Category Archives: जानकारीमुलक

त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा

 २०८१, बुधबार

त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा

त्रिभुवन विमानस्थलको क्षमता विस्तार र टिकटको अधिक माग दुवै कारण टिकटको मूल्य धेरै माथि पुगिसकेको छ । अहिले काठमाडौं–नयाँदिल्ली एकतर्फी हवाई भाडा नै ३० हजारसम्म पुगेको छ । यो भनेको २ सय प्रतिशतको वृद्धि हो ।

 

 २०८१ कात्तिक १४ गते १९:०५

१४ कात्तिक, काठमाडौं । २३ कात्तिकदेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदैछ । अहिले तीन घण्टामात्र बन्द हुने विमानस्थल एकै पटक ७ घण्टा बन्द गर्नुपर्दा २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका दर्जनौं उडान कटौती गरिएका छन् । जसबाट हवाई भाडा ह्वात्तै आकाशिएको छ ।

यसको प्रत्यक्ष मार यात्रुलाई परेको छ । वायुसेवा कम्पनीले सबैजसो गन्तव्यको भाडा ह्वात्तै बढाएका छन् । आगामी दिनमा भाडा अझ बढ्ने देखिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको विद्यमान् क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ८ नोभेम्बर २०२४ (२३ कात्तिक) बाट विमानस्थल सञ्चालन समय १४ घण्टामा सीमित गरेको तालिका सार्वजनिक गरिसकेको छ ।

यसबारे वायुसेवा कम्पनीलाई ६ महिना अगाडि नै जानकारी गराइएको भन्दै प्राधिकरणले नेपाल र सम्बन्धित देशबीच भएका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यता बमोजिम विमानस्थलको क्षमता अनुसार निष्पक्ष र समन्यायिक रूपमा वायुसेवा कम्पनीको उडान संख्या व्यवस्थापन गरिएको जनाएको छ ।

अहिले २१ घण्टा दैनिक चलिरहेको विमानस्थल सञ्चालन समय १४ घण्टामा झार्दा साविकको तुलनामा ३० प्रतिशत उडान काठमाडौंमा कटौती भएका छन् । तर, यसको विकल्पमा पोखरा वा भैरहवामा उडान विस्तार भएनन् । बरु, वायुसेवा कम्पनीले भाडा बढाएका छन् ।

सुमेघ ट्राभल्सका सञ्चालक मेघ केसीका अनुसार अक्टोबरदेखि डिसेम्बरसम्म नेपालमा पर्यटकीय सिजन रहन्छ । यो बेला टिकटको अधिक माग हुने गर्छ । साथै, नेपालीको चाडबाडको मौसम समेत भएकाले आवतजावत धेरै हुन्छ ।

विमानस्थलको क्षमता विस्तार र टिकटको अधिक माग दुवै कारणले टिकटको मूल्य धेरै माथि पुगिसकेको उनले जानकारी दिए । काठमाडौं–नयाँदिल्ली एकतर्फी हवाई भाडा नै ३० हजारसम्म पुगेको उनको बताए । ‘यो रुटमा २ सय प्रतिशतले भाडा बढिसकेको छ,’ केसीले अनलाइनखबरसँग भने ।

अधिक मागका कारण विदेशी कम्पनीले ठूलो मात्रामा विदेशी मुद्रा लगिरहेको भन्दै उनले यस्तो समयमा नेपाल एयरलाइन्स कमजोर हुनु अर्को विडम्बना भएको बताए ।

वैदेशिक रोजगारीमा जाने नेपालीले समेत चर्को मूल्य तिरेर विदेश जानुपर्ने अवस्था रहेको भन्दै नेपाल एयरलाइन्स बलियो बनाउनुको विकल्प नभएको उनको भनाइ छ । ‘त्यसो गर्न सकेको भए नेपालीको पैसा नेपालमै रहने थियो,’ उनले भने ।

प्राधिकरणले ‘पिक’ समयमा विस्तारको योजना बनाएको भन्दै उनले असन्तुष्टि पोखे । ‘नोभेम्बर–डिसेम्बरमा त विस्तारको योजना नै बनाउनु हुने थिएन,’ उनले भने, ‘योजना बनाउँदा पर्याप्त तयारी गरेको देखिएन ।’

