
मेटा कम्पनीले आफ्नो नयाँ सशुल्क भेरिफिकेशन सब्सक्रिप्सन सेवाको घोषणा गरेको छ । सीईओ मार्क जुकरबर्गले आइतबार मेटा भेरिफाइड नामक नयाँ सेवाको घोषणा गरेका हुन् ।
जुकरबर्गका अनुसार अब इन्स्टाग्राम र फेसबुकको अकाउन्ट भेरिफिकेसनका लागि वेब भर्सनमा मासिक ११.९९ डलर र आइओएसमा १४.९९ डलर शुल्क तिर्नुपर्नेछ ।
जुकरबर्गका अनुसार फेसबुक र इन्स्टाग्राममा सशुल्क भेरिफिकेसन फिचर यहीँ हप्ता अष्ट्रेलिया र न्युजिल्याण्डमा सुरु गरिनेछ । निकट भविष्यमै अन्य देशहरुमा पनि सशुल्क भेरिफिकेसन सब्सक्रिप्सन सुरु गरिने जुकरबर्गको भनाई छ ।
फेसबुक र इन्स्टाग्राममा सुरु गर्ने सशुल्क भेरिफिकेसन फिचरले आफ्ना सेवाहरुको आधिकारिकता र सुरक्षामा वृद्धि गर्ने जुकरबर्गले बताएका छन् ।
मेटाले राजनेता, कार्यकारीहरु, पत्रकार तथा संगठनका सदस्यहरु आदिलाई उनीहरुको वैधताको संकेत प्रदान गर्नका लागि हाल निशुल्क रुपमा भेरिफिकेसन ब्याजका रपमा निलो टिक प्रदान गर्ने गरेको छ।
मेटाको नयाँ सब्सक्रिप्सन सर्भिस ट्वीटरको नयाँ सशुल्क ट्वीटर ब्लू फिचरजस्तै रहेको छ । ट्वीटरले गत नोभेम्बरमा ट्वीटर ब्लू सब्सक्रिप्सन सर्भिस सुरु गरेमा डिसेम्बरदेखि केही सुधारसहित पुनः लागू गरेको हो ।
मेटाका प्रवक्ताका अनुसार मेटाको भेरिफाइड सब्सक्रिप्सन प्राप्त गर्नका लागि प्रयोगकर्ताको उमेर न्यूनतम १८ वर्ष हुनुपर्ने, अकाउन्टको गतिविधि सम्बन्धी न्यूनतम मापदण्डहरु पूरा गर्नुपर्ने र प्रोफाइल नाम र फोटोसँग मेल खाने सरकारी परिचयपत्र पेश गर्नुपर्नेछ ।
- ७ खानेकुरा, जसले शरीरमा गुड कोलेस्टेरोल बढाउँछ
- ४ प्रकारका ह्यांगिङ प्लान्ट, जुन घरभित्र आकर्षक तरिकाले सजाउन सकिन्छ
- ४ प्रकारका ह्यांगिङ प्लान्ट, जुन घरभित्र आकर्षक तरिकाले सजाउन सकिन्छ
- ३० वर्षभन्दा माथिका व्यक्तिले सेवन गर्नुपर्ने यी चार चिज
- हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबरमुटुको रोग र क्यान्सरको जोखिम
- हाम्रै भान्सामा पाइने कागतीको अनेकौँ फाइदा
- हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?
- हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?
- स्मार्टफोनको स्क्रिन बन्द गरेर पनि युट्युब भिडियो कसरी चलाउने ?
- सुख्खा छालामा मह प्रयोग गर्ने यी तीन तरिका
- सुख्खा छालाको लागि यी घरेलु मोइस्चराइजर प्रयोग गर्नुहोस्
- सिपीजस्तो दुर्लभ रङ्गको बादल देखा पर्दा मानिसहरू दङ्ग
- सधैँ किन आईफोनको विज्ञापनमा ९:४१ नै बजिरहेको देखाइन्छ ?
- सखरखण्डबाट पाइने कार्बोहाइड्रेटले आयु बढाउँछ ?
- संसारका यी देशहरूमा सूर्य कहिल्यै अस्ताउँदैन
- शाकाहारी खानामा यो पोषक तत्त्वको कमीको जोखिम बढी हुन्छ
- शरीरलाई कति चाहिन्छ अक्सिजन ?
- शरीरमा भिटामिन डीको अभाव हुँदा देखिने पाँच लक्षण
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?