गर्भावस्थामा मदिरा पिउँदा के हुन्छ ?

गर्भावस्थामा मदिरा पिउँदा के हुन्छ ?

गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने शैली सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले जब गर्भ रहन्छ, खानपान र जीवनशैलीमा सतर्कता अपनाउनै पर्छ ।

गर्भावस्थामा स्वस्थ र सन्तुलित खानपान गर्नुपर्छ । गर्भावस्थामा मदिरा सेवन गर्नु हुँदैन । गर्भावस्थामा आमाले खाने खानेकुराले गर्भको बच्चाको विकासमा प्रभाव पार्छ ।

गर्भको बच्चालाई मदिराको असर

गर्भावस्थामा मदिरापान गर्दा गर्भको बच्चामा प्रत्यक्ष असर गर्छ । यो बेला आमाबाट सालमार्फत बच्चाले जति पनि पौष्टिक तत्त्व पाउनुपर्ने हो मदिरापान गर्ने आमाबाट त्यति पौष्टिक तत्त्व प्राप्त गर्न सक्दैन । मदिरापानले सालको नलीलाई साँघुरो बनाउँछ । जसले गर्दा सालमार्फत बच्चामा अक्सिजन, पौष्टिक तत्त्वहरू पुग्न पाउँदैन र बच्चाको विकास राम्ररी हुन पाउँदैन ।

गर्भावस्थामा मदिरापान गर्दा बच्चाको शारीरिक तथा मानसिक विकास राम्ररी नहुने, समयभन्दा अगाडि नै बच्चा डेलिभरी हुने जस्ता समस्या देखा पर्छन् । कुनै बच्चाको टाउको ठूलो र शरीर चाहिं सानो हुने समस्या पनि हुन्छ ।

बच्चामा देखिन सक्छ मानसिक विकार

आमाले रक्सी पिउँदा गर्भको बच्चाको मानसिक विकासमा पनि केही न केही असर गर्छ । बच्चा जन्मिने बित्तिकै नरुने, अलि सुस्त हुने, पछि कुनै कुरामा एकाग्र नहुनेजस्ता समस्या देखिन्छन् । जन्मिने बित्तिकै समस्या नदेखिएका बच्चा पछि एकोहोरो हुने, सुस्त हुने हुन सक्छ ।

पटक्कै पिउन हुन्न

गर्भावस्थामा रक्सी पटक्कै नपिएको राम्रो हो । यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्न सक्ने भएकाले रक्सी, चुरोट नपिउनु नै उचित हुन्छ ।

गर्भावस्थामा चुरोट खाँदा चाहिं गर्भको बच्चामा के कस्तो हानि पुग्न सक्छ ?

चुरोटमा निकोटिनको मात्रा धेरै हुन्छ र त्यो निकोटिनले रक्तनलीहरूलाई ब्लक गर्छ र बच्चाको विकासको लागि चाहिने सम्पूर्ण कुराहरू बच्चासम्म पुग्दैन, त्यसपछि बच्चाको विकास पनि राम्ररी हुन पाउँदैन ।

गर्भावस्थामा आफूखुसी एन्टिबायोटिक खानै हुन्न

गर्भावस्थामा कुनै समस्या भएर चिकित्सकको सल्लाह लिएर कुनै पनि औषधि तथा एन्टिबायोटिकको सेवन गरेको छ भने असर गर्दैन । तर आफूखुसी एन्टिबायोटिकको सेवन गर्दा भने बच्चाको विकास राम्ररी नहुने, मुटुमा समस्या देखा पर्ने, कानको हड्डी कमजोर हुने, आँखा कमजोर हुने लगायत समस्या देखा पर्छन् ।

आमाको खानाअनुसार शिशुको विकास

गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्त्व पाएर हुर्कन्छन् । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ ।

आमाले खानाबाट सम्पूर्ण पौष्टिक तत्त्वहरू पाएर नै बच्चाको मेरुदण्ड, स्नायु र मस्तिष्क लगायत सम्पूर्ण अंगको विकास हुने भएकाले आमाले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

गर्भावस्थामा घरमा बनेको ताजा र स्वास्थ्यकर खानेकुरा खानुपर्छ । जंकफुड त यो बेला खानै हुँदैन । यस्ता खानेकुराले पोषणको मात्रा कम हुन्छ र आमा बच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ । गर्भवती अवस्थामा प्याकेट फुड, जंकफुड र रसायनयुक्त खानेकुरा खाँदा त्यसमा भएको रसायनले बच्चालाई असर गर्न सक्छ ।

फलफूलमा मेवा र टिमुर पनि गर्भवतीले नखाएको राम्रो हो, यसले पनि बच्चाको स्वास्थ्यमा असर गर्छ ।

गर्भावस्थामा कस्तो खानपान जरुरी ?

गर्भावस्थामा सन्तुलित र स्वास्थ्य आहार महत्त्वपूर्ण हुन्छ । गर्भवती महिलाले बाहिर होटल– रेस्टुरेन्टको भन्दा पनि घरमै बनेको खानेकुरा खानुपर्छ । पर्याप्त मात्रामा सब्जी वा फल र केही मात्रामा रोटी, चामलले भरपुर आहार लिनुपर्छ । यसबेला प्रोटिनको जरुरी हुन्छ, जो माछा, मासु, अण्डा, मेवा, दालबाट मिल्छ ।

गर्भवतीले प्रतिदिन दूध एवं दुग्धजन्य उत्पादन सेवन गर्नुपर्छ । क्याल्सियमयुक्त स्रोत बदाम, राजमा, सोया दूध, सोयाबिन पनिर लगायत सन्तुलित र स्वास्थ्यकर खानपान जरुरी हुन्छ ।

Continue reading गर्भावस्थामा मदिरा पिउँदा के हुन्छ ?

उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएको छ।

भारतीय औषधि खाँदा उज्बेकिस्तानमा पनि गयो बालबालिकाको ज्यान source:bbc nepali

कफ सिरप

उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएको छ।

मन्त्रालयका अनुसार प्रारम्भिक परीक्षणमा मेरियन बायोटेकद्वारा उत्पादित कफ सिरपको एउटा ब्याचमा इथाइलिन ग्लाइकोल नामक विषाक्त पदार्थ रहेको देखिएको हो।

बालबालिकालाई चिकित्सकीय परामर्शबिना डोक–१ म्याक्स नामक सिरप खान दिइएको बताइएको छ। उनीहरूलाई दिइएको मात्रा पनि बालबालिकाको लागि निर्धारितभन्दा बढी थियो।

द गाम्बियामा बालबालिकाको मृत्युको घटनासँग अर्को भारतीय औषधि उत्पादन गर्ने कम्पनीको सम्बन्ध रहेको पाइएको केही सातापछि उज्बेकिस्तानले पनि उस्तै आरोप लगाएको हो।

भारतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्ना अधिकारीहरू डिसेम्बर २७ देखि “उज्बेकिस्तानको राष्ट्रिय औषधि नियामकसँग नियमित सम्पर्कमा रहेको” जानकारी दिएको छ।

स्वास्थ्य अधिकारीहरूले उत्तर प्रदेश राज्यको नोएडामा रहेको मेरियन बायोटेकको भौतिक संरचना तथा प्रणाली निरीक्षण गरेको विज्ञप्तिमा जनाइएको छ।

“खोकीको औषधिका नमुनाहरू उत्पादन हुने ठाउँबाट लिइएको छ र परीक्षणको लागि क्षेत्रीय औषधि परीक्षण प्रयोगशाला, चण्डीगढ पठाइएको छ,” थप भनिएको छ।

के भन्छ कम्पनी?

