Category Archives: जानकारीमुलक

भौतिक सिमभन्दा कसरी फरक छ आई-सिम र ई-सिम ?

भौतिक सिमभन्दा कसरी फरक छ आई-सिम र ई-सिम ?

काठमाडौं । सिम (SIM) अंग्रेजी शब्द सब्सक्राइबर आइडेन्टिटी मोड्युल (Subscriber Identity Module) को छोटो रुप हो । सिम भन्ने बित्तिकै हाम्रो दिमागमा आउने कुरा भनेको एउटा चिप जस्तो कार्ड हो, जसलाई हामी हाम्रो मोबाइलमा राख्छौं र यसले हामीलाई मोबाइल प्रयोग गर्न सहयोग गर्छ भनेर बुझ्छौं ।

पछिल्लो समय बजारमा ई-सिम र आई-सिमको चर्चा बढ्दो छ । नेपालमा पनि नेपाल टेलिकम र एनसेलले ई-सिम वितरण सुरु गरिसकेका छन् । यस्तोमा ई-सिम र भौतिक सिमलाई लिएर धेरै प्रश्न उब्जिएका छन् । यसैबीच आई-सिमको चर्चा सुरु भएको छ । यो लेखमा भौतिक सिमबाट आई-सिम र ई-सिमबीचको भिन्नता उल्लेख गरिएको छ ।

Continue reading भौतिक सिमभन्दा कसरी फरक छ आई-सिम र ई-सिम ?

कलेजोमा बोसो जमे के हुन्छ ?

काठमाडौं । कलेजो शरीरको महत्त्वपूर्ण अंग हो, जसले खाना पचाउन मात्र नभई शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै कलेजोले ग्लुकोजको रूपमा ऊर्जा भण्डारण पनि गर्छ ।

तर खराब दिनचर्या र अव्यवस्थित खानपानका कारण कलेजोमा बोसो जम्ने अर्थात् ‘फ्याटी लिभर’को समस्या धेरैमा देखिन थालेको छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्‍याउँछ ।

कलेजोमा पाँच प्रतिशतभन्दा अधिक बोसो जमेमा फ्याटी लिभर हुन्छ । जीवनशैलीमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । यसको खासै संकेत हुँदैन । यद्यपि समयमै उपचार नगरे यसले स्वास्थ्यमा दीर्घकालीन तथा गम्भीर समस्या निम्तिन सक्ने ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यप बताउँछन् ।

‘धेरै चिल्लो तथा कार्बोहाइड्रेटयुक्त खाना खाने

Continue reading कलेजोमा बोसो जमे के हुन्छ ?

नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?

एक अध्ययनबाट रमाइलो तथ्य बाहिर आएको छ- ‘अक्सर दम्पतीबीच वर्षमा औसत ३६५ पटक नै ठाकठुक पर्छ ।’ सबै दम्पतीको हकमा यस्तो नहोला । यद्यपि अधिकांश दम्पतीबीच कुनै न कुनै निहुँमा मतभेद भइरहेकै हुन्छ ।

यस्तो दम्पती दुर्लभ होलान्, जसको श्रीमान् र श्रीमतीबीच मतभेद, मनमुटाव, ठाकठुक वा झगडा पर्दैन । कसरी यसको अपवाद हुनसक्थे नेपाली दम्पती पनि ।

दम्पतीबीच हुने झगडाका दुई रूप हुन्छ । एक किसिमको झगडा, जसले दम्पतीबीचको असमझदारी हटाउने काम गर्छ । र, उनीहरूको सम्बन्धलाई थप परिपक्व बनाउँदै लैजान्छ ।

अर्को किसिमको झगडा, जसले उनीहरूबीच वैमनस्यको बीज रोप्छ । र, उनीहरूको सम्बन्ध क्रमशः कमजोर हुँदै जान्छ । झगडा हुनु स्वाभाविक हो, जब त्यो सही निष्कर्षमा पुग्छ ।

अब लागौं, मूल विषयतर्फ । अक्सर नेपाली दम्पतीबीच के कुरामा मतभेद हुन्छ ? कुन कुरालाई लिएर उनीहरू ठाकठुक गर्छन् ?

Continue reading नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?

