
माइक्रो ब्लगिङ प्लेटफर्म ट्वीटरको प्रतिस्पर्धीका रूपमा सुरु भएको ट्रुथ सोसल नेपालमा पनि उपलब्ध भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरले सन् २०२१ मा प्रतिबन्ध लगाएपछि उनले आफ्नै नेतृत्वमा ट्रुथ सोसल एप सार्वजनिक गरेका थिए ।
सुरुवाती चरणमा युरोपमा उपलब्ध यो प्लेटफर्म हालै नेपालमा पनि उपलब्ध भएको हो ।
ट्वीटरमा पोस्ट भएका कुरालाई ट्वीट भनिन्छ भने ट्रुथ सोसलमा पोस्ट भएका कुरालाई ‘ट्रुथ’ भनिने कम्पनीले जनाएको छ । त्यस्तै रिप्लाईलाई ‘रिप्लाई’, लाइकलाई ‘लाइक’ र नोटिफिकेसनलाई ‘अलर्ट’ नाम दिइएको छ ।
ट्रुथमा कसरी साइनअप गर्ने ?
अन्य सामाजिक सञ्जाल जस्तै ट्रुथ पनि सहजै गुगल प्लेस्टोर तथा एप्पल एपस्टोरबाट इन्स्टल गर्न सकिन्छ । एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरी एप डाउनलाेड गर्नुहोस् ।
एप इन्स्टल गरेपछि के गर्ने ?
-सबैभन्दा एप खोल्नुहोस् ।
-त्यसपछि ‘क्रियट न्यु अकाउन्ट’मा क्लिक गर्नुहोस् ।
-अनि आफ्नो जन्ममिति छान्नुहोस् र अन्तिममा रहेको ‘नेक्स्ट’ बटनमा ट्याप गर्नुहोस् ।
-यति गरेपछि तपाईंलाई आफ्नो जिमेल अकाउन्ट राख्न भनिएको हुन्छ । त्यही बक्समा आफ्नो ईमेल एड्रेस राख्नुहोस् ।
-त्यसपछि तपाईंको ईमेलमा कन्फर्मेसन लिङ्क जान्छ । ईमेल खोलेर कन्फर्मेसन लिङ्क क्लिक गर्नुहोस् ।
-ईमेल भेरिफाई भएपछि तपाईंलाई पासवर्ड राख्न भनिएको हुन्छ ।
-पासवर्ड राखेपछि आफ्नो प्रोफाइल पिक्चर, डिस्प्ले नेम जस्ता कुरा राख्नुपर्छ । अन्तिममा दुई ओटा ट्रुथ ह्यान्डल फलो गरेपछि ट्रुथको फिडमा पुग्न सकिन्छ ।
- त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- (no title)
- तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- थाइराइडबाट कसरी बच्ने ?
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?
- राम्रो निद्रा सुत्नु लाभदायक
- नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?
- के हो अब्सेसिभ कम्पलसिभ डिसअर्डर ?
- नरिवलको तेलले बढाउँछ सुन्दरता
- मासुको विकल्पमा छन् यी खानेकुरा