हाम्रो शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ । तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्या हुने गरेको छ । अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ ।
शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारका रोगबाट पीडित हुनुपर्छ । दैनिक स्वस्थ खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै खालका समस्या व्यहोर्नुपर्ने हुन्छ ।
शरीरमा भिटामिन डीको कमी भए–नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ । त्योभन्दा अरू केही तरिका पनि छन्, जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा भिटामिन डीको कमी रहेको पत्ता लगाउन सकिन्छ ।
भारतले शुक्रवार अपराह्ण एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गरेको छ। एउटा ‘ल्यान्डर र एउटा रोभर’ सहित अन्तरिक्षतिर जाने उक्त रकेटले एक अर्ब भारतीयहरूको सपना पनि बोकेको छ।
सबै कुरा योजनानुरूप नै भयो भने चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल ‘रोभर’ पुर्याउने भारत पहिलो देश बन्ने छ। चन्द्रमाको उक्त भागको अहिलेसम्म नक्साङ्कन भएको छैन।
चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ। त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन्। केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन। परिणामस्वरूप त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३°C सम्म छ। त्यस्तो परिस्थितिमा प्राविधिक उपकरणहरू सञ्चालन गर्न निकै चुनौतीपूर्ण हुन्छ।
त्यसैले अहिलेसम्म पठाइएका सबै अभियानहरू चन्द्रमाको मध्यवर्ती भागमा लक्षित थिए। त्यो भाग र त्यहाँको तापक्रमलाई तुलनात्मक रूपमा अनुकूल मानिन्छ।
शरीरमा कलेजोले उत्पादन गर्ने बोसोजस्तो पदार्थलाई कोलेस्टेरोल भनिन्छ । भिटामिन डी, पाचन र एस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोनजस्ता धेरै हार्मोन निर्माणको लागि कोलेस्टेरोल आवश्यक हुन्छ । विभिन्न प्रकारका शारीरिक कार्य गर्न शरीरमा कोलेस्टेरोलको मात्रा उचित हुनुपर्छ । शरीरमा कोलेस्टेरोल हुनु खतरा होइन, तर खराब कोलेस्टेरोल बढ्नु भनेको खराब हो ।
कोलेस्टेरोल मुख्यतया दुई प्रकारको हुन्छ ‘एचडीएल’ र ‘एलडीएल’ । हाइ डेन्सिटीयुक्त लिपोप्रोटिन वा ‘एचडीएल’लाई राम्रो कोलेस्टेरोल मानिन्छ । यसले हाम्रो धमनीमा हुने अवरोध हटाउन सहयोगी मानिन्छ र खराब कोलेस्टेरोललाई बाहिर निकाल्न मद्दत गर्छ । अर्को चाहिं लो डेन्सिटी लिपोप्रोटिन वा ‘एलडीएल’ खराब कोलेस्टेरोल हो, जसले धमनीमा अवरोध पुर्याउँछ र हृदयघात तथा मस्तिष्कघात हुने सम्भावना बढाउँछ ।
तस्बिरको क्याप्शन, विश्व स्वास्थ्य संगठनले बर्नआउटलाई कामको तनावसँग जोडिएको एककिसिमको लक्षण भनी व्याख्या गरेको छ
