अब फेसबुक र इन्स्टाग्राममा ब्लू टिक पाउन पैसा तिर्नुपर्ने मासिक शुल्क १२ देखि १५ डलर

मेटा कम्पनीले आफ्नो नयाँ सशुल्क भेरिफिकेशन सब्सक्रिप्सन सेवाको घोषणा गरेको छ । सीईओ मार्क जुकरबर्गले आइतबार मेटा भेरिफाइड नामक नयाँ सेवाको घोषणा गरेका हुन् ।

जुकरबर्गका अनुसार अब इन्स्टाग्राम र फेसबुकको अकाउन्ट भेरिफिकेसनका लागि वेब भर्सनमा मासिक ११.९९ डलर र आइओएसमा १४.९९ डलर शुल्क तिर्नुपर्नेछ ।

जुकरबर्गका अनुसार फेसबुक र इन्स्टाग्राममा सशुल्क भेरिफिकेसन फिचर यहीँ हप्ता अष्ट्रेलिया र न्युजिल्याण्डमा सुरु गरिनेछ । निकट भविष्यमै अन्य देशहरुमा पनि सशुल्क भेरिफिकेसन सब्सक्रिप्सन सुरु गरिने जुकरबर्गको भनाई छ ।

फेसबुक र इन्स्टाग्राममा सुरु गर्ने सशुल्क भेरिफिकेसन फिचरले आफ्ना सेवाहरुको आधिकारिकता र सुरक्षामा वृद्धि गर्ने जुकरबर्गले बताएका छन् ।

मेटाले राजनेता, कार्यकारीहरु, पत्रकार तथा संगठनका सदस्यहरु आदिलाई उनीहरुको वैधताको संकेत प्रदान गर्नका लागि हाल निशुल्क रुपमा भेरिफिकेसन ब्याजका रपमा निलो टिक प्रदान गर्ने गरेको छ।

मेटाको नयाँ सब्सक्रिप्सन सर्भिस ट्वीटरको नयाँ सशुल्क ट्वीटर ब्लू फिचरजस्तै रहेको छ । ट्वीटरले गत नोभेम्बरमा ट्वीटर ब्लू सब्सक्रिप्सन सर्भिस सुरु गरेमा डिसेम्बरदेखि केही सुधारसहित पुनः लागू गरेको हो ।

मेटाका प्रवक्ताका अनुसार मेटाको भेरिफाइड सब्सक्रिप्सन प्राप्त गर्नका लागि प्रयोगकर्ताको उमेर न्यूनतम १८ वर्ष हुनुपर्ने, अकाउन्टको गतिविधि सम्बन्धी न्यूनतम मापदण्डहरु पूरा गर्नुपर्ने र प्रोफाइल नाम र फोटोसँग मेल खाने सरकारी परिचयपत्र पेश गर्नुपर्नेछ ।

Continue reading अब फेसबुक र इन्स्टाग्राममा ब्लू टिक पाउन पैसा तिर्नुपर्ने मासिक शुल्क १२ देखि १५ डलर

चामल चटक्कै छाड्दा के हुन्छ ?

मोटोपन, मधुमेहजस्ता समस्याका कारण अहिले कतिपयले चामलको विकल्पको रूपमा अरू नै खानेकुरा रोज्ने गरेका छन् । तर पनि हाम्रो मुख्य खान्की चामल नै हो, जुन पुस्तौंदेखि हाम्रो भान्सामा पाक्दै आएको छ । यद्यपि अहिले चामल खान छाड्नेको संख्या पनि बढ्दो छ ।

चामल तथा चामलको भातमा कार्बोहाइड्रेटको मात्रा उच्च हुन्छ । जसलाई शरीरले छिटो सोस्छ र रगतमा ग्लुकोजको मात्रा बढाउँछ । जसले शरीरमा ऊर्जा प्राप्त हुन्छ । चामलको साटो अन्य अन्नको सेवन गरियो भने त शरीरमा नकारात्मक असर गर्दैन । तर कुनै पनि प्रकारको अन्न सेवन नगरेर चामल पनि चटक्कै छोड्दा शरीरमा ऊर्जा प्राप्त नहुन सक्छ ।

जसले शरीरले आफ्नो काम राम्ररी नगर्न सक्छ । मधुमेह भएका व्यक्तिले चामल खानै हुन्न भनेर चटक्कै छोड्दा उनीहरू कमजोर र पातलो हुने समस्या देखिन सक्छ ।

Continue reading चामल चटक्कै छाड्दा के हुन्छ ?

