
मन मुटुमा महसुस हुन्छ वा मस्तिष्कमा ?
जब तपाईंलाई कसैले नमिठो वचन बोल्छ, मनमा च्वास्स बिझ्छ । जब तपाईंलाई कसैले हार्दिकतापूर्वक तारिफ गरिदिन्छ, मन गर्वले ढक्क फुल्छ । जब तपाईंले अप्रत्यासित अप्रिय खबर सुन्नुहुन्छ, मन चिसो हुन्छ ।
तर तपाईंको भाव-आवेगलाई महसुस गर्ने त्यो मन कहाँ हुन्छ ?
कहिले दुख्ने, कहिले पोल्ने, कहिले बिझाउने, कहिले चिसो हुने मन स्थुल शरीरमा खोजेर कहीं पाइँदैन । यद्यपि जब मनको कुरा गरिन्छ, तब हामी मुटुलाई इंगित गर्छौं । हामीलाई लाग्छ, मन भनेकै मुटु हो । तर मन मुटुमै अवस्थित हुन्छ ?
यो प्रश्न किन पनि जरुरी हुन्छ भने स्नायुरोग विशेषज्ञहरु मान्छेको भावनात्मक स्थितिलाई मस्तिष्कले महसुस गर्ने दाबी गर्छन् । त्यसो भए हामी किन मन भनेर मुटुलाई संकेत गर्छौं ?
मुटु भनेको शरीरको एउटा अभिन्न अंग हो । तर मन भन्नाले भावना, विचार र सोचाइसँग जोडिन्छ । मुटु चिरेर हेर्दा त्यहाँ मन भेटिंदैन । तर मनलाई दुख्यो भने मुटुलाई असर भने पर्छ । मन मुटु, मस्तिष्क र शरीरको अन्य अंगसँग पनि सम्बन्धित रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजु बताउँछन् । ‘प्राकृतिक रूपमा नै मुटुको आफ्नै स्वचालित प्रणाली छ । मुटुले जे गर्छ, सामान्यतया मस्तिष्कको निर्देशनमा नै गर्छ,’ उनी भन्छन् ।
दुःख हुँदा चित्त दुख्दा, अत्यास लाग्दा हाम्रो मुटुको चाल बढ्ने भएकाले मुटुमा महसुस हुन्छ । मुटुसँगै अनुहार पनि रातो हुने, कसैको हातमा पसिना आउने पनि हुन्छ । तर भावनात्मक कुरा मुटुमा धेरै कुरा महसुस हुने भएकाले मनलाई केही भयो भने मुटुलाई असर गर्छ भनिन्छ । मुटुलाई असर नगर्ने पनि होइन, धेरै असर गर्छ । मन शान्त भयो भने मुटु बिस्तारै धड्किन्छ । मन अशान्त भयो भने मुटुलाई प्रेसर पर्छ छिटो छिटो धड्केर मुटुमा असर समेत पर्न सक्ने डा. कोजु बताउँछन् ।
‘मुटु शरीरको सबैभन्दा प्रमुख अंग हो । मनमा पीडा हुनु त गम्भीर कुरा हो र यसलाई मुटुसँग जोडियो भने यसको प्राथमिकता झन् बढ्ने भयो,’ उनी भन्छन्, ‘त्यसैले मानिसहरूले मनलाई मुटुसँग जोडेको हुन सक्छ ।’
भावनात्मक कुरालाई मुटुले महसुस गर्छ कि गर्दैन ?
