किन केही मानिसहरू सधैँ नै ढिलो मात्र हुन्छन्?
Article information
- Author, लोरा क्लार्क
- Role, बीबीसी वर्क लाइफ

स्वीकारोक्ति: म सधैँ ढिलो भैरहने मान्छे हुँ। कम्तीमा म सुध्रिने प्रयासमा छु।
वास्तवमा मैले बारम्बार र लाजमर्दो रूपमा यो लेख सिध्याएर बुझाउनका लागि दिइएको समयसीमा पनि कटाएँ।
म यसलाई ‘पत्रकारिताकै एक अभ्यासको रूप हो’ भनेर बहाना बनाउन पाए हुन्थ्यो भन्ने चाहन्छु। तर कुरा त्यसो होइन।
मलाई थाहा छ- यस्तो ढिलो गर्ने म एक्लो व्यक्ति होइन।
हाम्रा वरपर ढिलो भैरहने धेरैथरीका मानिसहरूका बारेमा हामी सबैलाई थाहा नै छ: कोही कामकाजी दम्पत्तीका बच्चा हेरिदने मानिस हुन्छन् जो सधैँ काममा ढिलो आउने हुन सक्छन्।
अर्का त्यस्ता सहकर्मी हुन सक्छन् जसले सधैँ उनलाई दिइएको काम समाप्त गर्ने समयसीमाभित्र कहिल्यै काम पूरा गर्दैनन्।
अनि, तपाईँका कोही त्यस्ता साथी पनि हुनसक्छन् जस्लाई सँगै खाना खानको लागि कतै बोलाउनु पर्यो भने निश्चित समयभन्दा ३० मिनेट अगाडिको समय दिएर बोलाउनु पर्ने हुन्छ।
कसैको अरूलाई पर्खाउने जुन बानी हुन्छ त्यो जस्तो रिस उठाउने व्यवहार अरू थोरै मात्र छन्।
तर कसैले तपाईँलाई पर्खाइरहेको बेला तपाईँको मनमा जस्तो सुकै धारण बनेको भएपनि त्यसको अर्थ के होइन भने तपाईँका साथी वा तपाईँका सहयोगी स्वार्थी छन्।
ढिलोपनको मनोविज्ञानमाथि विचार गरी हेर्दा त्यो मानिसको मष्तिष्कले कुनै हदसम्म सही ढङ्गले कार्य नगर्दा उत्पन्न हुन गएको नतिजा जस्तो देखिनसक्छ।