स्वस्थ जीवनशैलीमा पोषणयुक्त आहार, दैनिक व्यायाम, पर्याप्त निद्रा, खुसी रहनु र सकारात्मक सोचलगायत धेरै कुराहरू समावेश हुन्छन्। जब हामीले स्वस्थ जीवनशैलीको लागि आवश्यक सबै तत्वहरू गर्छौं, हाम्रो जीवन सही मार्गमा गइरहेको छ। आफ्नो वर्तमान जीवन र भविष्यको लागि खुशी हुन र राम्रो महसुस गर्न स्वस्थ जीवन जिउन महत्त्वपूर्ण छ। एकचोटि तपाईंले स्वस्थ जीवन बिताउन छनौट गर्नुभयो भने, यो तपाईंको जीवनभर रहन्छ। यसले तपाईंलाई लामो समयसम्म बाँच्न मात्र मद्दत गर्दैन तर रोग र रोगहरूको लागि राम्रो र कम जोखिममा पनि मद्दत गर्दछ। स्वस्थ जीवनशैली भनेको यस्तो जीवनशैली हो जसको लागि हामी सबैले प्रयास गर्नुपर्छ।
A healthy lifestyle involves a lot of things under it, including a nutritional diet, daily exercise, adequate sleep, being happy, and thinking positively. When we do all the necessary elements to have a healthy lifestyle, our lives are going on the right path. Living a healthy life is vital for you to be happy and feel good in your present life and for the future. Once you choose to live a healthy life, it lasts all your life. It not only helps you live longer but also better and less prone to sickness and diseases. A healthy lifestyle is the kind of lifestyle that we should all strive for.
काठमाडौं । सिम (SIM) अंग्रेजी शब्द सब्सक्राइबर आइडेन्टिटी मोड्युल (Subscriber Identity Module) को छोटो रुप हो । सिम भन्ने बित्तिकै हाम्रो दिमागमा आउने कुरा भनेको एउटा चिप जस्तो कार्ड हो, जसलाई हामी हाम्रो मोबाइलमा राख्छौं र यसले हामीलाई मोबाइल प्रयोग गर्न सहयोग गर्छ भनेर बुझ्छौं ।
पछिल्लो समय बजारमा ई-सिम र आई-सिमको चर्चा बढ्दो छ । नेपालमा पनि नेपाल टेलिकम र एनसेलले ई-सिम वितरण सुरु गरिसकेका छन् । यस्तोमा ई-सिम र भौतिक सिमलाई लिएर धेरै प्रश्न उब्जिएका छन् । यसैबीच आई-सिमको चर्चा सुरु भएको छ । यो लेखमा भौतिक सिमबाट आई-सिम र ई-सिमबीचको भिन्नता उल्लेख गरिएको छ ।
तपाईंलाई कुनै शब्द, घटना, व्यक्ति वा जुनसुकै विषयको बारेमा होस् जान्ने जिज्ञासा छ भने तपाईं पुस्तक पल्टाउनु हुन्न । सिधै आफ्नो मोबाइल वा कम्प्युटरको वेब ब्राउजरमा गएर त्यो शब्द टाइप गर्नुहुन्छ । त्यसपछि सबैभन्दा माथि तपाईंले विकिपिडियामा जानकारी देख्नुहुन्छ ।
कहिलेकाहिँ गुगल सर्च इन्जिनभित्र खोज्दा माथि दायाँतिर एउटा बक्स नै देख्नुहुन्छ । त्यहाँ तपाईंले खोजी गरेको विषयको विस्तृत जानकारी र तल विकिपिडिया लेखिएको हुन्छ । धेरैले यसलाई गुगलकै एउटा डेडिकेटेड पेज भनेर पनि बुझ्ने गरेका छन् ।
काठमाडौं । कलेजो शरीरको महत्त्वपूर्ण अंग हो, जसले खाना पचाउन मात्र नभई शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै कलेजोले ग्लुकोजको रूपमा ऊर्जा भण्डारण पनि गर्छ ।
तर खराब दिनचर्या र अव्यवस्थित खानपानका कारण कलेजोमा बोसो जम्ने अर्थात् ‘फ्याटी लिभर’को समस्या धेरैमा देखिन थालेको छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्याउँछ ।
