
हाम्रो शरीरमा विभिन्न ग्रन्थि हुन्छन् । घाँटीमा रुद्रघण्टीमुनि पुतली आकारको ग्रन्थि हुन्छ, त्यसलाई थाइराइड भनिन्छ । यस ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । यी हर्मोनका कारण शरीरलाई ऊर्जा प्रदान हुन्छ ।
थाइराइड ग्रन्थिमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइड र हर्मोन कम हुनुलाई हाइपो थाइराइड भनिन्छ । हर्मोन बढी भएको अवस्थामा गलगाँड हुने, ग्रन्थि सुन्निने समस्या देखिन्छ । कहिलेकाहीँ गाँठागुठी बनेर क्यान्सरको समस्या पनि हुन सक्छ ।
कारण
थाइराइड जटिल र डराउनुपर्ने खालको समस्या होइन । यो धेरै कारणले हुन्छ । हर्मोनको कमीले गर्दा हाइपो थाइराइड देखिने समस्या बढी हुन्छ । आयोडिनको कमीले पनि यस्तो हुने गर्छ । अटो इम्युनको कारणले गर्दा पनि हुन्छ । हर्मोन कम हुँदा र बढी हुँदा फरक–फरक लक्षण देखिन्छ । हर्माेन बढी वा कम हुनु नै थाइराइडसम्बन्धी समस्या हो । सामान्यतयाः थाइराइड हर्माेनमा आउने गडबडी र इम्युन सिस्टमका कारण थाइराइड हुने गर्छ ।
हर्मोन कम हुँदा : शरीर आलस्य हुने, थकित हुने, महिलामा महिनावारी गडबड हुने, शरीरमा अत्यधिक मात्रामा बोसोको मात्रा बढ्ने, हाइट नबढ्ने, कपाल झर्ने, जिउ सुन्निने, फुलिने, घाँटी सुन्निने आदि ।
हर्मोन बढी हुँदा : हातखुट्टा काम्ने, चिटचिट पसिना आउने, वजन कम हुँदै जाने, तौल घट्दै जाने, शरीर तातो हुने, निद्रा नलाग्ने, मुटुको धड्कन बढेजस्तो हुने आदि ।
बच्ने उपाय
– थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । त्यसैले थाइराइड भए–नभएको जाँच गर्नुपर्छ ।
– समस्या भएको छ भने नियमित औषधि सेवन गर्नुपर्छ ।
– जीवनशैली परिवर्तन गर्ने, चिल्लो कम खाने गर्नुपर्छ ।
– आयोडिनयुक्त नुन प्रयोग नगर्ने ।
– स्वस्थकर खाना खाने गर्नुपर्छ ।
– तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने ।
– अनावश्यक रूपमा एक्सरे नगर्ने, सिटिस्क्यान आदि पटक–पटक नगर्ने, धेरै चिया, कफी तथा चुरोट नपिउने, सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ ।
– नियमित व्यायाम गर्नुपर्छ ।
उपचार विधि
– थाइराइड नराम्रो अवस्थामा छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन सक्छ ।
– परीक्षणपश्चात् थाइराइड ग्रन्थिको रोग देखिए तत्कालै विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचारमा लाग्नुपर्छ ।
– आयोडिन, रेडियो एक्टिभ तथा एन्टिथाइराइड औषधि र शल्यक्रिया (हाइपर थाइराइडिज्मका लागि) र थाइराइड हर्माेन चक्की (हाइपो थाइराइडिज्मका लागि)लगायतका विभिन्न रासायनिक हर्माेनको प्रयोगले यसको प्रभावकारी उपचार हुन्छ ।
– आवश्यकताअनुसार विशेष तथा लाक्षणिक उपचार हुन्छ ।
– यस प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय–समयमा थाइराइड हर्माेनको रक्तपरीक्षण गर्ने र रोग भएमा समयमै उपचार गर्नुपर्छ ।
- त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- (no title)
- तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- थाइराइडबाट कसरी बच्ने ?
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?
- राम्रो निद्रा सुत्नु लाभदायक
- नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?
- के हो अब्सेसिभ कम्पलसिभ डिसअर्डर ?
- नरिवलको तेलले बढाउँछ सुन्दरता
- मासुको विकल्पमा छन् यी खानेकुरा
- कटहरसँग के-के मिसाएर खानु हुँदैन ?
- खाली पेटमा पानी पिउनु फाइदा वा बेफाइदा !
- जिब्रोको भूमिका के के छन्, कसरी स्वस्थ राख्ने ?
- न्यायका पनि आफ्ना आफ्नै तर्क हुन्छन
- एन्ड्रोइडको २०० मेगापिक्सेल क्यामेरा भन्दा १२ मेगापिक्सेलको आईफोनबाट किन राम्रो फोटा आउँछ ?
- हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?
- कस्तो होला आउँदो महिना सार्वजनिक हुने आईफोन १५ ?
- निद्राको हर्मोन बढाउन यी चिजको सेवन गर्नुहोस्
- निद्राको हर्मोन बढाउन यी चिजको सेवन गर्नुहोस्
- मासुको विकल्पमा छन् यी खानेकुरा
- कलेजोमा बोसो जमे के हुन्छ ?
- शाकाहारी खानामा यो पोषक तत्त्वको कमीको जोखिम बढी हुन्छ
- तीन महान हस्तिहरुJNU डाक्टरओक्स्फोर्ड डाक्टरहार्वड डाक्टरकोको हुनुहुन्छ, मान्छे चिन्नुहोस् ।
- कटहरसँग के-के मिसाएर खानु हुँदैन ?
- यस्तो छ मुखमा अमिलो पानी आउनुको कारण
- अग्लो सिरानी राख्ने बानी छ भने होसियार हुनुहोस्
- के हाे आँखा पाक्ने ‘कन्जन्टिभाइटिस’ रोग ? बढी जोखिम कसलाई ?
- “जसले अभ्यास गरिरहन्छन्, उनीहरू त्यसमा रमाउँछन् र लामो समयसम्म गरिरहन्छन्।” ⬇️
- दाल र भातको सेवनले तौल घटाउन सकिन्छ
- यस्तो छ मुखमा अमिलो पानी आउनुको कारण