अर्कातर्फ, बाँकी रहेको १४ घण्टाको समयमा समेत अधिकतम जहाज उडान गर्न सकिने गरी मिलाएको भए सहज हुने उनको भनाइ छ । यो समस्या प्राधिकरण, मन्त्रालय र सरकार सबैलाई थाहा भए पनि यात्रुको समस्याबारे कोही गम्भीर नरहेको उनको गुनासो छ ।

त्यसैगरी हिमालय ग्लोबल ट्राभल सर्भिसेसकी सञ्चालक संगिता रौनियारले अधिक माग र कम आपूर्तिका कारण टिकटको मूल्य ह्वात्तै बढेको बताइन् । दिल्लीका लागि ११ देखि १३ हजारसम्म पाइने टिकट अहिले सस्तो नै ३० हजार रुपैयाँमाथि पुगेको उनले जानकारी दिइन् ।

दुबईको ३०÷३५ हजारमा पाइरहेको टिकटको मूल्य ७० हजारमाथि पुगिसकेको उनको भनाइ छ । ‘यसले अब यात्रा गर्न निकै समस्या भएको छ,’ रौनियारले भनिन्, ‘हरेक रुटको कम्तीमा २५ प्रतिशतबाट दोब्बरभन्दा बढीले भाडा वृद्धि भएको छ,’ उनले भनिन् ।

भैरहवा र पोखरामा अपेक्षित उडान नजाँदा समेत काठमाडौंमा अधिक चाप परेको हो । यसबीच सरकारले यी दुई विमानस्थलमा जहाज संख्या बढाउन विभिन्न छुट र अफर ल्याएको छ । इन्धनको मूल्य कम गरेको छ । तर, वायुसेवा कम्पनी त्यसतर्फ जान इच्छुक देखिएनन् । यसो हुनुमा यात्रु चाप काठमाडौ केन्द्रित हुनु हो ।

साथमा, विगतदेखि काठमाडौंमा रहेका संरचना सरकार र वायुसेवा कम्पनीले मोफसलका विमानस्थलमा सारिसकेका छैनन् । सरकारले यी विमानस्थल चलाउन आवश्यक एयररुट सहित आधारभूत तहका सर्तसमेत पूरा नगरेका धेरै वायुसेवा कम्पनी वैकल्पिक विमानस्थलमा जान नचाहेको एक वायुसेवा कम्पनीका नेपाल प्रतिनिधिले अनलाइनखबरलाई बताए ।

‘मल्टिपल इन्ट्री रुट हुँदामात्र जहाज ल्याउन सहज हुने थियो, एक त तल संरचना सेट भइसकेका छैनन्, अर्को यात्रु पाउने ग्यारेन्टी छैन,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा वायुसेवा कम्पनीले घाटामा किन जहाज उडाउँछन् ?’

नागरिक उड्डयन प्राधिकरणले प्रचलित कानुनले तोकेको सीमा परिपालना गरी हवाई भाडा लिन वायुसेवा कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणको यो आग्रह स्वदेशी वायुसेवा कम्पनीका हकमा भने लागु हुन सक्छ ।

विदेशी कम्पनीले भने माग र आपूर्तिको सिद्धान्त अनुसार भाडा बढाउन खुला छन् । प्राधिकरणले वायुसेवा कम्पनीको माग अनुसार पर्याप्त उडानको ‘स्पेस’ दिन नसक्दा यसको मार भने यात्रु र पर्यटकले भोग्नुपर्ने भएको छ ।

किन बन्द गर्न लागिएको हो विमानस्थल ?

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो विमानस्थल २३ कात्तिकदेखि १८ चैतसम्म दैनिक १० घण्टा बन्द गरिने छ । सोही अनुसार विमानस्थलमा उडान गतिविधि बन्द हुने सूचना ‘नोटिस फर एयरमेन’ (नोटाम) जारी गरिएको छ ।

हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हाल धावनमार्गका दुवैतर्फको बिन्दुमा नयाँ समानान्तर ट्याक्सी वे निर्माण भइरहेको छ । ट्याक्सी वे र धावनमार्ग जोड्ने लिंक वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फ समेत विस्तारको काम हुनेछ ।

यस्तो विस्तारसँगै अहिलेको धावनमार्गको क्षमता २० प्रतिशतले बढ्ने र हवाई ट्राफिक चाप समेत घटाउन सहयोग पुग्ने कार्यालयको भनाइ छ ।

राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?

काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्‍यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्‍याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु ।

यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन डा. रविनबहादुर बस्नेत बताउँछन् ।

‘राति बारम्बार पिसाब लाग्नुले मधुमेह, युरिनरी ट्र्याक्ट इन्फेक्सन वा प्रोस्टेटसम्बन्धी रोगलाई पनि संकेत गर्छ,’ उनी भन्छन् ।

राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?

काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्‍यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्‍याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु ।

यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन डा. रविनबहादुर बस्नेत बताउँछन् ।

‘राति बारम्बार पिसाब लाग्नुले मधुमेह, युरिनरी ट्र्याक्ट इन्फेक्सन वा प्रोस्टेटसम्बन्धी रोगलाई पनि संकेत गर्छ,’ उनी भन्छन् ।

थाइराइडबाट कसरी बच्ने ?

हाम्रो शरीरमा विभिन्न ग्रन्थि हुन्छन् । घाँटीमा रुद्रघण्टीमुनि पुतली आकारको ग्रन्थि हुन्छ, त्यसलाई थाइराइड भनिन्छ । यस ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । यी हर्मोनका कारण शरीरलाई ऊर्जा प्रदान हुन्छ ।

थाइराइड ग्रन्थिमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइड र हर्मोन कम हुनुलाई हाइपो थाइराइड भनिन्छ । हर्मोन बढी भएको अवस्थामा गलगाँड हुने, ग्रन्थि सुन्निने समस्या देखिन्छ । कहिलेकाहीँ गाँठागुठी बनेर क्यान्सरको समस्या पनि हुन सक्छ ।  

कारण
थाइराइड जटिल र डराउनुपर्ने खालको समस्या होइन । यो धेरै कारणले हुन्छ । हर्मोनको कमीले गर्दा हाइपो थाइराइड देखिने समस्या बढी हुन्छ । आयोडिनको कमीले पनि यस्तो हुने गर्छ । अटो इम्युनको कारणले गर्दा पनि हुन्छ । हर्मोन कम हुँदा र बढी हुँदा फरक–फरक लक्षण देखिन्छ । हर्माेन बढी वा कम हुनु नै थाइराइडसम्बन्धी समस्या हो । सामान्यतयाः थाइराइड हर्माेनमा आउने गडबडी र इम्युन सिस्टमका कारण थाइराइड हुने गर्छ । 

हर्मोन कम हुँदा : शरीर आलस्य हुने, थकित हुने, महिलामा महिनावारी गडबड हुने, शरीरमा अत्यधिक मात्रामा बोसोको मात्रा बढ्ने, हाइट नबढ्ने, कपाल झर्ने, जिउ सुन्निने, फुलिने, घाँटी सुन्निने आदि । 

हर्मोन बढी हुँदा : हातखुट्टा काम्ने, चिटचिट पसिना आउने, वजन कम हुँदै जाने, तौल घट्दै जाने, शरीर तातो हुने, निद्रा नलाग्ने, मुटुको धड्कन बढेजस्तो हुने आदि । 

बच्ने उपाय 
– थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । त्यसैले थाइराइड भए–नभएको जाँच गर्नुपर्छ । 
– समस्या भएको छ भने नियमित औषधि सेवन गर्नुपर्छ । 
– जीवनशैली परिवर्तन गर्ने, चिल्लो कम खाने गर्नुपर्छ । 
– आयोडिनयुक्त नुन प्रयोग नगर्ने ।
– स्वस्थकर खाना खाने गर्नुपर्छ । 
– तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने ।
– अनावश्यक रूपमा एक्सरे नगर्ने, सिटिस्क्यान आदि पटक–पटक नगर्ने, धेरै चिया, कफी तथा चुरोट नपिउने, सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ ।
– नियमित व्यायाम गर्नुपर्छ ।