प्लास्टिकका भाँडाको दाग हटाउने यी हुन् सरल उपाय


house tips

आजकल प्लास्टिकका भाँडाहरू चल्न थालेका छन् । यी रङ्गिन भाँडाहरूप्रति सबै सजिलै आकर्षित हुन्छन्। तपाईँको भान्छामा पनि यस्ता भाडा सजिलै पाउन सकिन्छ। यी भाँडाहरूमा आउने सबैभन्दा ठूलो समस्या यो हो कि दैनिक प्रयोग गर्दा, धेरै पटक तिनीहरूमा दुर्गन्ध रहन्छ। यति मात्र होइन, यसमा जिद्दी दाग धेरै नराम्रो देखिन्छ। हामी तपाईँलाई यी जिद्दी दाग र गन्धबाट कसरी छुटकारा पाउने भनेर बताउँछौँ।

Continue reading प्लास्टिकका भाँडाको दाग हटाउने यी हुन् सरल उपाय

फेसबुकमा आउने अनावश्यक पोस्ट हाइड गर्ने तरिका

फेसबुकमा आउने अनावश्यक पोस्ट हाइड गर्ने तरिका

फेसबुकले तपाईँका पुराना सम्झनालाई ताजा बनाइदिन्छ । यो एउटा राम्रो फिचर हो । किनकि यसले तपाईँका सम्झनालाई सजाएर राख्दछ । तर कहिलेकाहीँ न्युज फिड बिना कारण तपाईँको टाउको दुःखाइको विषय समेत बन्न सक्छ ।

फेसबुकमा शेयर गरिएका केही पोस्टहरू प्रति तपाईँलाई कुनै सरोकार हुँदैन । यस्ता पोस्टबाट जोगिन सबैभन्दा उत्तम उपाय भनेको सम्बन्धित पेज वा व्यक्तिलाई अनफलो गर्न सक्नुहुन्छ ।

तर यसबाट तपाईँका नजिकका व्यक्तिहरूसँगको सम्पर्क टुट्न सक्छ । चिन्ता नलिनुहोस्, यसको पनि उपाय छ । यसका लागि तपाईँले आफ्नो फेसबुक सेटिङमा परिवर्तन गर्न सक्नुहुन्छ । तपाईँ सम्बन्धित व्यक्ति वा पेजको कुनै निश्चित पोस्ट लुकाउन सक्नुहुन्छ ।

यसरी तपाईँ कुनै व्यक्ति वा पेजको पोस्टबाट छुटकारा पाउन सक्नुहुन्छ । यदि तपाईँ कुनै पोस्टलाई स्थायी वा लामो समयसम्मका लागि लुकाउन चाहनुहुन्छ भने फेसबुकले त्यसको पनि सुविधा दिएको छ ।

Continue reading फेसबुकमा आउने अनावश्यक पोस्ट हाइड गर्ने तरिका

कति चाहिन्छ शरीरलाई बोसो ?

धेरैको चिन्ता छ, शरीरको बोसो घटाउने । धेरैलाई लाग्छ, शरीरका लागि बोसो हानिकारक छ ।

जबकि शरीरमा जरुरी पोषकतत्वमध्ये वोसो पनि एक प्रमूख हो । त्यसो भए वोसोले शरीरमा के काम गर्छ ? कसरी काम गर्छ ? शरीरका लागि कति वोसो जरुरी हुन्छ ? त्यसको स्रोत के हुन् ?

बोसो शरीरलाई शक्तिप्रदान गर्न अतिआवश्यक छ । एक ग्राम बोसोले नौ किलोग्राम क्यालोरी जति ऊर्जा प्रदान गर्छ । हाम्रो पेटमा चलिरहने मेटाबोलिक प्रक्रियामा भिटामिन, खनिजहरुलाई ग्रहण गर्ने काम बोसोले गर्छ । भिटामिन ए, डी, केजस्ता भिटामिन बोसो भए मात्रै शरीरले सोस्ने गर्छ । बोसोको नै कमी हुँदा शरीरले भिटामिनलाई सोस्न सक्दैन ।

Continue reading कति चाहिन्छ शरीरलाई बोसो ?

अब भाइबर एपमै एआई च्याटबट, जुनसुकै प्रश्न सोध्न र फोटो डिजाइन गर्न सकिने

अब भाइबर एपमै एआई च्याटबट, जुनसुकै प्रश्न सोध्न र फोटो डिजाइन गर्न सकिने

राकुटेन भाइबरले नयाँ च्याटबट सार्वजनिक गरेको छ । ‘एआई च्याट एन्ड क्रिएट’ नाम दिइएको यो च्याटबटमार्फत प्रयोगकर्ताले एआई टेक्स्ट र तस्वीर बनाउन सक्ने कम्पनीले जनाएको छ ।

ड्याल-ई, डाविन्चीजस्ता आधुनिक एआई फिचरसहित कम्पनीले भाइबर एपमा यस्तो सुविधा ल्याएको जानकारी दिएको छ । योसँगै च्याटबटमार्फत कुनैपनि प्रश्न सोध्न वा आकर्षक तस्वीर डिजाइन गर्न सकिने कम्पनीको भनाइ छ ।

Continue reading अब भाइबर एपमै एआई च्याटबट, जुनसुकै प्रश्न सोध्न र फोटो डिजाइन गर्न सकिने

