
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो गोपनीयता सुरक्षित गर्न ‘प्रोफाइल लक’ फिचर उपयुक्त मानिन्छ । तर, फेसबुक प्रोफाइल लक फिचर नेपालमा भने आधिकारिक रुपमा उपलब्ध छैन ।
फेसबुकले यो फिचर केही सीमित देशमा मात्र उपलब्ध गराएको छ । अफगानिस्तान, इजिप्ट, भारत, इराक, म्यानमार, मोरोक्को, पाकिस्तान, साउदी अरेबिया, सुडान, टर्की, यूएई, युक्रेनजस्ता देशमा यो फिचर उपलब्ध छ ।