उपचार विधि
– थाइराइड नराम्रो अवस्थामा छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन सक्छ ।
– परीक्षणपश्चात् थाइराइड ग्रन्थिको रोग देखिए तत्कालै विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचारमा लाग्नुपर्छ ।
– आयोडिन, रेडियो एक्टिभ तथा एन्टिथाइराइड औषधि र शल्यक्रिया (हाइपर थाइराइडिज्मका लागि) र थाइराइड हर्माेन चक्की (हाइपो थाइराइडिज्मका लागि)लगायतका विभिन्न रासायनिक हर्माेनको प्रयोगले यसको प्रभावकारी उपचार हुन्छ ।
– आवश्यकताअनुसार विशेष तथा लाक्षणिक उपचार हुन्छ ।
– यस प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय–समयमा थाइराइड हर्माेनको रक्तपरीक्षण गर्ने र रोग भएमा समयमै उपचार गर्नुपर्छ ।

राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?

काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्‍यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्‍याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु ।

यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन डा. रविनबहादुर बस्नेत बताउँछन् ।

‘राति बारम्बार पिसाब लाग्नुले मधुमेह, युरिनरी ट्र्याक्ट इन्फेक्सन वा प्रोस्टेटसम्बन्धी रोगलाई पनि संकेत गर्छ,’ उनी भन्छन् ।

विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?

विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?

काठमाडौं । सानोभन्दा सानो फोनमा पनि अहिले पासवर्ड राख्ने फिचर रहेको हुन्छ । पासवर्ड हाम्रो फोन तथा कम्प्युटरको सुरक्षाका लागि अहिले पनि निकै महत्त्वपूर्ण छ । यदि आज पासवर्ड हुँदैन  थ्यो भने थाहा छैन दुनियाँ कसरी काम गरिरहेको हुन्थ्यो । 

हामी आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, पैसा तथा धन सम्पत्ति राख्ने लकरदेखि सामाजिक सञ्जाल तथा बैंकिङ अकाउन्टमा समेत पासवर्ड राखिरहेका हुन्छौं । तर के तपाईंले कहिल्यै सोच्नु भएको थियो, विश्वमै पहिलो पासवर्ड कहिले र कसले बनाएको थियो ।

Continue reading विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?

नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?

एक अध्ययनबाट रमाइलो तथ्य बाहिर आएको छ- ‘अक्सर दम्पतीबीच वर्षमा औसत ३६५ पटक नै ठाकठुक पर्छ ।’ सबै दम्पतीको हकमा यस्तो नहोला । यद्यपि अधिकांश दम्पतीबीच कुनै न कुनै निहुँमा मतभेद भइरहेकै हुन्छ ।

यस्तो दम्पती दुर्लभ होलान्, जसको श्रीमान् र श्रीमतीबीच मतभेद, मनमुटाव, ठाकठुक वा झगडा पर्दैन । कसरी यसको अपवाद हुनसक्थे नेपाली दम्पती पनि ।

दम्पतीबीच हुने झगडाका दुई रूप हुन्छ । एक किसिमको झगडा, जसले दम्पतीबीचको असमझदारी हटाउने काम गर्छ । र, उनीहरूको सम्बन्धलाई थप परिपक्व बनाउँदै लैजान्छ ।

अर्को किसिमको झगडा, जसले उनीहरूबीच वैमनस्यको बीज रोप्छ । र, उनीहरूको सम्बन्ध क्रमशः कमजोर हुँदै जान्छ । झगडा हुनु स्वाभाविक हो, जब त्यो सही निष्कर्षमा पुग्छ ।

अब लागौं, मूल विषयतर्फ । अक्सर नेपाली दम्पतीबीच के कुरामा मतभेद हुन्छ ? कुन कुरालाई लिएर उनीहरू ठाकठुक गर्छन् ?

Continue reading नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?

के हो अब्सेसिभ कम्पलसिभ डिसअर्डर ?