यस विषयमा टिप्पणीको लागि बीबीसीले गरेको आग्रहमा मेरियन बायोटेकले अझै प्रतिक्रिया दिएको छैन।

मेरियन बायोटेकका एक कार्यकारीलाई उद्धृत गर्दै समाचारसंस्था एएनआईले लेखेअनुसार कम्पनीले खोकीको औषधि उत्पादन अस्थायी रूपमा रोकेको छ। 

उनले उत्पादकमाथि सरकारले अनुसन्धान गरिरहेको र सोहीअनुरूप अन्य काम कारबाही अघि बढ्ने बताए ।

कफ सिरप

मेरियन बायोटेक भारतको राजधानी दिल्लीनजिकै नोएडामा अवस्थित छ। यस कम्पनीको वेबसाइट हाल चलेको छैन। 

तर उसको लिङ्क्डइन खातामा उक्त कम्पनी सन् १९९९ मा स्थापना भएको र त्यसले उत्पादन गर्ने औषधिहरू “मध्यएशियाली देशहरू, मध्य र ल्याटिन अमेरिका, दक्षिणपूर्वी एशियार अफ्रिकामा परिचित नाम” भएको उल्लेख गरिएको छ।

कत्रो छ भारतीय औषधिको बजार?

विश्वमा खपत हुने एकतिहाइ औषधि भारतमा उत्पादन हुन्छ। 

तीमध्ये प्रायः “जनेरिक औषधि”को रूपमा बनाइन्छ।

तीव्र गतिमा उन्नति गरेका केही औषधि कम्पनीहरू रहेको भारतलाई “विश्वको फार्मेसी” समेत भनिन्छ

उसले विकासोन्मुख देशहरूमा सुलभ मूल्यमा औषधि आपूर्ति गर्छ। 

कसरी भयो मृत्यु?

डिसेम्बर २७ मा सार्वजनिक उज्बेक मन्त्रालयको विज्ञप्तिमा  डोक-१ म्याक्स ट्याब्लेट र सिरप दुवै स्वरूपमा सन् २०१२ देखि त्यहाँ बिक्री भइरहेको जनाइएको छ।

“उपचार गर्न अस्पताल भर्ना हुनुअघि ती बालबालिकाले घरमै दुईदेखि सात दिन, दिनमा तीनदेखि चार पटक उक्त औषधि २.५ देखि ५ एमएलसम्म सेवन गरेको पाइयो। उक्त मात्रा बालबालिकाको लागि तय गरिएको औषधिको मापदण्डभन्दा बढी हो,” मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा कसको मृत्यु कहिले भएको हो भनेर चाहिँ स्पष्ट रूपमा लेखिएको छैन। 

बीबीसी मोनिटरिङले डिसेम्बर २६ मा गाजेटा डट यूडेडलाई उद्धृत गर्दै उज्बेक अधिकारीहरूले “भारतमा बनेको खोकीको औषधि खाँदा विगत दुई महिनामा मध्य समरकन्द क्षेत्रमा १५ बालबालिकाको मृत्यु भएको दाबी”बारे अनुसन्धान गरिरहेको बताएको थियो।

सोही दिन पोड्रोब्नो डट यूजेड नामक समाचार साइटले २१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक गरेको थियो। 

तीमध्ये १५ जना तीन वर्षमुनिका भएको र उनीहरूको मिर्गौलामा गम्भीर असर परेका कारण उपचार गरिएको जनाइएको थियो। उनीहरूको मिर्गौलामा असर पर्नुको कारण “कथित रूपमा सेप्टेम्बर र डिसेम्बरबीच भारतमा उत्पादित खोकीको औषधि डोक-१ म्याक्सको कारण भएको” आरोप लगाइएको छ। बिरामी भएकामध्ये तीन जनाको स्वास्थ्यमा सुधार भइसकेको छ।

औषधि कसरी बन्यो विष?

मन्त्रालयले “प्रारम्भिक प्रयोगशाला अध्ययनहरूले डोक-१ म्याक्स सिरपको उक्त ब्याचमा इथाइलिन ग्लाइकोल रहेको देखाएको” उल्लेख गरेको छ।

गत अक्टोबरमा विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले विश्वव्यापी सतर्कताको निम्ति ध्यानाकर्षण गराउँदै द गाम्बियामा मिर्गौलामा गम्भीर असरपछि ६६ जना बालबालिकाको मृत्यु हुनुमा भारतमा उत्पादित चारवटा खोकीका औषधिको सम्बन्ध पुष्टि गरेको थियो। 

ती सिरपको नमुनामा गरिएको परीक्षणमा धेरै मात्रामा डाईइथाइलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोल नामक विषाक्त पदार्थ देखिएको थियो।

यद्यपि भारत सरकार र सम्बन्धित कम्पनी मेइडन फार्मस्यूटिकल्स दुवैले डब्ल्यूएचओको आरोपको खण्डन गरेका छन्।

भारतले डिसेम्बरको सुरुतिर चारवटा सिरपमा गरिएको परीक्षणले तिनमा मापदण्ड पूरा भएको देखिएको बताएको थियो। 

एक जना सरकारी अधिकारीले डब्ल्यूएचओले सिरपलाई दोष दिने विषयमा “पूर्वाग्रही” भएको बीबीसीसँग बताएका थिए। तर डब्ल्यूएचओले भने आफू निर्णयमा अडिग रहेको बताएको छ।

गत साता द गाम्बियाको संसदीय समितिले केही साता लामो अनुसन्धानपछि मेइडन फार्मस्यूटिकल्सविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। समितिले कम्पनीका सबै उत्पादनलाई देशव्यापी प्रतिबन्ध लगाउन सिफारिस गरेको छ।

जेम्स वेब टेलिस्कोप: पहिला कहिल्यै नदेखिएका ब्रह्माण्डका तस्बिर

जेम्स वेब टेलिस्कोप: पहिला कहिल्यै नदेखिएका ब्रह्माण्डका तस्बिर

Source bbc nepali

यो तरापुञ्ज पृथ्वीबाट १६१,००० प्रकाशवर्षको दूरीमा छ र यहाँ हजारौँ ताराहरूको जन्म भएको थियो
तस्बिरको क्याप्शन, यो तरापुञ्ज पृथ्वीबाट १६१,००० प्रकाशवर्षको दूरीमा छ र यहाँ हजारौँ ताराहरूको जन्म भएको थियो

यो विश्वलाई १० अर्ब डलरले दिएको उपहार थियो। एउटा मेशिन जसले हामीलाई विश्वमा हाम्रो स्थान देखाइरहेको छ।

जेम्स वेब टेलिस्कोप ठ्याक्कै एक वर्षअघि क्रिसमसकै दिन अन्तरिक्षमा पठाइएको थियो। 

त्यसको योजना बुन्न, डिजाइन र निर्माण गर्न तीन दशक लागेको थियो। 

धेरैले निकै चर्चित हबल स्पेस टेलिस्कोपको उत्तराधिकारीले अपेक्षा अनुरूप काम गर्न सक्छ कि सक्दैन भनेर जिज्ञासा पनि राखेका थिए।

व्यास ६.५ मिटर भएको खगोलीय ऐना प्रयोग गरिएको यो टेलिस्कोपका कतिपय प्रणालीको परीक्षण र सञ्चालनमा केही समय लागेको थियो।

तर अन्त्यमा यसले राम्रोसँग काम गरेको छ। र, अमेरिकी, युरोपेली तथा क्यानडाली अन्तरिक्ष निकायहरूले गएको जुलाईमा पहिलो रङ्गिन तस्बिर सार्वजनिक गर्ने क्रममा प्रसन्नता व्यक्त गरेका थिए।

म्यासेन्जरमा खाता र मोबाइल नम्बर मागेको दुई मिनेटमा २ लाख गायब !

