
मानिसका गतिविधि या हरेक अंग मस्तिष्कको इसारामा चल्ने गर्छ । त्यसैले मस्तिष्कलाई असर नपुगोस् भन्ने कुरामा सधैँ चनाखो हुनुपर्छ । मस्तिष्कलाई असर पार्ने तत्व थुप्रै हुन्छन् । त्यस्ता विषयमा सजग हुनु आवश्यक छ ।
तनाव
दिमागलाई असर पार्ने एउटा महत्वपूर्ण कारण भनेको तनाव अर्थात् स्ट्रेस हो । लगातारको तनावका कारण मस्तिष्कले कार्टिसोल हर्मोन रिलिज गर्दै लैजान्छ । र, बिस्तारै शरीरभरि तनाव फैलिन थाल्छ । सामान्य अवस्थामा पनि तनावविना काम गर्न नसक्ने परिस्थिति आउन सक्छ । त्यसैले दिमागलाई तनावमा राख्नुहुँदैन ।
फ्री र्याडिकल
फ्री र्याडिकलले मस्तिष्कमा आघात पुर्याउने काम गर्छ । यसले मस्तिष्कको कोषिकाहरूलाई मार्ने काम गर्छ । अनि मस्तिष्कमा असर पुग्छ । यसकै कारण मेमोरी लस, मुड डिसअर्डर, सेन्स गुम्नेलगायतका समस्या हुने गर्छ । यसले क्रोनिक स्ट्रेस, मेन्टल डिसअर्डर, डिप्रेसनलगायतका समस्या पनि निम्त्याउने गर्छ । यो तनावसँग पनि जोडिएको हुन्छ । यसबाट बच्न जरुरी छ ।
मदिरा र लागुपदार्थ
मदिरा र लागुपदार्थ पनि मस्तिष्कलाई अत्यधिक असर गर्ने एउटा तत्व हो । मदिराले मस्तिष्कको जटिल संरचनामा गहिरो प्रभाव पार्छ । यसले मस्तिष्क कोषिकाहरू (न्युरोन्स) बीचको रासायनिक संकेतहरू रोक्छ, जसले आवेगपूर्ण व्यवहार, अस्पष्ट बोली, कमजोर स्मरणशक्ति बनाउँछ । मस्तिष्कको न्युरोट्रान्समिटरलाई असर पुर्याउँछ । धूम्रपानले पनि मस्तिष्कमा असर पुर्याइरहेको हुन्छ ।
हर्न, कोलाहल
हर्न र अत्यधिक कोलाहलले मनिसमा स्ट्रेस बढाउने काम गर्छ । र, मानिस इरिटेड हुन थाल्छ । जसले दिमागमा पनि प्रत्यक्ष असर पुर्याइरहेको हुन्छ । यसले कानको जालीमा पनि उत्तिकै असर पार्छ । किनकि, कानको पनि आफ्नै सीमा हुन्छ । बढी चर्को र निकै सानो आवाजले पनि कानलाई असर पुर्याउँछ । जसका कारण मानिसमा रक्तचाप पनि
बढ्न थाल्छ ।
मोबाइलको बढी प्रयोग
पछिल्लो समय प्रायः मानिसहरूले मोबाइलमा अत्यधिक समय बिताउने गर्छन् । यसबाट निस्कने रेडिएसनहरूले मस्तिष्कमा असर पुर्याइरहेको हुन्छ । राति सुत्ने वेला बढी मोबाइल चलाउँदा त अझ बढी असर गर्छ । सिरानी वा टाउकोको नजिकै मोबाइल राखेर सुत्ने बानी पनि गर्नुहुँदैन । सकेसम्म खाटमा मोबाइललगायतका इलेक्ट्रोनिक
डिभाइसहरू राख्नुहुँदैन । यसो गरेमा खाटमा जानेबित्तिकै निद्रा आउने बानीको विकास हुन्छ ।
एन्जाइटी, डिप्रेसन
एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्याहरूले पनि मस्तिष्कमा असर पुर्याइरहेको हुन्छ । ब्रेनका भागहरू असन्तुलित हुन थाल्छन् । समस्या लामो समयसम्म बढ्दै जाँदा कुनै कारणविना पनि डर लाग्ने, नकारात्मक विचार, अत्यधिक थकान हुनेलगायतका समस्या आउन सक्छ ।
दुर्घटना
शरीरका सबै भाग मस्तिष्कबाट स्वचालित हुन्छन् । दुर्घटना हुँदा चोटले दिमागमा पनि असर पुग्छ । खासगरी, शरीरका केही भागमा चोट लाग्दा पनि कुनै न कुनै मात्रामा त्यसको असर मस्तिष्कमा पर्न जान्छ ।
विषादीयुक्त खाना
हाम्रो शरीरसँग खानाको सीधा सम्बन्ध हुन्छ । असन्तुलित र अस्वस्थकर खानाले पाचन प्रणालीमा हानि पुर्याउने गर्छ । अत्यधिक विषादीयुक्त खानाले त शारीरिक साथै मानसिक असर पनि पर्न जान्छ । यस्ता खाद्यपदार्थले शरीरमा असर पार्छ र त्यस्ता असर रगतका माध्यमबाट मस्तिष्कमा पनि पुग्छ । यस्ता खानाले मानिसमा तनाव बढाउने पनि काम गर्छ । जसले गर्दा मस्तिष्कमा आघात पुग्छ । त्यसैले हामीले सधैँ स्वस्थ खानेकुरा खानुपर्छ ।
- डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ?
- फिल्म हेरेर सबै बुझ्छन्, कक्षामा पढेको किन सहजै बुझ्दैनन् बालबालिका ?
- चिकित्सक भन्छन्- मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम हो
- ओखरले बढाउँछ मेमोरी पावर
- के तपाईँलाई थाहा छ, पसलमा बिक्री गर्न राखिएको घडीमा सधैँ किन १०ः१० बजेको हुन्छ ?
- (no title)
- हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबरमुटुको रोग र क्यान्सरको जोखिम
- जवानी फर्काउने यी फल र जडीबुटी
- चकलेटदेखि पकाएको हड्डीसम्म : कुकुरका लागि विषाक्त हुन्छन् यी खानेकुरा
- चिकित्सक भन्छन्- मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम हो
- बिहानीको यस्तो रुटिनले बनाउँछ स्वस्थ र स्मार्ट
- म्यासेन्जरमा खाता र मोबाइल नम्बर मागेको दुई मिनेटमा २ लाख गायब !
- जेम्स वेब टेलिस्कोप: पहिला कहिल्यै नदेखिएका ब्रह्माण्डका तस्बिर
- उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएको छ।
- गर्भावस्थामा मदिरा पिउँदा के हुन्छ ?
- मिर्गौला प्रत्यारोपणपछि कस्तो खानपान गर्नुपर्छ ?
- मन मुटुमा महसुस हुन्छ वा मस्तिष्कमा ?