कलेजोमा पाँच प्रतिशतभन्दा अधिक बोसो जमेमा फ्याटी लिभर हुन्छ । जीवनशैलीमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । यसको खासै संकेत हुँदैन । यद्यपि समयमै उपचार नगरे यसले स्वास्थ्यमा दीर्घकालीन तथा गम्भीर समस्या निम्तिन सक्ने ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यप बताउँछन् ।
एक अध्ययनबाट रमाइलो तथ्य बाहिर आएको छ- ‘अक्सर दम्पतीबीच वर्षमा औसत ३६५ पटक नै ठाकठुक पर्छ ।’ सबै दम्पतीको हकमा यस्तो नहोला । यद्यपि अधिकांश दम्पतीबीच कुनै न कुनै निहुँमा मतभेद भइरहेकै हुन्छ ।
यस्तो दम्पती दुर्लभ होलान्, जसको श्रीमान् र श्रीमतीबीच मतभेद, मनमुटाव, ठाकठुक वा झगडा पर्दैन । कसरी यसको अपवाद हुनसक्थे नेपाली दम्पती पनि ।
दम्पतीबीच हुने झगडाका दुई रूप हुन्छ । एक किसिमको झगडा, जसले दम्पतीबीचको असमझदारी हटाउने काम गर्छ । र, उनीहरूको सम्बन्धलाई थप परिपक्व बनाउँदै लैजान्छ ।
अर्को किसिमको झगडा, जसले उनीहरूबीच वैमनस्यको बीज रोप्छ । र, उनीहरूको सम्बन्ध क्रमशः कमजोर हुँदै जान्छ । झगडा हुनु स्वाभाविक हो, जब त्यो सही निष्कर्षमा पुग्छ ।
अब लागौं, मूल विषयतर्फ । अक्सर नेपाली दम्पतीबीच के कुरामा मतभेद हुन्छ ? कुन कुरालाई लिएर उनीहरू ठाकठुक गर्छन् ?
तपाईँको ओठ गर्मीमा कालो र कुरूप हुन थालेको छ भने, यस्तो अवस्थामा आइस फोमेन्टेसन तपाईँको लागि धेरै स्वस्थ हुन सक्छ। ओठमा बरफ लगाउनाले रक्तसञ्चारमा सुधार हुन्छ, जसले ओठलाई गुलाबी बनाउन सक्छ। यसका साथै ओठको कालोपन पनि हट्छ । ओठमा बरफ लगाउनाले धेरै फाइदा हुन्छ । यसले ओठको सुन्निने र कालोपन हटाउन सक्छ। यसका फाइदाहरू विस्तारमा जानौँ !
ओठको सुख्खापन कम गर्न
यदि तपाईँ नियमित रूपमा ओठमा बरफ रगडाउनुहुन्छ भने, यसले रक्त नलीहरू साँघुरो बनाउँछ। यसो गर्दा ओठको सुख्खापन कम हुन्छ। यसका साथै ओठको जलन र सुन्निने समस्याबाट पनि धेरै राहत मिल्नेछ ।
ओठ गुलाबी बनाउन
यदि तपाईँले दैनिक ओठमा लगाउनुहुन्छ भने, यसले ओठमा रक्तसञ्चार सुधार गर्छ। यसले ओठको मृत कोशिकाहरू हटाउँछ। यसका साथै ओठको गुलाबीपन पनि बढ्छ । साथै तपाईँको ओठ धेरै नरम हुन्छ।
ओठको कालोपन हटाउन
गर्मीमा ओठमा बरफ लगाएर ओठलाई एक्सफोलिएट गर्नु राम्रो हुन्छ । यसले छालाबाट ओठको मृत कोशिकाहरू हटाउन सक्छ। यसका साथै ओठको कोमलता पनि बढ्छ । ओठमा दिनहुँ बरफ लगाउँदा पिग्मेन्टेसनबाट छुटकारा पाउन सकिन्छ । यदि तपाई ओठको कालोपनको समस्याबाट ग्रसित हुनुहुन्छ भने आइस फोमेन्टेसन तपाईँको लागि राम्रो हुन सक्छ ।
घामबाट जोगाउन
गर्मीमा ओठमा बरफ लगाउनाले ओठको छालालाई घामबाट जोगाउन सकिन्छ । घामको कारणले ओठमा दाग, चिलाउने र कालोपनको समस्यालाई यसले हटाउन सक्छ।
ओठ हाइड्रेटेड राख्न
ओठमा बरफ लगाउँदा ओठको नमी कायम रहन्छ। यसले ओठको सुगन्ध बढाउँछ। यसका साथै ओठको हाइड्रेसन पनि धेरै बढ्छ । यदि तपाई ओठ फुट्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने ओठमा बरफ लगाउने गर्नुहोस् ।