ओठको कालोपनबाट छुटकारा पाउन बरफको प्रयोग गर्नुहोस्


beauty tips

तपाईँको ओठ गर्मीमा कालो र कुरूप हुन थालेको छ भने, यस्तो अवस्थामा आइस फोमेन्टेसन तपाईँको लागि धेरै स्वस्थ हुन सक्छ। ओठमा बरफ लगाउनाले रक्तसञ्चारमा सुधार हुन्छ, जसले ओठलाई गुलाबी बनाउन सक्छ। यसका साथै ओठको कालोपन पनि हट्छ । ओठमा बरफ लगाउनाले धेरै फाइदा हुन्छ । यसले ओठको सुन्निने र कालोपन हटाउन सक्छ। यसका फाइदाहरू विस्तारमा जानौँ !

ओठको सुख्खापन कम गर्न

यदि तपाईँ नियमित रूपमा ओठमा बरफ रगडाउनुहुन्छ भने, यसले रक्त नलीहरू साँघुरो बनाउँछ। यसो गर्दा ओठको सुख्खापन कम हुन्छ। यसका साथै ओठको जलन र सुन्निने समस्याबाट पनि धेरै राहत मिल्नेछ ।

ओठ गुलाबी बनाउन

यदि तपाईँले दैनिक ओठमा लगाउनुहुन्छ भने, यसले ओठमा रक्तसञ्चार सुधार गर्छ। यसले ओठको मृत कोशिकाहरू हटाउँछ। यसका साथै ओठको गुलाबीपन पनि बढ्छ । साथै तपाईँको ओठ धेरै नरम हुन्छ।

ओठको कालोपन हटाउन

गर्मीमा ओठमा बरफ लगाएर ओठलाई एक्सफोलिएट गर्नु राम्रो हुन्छ । यसले छालाबाट ओठको मृत कोशिकाहरू हटाउन सक्छ। यसका साथै ओठको कोमलता पनि बढ्छ । ओठमा दिनहुँ बरफ लगाउँदा पिग्मेन्टेसनबाट छुटकारा पाउन सकिन्छ । यदि तपाई ओठको कालोपनको समस्याबाट ग्रसित हुनुहुन्छ भने आइस फोमेन्टेसन तपाईँको लागि राम्रो हुन सक्छ ।

घामबाट जोगाउन

गर्मीमा ओठमा बरफ लगाउनाले ओठको छालालाई घामबाट जोगाउन सकिन्छ । घामको कारणले ओठमा दाग, चिलाउने र कालोपनको समस्यालाई यसले हटाउन सक्छ।

ओठ हाइड्रेटेड राख्न

ओठमा बरफ लगाउँदा ओठको नमी कायम रहन्छ। यसले ओठको सुगन्ध बढाउँछ। यसका साथै ओठको हाइड्रेसन पनि धेरै बढ्छ । यदि तपाई ओठ फुट्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने ओठमा बरफ लगाउने गर्नुहोस् ।

ओठमा बरफ लगाएर धेरै फाइदा लिन सकिन्छ । तर, ध्यान राख्नुहोस् कि यसलाई सीधा ओठमा लगाउनु हुँदैन। यसलाई सुती कपडामा बेर्नुहोस् र ओठमा लगाउनुहोस् ।

कान किन चिलाउँछ ?

कान चिलाउने समस्यालाई हामीमध्ये धेरैले बेवास्ता गरिरहेका हुन्छौं । कान चिलाउने धेरै कारण हुन सक्छन् । कान सुक्खा भएर, कानमा तेल हाल्दा, पानी पस्दा, कानेगुजी जम्मा भएर, कानभित्र चाया परेर, ढुसी परेर कान चिलाउने हुन्छ ।

कान चिलाउने समस्या सामान्य सोचेर बस्दा पछि जटिल अवस्था समेत आउन सक्छ । कान किन चिलाउँछ ? यसबारे यहाँ चर्चा गरिन्छ ।

कान सुक्खा भएर 

कानमा तेल हाल्ने र कानेगुजी निकाल्ने गर्दा त्यहाँ भएको नरमपन हट्छ र कान सुक्खा हुने हुन्छ । सुक्खापनले गर्दा कानमा चाया पर्छ र कान चिलाउँछ ।

कानेगुजी जम्मा भएर

कानेगुजी जम्मा हुँदा पनि कान चिलाउने गरिन्छ । कानेगुजी निकाल्न तेल हाल्दा कान डम्म हुन्छ, त्यसबेला कान चिलाउने हुन्छ । धेरैले कानेगुजी निकाल्न काठ, पिन, इयरबर्ड, औंलाको प्रयोग गर्छन् । त्यसले कानेगुजी झन् भित्र जान्छ र चिलाउने समस्या अरु बढ्छ ।

