
काठमाडौं । भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले प्रयोगकर्तालाई अफलाइनमा भिडियो हेर्नका लागि भनेर भिडियो डाउनलोड गर्ने सुविधा प्रदान गरेको हुन्छ । यद्यपि यसमा केही सीमाहरु भने हुन्छन् । स्मार्टफोन प्रयोगकर्ता जो युट्युबको निशुल्क प्रयोगकर्ता हुन् उनीहरुका लागि ७२० पिक्सेल रिजोलुसनमा युट्युब भिडियो डाउनलोड गर्ने सुविधा हुन्छ ।
जबकि प्रिमियम प्रयोगकर्ताले भने पूर्ण रिजोलुसनमा भिडियो डाउनलोड गर्न सक्दछन् । युट्युब भिडियो डाउनलोडको सुविधा स्मार्टफोनमा जस्त डेस्कटपमा पनि रहेको छ । यद्यपि सबै युट्युब भिडियोहरु डाउनलोड गर्न भने सकिँदैन । सेट गरिएका तथा युट्युब च्यानलबाटै Private viewing निस्क्रिय पारिएका भिडियोहरु डाउनलोड गर्न सकिँदैन ।
स्मार्टफोनमा युट्युब भिडियो कसरी डाउनलोड गर्ने ?