अर्को व्यक्तिलाई थाहै नदिई कल रेकर्ड गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । कतिपय अवस्थामा हामीले स्मार्टफाेनमा गोप्य रूपमा कल रेकर्ड गर्नुपर्ने हुन्छ । स्मार्टफोनमा पनि विशेषगरी केही एन्ड्रोइड डिभाइसबाट कल रेकर्ड गर्दा अर्को व्यक्तिलाई सो कल रेकर्ड हुन लागेको जानकारी जान्छ । त्यसका लागि हामीले अनुमति लिनुपर्ने हुन्छ । त्यस्तै कुरा सुरु हुनुअघि रेकर्ड हुँदै छ भन्ने भयो भने मान्छे खुलेर बोल्न चाहँदैन । त्यसैले पनि कतिपय कल गोप्य रूपमा रेकर्ड गर्नुपर्ने हुन्छ ।
केही एन्ड्रोइड फोनमा कल रेकर्ड गर्दा अर्को व्यक्तिलाई कुनै किसिमको जानकारी जाँदैन । तर, गुगलको ‘फोन एप’ डिफल्ट रूपमा उपलब्ध भएको फोन छ भने कल गर्दा अर्को व्यक्तिलाई कल रेकर्ड हुन लागेको र रेकर्ड बन्द भएको जानकारी जान्छ । आज हामी कल रेकर्ड गर्दा रेकर्ड भइरहेको सूचना दिने आवाज कसरी बन्द गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।