ओठमा बरफ लगाएर धेरै फाइदा लिन सकिन्छ । तर, ध्यान राख्नुहोस् कि यसलाई सीधा ओठमा लगाउनु हुँदैन। यसलाई सुती कपडामा बेर्नुहोस् र ओठमा लगाउनुहोस् ।
कान चिलाउने समस्यालाई हामीमध्ये धेरैले बेवास्ता गरिरहेका हुन्छौं । कान चिलाउने धेरै कारण हुन सक्छन् । कान सुक्खा भएर, कानमा तेल हाल्दा, पानी पस्दा, कानेगुजी जम्मा भएर, कानभित्र चाया परेर, ढुसी परेर कान चिलाउने हुन्छ ।
कान चिलाउने समस्या सामान्य सोचेर बस्दा पछि जटिल अवस्था समेत आउन सक्छ । कान किन चिलाउँछ ? यसबारे यहाँ चर्चा गरिन्छ ।
कान सुक्खा भएर
कानमा तेल हाल्ने र कानेगुजी निकाल्ने गर्दा त्यहाँ भएको नरमपन हट्छ र कान सुक्खा हुने हुन्छ । सुक्खापनले गर्दा कानमा चाया पर्छ र कान चिलाउँछ ।
कानेगुजी जम्मा भएर
कानेगुजी जम्मा हुँदा पनि कान चिलाउने गरिन्छ । कानेगुजी निकाल्न तेल हाल्दा कान डम्म हुन्छ, त्यसबेला कान चिलाउने हुन्छ । धेरैले कानेगुजी निकाल्न काठ, पिन, इयरबर्ड, औंलाको प्रयोग गर्छन् । त्यसले कानेगुजी झन् भित्र जान्छ र चिलाउने समस्या अरु बढ्छ ।
कानमा पानी पसेर
कानमा पानी पर्यो भने पनि कान चिलाउँछ । पानी पसेर कान डम्म हुने अवस्थालाई इयर स्विमर भनिन्छ । किनभने यो समस्या पौडी खेल्नेहरूलाई बढी हुने गर्छ ।
ढुसी परेर
कानमा पानी पसेपछि चिलाउने हुन्छ र लामो समय रहिरहेमा कानमा ढुसी पर्ने समस्या हुन्छ । यसले कानमा संक्रमण भएर कान चिलाउने समस्या हुन्छ ।
एलर्जी भएर
खानाको एलर्जीले पनि कतिपयलाई कान चिलाउने समस्याण् हुन्छ । दूध, माछा, गहुँबाट बनेको खानेकुरा खाँदा कतिपयलाई कान चिलाउन सक्छ । स्याउ, खर्बुजा, चेरी, किबी, सूर्यमुखीको बीउ, बदाम, ओखरले पनि एलर्जी भएर कान चिलाउने समस्या हुनसक्छ ।
कान जति कोट्यायो उति चिलाउँछ
कान कोट्याउँदा धेरैलाई आनन्द आएको जस्तो लाग्छ । तर कान कोट्याइरहनु हानिकारक हुन्छ । यसले कानभित्र घाउ हुने सम्भावना त हुन्छ नै कान अझ बढी चिलाउने हुन्छ ।
कान कोट्याउँदा कानमा जलन हुने, कानमा पिलो आउने, कान दुख्ने, तरल पदार्थ बग्ने, सुन्ने क्षमतामा कमी आउने, टाउको दुख्ने, कानको वरिपरि सुन्निने जस्ता समस्या आउन सक्छन् ।
कान चिलाएमा तेल लगाउन मिल्छ ?
कानमा तेल हाल्नु हुँदैन । यद्यपि कान चिलाएमा हातमा तेल लिएर कानको बाहिरी भागमा मसाज गर्न भने सकिन्छ । कान सुक्खा भएका कारण चिलाएको छ भने केही थोपा जैतुनको तेल वा बेबी ओयल पनि हाल्न सकिन्छ ।
तर कानमा तेल, लसुन वा अन्य चीन हाल्नु उपयुक्त हुँदैन । कान चिलाउने कारण पत्ता लगाएर त्यसै अनुरूपको उपचार गर्नुपर्छ ।

आजको समयमा सबै जना फरक र स्टाइलिश देखिन चाहन्छन्। केटीहरूको लागि यो धेरै सजिलो छ। उनीहरूसँग कपडादेखि मेकअप र यस बाहेक अन्य धेरै प्रकारका सामानहरू छन् । तर, केटाहरूमा धेरै समस्याहरू छन्। केटाहरूका लागि लुगाहरू एक मात्र विकल्प हो, जसलाई अपनाउन सके तिनीहरू फेसनदार र स्टाइलिश देखिन सक्छन्।
