
विश्वभरमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर तेस्रो स्थानमा पर्छ। नेपालमा भने यो पहिलो नम्बरमा पर्छ। नेपालमा धेरै जसो ग्रामिण भेगको महिलाहरूलाई पाठेघर मुखको क्यान्सर हुने गरेको चिकित्सकहरु बताउँछन्। विश्व स्वास्थ संगठनको रिपोर्टअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन पाँच महिलाको मृत्यु हुने गरेको पाइन्छ। समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने क्यान्सर रोग विशेषज्ञ डा रिता महासेठ बताउँछिन्। क्यान्सर लग्यो भने मृत्यु हुन्छ भन्ने आम बुझाइलाई परिवर्तन गरेर क्यान्सर लाग्न नदिन परीक्षण र लागिहाले उपचार गरे बच्न सकिन्छ भन्ने चेतना फैलाउन जरुरी भएको उनले बताइन्। यसै विषयमा स्वास्थ्यखबरका लागि अन्शु खनालले डा रिता महासेठसँग गरेको कुराकानी: