
काठमाडौं । आईफोन १५ लाइनअप अन्तर्गतका फोनको डिजाइन र अन्य फिचरको जानकारी बाहिरिएको छ । बाहिरिएका विभिन्न फिचरमध्ये सबैभन्दा बढी चर्चा आईफोन १५ मा हुने एक्सन बटनको भइरहेको छ ।
एप्पलले सार्वजनिक गरेको आईओएस १७ बेटा फोर भर्सनमा एक्सन बटनका कोडहरू देखिएका छन् । उक्त बटन यसअघिका आईफोनमा समावेश गरिएको म्युट स्वीचको सट्टामा राखिने बताइएको छ । सो स्वीचलाई आवश्यकता अनुसार विभिन्न एक्सेसिबिलिटी फिचर जस्तै; क्यामेरा, फ्ल्याशलाइट, फोकस, म्याग्निफायर, शर्टकट्स, साइलेन्ट मोड, ट्रान्सलेट र भ्वाइस मेमो फङ्सनका लागि प्रयोग गर्न सकिन्छ ।
त्यस्तै आईफोन १५ को बेस मोडेल आईफोन १५ र आईफोन १५ प्लसमा आईफोन १४ प्रो र प्रो म्याक्स जस्तै डाइनामिक आइल्यान्ड हुनेछ । ए१६ बायोनिक चिपसेटद्वारा सञ्चालित हुने ती मोडेलमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हुने लिकरहरूले उल्लेख गरेका छन् । त्यस्तै सबै आईफोन १५ मोडेलमा यूएसबी-सी पोर्ट हुनेछ ।
आईफोन १५ प्रो र १५ प्रो म्याक्सका सन्दर्भमा यी मोडेल तुलनात्मक रूपमा अन्य मोडेलभन्दा ठूलो हुने दाबी गरिएको छ । लिकरका अनुसार आईफोन १५ प्रोमा ६.१२ इन्च र आईफोन १५ प्रो म्याक्समा ६.६९ इन्ड डिस्प्ले हुन्छ । ३ एनएम ए१७ बायोनिक चिपद्वारा सञ्चालित उक्त मोडेलमा हलुका टाइटनियम च्यासिस हुनेछ ।
यूडब्लूबी (अल्ट्रावाइड ब्यान्ड), वाई-फाई सिक्स ई जस्ता प्रविधि पनि यी मोडेलमा समावेश हुने भएका छन् । यो पटक सार्वजनिक हुने आईफोन १५ प्रो र प्रो म्याक्स मोडेलको मूल्य कम हुने अपेक्षा गरिएको छ ।
आईफोन १५ र आईफोन १५ प्लसमा क्रमशः ३८७७ एमएएच र ४९१२ एमएएच क्षमताको ब्याट्री र आईफोन १५ प्रो तथा प्रोम्याक्समा क्रमशः ३६५० एमएएच र ४८५२ एमएएच क्षमताको ब्याट्री हुने बताइएको छ ।
म्याक र्युमर्सका अनुसार आईफोन १५ सेप्टेम्बर १२ वा १३ मा सार्वजनिक हुने उच्च सम्भावना छ । नाइन टु फाइभ म्याकले भने उक्त मोडेल सेप्टेम्बर १३ मा सार्वजनिक हुने उच्च सम्भावना भएको उल्लेख गरेको छ ।
- त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा२०८१, बुधबार त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा त्रिभुवन विमानस्थलको क्षमता विस्तार र टिकटको अधिक माग दुवै कारण टिकटको मूल्य धेरै माथि पुगिसकेको छ । अहिले काठमाडौं–नयाँदिल्ली एकतर्फी हवाई भाडा नै ३० हजारसम्म पुगेको छ । यो भनेको २ सय प्रतिशतको वृद्धि हो । २०८१ कात्तिक १४ गते १९:०५ १४ कात्तिक, काठमाडौं । २३ कात्तिकदेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० … Continue reading त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन डा. रविनबहादुर बस्नेत बताउँछन् । ‘राति बारम्बार पिसाब लाग्नुले मधुमेह, … Continue reading राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन डा. रविनबहादुर बस्नेत बताउँछन् । ‘राति बारम्बार पिसाब लाग्नुले मधुमेह, … Continue reading राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- (no title)
- तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ। सामान्य अवस्थामा पिसाबको रङ कस्तो हुनुपर्छ?









