पाहुना आउँदा होस् वा भोजभतेरमा, मासु पाक्ने गर्छ । जिब्रोको स्वाद फेर्नु परेमा हामी मासु नै पकाउने गर्छौं । किनभने हामीलाई मासु मीठो लाग्छ । मान्छेले मासुलाई आफ्नो भोजन बनाउनुमा स्वाद नै मुख्य कारण हो ।
यद्यपि मासुमा त्यस्तो पोषक तत्व हुन्छ, जुन शरीरका लागि अति जरुरी मानिन्छ । खासमा मासु प्रोटिनको स्रोत हो ।
के पाइन्छ मासुमा ?
मासुमा भिटामिन बी १२ पाइन्छ । जुन वनस्पतिजन्य खाद्यपदार्थमा पाइँदैन । कुनै-कुनैमा पाए पनि एकदम न्यून पाइन्छ । यसबाहेक आइरन, स्याच्युरेटेड फ्याट, भिटामिन बी, ए, के, मिनरल्स, पोटासियम, फोस्फोरस, जिङ्क, म्याग्नेसियमलगायतका पौष्टिक तत्व पनि पाइन्छ । जुन स्वास्थ्यको लागि अतिआवश्यक हुन्छ । प्रोटिनले शरिरको उर्जा, लचिलोपना, तन्दुरुस्त र शरीरको रक्तकोषिकालाई सक्रिय बनाउन मद्दत गर्छ ।
मान्छेले आदिमकालमा मासुले छाक टार्ने गरेको इतिहास छ । तर कृषियुग हुँदै आजसम्म आइपुग्दा मान्छेसँग खानेकुराको ठूलो भण्डार नै निर्माण भइसकेको छ । अहिले फलफूल, सागसब्जी, अन्नलगायत खानेकुराका पर्याप्त स्रोत छन् ।
यही कारण पनि मान्छेले मासुको मात्रा घटाउँदैछ । कतिले चटक्कै मासु छाडेका छन् भने कतिले जन्मजात मासु खाएका छैनन् । रोगको कारण वा स्वास्थ्यप्रति सचेतनाको कारण पनि धेरैले मासु छाडेका छन् ।
यतिबेला धेरैको भान्सामा कटहरको तरकारी पाक्छ । यसमा पोटासियम, आइरन, क्याल्सियम, जिंक, भिटामिन-ए र भिटामिन-सी प्रशस्त मात्रामा पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
यद्यपि कटहरसँग कतिपय खानेकुरा आपसमा मिलाउन हुँदैन भन्ने धारणा छ । कटहरसँग ती खानेकुराको गुणधर्म आपसमा नमिल्दा त्यो विषाक्त हुन पुग्छ । यी खानेकुरालाई हामी विरुद्ध आहार भनेर चिन्छौं । विरुद्ध आहार छुट्टाछुट्टै खाँदा त्यसले स्वास्थ्यलाई फाइदा गरे पनि एकसाथ खाँदा यो हानिकारक हुन्छ । त्यसैमा पर्छ कटहर पनि ।
जिब्रोलाई हामी अक्सर गाली गर्छौं, स्वादे जिब्रो भन्दै । किनकि हामी जिब्रोको स्वादमा लोभिंदा स्वास्थ्यलाई समेत ख्याल गर्न भुल्छौं । जिब्रोसँगै सम्बन्धित अर्को प्रचलित भनाइ पनि छ, दुई तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस । अर्थात् जथाभावी बोल्नुमा पनि जिब्रोकै दोष ।
यसरी जिब्रोलाई विभिन्न पक्षसँग जोडिन्छ अनि दोष पनि दिइन्छ । तर प्रायजसोः गालीमा प्रयोग हुने जिब्रोको भूमिका मानव स्वास्थ्यका लागि भने महत्वपूर्ण हुने ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन तथा मेडिकल डाइरेक्टर डा. हरिश जोशी बताउँछन् ।
उनका अनुसार जिब्रोले स्वाद मात्र नभई रोगको पहिचान, बोल्नमा निखारताजस्ता विभिन्न कार्यमा भूमिका खेल्छ ।