अब्सेसिभ कम्पलसिभ डिसअर्डर बिरामीको सोचको कुनै सीमा हुँदैन । 

रमा ३० वर्षकी युवती हुन्, उनी बारम्बार टोलाइरहन्छिन् । उनको मनमा अनौठा सोचहरू आउँछन् । जब उनी घरायसी काम गर्न खोज्छिन् तब यस्ता सोच मनमा आई सताउँछन् । उनलाई थाहा छ यो सोच आफ्नै हो तर उनी यसलाई नियन्त्रण गर्न सक्दिनन् । मन अशान्त हुन्छ, उनी मनबाट यस्ता कुरा हटाउन खोज्छिन् तर गाह्रो पर्छ । उनी लुगा धुन, नुहाउन पानीमा जानै हँुदैन, कारण उनी त्यहाँबाट उम्कन सक्दिनन् । पानीसँग जोडिएको यो मनोरोग अनौठो हुन्छ । जब उनी लुगा धुन जान्छिन् तब उनले त्यहाँ घन्टौं बिताउनुपर्ने हुन्छ । जब लुगा धुँदै जान्छिन्, मनमा सोचाइ आउँछ कि लुगा अझै सफा भैसकेको छैन अझ दस पटक पखाल्नुपर्छ । त्यसपछि उनी गन्दै दस पटक पुर्‍याउँछिन् र केही आनन्दको अनुभव गर्छिन् ।

फेरि सोचाइ दोहोरिन्छ अनि छटपटाउँछिन् । त्यसो त लुगा धुने, नुहाउने, हात धुने, घर सफा गर्ने, ढोकामा चुक्कुल लगाउने, पैसा काममा पनि यस्ता समस्या आउँछन् । त्यसैगरी प्रकाश पनि ३० वर्षका भए । उनी किसान हुन् । गत १ वर्षदेखि उनको मनमा एउटै विचार दोहोरिरहन्छ । जब उनी सुत्न लाग्छन् तब उनलाई  मूल ढोकामा चुक्कुल लगाएको विषयमा शंका उठ्छ, उनी छटपटीमा पर्छन् र हेर्न जान्छन्, हेर्दा चुक्कुल लगाइसकेको देख्छन् तर फेरि जब उनी सुत्न लाग्छन् त्यही कुरा दोहोरिरहन्छ । उनले खाना खाएर दिसा–पिसाब गरेपछि ३०–४० पटकसम्म हात धुनुपर्छ । उनको मनमा विचार आउँछ, हात फोहोर छ अनि उनी पटक–पटक हात धुन्छन् । यस्तै उनी बाटोमा हिँड्दा फोहोर वस्तु देखेर डराउँछन्, फोहोर वस्तु खाइएला भनेर । उनलाई थाहा छ फोहोर वस्तु खानु हुँदैन तर उनी खाऊँ खाऊँ जस्तो बनाउने डरले त्यहाँ बस्न सक्दैनन् । त्यस्तै यौन विचार आउनाले उनी आफ्ना नातेदार केटी छेउ पनि बस्न सक्दैनन् । उनलाई थाहा छ उनको सोच गलत हो तर उनी त्यसबाट छुटकारा पाउन सक्दैनन् ।

समाजमा रमा र प्रकाशलाई जस्तो समस्या भएका मानिस धेरै छन्, जसलाई यो रोग हो कि होइन थाहा छैन । जब यस्तो समस्या चरम उत्कर्षमा पुग्छ तब उनीहरू डाक्टरकहाँ पुग्छन् । यस्तो समस्यालाई अब्सेसिभ कम्पलसिभ डिसअर्डर भनिन्छ ।  यस्ता अनौठा सोच, तस्बिर, शंका उत्पन्न हुँदा बिरामी आत्तिन्छन् । पुस्तक पढ्दा चलचित्रका दृश्यहरू मनमा आइरहन्छ र पढाइमा ध्यान कम हुन्छ । अग्लो पहाडमा वा पुलमा जाँदा अचानक मनमा त्यहाँबाट हाम फालूँजस्तो हुन्छ । त्यसो त मनमा हाम फाल्दा खतरा हुन्छ भन्ने पनि छ तर यस्तो सोचाइले बिरामीमा छटपटी पैदा हुन्छ, बिरामी के गरौं, कसो गरौं जस्तो भएर कहिलेकाहीँ चिच्याउँछन् । 

