कति चाहिन्छ शरीरलाई बोसो ?

धेरैको चिन्ता छ, शरीरको बोसो घटाउने । धेरैलाई लाग्छ, शरीरका लागि बोसो हानिकारक छ ।

जबकि शरीरमा जरुरी पोषकतत्वमध्ये वोसो पनि एक प्रमूख हो । त्यसो भए वोसोले शरीरमा के काम गर्छ ? कसरी काम गर्छ ? शरीरका लागि कति वोसो जरुरी हुन्छ ? त्यसको स्रोत के हुन् ?

बोसो शरीरलाई शक्तिप्रदान गर्न अतिआवश्यक छ । एक ग्राम बोसोले नौ किलोग्राम क्यालोरी जति ऊर्जा प्रदान गर्छ । हाम्रो पेटमा चलिरहने मेटाबोलिक प्रक्रियामा भिटामिन, खनिजहरुलाई ग्रहण गर्ने काम बोसोले गर्छ । भिटामिन ए, डी, केजस्ता भिटामिन बोसो भए मात्रै शरीरले सोस्ने गर्छ । बोसोको नै कमी हुँदा शरीरले भिटामिनलाई सोस्न सक्दैन ।

Leave a comment