उहिलेको कुरा हो। युनानको अदालतमा एउटा मुद्दा आयो। मुद्दाको विषय थियो – ‘यो मानिसले दुधमा पानी हालेर बेच्यो’। दुध बेच्ने मानिस पनि कम थिएन । मनग्गे पैसा दिएर तगडा वकिल राख्यो। अदालतमा मुद्दा सुनुवाइ हुने दिन आयो। बहस सुरु भयो। वादी पक्षवालाले दुधमा पानी हालेर बेचे बापत यति जरिवाना र यति समय कैद होस् भन्ने जिकिर गर्यो। आफ्नो पालो आएपछि दुधवालाको वकिलले जबर्जस्त तर्क दियो। यो मुद्दाको प्रतिवादी मेरो पक्षले दुधमा पानी मिलाएर बेचेको भन्ने आरोप सरासर झुठा हो । मेरो क्लाएन्टले त पानीमा दुध मिलाएर बेचेको हो। दुधमा पानी मिलाएर बेचे कारवाही हुन्छ। तर पानीमा दुध मिलाएर बेचे बापत कारवाही हुने कुनै कानुनी आधार नै छैन । न्यायधीशले दुधको परीक्षण गरायो । ७० प्रतिशत पानी देखियो । ३० प्रतिशत मात्र दुध पाईयो । पानीमा दुध मिलाएको ठहर भयो। दुधमा पानी मिलाएर बेचेको भए कानुनी कारवाहीको आधार थियो। तर पानीमा दुध मिलाएर बेचेबापत कार्बाही गर्ने कुनै कानुनी आधार नभएको हुँदा प्रतिवादीलाई कुनै सजाय र जरिवाना नहुने फैसला सुनाइयो। कानुनको ब्याख्या गर्ने तरिका यस्तै हुन्छ ।
काठमाडौं । पछिल्लो समय स्मार्टफोन ब्रान्डहरू क्यामेरामा बढी केन्द्रित छन् । फोनमा कति मेगापिक्सेलको क्यामेरा छ भन्ने कुरा नै मुख्य विशेषताका रूपमा हेरिन्छ । के क्यामेराको मेगापिक्सेल बढी हुँदैमा फोटोको गुणस्तर पनि राम्रो हुन्छ ? फोटोको गुणस्तर राम्रो हुन अन्य कुन कुन तत्त्वले महत्त्वपूर्ण भूमिका खेल्छन् ? आज हामी यसै विषयमा जानकारी दिँदैछौं ।
नेपाली बजारमा २०० मेगापिक्सेलसम्म मुख्य क्यामेरा भएका फाेन भित्रिएका छन् । एन्ड्राेइड फाेनमा ६४, १०८ मेगापिक्सेल मुख्य क्यामेरा हुनु सामान्य कुरा भइसक्यो ।
आईफोनको सन्दर्भ अघिल्लाे वर्ष सार्वजनिक भएको आईफोन १४ प्रो र प्रो म्याक्समा हालसम्मकै सबैभन्दा बढी अर्थात् ४८ मेगापिक्सेलको क्यामेरा छ । नेपालमा भने आईफाेन १३ प्रो र १३ प्रो म्याक्सका प्रयोगकर्ता बढी भएको अपेक्षा गरिएको छ । उक्त मोडेलमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा छ ।
माथि उल्लेखित मेगापिक्सेल भएका एन्ड्रोइड फोन र १२ मेगापिक्सेल मुख्य क्यामेरा भएको आईफोन १३ प्रो म्याक्सले खिचेका फोटोको गुणस्तर हेर्ने हो भने आईफोनबाट खिचेको फोटो नै स्तरीय देखिन्छ । यसको अर्थ फोनमा स्तरीय फोटो खिच्न मेगापिक्सेल सबैथोक होइन ।
मेगापिक्सेल कम भएपनि आईफोनको क्यामेरामा प्रयोग हुने सेन्सर ठूलो हुन्छ । ठूलो सेन्सरले बढी लाइट क्याप्चर गर्छ । जसले गर्दा फोटो खिच्न लागिएको वस्तुबाट लेन्समा पर्याप्त प्रकाश आउँछ । त्यसैले आईफोनले खिच्ने फोटोको गुणस्तर राम्रो हुनुका साथै सार्पनेस पनि बढी हुन्छ ।
यति कुरा मात्र एउटा स्तरीय फोटो खिच्नका लागि पर्याप्त छैनन् । त्यसमा पनि फोटो प्रोसेस गर्न सफ्टवेयर गतिलो हुनुपर्छ । एन्ड्रोइडको तुलनामा आईफोनले राम्रो इमेज प्रोसेसिङ सफ्टवेयर प्रयोग गरेको हुन्छ । यसले गर्दा फोटोमा सटीक कलर कन्ट्रास्ट र डिटेल निस्किन्छ ।
२०० मेगापिक्सेल वा बढी मेगापिक्सेलले डिटेल फोटो खिच्न सक्छन् । त्यसमा कुनै दुई मत छैन । तर त्यसमा हुने सानो सेन्सर र लेन्सले गर्दा फोटो जस्तो हुनुपर्ने हो, त्यस्तो निस्किँदैन ।
