बिहानको सुरुवात राम्रो भए दिनभर नै शरीर चुस्त र फूर्तिलो हुन्छ भनिन्छ । त्यसैले बिहान उठेपछि के गर्ने भन्नेमा विशेष ध्यान दिनुपर्छ ।
व्यस्त जीवनशैलीले अधिकांश मानिस आफ्नो दैनिकीमा ध्यान दिइरहेका हुँदैनन् । दिनभर कामको चिन्तामा कसरी बित्छ भन्ने पत्तै हुँदैन । यस्तोमा बिहानको समय पनि हामीले राम्ररी बिताएनौं भने त्यसको प्रभाव दैनिकीमा पर्छ । बिहान उठ्नासाथ के गर्ने भन्ने विषयमा प्राकृतिक चिकित्सक दीपा पाण्डेले दिएको सुझाव :
मानिसका गतिविधि या हरेक अंग मस्तिष्कको इसारामा चल्ने गर्छ । त्यसैले मस्तिष्कलाई असर नपुगोस् भन्ने कुरामा सधैँ चनाखो हुनुपर्छ । मस्तिष्कलाई असर पार्ने तत्व थुप्रै हुन्छन् । त्यस्ता विषयमा सजग हुनु आवश्यक छ ।
तनाव दिमागलाई असर पार्ने एउटा महत्वपूर्ण कारण भनेको तनाव अर्थात् स्ट्रेस हो । लगातारको तनावका कारण मस्तिष्कले कार्टिसोल हर्मोन रिलिज गर्दै लैजान्छ । र, बिस्तारै शरीरभरि तनाव फैलिन थाल्छ । सामान्य अवस्थामा पनि तनावविना काम गर्न नसक्ने परिस्थिति आउन सक्छ । त्यसैले दिमागलाई तनावमा राख्नुहुँदैन ।
फ्री र्याडिकल फ्री र्याडिकलले मस्तिष्कमा आघात पुर्याउने काम गर्छ । यसले मस्तिष्कको कोषिकाहरूलाई मार्ने काम गर्छ । अनि मस्तिष्कमा असर पुग्छ । यसकै कारण मेमोरी लस, मुड डिसअर्डर, सेन्स गुम्नेलगायतका समस्या हुने गर्छ । यसले क्रोनिक स्ट्रेस, मेन्टल डिसअर्डर, डिप्रेसनलगायतका समस्या पनि निम्त्याउने गर्छ । यो तनावसँग पनि जोडिएको हुन्छ । यसबाट बच्न जरुरी छ ।
मदिरा र लागुपदार्थ मदिरा र लागुपदार्थ पनि मस्तिष्कलाई अत्यधिक असर गर्ने एउटा तत्व हो । मदिराले मस्तिष्कको जटिल संरचनामा गहिरो प्रभाव पार्छ । यसले मस्तिष्क कोषिकाहरू (न्युरोन्स) बीचको रासायनिक संकेतहरू रोक्छ, जसले आवेगपूर्ण व्यवहार, अस्पष्ट बोली, कमजोर स्मरणशक्ति बनाउँछ । मस्तिष्कको न्युरोट्रान्समिटरलाई असर पुर्याउँछ । धूम्रपानले पनि मस्तिष्कमा असर पुर्याइरहेको हुन्छ ।
हर्न, कोलाहल हर्न र अत्यधिक कोलाहलले मनिसमा स्ट्रेस बढाउने काम गर्छ । र, मानिस इरिटेड हुन थाल्छ । जसले दिमागमा पनि प्रत्यक्ष असर पुर्याइरहेको हुन्छ । यसले कानको जालीमा पनि उत्तिकै असर पार्छ । किनकि, कानको पनि आफ्नै सीमा हुन्छ । बढी चर्को र निकै सानो आवाजले पनि कानलाई असर पुर्याउँछ । जसका कारण मानिसमा रक्तचाप पनि बढ्न थाल्छ ।
मोबाइलको बढी प्रयोग पछिल्लो समय प्रायः मानिसहरूले मोबाइलमा अत्यधिक समय बिताउने गर्छन् । यसबाट निस्कने रेडिएसनहरूले मस्तिष्कमा असर पुर्याइरहेको हुन्छ । राति सुत्ने वेला बढी मोबाइल चलाउँदा त अझ बढी असर गर्छ । सिरानी वा टाउकोको नजिकै मोबाइल राखेर सुत्ने बानी पनि गर्नुहुँदैन । सकेसम्म खाटमा मोबाइललगायतका इलेक्ट्रोनिक डिभाइसहरू राख्नुहुँदैन । यसो गरेमा खाटमा जानेबित्तिकै निद्रा आउने बानीको विकास हुन्छ ।
