के फेसबुकमा डिलिट भएको पोस्ट फिर्ता ल्याउन सकिन्छ ?

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा एकपटक पाेस्ट भइसकेकाे सामग्री डिलिट भए पुनः फिर्ता ल्याउन सकिन्छ त ? कुनै व्यक्ति वा संस्थाले फेसबुकमा पोस्ट शेयर गर्नेबित्तिकै डिलिट गरेका घटना धेरै छन् ।
उदाहरणका लागि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेरिफाइड पेज क. प्रचण्ड/Comrade Prachanda बाट शेयर भएको एउटा पोस्ट केही मिनेटमै डिलिट भयो । सो पोस्टलाई लिएर धेरै मिडियाले समाचार नै बनाए ।
फेसबुकमा बेलाबेलामा साधारण प्रयोगकर्तादेखि नेता र सेलिब्रेटीसम्मले पोस्ट डिलिट गर्छन् । उसाे भए ती अकाउन्टबाट डिलिट भएकाे सामग्री पछि अन्य प्रयोगकर्ताले हेर्ने कुनै माध्यम छ त ? यसकाे उत्तर हाे, छैन ।
अरूले सञ्चालन गरेका पेज वा अकाउन्टबाट डिलिट भएका पोस्ट कुनै पनि माध्यम प्रयोग गरेर हेर्न सम्भव छैन । तर, आफूले पेजबाट डिलिट गरेको पोस्ट भने हेर्न सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:
(नाेटः फेसबुकको यो फिचर वेब ब्राउजरबाट मात्र प्रयोग गर्न सकिन्छ ।)
– सबैभन्दा पहिले आफ्नो फेसबुक पेजमा जानुहोस् ।
– त्यसपछि बायाँपट्टि स्क्रोल गर्दै तल गएर ‘सेटिङ’ अप्सनमा क्लिक गर्नुहोस् ।