स्तरीय फोटो खिच्न तल दिइएका कुराहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्:
सेन्सर आकार
डिभाइसमा जति ठूलो सेन्सर भयो, फोटो त्यति नै स्तरीय खिच्न सकिन्छ । ठूलो सेन्सरले बढी लाइट क्याप्चर गर्ने भएकाले खिचिएको फोटो गुणस्तरीय हुन्छ ।
पिक्सेलको गुणस्तर
फोटोका लागि हरेक पिक्सेलको महत्त्व उत्तिकै बढी हुन्छ । ठूलो सेन्सरले फोटोका हरेक पिक्सलाई राम्रोसँग अटाएको हुन्छ । जसले गर्दा फोटो स्तरीय आउँछ ।
इमेज प्रोसेसिङ
स्मार्टफोनमा प्रयोग हुने इमेज प्रोसेसिङ एल्गोरिदमले पनि फोटोको गुणस्तरमा धेरै ठूलो भूमिका खेल्छ । आईफोनमा प्रयोग हुने स्तरीय इमेज प्रोसेसिङ एल्गोरिदमले कलर एकुरेसी (वास्तविक जस्तो देखिन्छ त्यस्तै कलर), सार्पनेस (फोटोको डिटेल), न्वाइज रिडक्सन जस्ता कुरालाई सन्तुलन राख्छ । कतिपय स्मार्टफोनले यसैलाई विशेष प्राथमिकता नदिँदा फोटोको गुणस्तर खस्किरहेको हुन्छ ।
लेन्सको गुणस्तर
फोटो राम्रो आउनका लागि फोनको क्यामेरामा प्रयोग गरिने लेन्स पनि गुणस्तरीय हुनुपर्छ । लेन्सको डिजाइन, अपार्चर जस्ता कुराले पनि फोटोको गुणस्तर राम्रो बनाउनमा विशेष भूमिका खेलेका हुन्छन् ।
यीबाहेक पनि फोनमा त्यस्ता अन्य थुप्रै तत्व हुन्छन्, जसले फोटोको गुणस्तर निर्धारण गर्छन् । बजेट फोनहरूमा ती तत्वमा कम्पनीले खर्च गरेका हुँदैनन् । त्यसैले पनि बढी मेगापिक्सेलको सेन्सर भएका फोनमा गुणस्तरीय फोटो आउँदैन । एन्ड्रोडइका प्रिमियम फोनमा भने फोटो स्तरीय फोटो नै आउँछ ।
शरीरमा कुनै गाँठागुठी देखिनेबित्तिकै धेरैलाई शंका लाग्छ कतै क्यान्सर त भएन ? यस्ता गाँठागुठी क्यान्सरकै कारण हुने भएकाले पनि हामीमध्ये धेरैको मनमा यस्तो सोच आउनु स्वभाविक नै हो । हातको नाडीमा पनि गाँठो वा सिस्ट देखिन सक्छ । तर यसबाट आत्तिहाल्नु भने पर्दैन ।
हातको नाडीमा देखिने ग्यान्ग्लियन सिस्ट हो, यसमा क्यान्सरको कुनै डर हुँदैन । ग्यान्गलियन सिस्ट एकप्रकारको तरल पदार्थले भरिएको सानो थैली वा डल्लो हो । जुन शरीरको जोर्नी वा टेन्डन (मांसपेशीलाई हड्डीसँग जोड्ने तन्तु) मा बढी देखिन्छ । यस्तो डल्लोभित्र बाक्लो, टाँसिने र चिल्लो खाको तलर पदार्थ हुन्छ ।
काठमाडौं । आईफोन १५ लाइनअप अन्तर्गतका फोनको डिजाइन र अन्य फिचरको जानकारी बाहिरिएको छ । बाहिरिएका विभिन्न फिचरमध्ये सबैभन्दा बढी चर्चा आईफोन १५ मा हुने एक्सन बटनको भइरहेको छ ।
एप्पलले सार्वजनिक गरेको आईओएस १७ बेटा फोर भर्सनमा एक्सन बटनका कोडहरू देखिएका छन् । उक्त बटन यसअघिका आईफोनमा समावेश गरिएको म्युट स्वीचको सट्टामा राखिने बताइएको छ । सो स्वीचलाई आवश्यकता अनुसार विभिन्न एक्सेसिबिलिटी फिचर जस्तै; क्यामेरा, फ्ल्याशलाइट, फोकस, म्याग्निफायर, शर्टकट्स, साइलेन्ट मोड, ट्रान्सलेट र भ्वाइस मेमो फङ्सनका लागि प्रयोग गर्न सकिन्छ ।
त्यस्तै आईफोन १५ को बेस मोडेल आईफोन १५ र आईफोन १५ प्लसमा आईफोन १४ प्रो र प्रो म्याक्स जस्तै डाइनामिक आइल्यान्ड हुनेछ । ए१६ बायोनिक चिपसेटद्वारा सञ्चालित हुने ती मोडेलमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हुने लिकरहरूले उल्लेख गरेका छन् । त्यस्तै सबै आईफोन १५ मोडेलमा यूएसबी-सी पोर्ट हुनेछ ।