म्यासेन्जरमा खाता र मोबाइल नम्बर मागेको दुई मिनेटमा २ लाख गायब !

दाङमा एक व्यक्तिको बैंक खातामा राखेको रकम चोरी भएको छ। मंगलबार बिहान दंगीशरण गाउँपालिका– ५ मिरौली घर भई हाल तुलसीपुरमा व्यवसाय गर्दै आएका ज्ञानबहादुर चौधरीको खाताबाट दुई लाख २० हजार रुपैयाँ चोरी भएको हो।

मंगलबार बिहान फेसबुक एनआइसी एसिया बैंक नामबाट म्यासेन्जरमा म्यासेज आयो। उनले त्यसमा ‘रेस्पोन्स’ गरे।

उताबाट आफू एनआइसी एसिया बैंकको कर्मचारी भएको बताउने एक व्यक्तिले खातामा समस्या देखिएको कुरा बताए। खाता बनाउनका लागि भन्दै खाता नम्बर र मोबाइल नम्बर मागे।

म्यासेजमा उनले बैंकको नाम र लोगो भएकोले चौधरीलाई ती व्यक्तिमाथि विश्वास लाग्यो। उनले ती व्यक्तिलाई आफ्नो खाता नम्बर तथा मोबाइल नम्बर दिए। मोबाइलमा फोन पनि आएपछि उनले झनै विश्वास गरे । ‘पहिले पनि खातामा समस्या आएमा बैंकबाट फोन आउँथ्यो’, उनले भने, ‘अहिले पनि त्यही होला भनेर पठाएँ।’

मोबाइल नम्बर र खाता दिएपछि केही समयमा मोबाइलमा ओटिपी कोड आयो। चौधरीलाई ओटिपी कोर्ड आफूभन्दा अरूलाई थाहा दिनुहुँदैन भन्ने थाहा थियो, तैपनि कर्मचारी नै हुँ भन्दै मागेपछि उनले त्यो कोर्ड दिए।

‘दुईपटकसम्म त कोड पनि दिइनँ, त्यो कोर्डको म्याद दुई मिनेटसम्म हुँदोरहेछ, त्यसपछि उताबाट फोन आयो, कर्मचारी भनेपछि विश्वास लाग्यो,’ उनले भने, ‘त्यसपछि दिएँ।’
उनले त्यो ओटिपी कोर्ड दिएको केही समयपछि दुई लाख २० हजार रुपैयाँ खाताबाट अन्तै पठाएको भन्ने म्यासेज आयो। त्यसपछि उनलाई त्यो खाताको रकम चोरी भएको भन्ने लाग्यो र खाता भएको एनआइसी एसिया बैंकमा खबर गरे।

त्यहाँ जाँदा उनको खताबाट सीधै सिटिजन बैंकमा पठायो । त्यहाँबाट एभरेस्ट, मेघा बैंकमा पठाइसकेको पाइयो। त्यसपछि चौधरीलाई सीधै प्रहरी कार्यालयमा सम्पर्क भनेपछि उनी प्रहरी कार्यालयमा पुगे।

कुन खातामा पठाएको, कुन व्यक्तिको खातामा पठाएको भन्ने प्रस्ट थाहा भएकाले त्यहीअनुसार कदम अगाडि बढाइएको चौधरीले बताए।

उनका अनुसार चोरी गर्ने व्यक्तिको खाता कोहलपुर शाखामा रहेको बुझिएको छ । एनआइसी एसिया बैंकका प्रमुख राजीव वलीले भने कुनै पनि व्यक्तिले ओटिपी (वान टाइम पासवर्ड) नम्बर कसैलाई पनि दिन नहुने बताए।

खाता ह्याक गर्ने गिरोह सक्रिय भएको अवस्थामा फेसबुक, म्यासेन्जरलगायत अन्य कुनै पनि माध्यमबाट मागे पनि बैंक, खाता, मोबाइल नम्बर, ओटिपी कोर्डजस्ता बैंकका विवरणहरू कसैलाई पनि नदिन उनले अनुरोध गरे।

बिहानीको यस्तो रुटिनले बनाउँछ स्वस्थ र स्मार्ट

बिहानीको यस्तो रुटिनले बनाउँछ स्वस्थ र स्मार्ट

दिनको सुरुवात बिहानीबाट हुन्छ । त्यसैले बिहानको समयलाई राम्रो र आरामदायक बनाउन सके दिन उसै राम्रो हुन्छ । केही मानिसहरू बिहान उठ्नासाथ तनावमा आउँछन् । यसो गर्दा हाम्रो दिन तनावमै बित्छ । यदि तपाईंले दैनिक रूपमा बिहानै एउटा रुटिन फलो गर्नुभयो भने तपाईंको पूरै दिन खुसीले गुज्रनेछ । राम्रा स्वभावले तपाईंको मानसिक स्वास्थ्य सुधार्छ । त्यस्तै, बिहान चाँडै उठ्दा तपाईंको शरीर दिनभर ऊर्जावान् हुन्छ । हामी आज त्यस्ता केही बानीबारे बताउनेछौँ, जसलाई तपाईंले बिहान फलो गर्न जरुरी छ ।

बेडसिट मिलाउनुस् :

तपाईंले उठ्नासाथ आफ्नो सिरक–डस्नालाई मिलाउन जरुरी छ । स्टेट अफ माइन्ड ठीक भएका मानिसले कोठालाई पनि मिलाएर चिटिक्क राखेका हुन्छन् । कोठा सफा राख्दा सकारात्मक सोच वृद्धि हुन्छ र कहीँ न कहीँ जीवनमा यसको प्रभाव पर्छ ।

पानी पिउनुस् :

उठ्नासाथ एक वा दुई गिलास मनतातो पानी पिउनुपर्छ । मानिसहरू घटघटी धेरै पानी पिउँछन् । हतारोमा पानी पिउँदा त्यो चाँडै विनियोजन हुने गर्छ र शरीर हाइड्रेट हुन पाउँदैन । त्यसैले तपाईंले आरामसाथ बसेर पानी पिउनुपर्छ । एक गिलास पानी पिउनका लागि कम्तीमा १० मिनेट समय लगाउनु राम्रो हुन्छ । तपाईंको शरीर र दिमाग हाइड्रेट हुन्छ र ऊर्जाशील रहन्छ ।

व्यायाम :

बिहानै व्यायाम गर्दा तपाईंको शरीर तन्किन्छ र दिमाग पनि तेजसँग चल्न थाल्छ । गर्मीको समयमा बिहानै मर्निङवाकमा जानु राम्रो हुन्छ । तर, अहिलेको मौसममा चिसो धेरै जमेको हुनाले हल्का घाम नलागी हिँड्न थाल्नुहुँदैन । कोठाभित्रै कुनै व्यायाम सकिन्छ । तपाईंले डान्स पनि गर्न सक्नुहुन्छ । यसले पनि मुड फ्रेस गराउँछ । व्यायाम सकेपछि केही आराम गर्नुहोस् ।

यस्तो खानपान :