कानमा पानी पसेर

कानमा पानी पर्‍यो भने पनि कान चिलाउँछ । पानी पसेर कान डम्म हुने अवस्थालाई इयर स्विमर भनिन्छ । किनभने यो समस्या पौडी खेल्नेहरूलाई बढी हुने गर्छ ।

ढुसी परेर 

कानमा पानी पसेपछि चिलाउने हुन्छ र लामो समय रहिरहेमा कानमा ढुसी पर्ने समस्या हुन्छ । यसले कानमा संक्रमण भएर कान चिलाउने समस्या हुन्छ ।

एलर्जी भएर

खानाको एलर्जीले पनि कतिपयलाई कान चिलाउने समस्याण् हुन्छ । दूध, माछा, गहुँबाट बनेको खानेकुरा खाँदा कतिपयलाई कान चिलाउन सक्छ । स्याउ, खर्बुजा, चेरी, किबी, सूर्यमुखीको बीउ, बदाम, ओखरले पनि एलर्जी भएर कान चिलाउने समस्या हुनसक्छ ।

कान जति कोट्यायो उति चिलाउँछ

कान कोट्याउँदा धेरैलाई आनन्द आएको जस्तो लाग्छ । तर कान कोट्याइरहनु हानिकारक हुन्छ । यसले कानभित्र घाउ हुने सम्भावना त हुन्छ नै कान अझ बढी चिलाउने हुन्छ ।

कान कोट्याउँदा कानमा जलन हुने, कानमा पिलो आउने, कान दुख्ने, तरल पदार्थ बग्ने, सुन्ने क्षमतामा कमी आउने, टाउको दुख्ने, कानको वरिपरि सुन्निने जस्ता समस्या आउन सक्छन् ।

कान चिलाएमा तेल लगाउन मिल्छ ?

कानमा तेल हाल्नु हुँदैन । यद्यपि कान चिलाएमा हातमा तेल लिएर कानको बाहिरी भागमा मसाज गर्न भने सकिन्छ । कान सुक्खा भएका कारण चिलाएको छ भने केही थोपा जैतुनको तेल वा बेबी ओयल पनि हाल्न सकिन्छ ।

तर कानमा तेल, लसुन वा अन्य चीन हाल्नु उपयुक्त हुँदैन । कान चिलाउने कारण पत्ता लगाएर त्यसै अनुरूपको उपचार गर्नुपर्छ ।

(नाक कान घाँटीरोग विशेषज्ञ डा. न्यौपाने त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन् उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

कान किन चिलाउँछ ?

कान चिलाउने समस्यालाई हामीमध्ये धेरैले बेवास्ता गरिरहेका हुन्छौं । कान चिलाउने धेरै कारण हुन सक्छन् । कान सुक्खा भएर, कानमा तेल हाल्दा, पानी पस्दा, कानेगुजी जम्मा भएर, कानभित्र चाया परेर, ढुसी परेर कान चिलाउने हुन्छ ।

कान चिलाउने समस्या सामान्य सोचेर बस्दा पछि जटिल अवस्था समेत आउन सक्छ । कान किन चिलाउँछ ? यसबारे यहाँ चर्चा गरिन्छ ।

कान सुक्खा भएर 

कानमा तेल हाल्ने र कानेगुजी निकाल्ने गर्दा त्यहाँ भएको नरमपन हट्छ र कान सुक्खा हुने हुन्छ । सुक्खापनले गर्दा कानमा चाया पर्छ र कान चिलाउँछ ।

कानेगुजी जम्मा भएर

कानेगुजी जम्मा हुँदा पनि कान चिलाउने गरिन्छ । कानेगुजी निकाल्न तेल हाल्दा कान डम्म हुन्छ, त्यसबेला कान चिलाउने हुन्छ । धेरैले कानेगुजी निकाल्न काठ, पिन, इयरबर्ड, औंलाको प्रयोग गर्छन् । त्यसले कानेगुजी झन् भित्र जान्छ र चिलाउने समस्या अरु बढ्छ ।

कानमा पानी पसेर

कानमा पानी पर्‍यो भने पनि कान चिलाउँछ । पानी पसेर कान डम्म हुने अवस्थालाई इयर स्विमर भनिन्छ । किनभने यो समस्या पौडी खेल्नेहरूलाई बढी हुने गर्छ ।