आईफोन १५ प्रो र १५ प्रो म्याक्सका सन्दर्भमा यी मोडेल तुलनात्मक रूपमा अन्य मोडेलभन्दा ठूलो हुने दाबी गरिएको छ । लिकरका अनुसार आईफोन १५ प्रोमा ६.१२ इन्च र आईफोन १५ प्रो म्याक्समा ६.६९ इन्ड डिस्प्ले हुन्छ । ३ एनएम ए१७ बायोनिक चिपद्वारा सञ्चालित उक्त मोडेलमा हलुका टाइटनियम च्यासिस हुनेछ ।
यूडब्लूबी (अल्ट्रावाइड ब्यान्ड), वाई-फाई सिक्स ई जस्ता प्रविधि पनि यी मोडेलमा समावेश हुने भएका छन् । यो पटक सार्वजनिक हुने आईफोन १५ प्रो र प्रो म्याक्स मोडेलको मूल्य कम हुने अपेक्षा गरिएको छ ।
आईफोन १५ र आईफोन १५ प्लसमा क्रमशः ३८७७ एमएएच र ४९१२ एमएएच क्षमताको ब्याट्री र आईफोन १५ प्रो तथा प्रोम्याक्समा क्रमशः ३६५० एमएएच र ४८५२ एमएएच क्षमताको ब्याट्री हुने बताइएको छ ।
म्याक र्युमर्सका अनुसार आईफोन १५ सेप्टेम्बर १२ वा १३ मा सार्वजनिक हुने उच्च सम्भावना छ । नाइन टु फाइभ म्याकले भने उक्त मोडेल सेप्टेम्बर १३ मा सार्वजनिक हुने उच्च सम्भावना भएको उल्लेख गरेको छ ।
२०८१, बुधबार त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा त्रिभुवन विमानस्थलको क्षमता विस्तार र टिकटको अधिक माग दुवै कारण टिकटको मूल्य धेरै माथि पुगिसकेको छ । अहिले काठमाडौं–नयाँदिल्ली एकतर्फी हवाई भाडा नै ३० हजारसम्म पुगेको छ । यो भनेको २ सय प्रतिशतको वृद्धि हो । २०८१ कात्तिक १४ गते १९:०५ १४ कात्तिक, काठमाडौं । २३ कात्तिकदेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० … Continue reading त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा→
काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन डा. रविनबहादुर बस्नेत बताउँछन् । ‘राति बारम्बार पिसाब लाग्नुले मधुमेह, … Continue reading राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?→

चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ। सामान्य अवस्थामा पिसाबको रङ कस्तो हुनुपर्छ?
निद्रा नलाग्ने समस्यालाई स्वास्थ्यका लागि निकै गम्भीर मानिन्छन् । अनिद्रा पनि धेरै रोगहरू को लागी एक उत्तेजक कारक को रूपमा रहेको अध्ययनमा रिपोर्ट गरिएको छ। रातको राम्रो निद्रामा कठिनाइ भएका व्यक्तिहरूलाई हृदय रोग, मधुमेह, र कमजोर प्रतिरक्षा प्रणालीको उच्च जोखिम हुन्छ। यही कारणले गर्दा सबै मानिसहरूलाई हरेक रात ६–८ घण्टा निर्बाध सुत्न सिफारिस गरिन्छ। तर कतिपयका लागि यो निकै कठिन भएको छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार निन्द्रा नलाग्नुका धेरै कारणहरू हुन सक्छन् । कतिपय प्रकारका स्वास्थ्य समस्याहरू र केही औषधिहरूको अत्यधिक सेवनले पनि निद्रामा बाधा पुग्न सक्छ। सामान्यतया निन्द्रा नलाग्ने समस्यालाई मेलाटोनिन नामक हर्मोनका कारण हुने समस्या भनिन्छ । यो हर्मोनले सुत्ने–ब्यूँझने चक्रलाई नियन्त्रण गर्न मद्दत गर्छ।