
काठमाडौं । पछिल्लो समय स्मार्टफोन ब्रान्डहरू क्यामेरामा बढी केन्द्रित छन् । फोनमा कति मेगापिक्सेलको क्यामेरा छ भन्ने कुरा नै मुख्य विशेषताका रूपमा हेरिन्छ । के क्यामेराको मेगापिक्सेल बढी हुँदैमा फोटोको गुणस्तर पनि राम्रो हुन्छ ? फोटोको गुणस्तर राम्रो हुन अन्य कुन कुन तत्त्वले महत्त्वपूर्ण भूमिका खेल्छन् ? आज हामी यसै विषयमा जानकारी दिँदैछौं ।
नेपाली बजारमा २०० मेगापिक्सेलसम्म मुख्य क्यामेरा भएका फाेन भित्रिएका छन् । एन्ड्राेइड फाेनमा ६४, १०८ मेगापिक्सेल मुख्य क्यामेरा हुनु सामान्य कुरा भइसक्यो ।
आईफोनको सन्दर्भ अघिल्लाे वर्ष सार्वजनिक भएको आईफोन १४ प्रो र प्रो म्याक्समा हालसम्मकै सबैभन्दा बढी अर्थात् ४८ मेगापिक्सेलको क्यामेरा छ । नेपालमा भने आईफाेन १३ प्रो र १३ प्रो म्याक्सका प्रयोगकर्ता बढी भएको अपेक्षा गरिएको छ । उक्त मोडेलमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा छ ।
माथि उल्लेखित मेगापिक्सेल भएका एन्ड्रोइड फोन र १२ मेगापिक्सेल मुख्य क्यामेरा भएको आईफोन १३ प्रो म्याक्सले खिचेका फोटोको गुणस्तर हेर्ने हो भने आईफोनबाट खिचेको फोटो नै स्तरीय देखिन्छ । यसको अर्थ फोनमा स्तरीय फोटो खिच्न मेगापिक्सेल सबैथोक होइन ।
मेगापिक्सेल कम भएपनि आईफोनको क्यामेरामा प्रयोग हुने सेन्सर ठूलो हुन्छ । ठूलो सेन्सरले बढी लाइट क्याप्चर गर्छ । जसले गर्दा फोटो खिच्न लागिएको वस्तुबाट लेन्समा पर्याप्त प्रकाश आउँछ । त्यसैले आईफोनले खिच्ने फोटोको गुणस्तर राम्रो हुनुका साथै सार्पनेस पनि बढी हुन्छ ।
यति कुरा मात्र एउटा स्तरीय फोटो खिच्नका लागि पर्याप्त छैनन् । त्यसमा पनि फोटो प्रोसेस गर्न सफ्टवेयर गतिलो हुनुपर्छ । एन्ड्रोइडको तुलनामा आईफोनले राम्रो इमेज प्रोसेसिङ सफ्टवेयर प्रयोग गरेको हुन्छ । यसले गर्दा फोटोमा सटीक कलर कन्ट्रास्ट र डिटेल निस्किन्छ ।
२०० मेगापिक्सेल वा बढी मेगापिक्सेलले डिटेल फोटो खिच्न सक्छन् । त्यसमा कुनै दुई मत छैन । तर त्यसमा हुने सानो सेन्सर र लेन्सले गर्दा फोटो जस्तो हुनुपर्ने हो, त्यस्तो निस्किँदैन ।
स्तरीय फोटो खिच्न तल दिइएका कुराहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्:
सेन्सर आकार
डिभाइसमा जति ठूलो सेन्सर भयो, फोटो त्यति नै स्तरीय खिच्न सकिन्छ । ठूलो सेन्सरले बढी लाइट क्याप्चर गर्ने भएकाले खिचिएको फोटो गुणस्तरीय हुन्छ ।
पिक्सेलको गुणस्तर
फोटोका लागि हरेक पिक्सेलको महत्त्व उत्तिकै बढी हुन्छ । ठूलो सेन्सरले फोटोका हरेक पिक्सलाई राम्रोसँग अटाएको हुन्छ । जसले गर्दा फोटो स्तरीय आउँछ ।
इमेज प्रोसेसिङ
स्मार्टफोनमा प्रयोग हुने इमेज प्रोसेसिङ एल्गोरिदमले पनि फोटोको गुणस्तरमा धेरै ठूलो भूमिका खेल्छ । आईफोनमा प्रयोग हुने स्तरीय इमेज प्रोसेसिङ एल्गोरिदमले कलर एकुरेसी (वास्तविक जस्तो देखिन्छ त्यस्तै कलर), सार्पनेस (फोटोको डिटेल), न्वाइज रिडक्सन जस्ता कुरालाई सन्तुलन राख्छ । कतिपय स्मार्टफोनले यसैलाई विशेष प्राथमिकता नदिँदा फोटोको गुणस्तर खस्किरहेको हुन्छ ।
लेन्सको गुणस्तर