ढुसी परेर 

कानमा पानी पसेपछि चिलाउने हुन्छ र लामो समय रहिरहेमा कानमा ढुसी पर्ने समस्या हुन्छ । यसले कानमा संक्रमण भएर कान चिलाउने समस्या हुन्छ ।

एलर्जी भएर

खानाको एलर्जीले पनि कतिपयलाई कान चिलाउने समस्याण् हुन्छ । दूध, माछा, गहुँबाट बनेको खानेकुरा खाँदा कतिपयलाई कान चिलाउन सक्छ । स्याउ, खर्बुजा, चेरी, किबी, सूर्यमुखीको बीउ, बदाम, ओखरले पनि एलर्जी भएर कान चिलाउने समस्या हुनसक्छ ।

कान जति कोट्यायो उति चिलाउँछ

कान कोट्याउँदा धेरैलाई आनन्द आएको जस्तो लाग्छ । तर कान कोट्याइरहनु हानिकारक हुन्छ । यसले कानभित्र घाउ हुने सम्भावना त हुन्छ नै कान अझ बढी चिलाउने हुन्छ ।

कान कोट्याउँदा कानमा जलन हुने, कानमा पिलो आउने, कान दुख्ने, तरल पदार्थ बग्ने, सुन्ने क्षमतामा कमी आउने, टाउको दुख्ने, कानको वरिपरि सुन्निने जस्ता समस्या आउन सक्छन् ।

कान चिलाएमा तेल लगाउन मिल्छ ?

कानमा तेल हाल्नु हुँदैन । यद्यपि कान चिलाएमा हातमा तेल लिएर कानको बाहिरी भागमा मसाज गर्न भने सकिन्छ । कान सुक्खा भएका कारण चिलाएको छ भने केही थोपा जैतुनको तेल वा बेबी ओयल पनि हाल्न सकिन्छ ।

तर कानमा तेल, लसुन वा अन्य चीन हाल्नु उपयुक्त हुँदैन । कान चिलाउने कारण पत्ता लगाएर त्यसै अनुरूपको उपचार गर्नुपर्छ ।

(नाक कान घाँटीरोग विशेषज्ञ डा. न्यौपाने त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन् उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यी टिप्स अपनाएर तपाई आफ्नो लुक बदल्न सक्नुहुन्छ


आजको समयमा सबै जना फरक र स्टाइलिश देखिन चाहन्छन्। केटीहरूको लागि यो धेरै सजिलो छ। उनीहरूसँग कपडादेखि मेकअप र यस बाहेक अन्य धेरै प्रकारका सामानहरू छन् । तर, केटाहरूमा धेरै समस्याहरू छन्। केटाहरूका लागि लुगाहरू एक मात्र विकल्प हो, जसलाई अपनाउन सके तिनीहरू फेसनदार र स्टाइलिश देखिन सक्छन्।

कतै जाँदा गलत पहिरन छनोट गर्नुभयो भने यसले तपाईँको व्यक्तित्वमा पनि असर पर्छ । त्यसैले आज हामी तपाईँलाई लुगा लगाउने केही उपाय बताउन गइरहेका छौँ, जसलाई अपनाएर तपाई आफ्नो लुक नै बदल्न सक्नुहुन्छ । यी टिप्सहरू जान्न हरेक केटाको लागि धेरै महत्त्वपूर्ण छ ।

कपडा फिटिङमा ध्यान दिनुहोस्

कपडा खरिद गर्दा, फिटिङ सही छ की छैन भनेर ध्यान राख्नुहोस्। यदि तपाईँको पोसाक लुज छ भने यो धेरै अनौठो देखिन्छ। अर्कोतर्फ, यो अधिक टाइट भयो भने पनि अनौठो देखिन्छ । तपाईँले लगाउन सहज हुने कपडा छान्नुहोस् ।

कपडाको रङहरूमा ध्यान दिनुहोस्

आफूलाई सुहाउने लुगाको रङ्ग चयन गर्नुहोस्। कुन रङ्गको टी–सर्ट वा सर्ट जिन्स वा प्यान्टसँग राम्रोसँग मेल खान्छ भन्ने कुरामा विशेष ध्यान दिनुहोस्।