बिहानको समय तपाईंले सलाद, दूध, जुस वा फलफूल लिन सक्नुहुन्छ । यससँगै ठिक्क मात्रामा जौको सातु, चनाको सातु, बदामलगायत पनि खान सक्नुहुन्छ । यसमा पर्याप्त मात्रामा पोषण पाइन्छ । अर्को कुरा, तपाईंले बेलुकी धेरै ढिला खाना खानुहुँदैन ।

झन्डै १२ घन्टा पेट खाली रह्यो भने त्यस अवधिमा शरीरले टक्सिनहरू आफैँ फाल्न सक्छ । त्यसैले बेलुकी अबेर खाने र बिहानै खाने बानी राम्रो होइन । बेलुकी ७ बजे भोजन लिनुभएको छ भने बिहान ७ वा ८ बजे खाँदा शरीरको अटोफेजी एक्टिभ हुन्छ र टक्सिनहरू हट्छ । यसरी सन्तुलित रूपमा खानाले तपाईंको मोटोपन घट्छ, मस्तिष्क ऊर्जाशील बन्छ । सुन्तला, केरालगायत फरक–फरक खाले सिजनल फल रोज्नुस् ।

किनकि, फरक फलमा फरक किसिमका पोषण पाइन्छ र शरीरलाई राम्रो गर्छ ।
लन्च लिनुअघि काँचो तरकारी खान नबिर्सनुस् । मुला, गाँजरलगायत सलादले तपाईंको पाचन प्रणालीलाई बलियो बनाउँछ ।

डायरीमा लेख्नुस् :

राति सुत्नुअघि दिनभर के–के गरियो र भोलि के गर्ने भनेर योजना बनाउनुपर्छ । त्यसलाई डायरीमा टिप्नुपर्छ, किनकि हाम्रो मेमोरीले कहिलेकाहीँ बिर्सन्छ । बिहान उठेर आफ्नो डायरी एकपटक पढ्नुपर्छ र के गर्ने भनेर सोच्नुपर्छ । यसले आफ्ना योजनामा फोकस हुन सहयोग गर्छ ।

झुक्किएर पनि नगर्नुस् यी काम

इन्टरनेटको जमानामा युवादेखि वृद्धवृद्धासम्म मोबाइलमै झुम्मिरहेका हुन्छन् । एकातर्फ, मोबाइलको टावरबाट आउने इलेक्ट्रो म्याग्नेटिक फिल्ड रेडिएसनले स्वास्थ्यमा असर पुर्‍याइरहेको हुन्छ । अर्कोतर्फ, सोसल साइटमा आइरहेका विभिन्न समाचारले पनि अवचेतन मनमा असर गरिरहेको हुन्छ । त्यहाँ कसैको मृत्यु भएको वा कोही घाइते भएको अप्रिय समाचार आइरहेको हुन सक्छ, जसले तपाईंमा नकारात्मक भाव जन्माउँछ । तपाईं नेगेटिभ इनर्जीबाट बच्न जरुरी छ ।

चिकित्सक भन्छन्- मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम हो

चिकित्सक भन्छन्- मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम हो

मधुमेहको समस्या भएकै कारण आफूलाई खान मन लागेका खाना नखाएरै बस्नेको संख्या धेरै छ । मधुमेह र्भपछि केही खान मिल्दैन भन्ने धेरैको सोच रहेको पाइन्छ । यति मात्र होइन, मधुमेह रोगका बारेमा आम मानिसमा अन्य धेरै किसिमका भ्रम छन् ।

बदलिंदो जीवनशैली र खानपानमा परिवर्तनका कारण मधुमेहको समस्या बढिरहेको चिकित्सकहरू बताउँछन् । मधुमेह भएकाले चामल र आलु खानै हुन्न भनेको पनि हामीले सुन्ने गर्छौं । तर यो सत्य नभएको थाइराइड, सुगर तथा हर्मोन विशेषज्ञ डा. बजरंगकुमार रौनियार बताउँछन् ।

‘मधुमेह भएकाले खानपानमा क्यालोरीलाई ध्यान दिनुपर्छ, हाई क्यालोरी भएको खाना कम खानु पर्छ । त्यसैले चामल, आलु, तारेको खानेकुरा कम खानु राम्रो हुन्छ,’ उनी भन्छन् ।

सेतो चामलमा कार्बोहाइड्रेट तथा ग्लाइसेमिक सूचांकको उच्च मात्रा समावेश भएको हुन्छ । जसले चिनीको मात्रालाई अझ बढावा दिने काम गर्छ । तसर्थ मधुमेहका बिरामीले कम मात्रामा चामलको भात खानुपर्छ तर खानै हुन्न भन्नु भ्रम मात्र भएको रौनियार बताउँछन् ।

‘मधुमेहका बिरामीले आलु खानु हुँदैन भन्ने पनि भ्रम रहेको छ । जबकि मधुमेहका बिरामीले आलु नै खान नहुने भन्ने हुँदैन । उचित मात्रामा तथा थोरै थोरै खाएमा आलुले पनि मधुमेहलाई खासै समस्या पार्दैन,’ उनी भन्छन्, ‘हिजोसम्म दुईवटा आलु एकैपटकमा खाइन्थ्यो भने आज पटक-पटक गरी दुईवटा आलु सेवन गर्नुपर्छ । आलु खाएको दिन भात अलि कम खानुपर्छ र क्यालोरीको मात्रा मिलाउनुपर्छ ।’

खानपानमा बढी कटौती गर्नुपर्छ ?

मधुमेह भएकाहरूले खानपानमा कटौती गर्नु राम्रो हो । खानपानमा कटौती त एउटा स्वास्थ्य व्यक्तिले पनि गर्नुपर्छ । दैनिक शरीरलाई कति क्यालोरी आवश्यक पर्छ त्यही अनुसार खायो भने त मधुमेह, उच्च रक्तचाप लगायतका अन्य रोग लाग्नबाट नै बच्न सकिने रौनियारले बताए ।

उनी भन्छन्, ‘सामान्यतया एउटा स्वास्थ मानिसलाई २४ घण्टामा १८ सयदेखि २ हजार क्यालोरी जरुरी हुन्छ । कडा परिश्रम गर्ने व्यक्तिलाई धेरै क्यालोरी जरुरी हुन सक्छ । त्यसैले क्यालोरी बढी हुने खानेकुराजस्तै तारेको भुटेको खानेकुरा, कोल्ड ड्रिक, रातो मासु एकदमै कम खाएको राम्रो हो ।’

खानपानमा कटौती गरेर मोटोपना कम गर्दा मधुमेहबाट हुन सक्ने अन्य जोखिमलाई कम गर्न सकिन्छ । त्यसैले मधुमेहको समस्या भएकाले त खाना कटौती गर्नु नै पर्छ । मधुमेह नियन्त्रणमा छैन धेरै बढेको छ भने त खानपानमा झन् बढी कटौती गर्नुपर्ने डा. रौनियार सुझाउँछन् ।

मधुमेहका समस्या भएका अधिकांशले चामल वा भात छाडेर रोटी खाने गर्छन् । खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्ने हो । भात र रोटीमा लगभग उत्ति नै सुगर हुन्छ, यसले मधुमेह नियन्त्रण गर्न सहयोग गर्ने होइन ।

‘भात, रोटी, ढिंडो जे खाए पनि मात्रा मिलाएर थोरै खानुपर्छ । भात नखाने तर एक छाकमा ५-६ वटा रोटी खाँदा मधुमेह नियन्त्रण हुनुको साटो बढ्छ । त्यसैले जे खाए पनि क्यालोरी मापन गरेर खानुपर्छ,’ रौनियार भन्छन् ।

मधुमेह हुँदा गुलियो खानेकुरा खानै हुन्न ?

मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा सुगर अनियन्त्रित हुन्छ । त्यसैले मधुमेहको समस्या भएकाले बढी गुलियो प्रयोग भएको मिठाई नखानु राम्रो हुने उनी सुझाउँछन् । ‘मिठाई छुनै नहुने होइन मधुमेह नियन्त्रणमा छ भने कहिलेकाहीं एउटा मिठाई खाँदा खासै फरक पर्दैन,’ उनी भन्छन् ।

चिनीको सेवन भनेको जिब्रोको स्वाद बढाउन हो, शरीरमा यसले कुनै फाइदा गर्दैन । यसले त उल्टो शरीरमा क्यालोरी बढाउँछ, त्यसैले चिनी हालेको चिया मधुमेह भएकाहरूले सकेसम्म नखाएकै राम्रो हो । तर चिनी हालेको चिया खानै नहुने भने होइन । कहिलेकाहीं चिनी राखेका चिया एक कप खाइयो भने क्यालोरी कम भएको सलाद, तरकारी खाएर क्यालोरीलाई सन्तुलनमा राख्नुपर्ने रौनियार बताउँछन् ।

‘मधुमेह भएकाले धेरै गुलिया आँप, भुइँकटहरजस्ता फलफूल एकदमै कम खानु राम्रो हो । तर लगभग धेरै फलफूल खान मिल्छ । स्याउ, सुन्तलाजस्ता फलफूल दैनिक एउटा खान मिल्छ,’ उनी भन्छन् ।

मधुमेह हुँदा घाउ-चोट निको हुँदैन र ?

शरीरमा ब्लड सुगर नियन्त्रणमा छ भने घाउ-चोट लाग्यो भने पनि निको हुन्छ । तर शरीरमा ब्लड सुगरको मात्रा धेरै छ भने घाउ वा चोटपटक चाँडै निको हुँदैन । बरु उल्टै संक्रमणको जोखिम हुने रौनियार बताउँछन् ।

‘ब्लड सुगरले रक्तसञ्चार र रोग प्रतिरोध क्षमतामा नकारात्मक असर पार्न सक्छ । जसले गर्दा घाउ-चोट छिटो निको नहुने समस्या हुन्छ,’ उनी भन्छन् ।

मधुमेहका बिरामीलाई कुनै कारणवश शल्यक्रिया गर्नुपर्ने भएमा जटिल हुन्छ पनि भनिन्छ तर मधुमेह नियन्त्रणमा छ भने खासै जटिलता हुँदैन । मधुमेह नियन्त्रणमा छैन भने कुनै शल्यक्रिया गर्दा घाउमा संक्रमण हुने सम्भावना हुन्छ । सुगर लेबल एकदमै बढी छ भने त्यो संक्रमण शरीरमा फैलिएर अन्य स्वास्थ्य समस्या पनि निम्तन सक्ने उनी बताउँछन् ।

मधुमेहको औषधि सुरु गरेपछि आजीवन खानैपर्छ भन्ने भ्रम छ । सबै मधुमेहमा आजीवन औषधि खानुपर्ने नहुने पनि हुन सक्छ । ‘टाइप वान’ मधुमेहमा शरीरमा इन्सुलिन बन्दै बनेन भने जीवनभर इन्सुलिन दिनुपर्ने रौनियार बताउँछन् ।

खराब जीवनशैलीको कारण ‘टाइप टु मधुमेह’को समस्या छ भने जीवनशैली सुधारेर शरीरमा सुगर लेबल नियन्त्रण गर्नुपर्छ । यसपछि औषधि कम गर्ने र छोड्न समेत मिल्ने रौनियार बताउँछन् ।

चकलेटदेखि पकाएको हड्डीसम्म : कुकुरका लागि विषाक्त हुन्छन् यी खानेकुरा

चकलेटदेखि पकाएको हड्डीसम्म : कुकुरका लागि विषाक्त हुन्छन् यी खानेकुरा

हाम्रा बालबालिकालाई चकलेट मनपर्छ । उनीहरुले मीठो मान्ने चकलेट पशुपंक्षीलाई पनि मीठो लाग्न सक्छ भन्ने लाग्छ । तर चकलेट उनीहरुका लागि विषसमान हुन्छ । खासगरी कुकुरका लागि ।

अहिले घरघरमा कुकुर पाल्ने चलन बढेको छ । कुकुर पाले पनि त्यसलाई कसरी स्याहारसुसार गर्ने, कस्तो खानपान गराउने भन्ने कुरामा धेरैजसो अनभिज्ञ छन् । त्यसैले उनीहरु आफूलाई जे स्वाद लाग्छ, त्यही कुरा आफ्ना कुकुरलाई खुवाउने गर्छन् ।

तर मान्छेलाई मीठो लाग्ने धेरैजसो खानेकुरा कुकुरका लागि विषालु हुन्छ । घरपालुवाको मात्र कुरा होइन, सडकका कुकुरलाई पनि त्यस्ता खानेकुरा सम्भव भएसम्म दिनुहुँदैन । हुन त सडक कुकुरको कुरा गर्दा खानै नपाएका स्थिति धेरै छ । फोहोरमा उँधिनेर खानेकुरा खोज्नुपर्ने उनीहरुको बाध्यता छ । यस्तो स्थितिमा सडक कुकुरलाई यो दिनुहुन्छ, यो दिनुहुन्न भन्ने कुरा कतिका लागि हास्यास्पद पनि लाग्न सक्छ ।

तर यस्ता मनकारी पनि यहाँ धेरै छन् जो सडक कुकुरका पनि खानेकुरा बचाएर राख्ने गर्छन् । उनीहरुले के कुरामा चाहिं ध्यान दिनुपर्छ भने हामीले खाइरहेका कतिपय खानेकुरा कुकुरले पचाउन सक्दैनन् । त्यस्ता खानपानले उनीहरु रोगी हुन्छ ।

जस्तो हामीलाई मसालेदार खानेकुरा स्वाद लाग्छ । मासु, तरकारी तारेको वा मसला मिसाएको मनपर्छ । यस्तो खानेकुरा कुकुरलाई विष बराबर हुन्छ ।

पाकेको हड्डी

कतिपयले हेयभावले कुकुरलाई गाली गर्दा ‘हड्डीमा लुछाचुँडी गर्ने जात’ पनि भन्ने गर्छन् । त्यसैले मान्छेलाई के लाग्छ भने कुकुरका लागि हड्डी उपयुक्त खुराक हो ।

मान्छेले मासु खाँदा बाँकी रहेको हड्डी, छाला आदि कुकुरलाई दिने गर्छन् । यस्तो खानेकुरा कुकुरका लागि निकै हानिकारक हुन्छ ।

चिल्लो तथा घिउ

घिउ पोषिलो र स्वादिलो खानेकुरा हो । खानामा थोरै घिउ मिसाएपछि स्वाद दोब्बर हुन्छ । तर यस्तो स्वाद मान्छेका लागि हो कुकुरका लागि भने घिउ राम्रो मानिंदैन । बोसो, तारेको वा भुटेको, घिउ मिसाएको खानेकुरा कुकुरका लागि एकदमै हानिकारक हुन्छ ।

अंगुर–सुन्तला

फलफूल मान्छेका लागि स्वस्थ्यवद्र्धक मानिन्छ । स्वस्थ जीवनका लागि फलफूल खानु अनिवार्य नै हो भनिन्छ । तर कुकुरलाई धेरैजसो फलफूल विषसमान हुन्छ । अंगुर त कुकुरलाई दिनै हुन्न । यसैगरी मौसमी सुन्तला, एभोकार्डो पनि कुकुरलाई हानि गर्ने फलफूल हुन् । कुकुरलाई स्याउ, खर्बुजा मात्र उचित हुन्छ ।

चकलेट

मान्छेले माया गरेर कुकुरलाई चकलेट दिने गर्छन् । चकलेट हामीलाई मीठो लाग्छ तर कुकुरलाई होइन । कुकुरका लागि चकलेट विषालु खाना हो ।

जुठो भात

अक्सर मान्छेले कुकुरलाई जुठो भात दिने गर्छन् । तर मान्छेले आफ्नो स्वादअनुसार मसालेदार, चिल्लो, पीरो खानेकुरा खाएका हुन्छन् । यस्तो खानेकुरा बाँकी रहेपछि कुकुरलाई दिइने गरिन्छ, जो कुकुरका लागि हानिकारक हुन्छ ।

कस्तो खानेकुरा दिने ?