फोटो राम्रो आउनका लागि फोनको क्यामेरामा प्रयोग गरिने लेन्स पनि गुणस्तरीय हुनुपर्छ । लेन्सको डिजाइन, अपार्चर जस्ता कुराले पनि फोटोको गुणस्तर राम्रो बनाउनमा विशेष भूमिका खेलेका हुन्छन् ।
यीबाहेक पनि फोनमा त्यस्ता अन्य थुप्रै तत्व हुन्छन्, जसले फोटोको गुणस्तर निर्धारण गर्छन् । बजेट फोनहरूमा ती तत्वमा कम्पनीले खर्च गरेका हुँदैनन् । त्यसैले पनि बढी मेगापिक्सेलको सेन्सर भएका फोनमा गुणस्तरीय फोटो आउँदैन । एन्ड्रोडइका प्रिमियम फोनमा भने फोटो स्तरीय फोटो नै आउँछ ।
- त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा२०८१, बुधबार त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा त्रिभुवन विमानस्थलको क्षमता विस्तार र टिकटको अधिक माग दुवै कारण टिकटको मूल्य धेरै माथि पुगिसकेको छ । अहिले काठमाडौं–नयाँदिल्ली एकतर्फी हवाई भाडा नै ३० हजारसम्म पुगेको छ । यो भनेको २ सय प्रतिशतको वृद्धि हो । २०८१ कात्तिक १४ गते १९:०५ … Continue reading त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट … Continue reading राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट … Continue reading राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- (no title)
- तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ। सामान्य अवस्थामा पिसाबको रङ कस्तो हुनुपर्छ?
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?चिनियाँ पूर्वीय चिकित्सामा प्रचलित विभिन्न विधिमध्ये अकुप्रेसर, अकुपञ्चर र रिफेक्सलोजी पनि हो । योग चिकित्सामा विभिन्न नाडीहरू भने जस्तै चिनियाँ पूर्वीय चिकित्साअनुसार विभिन्न मेरिडियन शरीरमा यत्रतत्र बगिरहेका हुन्छन् । त्यस अवस्थामा हाम्रो शरीरमा विभिन्न गाँठाहरु उत्पन्न भएका हुन्छन् । शरीरमा सकारात्मक र नकारात्मक ऊर्जा बगिरहेको अवस्थामा हामीले कुनै बिन्दुमा थिच्दा धेरै प्रकारका स्वास्थ्यलाभ मिल्छ । … Continue reading शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- थाइराइडबाट कसरी बच्ने ?हाम्रो शरीरमा विभिन्न ग्रन्थि हुन्छन् । घाँटीमा रुद्रघण्टीमुनि पुतली आकारको ग्रन्थि हुन्छ, त्यसलाई थाइराइड भनिन्छ । यस ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । यी हर्मोनका कारण शरीरलाई ऊर्जा प्रदान हुन्छ । थाइराइड ग्रन्थिमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइड र हर्मोन कम हुनुलाई हाइपो थाइराइड भनिन्छ । हर्मोन बढी … Continue reading थाइराइडबाट कसरी बच्ने ?
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट … Continue reading राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?काठमाडौं । सानोभन्दा सानो फोनमा पनि अहिले पासवर्ड राख्ने फिचर रहेको हुन्छ । पासवर्ड हाम्रो फोन तथा कम्प्युटरको सुरक्षाका लागि अहिले पनि निकै महत्त्वपूर्ण छ । यदि आज पासवर्ड हुँदैन थ्यो भने थाहा छैन दुनियाँ कसरी काम गरिरहेको हुन्थ्यो । हामी आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, पैसा तथा धन सम्पत्ति राख्ने लकरदेखि सामाजिक सञ्जाल तथा बैंकिङ अकाउन्टमा … Continue reading विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?
