
भारतले शुक्रवार अपराह्ण एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गरेको छ। एउटा ‘ल्यान्डर र एउटा रोभर’ सहित अन्तरिक्षतिर जाने उक्त रकेटले एक अर्ब भारतीयहरूको सपना पनि बोकेको छ।
सबै कुरा योजनानुरूप नै भयो भने चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल ‘रोभर’ पुर्याउने भारत पहिलो देश बन्ने छ। चन्द्रमाको उक्त भागको अहिलेसम्म नक्साङ्कन भएको छैन।
चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ। त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन्। केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन। परिणामस्वरूप त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३°C सम्म छ। त्यस्तो परिस्थितिमा प्राविधिक उपकरणहरू सञ्चालन गर्न निकै चुनौतीपूर्ण हुन्छ।
त्यसैले अहिलेसम्म पठाइएका सबै अभियानहरू चन्द्रमाको मध्यवर्ती भागमा लक्षित थिए। त्यो भाग र त्यहाँको तापक्रमलाई तुलनात्मक रूपमा अनुकूल मानिन्छ।
Continue reading नयाँ महत्त्वाङ्क्षासहित भारतद्वारा चन्द्रयान-३ प्रक्षेपण