कुकुरको लागि मासु नै राम्रो खुराक हो । ताजा मासु उसिनेर दिनु राम्रो हुन्छ । त्यसैगरी उसिनेको अण्डा, सिमी, फर्सी, साग लगायत उपयुक्त हुन्छ । कुकुरलाई नुन, तेल दिनु हुन्न । यद्यपि स्वादका लागि एक चिम्टी नुन दिएमा त्यस्तो हानि गर्दैन ।

कुकुरलाई दिइने खानेकुरा उसिनेको हुनुपर्छ । तारेको, पोलेको खानेकुरा राम्रो मानिंदैन । मान्छेलाई जस्तो कुकुरलाई पनि सन्तुलन मिलाएर खुवाउनुपर्छ । सम्भव भएसम्म बिहान र साँझको छाक फरक-फरक खाना दिनु राम्रो हुन्छ ।

जवानी फर्काउने यी फल र जडीबुटी

जवानी फर्काउने यी फल र जडीबुटी

आयुर्वेदको विकासको प्रारम्भिककालमा एक अद्भुत वैद्य (चिकित्सक) थिए अश्विनी कुमार । उनले एक यस्तो ओखती तयार गरे, जसको सेवनबाट ‘च्यवन’ नामक ऋषिको जवानी फर्किएको कथन छ । भनिन्छ, महर्षि च्यवन त्यसबेला एकदमै पाको भइसकेका थिए ।

अश्विनीकुमारले तयार गरेको उक्त ओखतीको मुख्य घटक थियो अमला । प्रकृतिको यो भण्डारमा अमलालगायत यस्ता केही जडीबुटी छन्, जसले बुढ्यौलीको गति धीमा बनाउने क्षमता राख्छ । मान्छेलाई जवान राख्न मद्दत गर्छ ।

यतिबेला अमलाको मौसम छ । आयुर्वेदमा अमलाको खास महत्व छ । आयुर्वेदले अमलालाई एउटा रसायन भनेर वर्णन गरेको छ । ताजा अमलामा भिटामिन सी प्रचूर मात्रामा हुन्छ । यसैकारण अमला औषधीय गुणले भरिपूर्ण फल मानिन्छ, जसले थुप्रै रोगबाट शरीरलाई बचाउने क्षमता राख्छ ।

अमलामा भिटामिन सी, ट्यानिन्स, पोलिपेनोल, फाइबर, खनिज, प्रोटिन, एमिनो एसिड र भरपुर एन्टी अक्सिडेन्ट पाइन्छन् । खासगरी एन्टी अक्सिडेन्ट त्यही पोषक तत्व हो, जसले फ्रि रेडिकल्ससँग लड्न मद्दत गर्छ । फ्रि रेडिकल्सले शरीरका कोषहरुलाई नष्ट गर्छ । अमलामा पाइने पोषक तत्वले छालालाई पनि जवान राख्छ । यसैले अमलालाई एकदमै प्रभावकारी ओखती मानिन्छ, जसले प्राकृतिक रुपमै बुढ्यौली रोक्ने क्षमता राख्छ ।

एन्टी अक्सिडेन्टको खास विशेषता के पनि भने यसले बुढ्यौली हुने प्रक्रियालाई धीमा बनाइदिन्छ ।

अमला भिटामिन सीको ठूलो स्रोत हो । यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यसबाहेक अमलाले मधुमेह, मूत्ररोग, रक्तश्राव आदि रोक्ने काम गर्छ ।

अमला जस्तै अर्को प्रभावकारी जडिबुटी हो, यार्सागुम्बा । यो वनस्पति र जीवनको अद्भूत संयोजन मानिन्छ । वनस्पतिविद्हरुका अनुसार यो ६ महिना कीरा र ६ महिना वनस्पति भएर रहन्छ । यसलाई कामोत्तेजक र स्मरण शक्तिवद्र्धक ओखतीको रुपमा प्रयोग गरिएको विभिन्न अध्ययनमा उल्लेख छ ।

यार्सागुम्बा पनि एन्टी अक्सिडेन्टको भण्डार हो । यही गुणका कारण यार्सागुम्बाले शरीरलाई जवान राखिरहन सहयोग गर्छ । खासगरी यार्सागुम्बालाई यौन शक्तिवद्र्धक र सर्वगुण सम्पन्न टनिकको रुपमा लिइन्छ ।

यार्सागुम्बाले वीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ राख्न अण्डा र अन्डाशयको खराबी कम गर्छ । यार्सागुम्बालाई सामान्यतः कमजोरी, थकान र उमेरसँग जोडिएको नपुंसकता भएको अवस्थामा खानका लागि सिफारिस गरिन्छ । यसले अक्सिडेटिभ तवनालाई रोकेर आयु लम्बाउने काम गर्छ पनि भनिएको छ ।

त्यसो त खोकी, दम, क्षयरोग, अनिद्राको समस्यामा पनि यार्सागुम्बाको सेवन उपयोगी हुने बताइन्छ । स्नायुसम्बन्धी रोग, अनिद्रा, मांसपेशीको दुखाइ, श्वासप्रश्वास सम्बन्धी समस्या कम गर्न पनि यार्सागुम्बा सेवन गर्न सकिन्छ ।

शिलाजीत हिमालय क्षेत्रमा पाइने एकदमै अमूल्य र दुर्लभ वस्तु हो । यो धेरै औषधीय वनस्पतिहरुको विघटनपछि तयार हुन्छ । शिलाजीत वास्तवमा खनिज पिच हो, जुन हिमालयमा अवस्थित चट्टानहरुबाट निस्केको ह्युमस र कुहिएको बिरुवाको अवेशषबाट बन्छ ।

पुरातन आयुर्वेदिक शास्त्रमा जेठ र असार महिनामा सूर्यको प्रत्यक्ष किरणले पहाडका तहहरु पग्लिएर शिलाजीत भनिने (र्‍याल जस्तो अर्थ ठोस) तरल पदार्थ निस्किने उल्लेख छ ।

यो प्रकृतिको अद्भूत उत्पादन हो, जसले शरीरका तन्तुहरुको मर्मत र पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्छ । यसमा भएको शक्तिशाली एन्टी अक्सिडेन्टले कोषिय क्षतिबाट जोगाउँछ । साथै छालाको तन्तुमा देखिने बुढ्यौली संकेतलाई पनि कम गर्छ । यसमा पाइने फुलभिक एसिडको उपस्थितिले शरीरलाई फ्रि रेडिकल क्षतिबाट जोगाउँछ । साथै एन्टी अक्सिडेन्ट प्रशस्त पाइने भएकाले हड्डीमा क्याल्सियम सन्तुलित राख्छ ।

