जेम्स वेब टेलिस्कोप: अन्तरिक्ष टेलिस्कोपले पत्ता लगायो पृथ्वीजत्रै नयाँ ग्रह

एलएचएस ४७५बी कस्तो देखिएला भन्नेबारे एक कलाकारको आकृति
तस्बिरको क्याप्शन, एलएचएस ४७५बी को साङ्केतिक चित्र

गत वर्षदेखि सञ्चालनमा आएको जेम्स वेब टेलिस्कोपले कैयौँ नयाँ कुराहरू पत्ता लगाएको छ। यसले एउटा नयाँ उपलब्धि हासिल गरेको छ। 

अन्तरिक्षमा स्थापित सबैभन्दा ठूलो उक्त टेलिस्कोपले पहिलो पटक एउटा ग्रह पत्ता लगाएको छ। 

उक्त ग्रह पृथ्वीसँग निकै मिल्दोजुल्दो देखिन्छ।

वैज्ञानिकहरूले भविष्यमा उक्त ग्रहबारे थप नयाँ कुरा थाहा पाउन काम गर्ने योजना बनाएका छन्। 

वैज्ञानिकहरूले के फेला पारे?

नासाले सन् २०२१ को डिसेम्बरमा जेम्स वेब टेलिस्कोप प्रक्षेपण गरेको थियो
तस्बिरको क्याप्शन, नासाले सन् २०२१ को डिसेम्बरमा जेम्स वेब टेलिस्कोप प्रक्षेपण गरेको थियो

अक्टान्स तारामण्डलमा अवस्थित उक्त चट्टानी ग्रह पृथ्वीबाट ४१ प्रकाशवर्ष पर छ। उक्त ग्रहको नाम एलएचएस ४७५बी (LHS 475b) राखिएको छ। 

सबैभन्दा पहिला नासाको एउटा भू-उपग्रहले उक्त ग्रह पत्ता लगाएको थियो। तर जेम्ब वेबले उक्त ग्रहको अवलोकन गर्दै त्यसको अस्तित्व पुष्टि गरेको हो। 

यो निकै नयाँ ग्रह भएकाले यसबारे धेरै कुरा जान्न बाँकी छ। तर वैज्ञानिकहरूले केही प्रारम्भिक विवरण दिएका छन्। 

यो ग्रह सानो छ र यसको आकार पृथ्वीको जत्रै छ। 

तर त्यहाँको तापक्रम पृथ्वीको भन्दा केही सय डिग्रीले बढी भएको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

Leave a comment