लुगामा फोल्ड नदेखाउनुहोस्

लुगा लगाउँदा विशेष ध्यान दिनुहोस् कि तिनीहरूमा कुनै पल्ट नहोस्। फोल्ड गर्दा पनि राम्रोसँग गर्नुहोस् ताकि यसको आकार बिग्रन नपरोस् ।

जुत्ताको विशेष ख्याल राख्नुहोस्

केटाहरूको लुकमा, उनीहरूले लाउने जुत्ताको धेरै महत्त्वपूर्ण भूमिका हुन्छ। यस अवस्थामा, आफ्नो जुत्ता सफा राख्नुहोस्। जुत्ता तपाईँको पोसाकसँग मेल खानुपर्छ।

कपडा अनुसार हेयर स्टाइल छनोट गर्नुहोस्

केटाहरूले कपडा अनुसार आफ्नो कपाल छनोट गर्नुपर्छ। यसले उनीहरूको व्यक्तित्व राम्रो देखिनेछ।

नरिवलको तेलले बढाउँछ सुन्दरता


नरिवलको तेलले तपाईंको सौन्दर्यनिखार्नमा महत्वपूर्ण भूमिका खेल्छ । यसले कपाललाई पोषण दिनुका साथै नङमा चमक पनि दिन्छ । नरिवलको तेलले यस्ता कुरामा फाइदा दिन्छ ।

कपाल झर्ने समस्याका लागि

कपाल झर्ने समस्याका लागि नरिवलको तेल औषधि नै मानिन्छ । एक चिम्टी मेथीको धुलो वा केही दानालाई नरिवलको तेलमा केही समय भिजाउनुहोस् । र यो तेल तताएर त्यही तातो तेलले कपालमा मसाज गर्नुहोस् ।

फुटेको हातखुट्टाका लागि

सुक्खा हात तथा खुट्टामा धेरै नरिवलको तेल लगाउनुहोस् र सुत्ने बेलामा मोजा र पञ्जा लगाएर सुत्नुहोस् । बिहान उठ्दा हात र खुट्टा नरम हुनेछ । दुई/तीनपटक यसरी तेल लगाएमा हातखुट्टा फुट्दैन ।

बलियो नङका लागि

यदि, तपाईंको नङ कमजोर भएको छ भने नरिवलको तेलले मसाज गर्नुहोस् । नरिवलको तेलमा बराबर मात्रमा जैतुनको तेल मिसाई यो मिश्रणले नङमा मसाज गर्नुहोस् । अर्को दिन तपाईंको नङ चम्किलो देखिनेछ ।

नरम घुँडा र कुहिनाका लागि

हरेक रात कुहिनो र घुँडामा हल्का नरिवलको तेलले मालिस गर्नुहोस् जसले गर्दा कुहिनोमा र घाँटीमा रहेको कालो दाग पनि कम हुन्छ । तपाईंले नरम छाला पनि पाउनुहुनेछ ।

स्वस्थ दाँतका लागि

यदि, तपाईंको दाँत दुखेको छ भने प्रत्येक दिन दाँत माझेजस्तै गरी नियमित नरिवलको तेलले गिजाको मालिस गर्नुहोस् । यसले तपाईंको गिजालाई स्वस्थ बनाउनुका साथै र सासको दुर्गन्धबाट पनि छुटकारा पाउनुहुनेछ ।

फोक्सो सुन्निँदा शरीरमा देखिन्छन् यी ८ लक्षण, बेवास्ता नगर्नुहोस्

शरीरका अन्य अंगहरू जस्तै, फोक्सोले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । यो हाम्रो शरीरको महत्वपूर्ण अंगमध्येको एक हो । सास फेर्ने र अक्सिजन लिने सम्पूर्ण प्रक्रिया फोक्सो मार्फत हुन्छ । हामीले फोक्सोको सहाराले मात्र सास फेर्न सक्छौँ । त्यसैले पनि फोक्सोलाई स्वस्थ राख्न निकै जरुरी हुन्छ ।

तर आजकाल मानिसको फोक्सो सुन्निने समस्या निकै तीव्र गतिमा बढिरहेको छ । न्युमोनिटिस फोक्सो सुन्निनुको साधारण स्थिति हो । यस्तो अवस्थामा फोक्सोको तन्तु सुन्निन्छ ।

निमोनिया पनि एक प्रकारको न्युमोनाइटिस नै हो, किनभने यसले फोक्सो सुन्नाउने काम गर्छ । फोक्सो सुन्निँदा थुप्रै समस्या निम्तिन सक्छन् । जस्तै फोक्सोको संक्रमण, दम वा ब्रोन्काइटिस, सास फेर्न गाह्रो हुने, छाती दुख्ने र कडा हुने जस्ता समस्याहरू यसले निम्त्याउने गर्छ ।

तसर्थ, यसको समय हुँदा नै उपचार गर्न निकै अत्यावश्यक छ । नभए अवस्था गम्भीर हुन सक्छ । तर यहाँ प्रश्न के उठ्छ भने फोक्सो सुन्निएको कसरी पत्ता लगाउने ?

