कुनै पनि कामबाट टाढा हुनुपर्छ ।
यस्ता बिरामीले मनमा एउटै कुरा लिइरहनु हुँदैन । बारम्बार सोच परिवर्तन गर्नुपर्छ ।
खतरा हुने सामान र खतरा ठाउँमा बिरामीलाई राख्नु हुँदैन ।
जति नै ठूलो समस्या देखापरे पनि त्यो केवल बिरामीको मनमा मात्र हुन्छ । सँगैको साथीलाई पनि केही थाहा हुँदैन ।
कहिलेकाहीँ डिप्रेसन भए उपचार गर्नुपर्छ ।
धामीझाँक्रीबाट यो रोग निको हुँदैन ।
उपचार गरे यो रोग निको हुन्छ ।
यस्ता बिरामीको मनमा बारम्बार कुरा आइरहने हुनाले अत्यन्त छटपटी हुन्छ । बिरामी कुनै कुरामा भुल्दा समस्या कम हुन्छ ।