घरमा खुकुरी, चक्कु वा बन्दुक नजिक बस्दा मनमा शंका उत्पन्न हुन्छ । खुकुरीले आफूलाई हानिन्छ वा अरूलाई हानिन्छ त्यस्तो गर्नु हुँदैन भन्ने थाहा छ तर पनि यस्तो शंका–उपशंका मनमा आइरहन्छ । त्यसैले बिरामी त्यस्तो ठाउँमा बस्न रुचाउँदैनन्, त्यो ठाउँ छाडेर हिँड्छन् । यो त केवल मनको हुरी मात्र हो । सँगै बस्ने साथीलाई समेत थाहा हुँदैन । यो मनोवैज्ञानिक समस्या हो । 

अब्सेसिभ कम्पलसिभ डिसअर्डर बिरामीको सोचको कुनै सीमा हुँदैन । मन्दिरमा गएर देवताका विषयमा नराम्रो सोच, शंका, उपशंकादेखि लिएर ‘आकाश किन नीलो हुन्छ’ भन्ने सम्मका अत्यन्तै विचित्रका सोच दिमागमा जबरजस्ती पस्छन् जसबाट बिरामीले यस्तो सोच हटाउन केही गर्नुपर्ने हुन्छ । प्राय: यस्ता बिरामी मन्दिरमा धेरै समय बस्न सक्दैनन् । जब सोचाइ चरम उत्कर्षमा पुग्छ तब उनीहरू मन्दिरबाट बाहिर निस्किन्छन् । आकाशमा हेरिरहन सक्दैनन्, हतियार नजिक बस्न नसकी अर्को ठाउँमा पुग्छन् । जुत्ता–मोजा लगाउने विद्यार्थी दिनभर जुत्ता–मोजा लगाउँदैमा बिताउँछन् । जाडो महिनामा नुहाउन बाथरुम जाने बिरामी घन्टौं नुहाइरहन्छन् । टाउको र शरीर चिसो भैसक्दा पनि पानीबाट बाहिर निस्कन सक्दैनन्, कहिलेकाहीँ त एक्कासि चिच्याउँछन् । हात धुने सोचाइ आउने र यो क्रम दोहोरिँदा हात रातो हुन्छ । यसरी पानीबाट बाहिरिन अत्यन्तै गाह्रो हुने र प्राय: पानीमा नै खेलिरहने हुनाले यस्तो रोगलाई पानी बहुलाहा वा पानी मनोरोग पनि भनिन्छ । 

यो एउटा यस्तो रोग हो जसमा बारम्बार विचार, सोच, दृश्य आइरहँदा छटपटी हुन्छ । हटाउन चाहँदा चाहँदै पनि दिमागमा आई सताउँछ । यसलाई हटाउन बिरामीले कुनै क्रियाकलाप गर्नुपर्ने हुन्छ, जस्तै हात छुने, चुक्कुल लगाए नलगाएको चेक गर्ने आदि । त्यसपछि यसबाट क्षणिक फाइदा हुन्छ तर फेरि दोहोरिरहन्छ । कतिपय बिरामीमा डिप्रेसनको लक्षण पनि पाइन्छ । 

के कारणले यो रोग हुन्छ ? 

यो रोगको खास कारण थाहा छैन तर मस्तिष्कमा सेरोटोनिन भनिने रसायनको गडबडी हुँदा यो रोग लाग्छ भन्ने धारणा छ । यसबाहेक सोचेको काम सफल नहुँदा तथा मस्तिष्कको संक्रमणपछि पनि यो रोग भएको पाइन्छ । वंशानुगत रूपमा पनि यो रोग सर्छ । 

उपचार कसरी गरिन्छ ?

विभिन्न खालका औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचार सोचाइ परिवर्तन गराउन, बिरामीको ध्यान केन्द्रित हुन नदिन गरिन्छ । यो रोगका केही बिरामीमा पछि गएर कडा मानसिक रोग पनि देखा पर्न सक्छ । त्यसैले समस्या थाहा हुनेबित्तिकै उपचार गराउनुपर्छ । 

कस्ता मानिसलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ?