- राम्रो निद्रा सुत्नु लाभदायक–सात–आठ घन्टा राम्रोसँग सुत्दा स्वास्थ्यमा मात्र होइन सौन्दर्यमा समेत निखार आउँछ । –सुत्नुअघि नुहाउनुपर्छ । यसले रिल्याक्स महसुस हुनुका साथै राम्रो निद्रा पर्छ । –सुत्ने कोठामा टेलिभिजन तथा कम्प्युटर राख्नुहँुदैन । –भोकै सुत्ने प्रयास गर्नुहुँदैन । आवश्यकताभन्दा धेरै पनि खानु हुँदैन । सुत्नुभन्दा दुई–तीन घन्टा पहिले हल्काफुल्का खाना खानुपर्छ । –धेरै चिया–कफी सेवन गर्नुहुँदैन … Continue reading राम्रो निद्रा सुत्नु लाभदायक
- नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?एक अध्ययनबाट रमाइलो तथ्य बाहिर आएको छ- ‘अक्सर दम्पतीबीच वर्षमा औसत ३६५ पटक नै ठाकठुक पर्छ ।’ सबै दम्पतीको हकमा यस्तो नहोला । यद्यपि अधिकांश दम्पतीबीच कुनै न कुनै निहुँमा मतभेद भइरहेकै हुन्छ । यस्तो दम्पती दुर्लभ होलान्, जसको श्रीमान् र श्रीमतीबीच मतभेद, मनमुटाव, ठाकठुक वा झगडा पर्दैन । कसरी यसको अपवाद हुनसक्थे नेपाली दम्पती … Continue reading नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?
- के हो अब्सेसिभ कम्पलसिभ डिसअर्डर ?अब्सेसिभ कम्पलसिभ डिसअर्डर बिरामीको सोचको कुनै सीमा हुँदैन । रमा ३० वर्षकी युवती हुन्, उनी बारम्बार टोलाइरहन्छिन् । उनको मनमा अनौठा सोचहरू आउँछन् । जब उनी घरायसी काम गर्न खोज्छिन् तब यस्ता सोच मनमा आई सताउँछन् । उनलाई थाहा छ यो सोच आफ्नै हो तर उनी यसलाई नियन्त्रण गर्न सक्दिनन् । मन अशान्त हुन्छ, उनी … Continue reading के हो अब्सेसिभ कम्पलसिभ डिसअर्डर ?
- नरिवलको तेलले बढाउँछ सुन्दरतानरिवलको तेलले तपाईंको सौन्दर्यनिखार्नमा महत्वपूर्ण भूमिका खेल्छ । यसले कपाललाई पोषण दिनुका साथै नङमा चमक पनि दिन्छ । नरिवलको तेलले यस्ता कुरामा फाइदा दिन्छ । कपाल झर्ने समस्याका लागि कपाल झर्ने समस्याका लागि नरिवलको तेल औषधि नै मानिन्छ । एक चिम्टी मेथीको धुलो वा केही दानालाई नरिवलको तेलमा केही समय भिजाउनुहोस् । र यो तेल तताएर त्यही तातो तेलले … Continue reading नरिवलको तेलले बढाउँछ सुन्दरता
- मासुको विकल्पमा छन् यी खानेकुरापाहुना आउँदा होस् वा भोजभतेरमा, मासु पाक्ने गर्छ । जिब्रोको स्वाद फेर्नु परेमा हामी मासु नै पकाउने गर्छौं । किनभने हामीलाई मासु मीठो लाग्छ । मान्छेले मासुलाई आफ्नो भोजन बनाउनुमा स्वाद नै मुख्य कारण हो । यद्यपि मासुमा त्यस्तो पोषक तत्व हुन्छ, जुन शरीरका लागि अति जरुरी मानिन्छ । खासमा मासु प्रोटिनको स्रोत हो । … Continue reading मासुको विकल्पमा छन् यी खानेकुरा