वजन घटाउने यी ५ घरेलु पेय पदार्थ


health tips

स्वस्थ र राम्रो जीवनशैलीका लागि शरीर स्वस्थ रहनु अति आवश्यक छ। स्वस्थ शरीरका लागि तौल नियन्त्रणमा राख्नु पनि आवश्यक हुन्छ । यस्तो अवस्थामा धेरै मानिस तौल घटाउने इच्छामा जिम जान्छन् । यदि तपाईँ पनि ती व्यक्तिहरू मध्ये एक हुनुहुन्छ भने, केही विशेष पेयहरूले तपाईँलाई वजन घटाउन मद्दत गर्न सक्छ। विज्ञहरूका अनुसार हाम्रो शरीर करिब ७० प्रतिशत पानीले बनेको हुन्छ । यस्तो अवस्थामा, जब हामी तरल पदार्थ उपभोग गर्छौँ, यसले हाम्रो तौल र समग्र स्वास्थ्यलाई असर गर्छ। यस्तो अवस्थामा बढी मदिरा सेवन गर्दा पाचन प्रणाली र निद्रामा समस्या आउन सक्छ । अर्कोतर्फ, सफ्ट ड्रिंक्स र प्याक गरिएको जुसले तिर्खा मेटाउन सक्छ तर यसमा रहेको चिनीको मात्राले तौल बढाउँछ।

यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने सही हाइड्रेशन छनौट गर्नु आवश्यक छ। यो चिनी बिना घर मा वजन घटाउने पेयसँग पाउन सकिन्छ। यी पेयहरू घरमा कसरी तयार गर्न सकिन्छ भनेर जान्न महत्त्वपूर्ण छ।

Continue reading वजन घटाउने यी ५ घरेलु पेय पदार्थ

यसरी बनाउनुहोस् आफ्नो विकिपिडिया पेज

यसरी बनाउनुहोस् आफ्नो विकिपिडिया पेज

काठमाडौँ । तपाईंलाई कुनै शब्द, घटना, व्यक्ति वा जुनसुकै विषयको बारेमा होस् जान्ने जिज्ञासा छ भने तपाईं पुस्तक पल्टाउनु हुन्न । सिधै आफ्नो मोबाइल वा कम्प्युटरको वेब ब्राउजरमा गएर त्यो शब्द टाइप गर्नुहुन्छ । त्यसपछि सबैभन्दा माथि तपाईंले विकिपिडियामा जानकारी देख्नुहुन्छ । 

कहिलेकाहिँ गुगल सर्च इन्जिनभित्र खोज्दा माथि दायाँतिर एउटा बक्स नै देख्नुहुन्छ । त्यहाँ तपाईंले खोजी गरेको विषयको विस्तृत जानकारी र तल विकिपिडिया लेखिएको हुन्छ । धेरैले यसलाई गुगलकै एउटा डेडिकेटेड पेज भनेर पनि बुझ्ने गरेका छन् ।

Continue reading यसरी बनाउनुहोस् आफ्नो विकिपिडिया पेज

मस्तिष्क स्वस्थ राख्नका लागि यी खानेकुरा खानुहोस्


health

शारीरिक रूपमा हामी स्वस्थ हुन धेरै किसिमका शारीरिक कसरत गर्छौ भने शरीरलाई हुने किसिमले धेरै किसिमका खानेकुराहरू खाने पनि गर्छौ । शरीर जति कै मानसिक रूपमा पनि स्वस्थ हुनु जरुरी छ । शारीरिक रूपमा जस्तै मानसिक रूपमा पनि स्वस्थ भयौँ भने हामीलाई धेरै किसिमका तनावहरूले सताउँदैन ।

मानसिक रूपमा स्वस्थ बनाउने केही खानेकुराहरूलाई तपाईँले आफ्नो खानपिनमा नियमित समावेश गर्नु भयो भने तपाई धेरै किसिमका तनावबाट मुक्त समेत हुनुहुनेछ

Continue reading

हाम्रै भान्सामा पाइने कागतीको अनेकौँ फाइदा


lemon

हाम्रो भान्सामा यस्ता धेरै खानेकुराहरू छन् जुन स्वास्थ्यका लागि फाइदाजनक छन्। यसको प्रयोगबाट धेरै प्रकारका शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ र धेरै रोगको जोखिम कम गर्न सकिन्छ । यी खानेकुरा मध्ये एक हो कागती। कागती धेरै औषधीय गुणहरूले भरिपूर्ण छ। अनुहारको दाग र पिम्पल देखि लिएर स्वास्थ्यसँग सम्बन्धित अन्य समस्याहरूमा कागतीको प्रयोग गर्न सकिन्छ। कागतीमा भिटामिन सी हुन्छ । कागतीलाई आयुर्वेदमा एउटा महत्त्वपूर्ण फल मानिन्छ, जसलाई विज्ञहरूले रोग मार्ने र रोग प्रतिरोधी क्षमता बढाउने फलका रूपमा मान्यता दिएका छन् । कागतीलाई घरेलु उपचार र औषधीको रूपमा प्रयोग गरिन्छ। पोषक तत्त्वले भरिपूर्ण कागतीमा धेरै फाइदाहरू छन्। कागतीको नियमित सेवनबाट हुने स्वास्थ्य लाभ र फाइदाहरू बारे जानौँ।

Continue reading हाम्रै भान्सामा पाइने कागतीको अनेकौँ फाइदा

स्वस्थ जीवन शैली , सकारात्मक भावना र जीवन सन्तुष्टि हाम्रो उदेश्य