
एक विद्यार्थीले तयार पारे च्याटजीपीटीले लेखेको कुरा पहिचान गर्ने एप
काठमाडौं । एक विद्यार्थीले च्याटजीपीटीले लेखेका जुनसुकै कुराहरू पहिचान गर्न सक्ने एप बनाएका छन् । मानिसकै शैलीमा विभिन्न प्रश्नका उत्तर दिने तथा निर्देशन अनुसारका लेख लेखिदिने ओपन एआई कम्पनीको च्याटजीपीटी टुल यतिबेला चर्चित छ ।
उक्त टुलका कारण विद्यार्थीमाझ नकारात्मक असर परेको भन्दै आवाज उठिरहेको बेला अमेरिकास्थित प्रिन्सटन युनिभर्सिटीका कम्प्युटर विज्ञानका विद्यार्थी २२ वर्षीय एडवार्ड टियान नामका विद्यार्थीले च्याटजीपीटीकाे लेख पहिचान गर्ने एप बनाएकाे दाबी गरेका छन् ।