एन्जाइटी, डिप्रेसन एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्याहरूले पनि मस्तिष्कमा असर पुर्याइरहेको हुन्छ । ब्रेनका भागहरू असन्तुलित हुन थाल्छन् । समस्या लामो समयसम्म बढ्दै जाँदा कुनै कारणविना पनि डर लाग्ने, नकारात्मक विचार, अत्यधिक थकान हुनेलगायतका समस्या आउन सक्छ ।
दुर्घटना शरीरका सबै भाग मस्तिष्कबाट स्वचालित हुन्छन् । दुर्घटना हुँदा चोटले दिमागमा पनि असर पुग्छ । खासगरी, शरीरका केही भागमा चोट लाग्दा पनि कुनै न कुनै मात्रामा त्यसको असर मस्तिष्कमा पर्न जान्छ ।
विषादीयुक्त खाना हाम्रो शरीरसँग खानाको सीधा सम्बन्ध हुन्छ । असन्तुलित र अस्वस्थकर खानाले पाचन प्रणालीमा हानि पुर्याउने गर्छ । अत्यधिक विषादीयुक्त खानाले त शारीरिक साथै मानसिक असर पनि पर्न जान्छ । यस्ता खाद्यपदार्थले शरीरमा असर पार्छ र त्यस्ता असर रगतका माध्यमबाट मस्तिष्कमा पनि पुग्छ । यस्ता खानाले मानिसमा तनाव बढाउने पनि काम गर्छ । जसले गर्दा मस्तिष्कमा आघात पुग्छ । त्यसैले हामीले सधैँ स्वस्थ खानेकुरा खानुपर्छ ।
काठमाडौं । कलेजो शरीरको महत्त्वपूर्ण अंग हो, जसले खाना पचाउन मात्र नभई शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै कलेजोले ग्लुकोजको रूपमा ऊर्जा भण्डारण पनि गर्छ ।
तर खराब दिनचर्या र अव्यवस्थित खानपानका कारण कलेजोमा बोसो जम्ने अर्थात् ‘फ्याटी लिभर’को समस्या धेरैमा देखिन थालेको छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्याउँछ ।
कलेजोमा पाँच प्रतिशतभन्दा अधिक बोसो जमेमा फ्याटी लिभर हुन्छ । जीवनशैलीमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । यसको खासै संकेत हुँदैन । यद्यपि समयमै उपचार नगरे यसले स्वास्थ्यमा दीर्घकालीन तथा गम्भीर समस्या निम्तिन सक्ने ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यप बताउँछन् ।
घर अथवा कार्यालयमा काम गर्दा मोबाइलमा भन्दा ल्यापटपमा इन्टरनेट स्लो चल्ने समस्या धेरैले भोग्नुभएको होला । मोबाइलमा चलाउँदा राम्रै चल्ने इन्टरनेट ल्यापटपमा किन स्लो चल्छ त ? यसो हुनुका पछाडि धेरै कारण हुन सक्छन् । आज हामी यसै विषयमा जानकारी दिँदै छौँ ।
धेरैले छालाको हेरचाहमा दालको प्रयोग गर्छन्। अनुहारमा सुधार ल्याउन दालको फेस प्याक लगाउनु राम्रो हुन्छ । के तपाईँलाई थाहा छ दालको फेस प्याक मात्र होइन फेसियल ट्राई गर्नु पनि राम्रो विकल्प हुन सक्छ। हो, दालसँग घरेलु फेसियल गरेर केही मिनेटमै आफ्नो अनुहारलाई चम्किलो र दागरहित बनाउन सकिन्छ। यो बिलकुल प्राकृतिक तरिका हो।