अश्वगन्धालाई आयुर्वेदमा महत्वपूर्ण मानिन्छ । यसको जराबाट घोडाको गन्ध आउने भएकाले नै यसलाई अश्वगन्ध भनिएको हो । अश्वगन्धले शरीरमा क्षय भएका धातुहरु (रस, रक्त र मासु) आदिलाई वृद्धि गरी वृद्धावस्थामा पुनः जवान राख्न सहयोग गर्छ । अश्वगन्धका अनगिन्ती फाइदा छन् । तर जथाभावी खाँदा त्यसले अरु स्वास्थ्य समस्या निम्त्याउँछ ।

अश्वगन्धले यौन क्षमता बढाउने, स्नायुहरुलाई पोषण प्रदान गर्ने र यसका प्रक्रियालाई सुचारु राख्ने काम गर्छ । चिन्ता, नैराश्यता कम गर्न पनि यो निकै उपयोगी हुन्छ । अश्वगन्धले यौन र वीर्य दुर्बलता र नपुंसकता हटाउन सहयोग गर्छ ।

टेलोमेर छिटो बुढ्यौली हुनसँग सम्बन्धित छ । विभिन्न अध्ययन अनुसन्धान अनुसार अश्वगन्धाले टेलोमेर संरचनाको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

(आयुर्वेद चिकित्सक डा. सृष्टि श्रेष्ठ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ललितपुरकी कार्यालय प्रमुख समेत हुन् ।)

हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबरमुटुको रोग र क्यान्सरको जोखिम

हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबर
मुटुको रोग र क्यान्सरको जोखिम

रात्रीकालिन रेष्टुरेन्टहरुमा नजर डुलाउनुहोस्, हुक्काको धुँवाले कुइरीमण्डल देखिन्छ । खासगरी तन्नेरी जमात हुक्काको धुँवामा मस्त देखिन्छन् ।

हुक्काको यो लहडले धेरैलाई धुँवाको अम्मली बनाउँदै लगेको छ । किनभने हुक्का तान्नुलाई ग्लानी होइन, गर्व गर्ने जमात बढी छ ।

हुक्काप्रतिको यही आशक्तिले होला, शहरका रेष्टुरेन्टहरुमा हुक्का अनिवार्य जस्तै भइसकेको छ । जहाँ जहाँ बार छन्, त्यहाँ हुक्का पक्का छ । र, जहाँ जहाँ हुक्का छ त्यहाँ तन्नेरीहरु झुम्मिएका छन् । सोझै भनौं, हुक्का फेसन भएको छ ।

कहिल्यै ओंठमा चुरोट नच्यापेकाहरु पनि हुक्का तान्न तम्सिन्छन् । त्यसैले त किशोर-किशोरीदेखि चुरोटमा स्वादै नभिजेकाहरु पनि हुक्का तान्न हौसिएका छन् । जगजाहेर छ, चुरोटका अम्मलीहरु क्यान्सरको उच्च जोखिम बर्गमा पर्छन् । जबकि हुक्का चुरोट भन्दा सैयौं गुण घातक रहेको चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा हुक्कालाई पनि समेटेको छ, जो स्वास्थ्यका लागि अति हानिकारक भनिएको छ ।

हुक्का सेवन चुरोट भन्दा पनि बढी हानिकारक भएको वरिष्ठ छाती रोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् । ‘हुक्कामा निकोटिन, धातुको कण, कार्बनमोनोअक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्छ’ डा. पंगेनी भन्छन्, ‘चुरोट सेवन गर्दा हाम्रो शरीर भित्र जति धुँवा प्रवेश गर्छ त्यो भन्दा बढी धुँवा हुक्का सेवन गर्दा प्रवेश गर्छ ।’

सुर्तीजन्य हुक्का प्रयोग गरेको छ भने चुरोटको धुँवा र हुक्काको धुँवामा केही फरक हुँदैन । विभिन्न फ्लेवर हुक्का सेवन गरेको छ भने पनि त्यसमा प्रयोग हुने कोइला र प्लेवरमा भएको रसायनले स्वास्थ्यमा एकदमै नकारात्मक असर गर्छ । सुर्तीजन्य हुक्का तथा फ्लेवर हुक्कामा निकोटिनको परिमाण तलमाथि हुन सक्छ । तर, त्यसमा पाइने रसायनहरूको मात्रा र त्यसले स्वास्थ्यमा गर्ने असर उत्तिकै हुने पंगेनीले बताए ।

चुरोट भन्दा सय गुण हानि

धूम्रपान गर्दा त्यसबाट जति पनि हानिकारक रसायनहरू निस्कन्छ त्यो भन्दा धेरै गुणा बढी रसायन हुक्कामा प्रयोग हुने सुर्तीजन्य पदार्थहरूबाट निस्कन्छ । चुरोट भन्दा हुक्काबाट सय गुण बढी धुँवा, रसायन र निकोटिन निस्कने पंगेनी बताउँछन् । ‘सुर्तीजन्य पदार्थ प्रयोग हुने हुक्काबाट निस्कने धुँवाले स्वास्थ्यमा विभिन्न नकारात्मक असर पार्छ’ पंगेनी भन्छन्, ‘एउटा चुरोट पिउँदा आधा लिटर धुँवा फोक्सोमा पुग्छ भने एउटा हुक्का पिउँदा ९० लिटर भन्दा बढी धुवाँ प्रवेश गर्छ । यसको थोरै प्रतिशत धुवाँ हाम्रो श्वास प्रश्वास प्रणालीमा टाँसियो वा रगतमा मिसियो भने शरीरको धेरै अंगमा असर गर्छ ।’

गाउँघरमा तम्बाकु प्रयोग गरिएको हुन्छ भने अहिले शहरी क्षेत्रमा प्रचलित हुक्कामा विभिन्न फ्लेवर मिसाइन्छ । त्यस्तै हुक्कामा जुन कोइला बालिन्छ त्यसबाट कार्बनमोनोअक्साइड भन्ने हानिकारक ग्यास निस्कन्छ । हुक्काबाट नसक्ने तापक्रम आफैले पनि हाम्रो श्वास प्रश्वास प्रणालीलाई प्रत्यक्ष असर गर्ने पंगेनीले बताए । ‘त्यसले हाम्रो श्वास नलीलाई सुख्खा बनाउने र खुम्चाउँछ । दमको समस्या बढाउने , घ्याँरघ्याँर हुने र खोकी लाग्ने लगायतका समस्याहरू देखा पर्न सक्छ ।’

डा. पंगेनीका अनुसार फ्लेवरयुक्त हुक्का बाल्नको लागि कोइलाको प्रयोग हुन्छ, जसबाट कार्बनमोनोअक्साइड त निस्कने नै भयो । प्लेवरहरूमा पनि विभिन्न प्रकारका रसायनहरू प्रयोग भएको हुन्छ । त्यसैले फ्लेवर हुक्काले पनि स्वास्थ्यमा नकारात्मक असर गर्छ । सुर्तीजन्य हुक्काको तुलनामा अलि कम असर गर्ने हो असर नै नगर्ने भने होइन ।

मुटुको रोग र क्यान्सरको जोखिम

हुक्काको तातो, कोइला र निकोटिनले मुखको, आमाशयको र पिसाब थैलीमा समेत क्यान्सर भएको पाइएको छ । यसले सबैभन्दा बढी असर गर्ने त फोक्सोमा नै हो । फोक्सोमा घ्यारघ्यार हुने, दीर्घ खोकी लाग्ने, दम निम्ताउने तथा बढाउने र पछि गएर फोक्सोको क्यान्सर हुने समेत हुने पंगेनीले बताए ।