भावनात्मक कुरालाई मुटुले महसुस गर्छ । भावनात्मक उथलपुथल हुँदा मुटुले त्यसको प्रतिक्रिया जनाइहाल्छ । भावनालाई पनि हामी व्याख्या गर्न सक्दैनौं । कोहीसँग प्रेम हुनु मात्र भावना होइन । कसैसँग वितृष्णा हुनु पनि भावना नै हो । यसरी शरीरमा विभिन्न तरंगहरु पैदा हुन्छन् र हरेक तरंगले मुटुलाई असर गर्ने डा. कोजु बताउँछन् ।
‘परीक्षा दिने बेलामा मनमा एक खालको डर पैदा हुन्छ । झुट बोल्दा, प्रेममा पर्दा पनि पक्कै मुटुको धड्कन बढ्छ । भावना र मन भिडियो एक्सरेमा देखिंदैन तर महसुस भने हुन्छ,’ उनी भन्छन् ।
चिकित्सा विज्ञानको हिसाबले हेर्दा शरीरमा भावनात्मक कुराहरू उत्पन्न हुँदा हाम्रो स्नायु प्रणालीमा हुने ‘स्याम्पथिक’ तथा ‘प्यारास्यापथिक’को गतिविधि सक्रिय हुन्छ । ‘स्याम्पथिक’ तथा ‘प्यारास्यापथिक’लाई स्वायत्त स्नायु प्रणाली पनि भनिन्छ जसले मुटुको चाल बढाउने, रगत धेरै पम्प गर्ने, विभिन्न हर्मोनहरु निस्कने गर्छ । हामी दुःखी हुँदा चिन्तित हुँदा तथा अत्यास मान्दा मस्तिष्कको यी स्नायु प्रणालीहरू सक्रिय हुन्छन् र मुटुसँगै शरीरको अन्य अंगहरुमा पनि असर देखा पर्ने डा. कोजु बताउँछन् ।
सामान्य अवस्थामा एक मिनेटमा ६० देखि ८० पटकसम्म मुटु धड्किने गर्छ । तर आत्तिएको बेला र खुसी भएको बेला १०० भन्दा माथि पुग्ने उनले बताए ।
मन मुटुमा महसुस हुन्छ वा मस्तिष्कमा ?
मन भनेर जहाँ हामीलाई महसुस हुन्छ त्यो मस्तिष्कमा नै हुन्छ । माया प्रेमको कुरालाई भावनात्मक कुरालाई हामी मनसँग जोड्छौं । कुनै पनि कुराको महसुस मस्तिष्कमा पुग्छ र मस्तिष्कको निर्देशनमा शरीरको विभिन्न अंगहरुले प्रतिक्रिया जनाउने वरिष्ठ न्युरोलोजिस्ट डा. सुनिल कोइराला बताउँछन् ।
उनी भन्छन्, ‘मन भौतिक रूपमा त शरीरमा कतै पनि भेटिंदैन । तर हामी भावनात्मक कुरालाई मनसँग जोड्ने भएकाले मन मस्तिष्कमा हुन्छ । हामीले कुनै कुरा देख्यौं, सुन्यौं वा महसुस गर्यौं भने त्यो मस्तिष्कमा पुग्छ ।’
हाम्रो हरेक भावनात्मक कुराहरू मस्तिष्कले नियन्त्रण गर्छ । मस्तिष्कको निर्देशनमा नै हाम्रो शरीर चलेको हुन्छ । भावनात्मक उथलपुथल हुँदा मस्तिष्कमार्फत नै शरीरका अंगहरुले प्रतिक्रिया गर्न थाल्छन् । मुटुको चाल बढ्ने, आँखाबाट आँसु आउने, शरीर तात्ने र रातो हुनेजस्ता लक्षण देखिन थाल्ने कोइराला बताउँछन् ।
मन भन्ने कुरा मस्तिष्कले महसुस गर्ने हो । तर हामी संकेत भने मुटु भएको ठाउँमा गर्छौं । किनकि सुख, दुःख पीडामा मुटुको गति बढ्छ । मुटुको गति बढ्नुमा पनि मस्तिष्कको नै भूमिका हुने कोइराला बताउँछन् ।
मस्तिष्कले बाहिरको परिस्थितिको आँकलन गरेर स्नायु र हर्मोनमार्फत मुटुलाई संकेतहरु पठाउने उनी बताउँछन् । ‘यी संकेतको आधारमा मुटुले सामान्यतया लड्ने कि, डराउने कि, भाग्ने (फाइट, फलाइट र फलाइट) भनेर छुट्टाउँछ र यसको प्रतिक्रियात्मक मुटुको ढुकढुकी बढ्छ,’ उनी भन्छन् ।
भावनात्मक उथलपुथलले मुटुलाई प्रभाव पार्छ कि मस्तिष्कलाई ?