कतै जाँदा गलत पहिरन छनोट गर्नुभयो भने यसले तपाईँको व्यक्तित्वमा पनि असर पर्छ । त्यसैले आज हामी तपाईँलाई लुगा लगाउने केही उपाय बताउन गइरहेका छौँ, जसलाई अपनाएर तपाई आफ्नो लुक नै बदल्न सक्नुहुन्छ । यी टिप्सहरू जान्न हरेक केटाको लागि धेरै महत्त्वपूर्ण छ ।
कपडा फिटिङमा ध्यान दिनुहोस्
कपडा खरिद गर्दा, फिटिङ सही छ की छैन भनेर ध्यान राख्नुहोस्। यदि तपाईँको पोसाक लुज छ भने यो धेरै अनौठो देखिन्छ। अर्कोतर्फ, यो अधिक टाइट भयो भने पनि अनौठो देखिन्छ । तपाईँले लगाउन सहज हुने कपडा छान्नुहोस् ।
कपडाको रङहरूमा ध्यान दिनुहोस्
आफूलाई सुहाउने लुगाको रङ्ग चयन गर्नुहोस्। कुन रङ्गको टी–सर्ट वा सर्ट जिन्स वा प्यान्टसँग राम्रोसँग मेल खान्छ भन्ने कुरामा विशेष ध्यान दिनुहोस्।
लुगामा फोल्ड नदेखाउनुहोस्
लुगा लगाउँदा विशेष ध्यान दिनुहोस् कि तिनीहरूमा कुनै पल्ट नहोस्। फोल्ड गर्दा पनि राम्रोसँग गर्नुहोस् ताकि यसको आकार बिग्रन नपरोस् ।
जुत्ताको विशेष ख्याल राख्नुहोस्
केटाहरूको लुकमा, उनीहरूले लाउने जुत्ताको धेरै महत्त्वपूर्ण भूमिका हुन्छ। यस अवस्थामा, आफ्नो जुत्ता सफा राख्नुहोस्। जुत्ता तपाईँको पोसाकसँग मेल खानुपर्छ।
कपडा अनुसार हेयर स्टाइल छनोट गर्नुहोस्
केटाहरूले कपडा अनुसार आफ्नो कपाल छनोट गर्नुपर्छ। यसले उनीहरूको व्यक्तित्व राम्रो देखिनेछ।
नरिवलको तेलले तपाईंको सौन्दर्यनिखार्नमा महत्वपूर्ण भूमिका खेल्छ । यसले कपाललाई पोषण दिनुका साथै नङमा चमक पनि दिन्छ । नरिवलको तेलले यस्ता कुरामा फाइदा दिन्छ ।
कपाल झर्ने समस्याका लागि
कपाल झर्ने समस्याका लागि नरिवलको तेल औषधि नै मानिन्छ । एक चिम्टी मेथीको धुलो वा केही दानालाई नरिवलको तेलमा केही समय भिजाउनुहोस् । र यो तेल तताएर त्यही तातो तेलले कपालमा मसाज गर्नुहोस् ।
फुटेको हातखुट्टाका लागि
सुक्खा हात तथा खुट्टामा धेरै नरिवलको तेल लगाउनुहोस् र सुत्ने बेलामा मोजा र पञ्जा लगाएर सुत्नुहोस् । बिहान उठ्दा हात र खुट्टा नरम हुनेछ । दुई/तीनपटक यसरी तेल लगाएमा हातखुट्टा फुट्दैन ।
बलियो नङका लागि
यदि, तपाईंको नङ कमजोर भएको छ भने नरिवलको तेलले मसाज गर्नुहोस् । नरिवलको तेलमा बराबर मात्रमा जैतुनको तेल मिसाई यो मिश्रणले नङमा मसाज गर्नुहोस् । अर्को दिन तपाईंको नङ चम्किलो देखिनेछ ।
नरम घुँडा र कुहिनाका लागि
हरेक रात कुहिनो र घुँडामा हल्का नरिवलको तेलले मालिस गर्नुहोस् जसले गर्दा कुहिनोमा र घाँटीमा रहेको कालो दाग पनि कम हुन्छ । तपाईंले नरम छाला पनि पाउनुहुनेछ ।
स्वस्थ दाँतका लागि
यदि, तपाईंको दाँत दुखेको छ भने प्रत्येक दिन दाँत माझेजस्तै गरी नियमित नरिवलको तेलले गिजाको मालिस गर्नुहोस् । यसले तपाईंको गिजालाई स्वस्थ बनाउनुका साथै र सासको दुर्गन्धबाट पनि छुटकारा पाउनुहुनेछ ।
काठमाडौँ । तपाईंलाई कुनै शब्द, घटना, व्यक्ति वा जुनसुकै विषयको बारेमा होस् जान्ने जिज्ञासा छ भने तपाईं पुस्तक पल्टाउनु हुन्न । सिधै आफ्नो मोबाइल वा कम्प्युटरको वेब ब्राउजरमा गएर त्यो शब्द टाइप गर्नुहुन्छ । त्यसपछि सबैभन्दा माथि तपाईंले विकिपिडियामा जानकारी देख्नुहुन्छ ।