सन् १९७० को दशकको सुरुतिर तपाईँले म “बर्नआउट” बाट पीडित छु भनेको भए मानिसहरूले कुरा नबुझेर आँखीभौँ उचालेर तपाईँलाई शंकापूर्ण नजरले हेर्न सक्थे।
त्यतिबेला लागुऔषध प्रयोगकर्ताले अनुभव गर्ने असरलाई अनौपचारिक रूपमा व्याख्या गर्न उक्त शब्दको प्रयोग गरिन्थ्यो जुन साधरणतया मानसिक अवस्थासँग सम्बन्धित थियो।
यद्यपि, सन् १९७४ मा न्यूयोर्क सहरमा जर्मन-अमेरिकी मनोविद् हर्बर्ट फ्रोयडेनबर्गरले ‘बर्नआउटको समस्या पहिलो पटक पहिचान गरेका हुन्।
लागुऔषधका अम्मली र घरविहीन मानिसहरूको उपचार गरिने क्लिनिकमा उनले बर्नआउटको पहिचान गरेका थिए।
क्लिनिकका स्वयंसेवीहरू पनि सङ्घर्ष गरिरहेका थिए। उनीहरूको काम सघन थियो, धेरैले काममा भावनात्मक रूपमा थकित र निरुत्साहित हुन थालेको बताएका थिए।
कुनै बेला आफ्नो जागिर मन परेपनि पछि भने जागिरप्रति वितृष्णा पैदा भएर निन्दक बनेका थिए।
बिरामीलाई दिनुपर्ने ध्यान उनीहरूले दिइरहेका थिएनन्। फ्रोयडेनबर्गरले यो नयाँ अवस्था ‘धेरै कामका कारण हुने थकानको अवस्था’ लाई नै “बर्नआउट” भनी व्याख्या गरेका छन्।
इन्टरनेट र सामाजिक सञ्जालको यो युगमा मानिसले जानेर नजानी धेरै गल्ती गरिरहेका छन् । यी मध्ये एउटा अग्लो तकिया लगाउने गल्ती हो। पहिले पनि मानिसहरू अग्लो सिरानी वा सिरानी माथि राखेर सुत्ने गर्दथे तर अहिले मानिसहरू ओछ्यानमा सुतेर घण्टौँसम्म मोबाइल चलाउन सिरानी उठाउने गर्छन् । तर तपाईँलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यसो गर्दा तपाईँको स्वास्थ्यलाई धेरै हानी हुन्छ। यदि तपाईँलाई पनि अग्लो सिरानी राखेर सुत्ने वा घण्टौँसम्म सुत्ने बानी छ भने तुरुन्तै परिवर्तन गर्नुहोस् । नत्र तपाईँलाई धेरै रोग लाग्ने छ जसले तपाईँलाई जीवनभर छाड्दैन ।
घरमा सजाइएका बिरुवाले हामीलाई प्रकृतिको नजिक रहेको महसुस गराउँछन् । तर घरमा ठाउँको अभावले बोटबिरुवा रोप्ने इच्छा पूरा गर्न नसकेको हुन सक्छ । यसका लागि घरमा ह्यांगिङ प्लान्ट लगाउन सकिन्छ ।
यसलाई घरको बार्दली, छतलगायत ठाउँमा राख्न सकिन्छ । ह्यांगिङ प्लान्टले घरलाई नै फरक ‘लुक्स’ दिन्छ । ह्यांगिङ प्लान्ट विभिन्न प्रकारका हुन्छन् ।
चिनियाँ पूर्वीय चिकित्सामा प्रचलित विभिन्न विधिमध्ये अकुप्रेसर, अकुपञ्चर र रिफेक्सलोजी पनि हो । योग चिकित्सामा विभिन्न नाडीहरू भने जस्तै चिनियाँ पूर्वीय चिकित्साअनुसार विभिन्न मेरिडियन शरीरमा यत्रतत्र बगिरहेका हुन्छन् ।
त्यस अवस्थामा हाम्रो शरीरमा विभिन्न गाँठाहरु उत्पन्न भएका हुन्छन् । शरीरमा सकारात्मक र नकारात्मक ऊर्जा बगिरहेको अवस्थामा हामीले कुनै बिन्दुमा थिच्दा धेरै प्रकारका स्वास्थ्यलाभ मिल्छ ।
अकुप्रेसरमा विभिन्न खालमा पोइन्टहरु हुन्छन् । जसको रिफ्लेक्स पोइन्ट, आसी पोइन्ट, मोट पोइन्ट जस्ता नाम छन् । रिफ्लेक्स पोइन्ट हात, खुट्टा र कानमा हुन्छ । शरीरको बनोट जस्तो त्यस्तो बनावट हाम्रो हात–खुट्टामा पनि हुन्छ ।