भावनात्मक उथलपुथलले पहिले मस्तिष्कलाई प्रभाव पार्छ अनि मात्र मुटुलाई । मस्तिष्कको निर्देशनपछि नै मुटुको धड्कन बढ्ने हो । भावना र अनुभूतिहरूको उत्पत्ति मुटुबाट नभई मस्तिष्कबाट हुने कोइराला बताउँछन् ।
मस्तिष्कबाट स्नायुहरू आँखा, कान, नाक, मुटुलगायत शरीरका सम्पूर्ण भागमा फैलिएका हुन्छन् । मस्तिष्कले आफ्नो नियन्त्रण प्रणालीमार्फत विभिन्न अंगहरुमा संकेतहरु पठाउँछ र त्यसैअनुसार सो अंगले प्रतिक्रिया दिन्छ । मुटु पनि त्यस्तै प्रतिक्रिया दिने एउटा अंग मात्रै भएको कोइराला बताउँछन् ।
- त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- (no title)
- तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- थाइराइडबाट कसरी बच्ने ?
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?
- राम्रो निद्रा सुत्नु लाभदायक
- नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?
- के हो अब्सेसिभ कम्पलसिभ डिसअर्डर ?
- नरिवलको तेलले बढाउँछ सुन्दरता
- मासुको विकल्पमा छन् यी खानेकुरा
- कटहरसँग के-के मिसाएर खानु हुँदैन ?
- खाली पेटमा पानी पिउनु फाइदा वा बेफाइदा !
- जिब्रोको भूमिका के के छन्, कसरी स्वस्थ राख्ने ?
- न्यायका पनि आफ्ना आफ्नै तर्क हुन्छन
- एन्ड्रोइडको २०० मेगापिक्सेल क्यामेरा भन्दा १२ मेगापिक्सेलको आईफोनबाट किन राम्रो फोटा आउँछ ?
- हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?
- कस्तो होला आउँदो महिना सार्वजनिक हुने आईफोन १५ ?
- निद्राको हर्मोन बढाउन यी चिजको सेवन गर्नुहोस्
- निद्राको हर्मोन बढाउन यी चिजको सेवन गर्नुहोस्
- मासुको विकल्पमा छन् यी खानेकुरा
- कलेजोमा बोसो जमे के हुन्छ ?
- शाकाहारी खानामा यो पोषक तत्त्वको कमीको जोखिम बढी हुन्छ
- तीन महान हस्तिहरुJNU डाक्टरओक्स्फोर्ड डाक्टरहार्वड डाक्टरकोको हुनुहुन्छ, मान्छे चिन्नुहोस् ।
- कटहरसँग के-के मिसाएर खानु हुँदैन ?
- यस्तो छ मुखमा अमिलो पानी आउनुको कारण
- अग्लो सिरानी राख्ने बानी छ भने होसियार हुनुहोस्
- के हाे आँखा पाक्ने ‘कन्जन्टिभाइटिस’ रोग ? बढी जोखिम कसलाई ?
- “जसले अभ्यास गरिरहन्छन्, उनीहरू त्यसमा रमाउँछन् र लामो समयसम्म गरिरहन्छन्।” ⬇️
- दाल र भातको सेवनले तौल घटाउन सकिन्छ
- यस्तो छ मुखमा अमिलो पानी आउनुको कारण
- बाँसको तामा खानुका फाइदाहरु
- तीन महान हस्तिहरुJNU डाक्टरओक्स्फोर्ड डाक्टरहार्वड डाक्टरकोको हुनुहुन्छ, मान्छे चिन्नुहोस् ।
- तीन महान हस्तिहरुJNU डाक्टरओक्स्फोर्ड डाक्टरहार्वड डाक्टरकोको हुनुहुन्छ, मान्छे चिन्नुहोस् ।
- कान कराउने समस्याको कारण र उपचार
- शरीरमा भिटामिन डीको अभाव हुँदा देखिने पाँच लक्षण
- (no title)
- नयाँ महत्त्वाङ्क्षासहित भारतद्वारा चन्द्रयान-३ प्रक्षेपण
- ७ खानेकुरा, जसले शरीरमा गुड कोलेस्टेरोल बढाउँछ
- थकान र मानसिक स्वास्थ्यः के हो ‘बर्नआउट’, चरम थकान कसरी थाहा पाउने, यसबाट जोगिने कसरी?
- अग्लो सिरानी राख्ने बानी छ भने होसियार हुनुहोस्
- आयो ट्वीटरको विकल्पमा ‘ट्रुथ सोसल’ यसरी गर्नुहोस् प्रयोग
- ४ प्रकारका ह्यांगिङ प्लान्ट, जुन घरभित्र आकर्षक तरिकाले सजाउन सकिन्छ
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- नरिवलको तेलले बढाउँछ सुन्दरता
- अब युट्युब भिडिओ एआईले नै अन्य भाषामा डबिङ गरिदिने
- राम्रो निद्रा सुत्नु लाभदायक
- कटहरसँग के-के मिसाएर खानु हुँदैन ?