अनुहारमा तुरुन्त चमक ल्याउन प्रायः मानिसहरू पार्लरमा महँगो अनुहारको उपचार गर्ने प्रयास गर्छन्। यसमा पाइने केमिकलले छालालाई हानी पुर्याउँछ। यस्तो अवस्थामा घरमै दालको फेसियल प्रयोग गरेर अनुहारमा प्राकृतिक चमक प्राप्त गर्न सकिन्छ । आउनुहोस् हामी दालको साथ फेसियलका लागि केही सजिलो टिप्स जानौँ, जसलाई पालना गरेर तपाईँ आफ्नो सौन्दर्य बढाउन सक्नुहुन्छ।
विश्वभरमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर तेस्रो स्थानमा पर्छ। नेपालमा भने यो पहिलो नम्बरमा पर्छ। नेपालमा धेरै जसो ग्रामिण भेगको महिलाहरूलाई पाठेघर मुखको क्यान्सर हुने गरेको चिकित्सकहरु बताउँछन्। विश्व स्वास्थ संगठनको रिपोर्टअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन पाँच महिलाको मृत्यु हुने गरेको पाइन्छ। समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने क्यान्सर रोग विशेषज्ञ डा रिता महासेठ बताउँछिन्। क्यान्सर लग्यो भने मृत्यु हुन्छ भन्ने आम बुझाइलाई परिवर्तन गरेर क्यान्सर लाग्न नदिन परीक्षण र लागिहाले उपचार गरे बच्न सकिन्छ भन्ने चेतना फैलाउन जरुरी भएको उनले बताइन्। यसै विषयमा स्वास्थ्यखबरका लागि अन्शु खनालले डा रिता महासेठसँग गरेको कुराकानी:
शहरिया जीवनशैलीमा मोटपन अर्थात् वजन बढ्नु अहिले सामान्य बनेको छ। यसका लागि अनेक तरिका अपनाइन्छन् पनि। तर, कतिपय घरेलु तरिका नै लाभदायक हुन सक्ने कुरामा निकै कमले ध्यान पुर्याउँछन्। आफ्नै वरिपरि रहेका ती कुराको प्रयोग गरेर वजन घटाउने घरेलु उपाय यसप्रकार छन्:
आयुर्वेदमा सबैभन्दा बढी प्रयोग हुने जडिबुटी त्रिफला चूर्ण हो । विभिन्न प्रकारका जडिबुटी मिसाएर तयार गरिने त्रिफला चूर्णले धेरै प्रकारका रोग निको पार्छ ।
त्रिफला चूर्ण औषधीय गुण भएका तीन फलहरू हर्रो, बर्रो र अमलाको संयोजनबाट बनाइएको यौगिक सूत्र हो । बजारमा त्रिफला चूर्ण, त्रिफला ट्याब्लेट, त्रिफला सिरपका ढाँचामा यो उपलब्ध हुन्छ ।
मानव शरीरमा हुने कुनै पनि प्रकारका रोगहरू त्रिदोष अर्थात् वात, पित्त र कफको विकृतिका कारण हुने गर्छ । वात, पित्त र कफलाई एकैसाथ सन्तुलनमा राख्न त्रिफला चूर्णको प्रयोग प्रभावकारी मानिन्छ ।
मिर्गौलामा हुने पत्थरी सामान्यतया चार प्रकारको हुन्छ। क्याल्सियम अक्जालेट पत्थरी, फस्फेट पत्थरी, युरिक एसिड पत्थरी र सिस्टिन पत्थरी। ८० प्रतिशत भन्दा बढी मानिसहरुमा क्याल्सियम अक्जालेट पत्थरी पाइने गरेको छ।
पत्थरीको प्रकार अनुसार उचित आहार व्यवस्थापन नै यसको रोकथाम एवं उपचारको निम्ति उत्तम उपाय हो। त्यसैले पत्थरीका बिरामीले सेवन गर्न हुने र नहुने खानेकुरा बारे जानकारी राख्नुपर्छ।