सधैँ किन आईफोनको विज्ञापनमा ९:४१ नै बजिरहेको देखाइन्छ ?

सधैँ किन आईफोनको प्रचारमा ९:४१ नै बजिरहेको देखाइन्छ ?

सधैँ किन आईफोनको प्रचारमा ९:४१ नै बजिरहेको देखाइन्छ ? 

यदि तपाईँले एप्पलका विज्ञापन सामग्रीमा हेर्नुभयो भने बिहानको ९:४१ बजेको समय देख्न सक्नुहुन्छ । एप्पलले विज्ञापनका लागि आफ्ना हरेक उत्पादनको स्क्रिनमा ९ बजेर ४१ मिनेटको समय राख्ने गरेको छ ।

एप्पलको आधिकारिक वेबसाइटमा गएर हेर्ने हो भने त्यहाँ राखिएका विभिन्न उत्पादनको स्नापशटमा ९ बजेर ४१ मिनेट गएको देख्न सकिन्छ । आखिर एप्पलले आफ्ना हरेक उत्पादनमा त्यही एउटै समय किन देखाउँछ होला ? त्यसो त एउटै समय देखाउने उत्पादनमा एप्पल एक्लो होइन । 

सामान्यतः घडिका विज्ञापन हेर्ने हो भने त्यहाँ १० बजेर १० मिनेटको समय राखिएको हुन्छ । कतिपयले यसलाई सामान्य रूपमा हेरिरहेका हुन्छन् भने केहीले भने यसभित्र हुनसक्ने विभिन्न रहस्यको आँकलन गरिरहेका हुन्छन् । 

वास्तवमा एप्पलले आफ्ना प्रायः उत्पादनमा ९ बजेर ४१ मिनेटको समय राख्नुका पछाडि रोचक कहानी छ । यसका लागि हामी अप्रिल २०१० मा फर्किनु पर्ने हुन्छ ।

Leave a comment