- अण्डा खाएपछि भुलेर पनि नखानुहोस् यस्ता चिज
- आमाले गाजर खाँदा गर्भमा रहेका बच्चा ‘मुस्कुराउँछन्’, ‘केल’ खाँदा ‘ठुस्किन्छन्’
- हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?
- भौतिक सिमभन्दा कसरी फरक छ आई-सिम र ई-सिम ?
- भौतिक सिमभन्दा कसरी फरक छ आई-सिम र ई-सिम ?
- आईफोन १५ सिरिजका सबै मोडेलमा हुनेछ ४८ मेगापिक्सेल क्यामेरा
- अनुहार दुख्छ ? ट्राइजेमिनल न्युराल्जिया पनि हुन सक्छ
- नरिवलको तेलले बढाउँछ सुन्दरता
- नरिवलको तेलले बढाउँछ सुन्दरता
- भौतिक सिमभन्दा कसरी फरक छ आई-सिम र ई-सिम ?
- यसरी बनाउनुहोस् आफ्नो विकिपिडिया पेज
- कलेजोमा बोसो जमे के हुन्छ ?
- नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?
- ओठको कालोपनबाट छुटकारा पाउन बरफको प्रयोग गर्नुहोस्
- कान किन चिलाउँछ ?
- कान किन चिलाउँछ ?
- यी टिप्स अपनाएर तपाई आफ्नो लुक बदल्न सक्नुहुन्छ
- नरिवलको तेलले बढाउँछ सुन्दरता
- यसरी बनाउनुहोस् आफ्नो विकिपिडिया पेज
- किन देखिन्छ डरलाग्दो सपना ?
- किन देखिन्छ डरलाग्दो सपना ?
- किन देखिन्छ डरलाग्दो सपना ?
- किन देखिन्छ डरलाग्दो सपना ?
- फोक्सो सुन्निँदा शरीरमा देखिन्छन् यी ८ लक्षण, बेवास्ता नगर्नुहोस्
- मस्तिष्क स्वस्थ राख्न यी कुरामा ध्यान दिनुस्
- यस्ता छन् रिँगटा लाग्दा ध्यान दिनु पर्ने कुराहरु, नत्र ज्यान गुम्न सक्ने खतरा
- मोटोपन भएकालाई मुटुरोगको जोखिम हुन्छ ?
- दालचिनी सेवनका फाइदा
- के तपाईँलाई थाहा छ, पसलमा बिक्री गर्न राखिएको घडीमा सधैँ किन १०ः१० बजेको हुन्छ ?
- जिब्रोको भूमिका के के छन्, कसरी स्वस्थ राख्ने ?
- यस्ता छन् रिँगटा लाग्दा ध्यान दिनु पर्ने कुराहरु, नत्र ज्यान गुम्न सक्ने खतरा
- जिब्रोको भूमिका के के छन्, कसरी स्वस्थ राख्ने ?
- अम्बामा छन् यी औषधीय गुणहरू
- मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?
- अडियोमा भएको ब्याकग्राउन्ड नोइज हटाउनु पर्यो ? यसो गर्नुहोस्
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- के पाइन्छ गाईभैंसीको दूधमा ?
- अम्बामा छन् यी औषधीय गुणहरू
- किनमेलका ७ काइदा : चाहिने सामान नछुट्ने, अनावश्यक खर्च नहुने
- सुख्खा छालाको लागि यी घरेलु मोइस्चराइजर प्रयोग गर्नुहोस्
- के हो अब्सेसिभ कम्पलसिभ डिसअर्डर ?
- ४ प्रकारका ह्यांगिङ प्लान्ट, जुन घरभित्र आकर्षक तरिकाले सजाउन सकिन्छ
- अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका
- जिब्रोको भूमिका के के छन्, कसरी स्वस्थ राख्ने ?
- स्मार्टफोनको स्क्रिन बन्द गरेर पनि युट्युब भिडियो कसरी चलाउने ?
- दालचिनी सेवनका फाइदा
- अण्डा खाएपछि भुलेर पनि नखानुहोस् यस्ता चिज
- जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?