हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?

शरीरमा कुनै गाँठागुठी देखिनेबित्तिकै धेरैलाई शंका लाग्छ कतै क्यान्सर त भएन ? यस्ता गाँठागुठी क्यान्सरकै कारण हुने भएकाले पनि हामीमध्ये धेरैको मनमा यस्तो सोच आउनु स्वभाविक नै हो । हातको नाडीमा पनि गाँठो वा सिस्ट देखिन सक्छ । तर यसबाट आत्तिहाल्नु भने पर्दैन ।

हातको नाडीमा देखिने ग्यान्ग्लियन सिस्ट हो, यसमा क्यान्सरको कुनै डर हुँदैन । ग्यान्गलियन सिस्ट एकप्रकारको तरल पदार्थले भरिएको सानो थैली वा डल्लो हो । जुन शरीरको जोर्नी वा टेन्डन (मांसपेशीलाई हड्डीसँग जोड्ने तन्तु) मा बढी देखिन्छ । यस्तो डल्लोभित्र बाक्लो, टाँसिने र चिल्लो खाको तलर पदार्थ हुन्छ ।

Leave a comment