अकुप्रेसर एउटा सरल चिकित्सा पद्धति हो । यसलाई घरमै प्राथमिक उपचारको रूपमा गर्न सकिन्छ । शरीरको विभिन्न अंगमा रहेका पोइन्टहरुलाई दबाएर विभिन्न स्वास्थ्यलाभ लिन सकिन्छ ।
नरिवलको तेलले तपाईंको सौन्दर्यनिखार्नमा महत्वपूर्ण भूमिका खेल्छ । यसले कपाललाई पोषण दिनुका साथै नङमा चमक पनि दिन्छ । नरिवलको तेलले यस्ता कुरामा फाइदा दिन्छ ।
कपाल झर्ने समस्याका लागि
कपाल झर्ने समस्याका लागि नरिवलको तेल औषधि नै मानिन्छ । एक चिम्टी मेथीको धुलो वा केही दानालाई नरिवलको तेलमा केही समय भिजाउनुहोस् । र यो तेल तताएर त्यही तातो तेलले कपालमा मसाज गर्नुहोस् ।
फुटेको हातखुट्टाका लागि
सुक्खा हात तथा खुट्टामा धेरै नरिवलको तेल लगाउनुहोस् र सुत्ने बेलामा मोजा र पञ्जा लगाएर सुत्नुहोस् । बिहान उठ्दा हात र खुट्टा नरम हुनेछ । दुई/तीनपटक यसरी तेल लगाएमा हातखुट्टा फुट्दैन ।
गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी युट्युबका भिडिओ अन्य भाषामा डबिङ गर्न सकिने फिचर ल्याउने भएको छ ।
बिहीबार आयोजित एक कार्यक्रम (भिडकन) मा कम्पनीले एआईद्वारा सञ्चालित डबिङ सेवा अलाउडपरीक्षण गरिरहेको र छिट्टै नै सार्वजनिक गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार यो टुलले सबैभन्दा पहिले भिडिओ ट्रान्सक्राइब (बोलिएका कुरालाई शब्दमा उतार्ने काम) गर्छ । त्यसपछि गुगलले उक्त टेक्स्ट क्रियटरलाई पठाउँछ ।
टेक्स्टलाई क्रियटरले दोहोर्याएर हेर्छ र शुद्ध बनाउनु पर्ने अवस्था आए शुद्ध बनाउँछ । त्यसपछि उक्त टुलले उतारिएको शब्दलाई विभिन्न भाषामा अनुवाद गर्छ ।
अनुवाद भइसकेपछि कस्तो स्वरमा अडियो प्रस्तुत गर्ने भन्ने कुरा क्रियटरले छान्न पाउँछन् । क्रियटरले यो फिचर निःशुल्क प्रयोग पाउने कम्पनीले जनाएको छ ।
युट्युबले यो फिचर आफ्ना सयौं क्रियटरमाझ परीक्षण गरिरहेको छ । केही चर्चित क्रियटर जस्तै मिस्टर बिस्टलाई पनि कम्पनीले यो फिचर उपलब्ध गराएको छ ।
उनका प्रायः भिडिओ हिन्दी, थाई, जापानी, इन्डोनेसियाली, अरेबिक, फ्रेन्च, रुसी भाषासहित १४ भाषामा सुन्न सकिन्छ ।
यो फिचर सबै प्रयोगकर्तामाझ उपलब्ध भएपछि क्रियटरले क्षणभरमै गुणस्तरीय डबिङ गर्न सक्नेछन् । यो फिचर कस्तो होला भन्ने लागेको छ भने यहाँ क्लिक गरी अडियो डबिङ सुविधा भएको भिडिओ हेर्न सक्नुहुन्छ ।
लिङ्कमा क्लिक गरी भिडिओमा गइसकेपछि सेटिङको अप्सनमा जानुहोस् । अनि, त्यहाँ भएको अडियो ट्रयाकको अप्सनमा जानुहोस् । र, त्यहाँ देखाइएका मध्ये आफूलाई उपयुक्त हुने भाषा छान्नुहोस् ।
सुरुवाती अवस्थामा कम्पनीले परीक्षणकालिक भिडिओमा सबै किसिमका भाषा उपलब्ध गराएको छैन । यो फिचर सबै क्रियटरले कहिले प्रयोग गर्न पाउनेछन् भन्नेबारे गुगलले कुनै जानकारी दिएको छैन ।