जब फोक्सो सुन्निन्छ, शरीरमा धेरै संकेत र लक्षणहरू देखा पर्दछ, जसलाई पहिचान गरेर तपाईंले तुरुन्तै डाक्टरसँग सम्पर्क गर्न सक्नुहुन्छ । यस लेखमार्फत्, हामी तपाईलाई फोक्सो सुन्निँदा कस्ता खालका लक्षणहरु देखिन्छ भन्नेबारे जानकारी दिँदै छौँ ।फोक्सो सुन्निने लक्षण

– कुनै पनि शारीरिक क्रियाकलाप गर्दा थकान महसुस हुन्छ

– छातीमा भारीपन महसुस हुनु, बेचैन हुनु – सास फेर्न गाह्रो महसुस – खोक्दा खकारमा रगत देखिनु– चिन्ता लाग्नु सास फेर्न गाह्रो – स्वाँस्वाँ हुनु र धेरै नै हावा चाहिएको जस्तो महसुस हुनु – सास फर्ने नसक्नु, घ्यारघ्यार हुनु र चिसो महसुस हुनु

फोक्सो सुन्निँदा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण कुराहरू

– स्वस्थ र पोषक तत्वले भरपुर आहार खानुहोस् । – मसालेदार, तेल र जंक फुडको अत्यधिक सेवन नगर्नुहोस् ।– धेरै पानी पिउनुहोस्, ताकि फोक्सो हाइड्रेटेड होस् । – रक्सी र धुम्रपानबाट टाढै रहनुहोस् ।

– उच्च प्रदूषण र धुलो भएको ठाउँमा नजानुहोस्। – मास्क लगाउनु होस् । – योग अभ्यास गर्नुहोस्। – भारी व्यायाम गर्नबाट बच्नुहोस्।

यदि तपाइँ पनि माथिका लक्षणहरू बारम्बार वा नियमित रूपमा सामना गर्नुहुन्छ भने, यो फोक्सो सुन्निएका कारण हुनसक्छ यस्तो अवस्थामा लक्षण देखिएमा तुरुन्तै चिकित्सकलाई सम्पर्क गरी सही उपचार गराउनुपर्छ । डाक्टरको सल्लाह बिना कुनै पनि प्रिस्क्रिप्शन वा उपचार नलिनुहोस् ।

Continue reading फोक्सो सुन्निँदा शरीरमा देखिन्छन् यी ८ लक्षण, बेवास्ता नगर्नुहोस्

मस्तिष्क स्वस्थ राख्न यी कुरामा ध्यान दिनुस्

मानिसका गतिविधि या हरेक अंग मस्तिष्कको इसारामा चल्ने गर्छ । त्यसैले मस्तिष्कलाई असर नपुगोस् भन्ने कुरामा सधैँ चनाखो हुनुपर्छ । मस्तिष्कलाई असर पार्ने तत्व थुप्रै हुन्छन् । त्यस्ता विषयमा सजग हुनु आवश्यक छ । 

तनाव 
दिमागलाई असर पार्ने एउटा महत्वपूर्ण कारण भनेको तनाव अर्थात् स्ट्रेस हो । लगातारको तनावका कारण मस्तिष्कले कार्टिसोल हर्मोन रिलिज गर्दै लैजान्छ । र, बिस्तारै शरीरभरि तनाव फैलिन थाल्छ । सामान्य अवस्थामा पनि तनावविना काम गर्न नसक्ने परिस्थिति आउन सक्छ । त्यसैले दिमागलाई तनावमा राख्नुहुँदैन । 