यो रोग अत्यन्तै नैतिकवान्, आफूले भनेको नै हुनुपर्ने, अर्काको काममा चित्त नबुझ्ने खालका मानिसलाई लाग्ने सम्भावना बढी हुन्छ । यस्ता मानिसहरू अत्यन्तै नैतिकवान् हुन्छन् र अरूबाट पनि त्यस्तै आशा गर्छन्, तर समाज त्यस्तो छैन । साथै सहन सक्ने क्षमता कम हुने, सानो कुरालाई पनि ठूलो रूपमा लिने मानिसलाई पनि यो रोगले च्याप्ने सम्भावना हुन्छ । 

जान्नैपर्ने कुरा

  • यस्ता बिरामीले लुगा धुनु हुँदैन वा पानीमा गरिने कुनै पनि कामबाट टाढा हुनुपर्छ । 
  • यस्ता बिरामीले मनमा एउटै कुरा लिइरहनु हुँदैन । बारम्बार सोच परिवर्तन गर्नुपर्छ । 
  • खतरा हुने सामान र खतरा ठाउँमा बिरामीलाई राख्नु हुँदैन । 
  • जति नै ठूलो समस्या देखापरे पनि त्यो केवल बिरामीको मनमा मात्र हुन्छ । सँगैको साथीलाई पनि केही थाहा हुँदैन । 
  • कहिलेकाहीँ डिप्रेसन भए उपचार गर्नुपर्छ । 
  • धामीझाँक्रीबाट यो रोग निको हुँदैन ।
  • उपचार गरे यो रोग निको हुन्छ । 
  • यस्ता बिरामीको मनमा बारम्बार कुरा आइरहने हुनाले अत्यन्त छटपटी हुन्छ । बिरामी कुनै कुरामा भुल्दा समस्या कम हुन्छ ।

मानसिक रूपमा कसरी स्वस्थ बन्ने ?

  • अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोच नराख्ने ।
  • अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।
  • पुराना रुढिवादी कुरा जुन वर्तमानमा झूटो साबित भएका छन् तिनमा विश्वास नगर्ने ।
  • हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
  • जे छ त्यसमा सन्तुष्ट हुने तर परिश्रम गर्न नछाड्ने ।
  • लागूपदार्थ, रक्सी, ड्रग्स आदि सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना प्रबल हुने भएकाले ती वस्तुबाट टाढै रहने ।
  • दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने ।
  • समाज एवं घरपरिवारबाट नकारात्मक वातावरणको अन्त्य गर्ने ।
  • अति नैतिकवान् नबन्ने र अरूबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
  • आफ्ना समस्या आफ्नो परिवार एवं साथीभाइलाई पनि भन्ने । 
  • मनलाई सधैं शान्त राख्ने ।

 (चितवन मेडिकल कलेजका, नशा तथा मानसिक रोग विशेषज्ञ डा सी पी सेडाईंको लेख) 

नरिवलको तेलले बढाउँछ सुन्दरता


नरिवलको तेलले तपाईंको सौन्दर्यनिखार्नमा महत्वपूर्ण भूमिका खेल्छ । यसले कपाललाई पोषण दिनुका साथै नङमा चमक पनि दिन्छ । नरिवलको तेलले यस्ता कुरामा फाइदा दिन्छ ।

कपाल झर्ने समस्याका लागि

कपाल झर्ने समस्याका लागि नरिवलको तेल औषधि नै मानिन्छ । एक चिम्टी मेथीको धुलो वा केही दानालाई नरिवलको तेलमा केही समय भिजाउनुहोस् । र यो तेल तताएर त्यही तातो तेलले कपालमा मसाज गर्नुहोस् ।

फुटेको हातखुट्टाका लागि

सुक्खा हात तथा खुट्टामा धेरै नरिवलको तेल लगाउनुहोस् र सुत्ने बेलामा मोजा र पञ्जा लगाएर सुत्नुहोस् । बिहान उठ्दा हात र खुट्टा नरम हुनेछ । दुई/तीनपटक यसरी तेल लगाएमा हातखुट्टा फुट्दैन ।

Continue reading नरिवलको तेलले बढाउँछ सुन्दरता