‘अत्यधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै पाठेघरको क्यान्सर र मुटु सम्बन्धी रोग गराउँछ ।’

हुक्का सेवन गरिरहने व्यक्तिहरूलाई निमोनिया हुने जोखिम पनि बढी हुने उनले बताए । ‘धेरै हुक्का सेवन गर्ने व्यक्तिमा दमको जोखिम बढ्नुको साथै पछि गएर फोक्सो नै सुक्दै जाने र फोक्सोको क्यान्सर हुने सम्भावना हुन्छ ।’

‘शरीरमा अक्सिजनलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने प्रणालीलाई कोइलाबाट निस्कने कार्बनमोनोअक्साइडले कमजोर बनाउँछ । शरीरमा अक्सिजनको मात्रा नै घटाउँछ ।’ पंगेनी भन्छन् ‘हुक्कामा भएका साना साना धातुको कणले मूत्र नलीको क्यान्सर र अन्य क्यान्सर हुने सम्भावना बढाउँछ ।’

गर्भवती महिलाहरूले हुक्कको सेवन गरेकी छिन् वा हुक्का पिउने व्यक्तिको नजिक बसेकी छन् भने त्यसले उनको बच्चामा असर पर्छ । त्यो गर्भवती महिलाबाट जन्मने बच्चाको तौल कम हुने र पछि गएर बच्चामा पनि श्वास प्रश्वास सम्बन्धी समस्या देखा पर्ने जोखिम हुने उनी बताउँछन् ।

एउटा व्यक्तिले प्रयोग गरेको हुक्काको पाइप अर्कोको प्रयोग गर्दा भाइरल इन्फेक्सन र टिबी सर्ने सम्भावना पनि हुने पंगेनीले बताए ।

चकलेटदेखि पकाएको हड्डीसम्म : कुकुरका लागि विषाक्त हुन्छन् यी खानेकुरा

हाम्रा बालबालिकालाई चकलेट मनपर्छ । उनीहरुले मीठो मान्ने चकलेट पशुपंक्षीलाई पनि मीठो लाग्न सक्छ भन्ने लाग्छ । तर चकलेट उनीहरुका लागि विषसमान हुन्छ । खासगरी कुकुरका लागि ।

अहिले घरघरमा कुकुर पाल्ने चलन बढेको छ । कुकुर पाले पनि त्यसलाई कसरी स्याहारसुसार गर्ने, कस्तो खानपान गराउने भन्ने कुरामा धेरैजसो अनभिज्ञ छन् । त्यसैले उनीहरु आफूलाई जे स्वाद लाग्छ, त्यही कुरा आफ्ना कुकुरलाई खुवाउने गर्छन् ।

तर मान्छेलाई मीठो लाग्ने धेरैजसो खानेकुरा कुकुरका लागि विषालु हुन्छ । घरपालुवाको मात्र कुरा होइन, सडकका कुकुरलाई पनि त्यस्ता खानेकुरा सम्भव भएसम्म दिनुहुँदैन । हुन त सडक कुकुरको कुरा गर्दा खानै नपाएका स्थिति धेरै छ । फोहोरमा उँधिनेर खानेकुरा खोज्नुपर्ने उनीहरुको बाध्यता छ । यस्तो स्थितिमा सडक कुकुरलाई यो दिनुहुन्छ, यो दिनुहुन्न भन्ने कुरा कतिका लागि हास्यास्पद पनि लाग्न सक्छ ।

तर यस्ता मनकारी पनि यहाँ धेरै छन् जो सडक कुकुरका पनि खानेकुरा बचाएर राख्ने गर्छन् । उनीहरुले के कुरामा चाहिं ध्यान दिनुपर्छ भने हामीले खाइरहेका कतिपय खानेकुरा कुकुरले पचाउन सक्दैनन् । त्यस्ता खानपानले उनीहरु रोगी हुन्छ ।

जस्तो हामीलाई मसालेदार खानेकुरा स्वाद लाग्छ । मासु, तरकारी तारेको वा मसला मिसाएको मनपर्छ । यस्तो खानेकुरा कुकुरलाई विष बराबर हुन्छ ।

पाकेको हड्डी

कतिपयले हेयभावले कुकुरलाई गाली गर्दा ‘हड्डीमा लुछाचुँडी गर्ने जात’ पनि भन्ने गर्छन् । त्यसैले मान्छेलाई के लाग्छ भने कुकुरका लागि हड्डी उपयुक्त खुराक हो ।

मान्छेले मासु खाँदा बाँकी रहेको हड्डी, छाला आदि कुकुरलाई दिने गर्छन् । यस्तो खानेकुरा कुकुरका लागि निकै हानिकारक हुन्छ ।

चिल्लो तथा घिउ

घिउ पोषिलो र स्वादिलो खानेकुरा हो । खानामा थोरै घिउ मिसाएपछि स्वाद दोब्बर हुन्छ । तर यस्तो स्वाद मान्छेका लागि हो कुकुरका लागि भने घिउ राम्रो मानिंदैन । बोसो, तारेको वा भुटेको, घिउ मिसाएको खानेकुरा कुकुरका लागि एकदमै हानिकारक हुन्छ ।

अंगुर–सुन्तला

फलफूल मान्छेका लागि स्वस्थ्यवद्र्धक मानिन्छ । स्वस्थ जीवनका लागि फलफूल खानु अनिवार्य नै हो भनिन्छ । तर कुकुरलाई धेरैजसो फलफूल विषसमान हुन्छ । अंगुर त कुकुरलाई दिनै हुन्न । यसैगरी मौसमी सुन्तला, एभोकार्डो पनि कुकुरलाई हानि गर्ने फलफूल हुन् । कुकुरलाई स्याउ, खर्बुजा मात्र उचित हुन्छ ।

चकलेट

मान्छेले माया गरेर कुकुरलाई चकलेट दिने गर्छन् । चकलेट हामीलाई मीठो लाग्छ तर कुकुरलाई होइन । कुकुरका लागि चकलेट विषालु खाना हो ।

जुठो भात

अक्सर मान्छेले कुकुरलाई जुठो भात दिने गर्छन् । तर मान्छेले आफ्नो स्वादअनुसार मसालेदार, चिल्लो, पीरो खानेकुरा खाएका हुन्छन् । यस्तो खानेकुरा बाँकी रहेपछि कुकुरलाई दिइने गरिन्छ, जो कुकुरका लागि हानिकारक हुन्छ ।

कस्तो खानेकुरा दिने ?

कुकुरको लागि मासु नै राम्रो खुराक हो । ताजा मासु उसिनेर दिनु राम्रो हुन्छ । त्यसैगरी उसिनेको अण्डा, सिमी, फर्सी, साग लगायत उपयुक्त हुन्छ । कुकुरलाई नुन, तेल दिनु हुन्न । यद्यपि स्वादका लागि एक चिम्टी नुन दिएमा त्यस्तो हानि गर्दैन ।

कुकुरलाई दिइने खानेकुरा उसिनेको हुनुपर्छ । तारेको, पोलेको खानेकुरा राम्रो मानिंदैन । मान्छेलाई जस्तो कुकुरलाई पनि सन्तुलन मिलाएर खुवाउनुपर्छ । सम्भव भएसम्म बिहान र साँझको छाक फरक-फरक खाना दिनु राम्रो हुन्छ ।

स्वस्थ जीवन शैली , सकारात्मक भावना र जीवन सन्तुष्टि हाम्रो उदेश्य