फ्री र्‍याडिकल
फ्री र्‍याडिकलले मस्तिष्कमा आघात पुर्‍याउने काम गर्छ । यसले मस्तिष्कको कोषिकाहरूलाई मार्ने काम गर्छ । अनि मस्तिष्कमा असर पुग्छ । यसकै कारण मेमोरी लस, मुड डिसअर्डर, सेन्स गुम्नेलगायतका समस्या हुने गर्छ । यसले क्रोनिक स्ट्रेस, मेन्टल डिसअर्डर, डिप्रेसनलगायतका समस्या पनि निम्त्याउने गर्छ । यो तनावसँग पनि जोडिएको हुन्छ । यसबाट बच्न जरुरी छ । 

मदिरा र लागुपदार्थ
मदिरा र लागुपदार्थ पनि मस्तिष्कलाई अत्यधिक असर गर्ने एउटा तत्व हो । मदिराले मस्तिष्कको जटिल संरचनामा गहिरो प्रभाव पार्छ । यसले मस्तिष्क कोषिकाहरू (न्युरोन्स) बीचको रासायनिक संकेतहरू रोक्छ, जसले आवेगपूर्ण व्यवहार, अस्पष्ट बोली, कमजोर स्मरणशक्ति बनाउँछ । मस्तिष्कको न्युरोट्रान्समिटरलाई असर पुर्‍याउँछ । धूम्रपानले पनि मस्तिष्कमा असर पुर्‍याइरहेको हुन्छ ।

हर्न, कोलाहल
हर्न र अत्यधिक कोलाहलले मनिसमा स्ट्रेस बढाउने काम गर्छ । र, मानिस इरिटेड हुन थाल्छ । जसले दिमागमा पनि प्रत्यक्ष असर पुर्‍याइरहेको हुन्छ । यसले कानको जालीमा पनि उत्तिकै असर पार्छ । किनकि, कानको पनि आफ्नै सीमा हुन्छ । बढी चर्को र निकै सानो आवाजले पनि कानलाई असर पुर्‍याउँछ । जसका कारण मानिसमा रक्तचाप पनि 
बढ्न थाल्छ ।

 मोबाइलको बढी प्रयोग 
पछिल्लो समय प्रायः मानिसहरूले मोबाइलमा अत्यधिक समय बिताउने गर्छन् । यसबाट निस्कने रेडिएसनहरूले मस्तिष्कमा असर पुर्‍याइरहेको हुन्छ । राति सुत्ने वेला बढी मोबाइल चलाउँदा त अझ बढी असर गर्छ । सिरानी वा टाउकोको नजिकै मोबाइल राखेर सुत्ने बानी पनि गर्नुहुँदैन । सकेसम्म खाटमा मोबाइललगायतका इलेक्ट्रोनिक 
डिभाइसहरू राख्नुहुँदैन । यसो गरेमा खाटमा जानेबित्तिकै निद्रा आउने बानीको विकास हुन्छ ।

एन्जाइटी, डिप्रेसन
एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्याहरूले पनि मस्तिष्कमा असर पुर्‍याइरहेको हुन्छ । ब्रेनका भागहरू असन्तुलित हुन थाल्छन् । समस्या लामो समयसम्म बढ्दै जाँदा कुनै कारणविना पनि डर लाग्ने, नकारात्मक विचार, अत्यधिक थकान हुनेलगायतका समस्या आउन सक्छ ।

दुर्घटना
शरीरका सबै भाग मस्तिष्कबाट स्वचालित हुन्छन् । दुर्घटना हुँदा चोटले दिमागमा पनि असर पुग्छ । खासगरी, शरीरका केही भागमा चोट लाग्दा पनि कुनै न कुनै मात्रामा त्यसको असर मस्तिष्कमा पर्न जान्छ । 

विषादीयुक्त खाना
हाम्रो शरीरसँग खानाको सीधा सम्बन्ध हुन्छ । असन्तुलित र अस्वस्थकर खानाले पाचन प्रणालीमा हानि पुर्‍याउने गर्छ । अत्यधिक विषादीयुक्त खानाले त शारीरिक साथै मानसिक असर पनि पर्न जान्छ । यस्ता खाद्यपदार्थले शरीरमा असर पार्छ र त्यस्ता असर रगतका माध्यमबाट मस्तिष्कमा पनि पुग्छ । यस्ता खानाले मानिसमा तनाव बढाउने पनि काम गर्छ । जसले गर्दा मस्तिष्कमा आघात पुग्छ । त्यसैले हामीले सधैँ स्वस्थ खानेकुरा खानुपर्छ । 

Continue reading मस्तिष्क स्वस्थ राख्न यी कुरामा ध्यान दिनुस्