किनमेलका ७ काइदा : चाहिने सामान नछुट्ने, अनावश्यक खर्च नहुने

काठमाडौं । भान्सामा चामल सकिन्छ, हामी दौडिएर पसल पुग्छौं । नुन, तेल सकिन्छ, फेरि बजार दौडिन्छौं । सागसब्जी, मरमसाला, दाल-गेडागुडी, फलफूल, खाजा-नास्ता, साबुन, टुथपेस्ट जे-जति सकिन्छ, किन्नका लागि बजार चहार्छौं ।

बजार पुगेपछि अनेकथरी सरसामान देखिन्छ । किन्न मन लाग्छ । किन्छौं पनि । घरमा आइपुग्दा कति जरुरी सामान छुटेको हुन्छ र कति अनावश्यक सरसामान ल्याइएका हुन्छौं । यसले अनावश्यक दौडधुप त हुन्छ नै खर्च पनि बढ्छ । नतिजा, घरखर्च धान्न धौ-धौ हुन सक्छ ।

वास्तवमा किनमेल एक कला हो । हामीलाई केही न केही किन्नुपर्ने नै हुन्छ । घरमा सरसामान सकिएको हुन्छ तर त्यस्ता सरसामान कसरी खरिद गर्ने ? केही काइदा अपनाउन सकिन्छ ।

Continue reading किनमेलका ७ काइदा : चाहिने सामान नछुट्ने, अनावश्यक खर्च नहुने

सुख्खा छालाको लागि यी घरेलु मोइस्चराइजर प्रयोग गर्नुहोस्


face pack

सुख्खा छाला भएका मानिसहरूले आफ्नो छालालाई चिल्लो र नरम बनाउन धेरै चीजहरू प्रयोग गर्छन्। मौसम परिवर्तनसँगै हाम्रो छाला प्रायः सुख्खा हुन थाल्छ । जसका कारण छाला फुस्रो हुन्छ, छालामा चिलाउने हुन्छ । त्यसले गर्दा छालाको सौन्दर्य र चमक दुवै हराउँछ । यस्तो अवस्थामा सुख्खा छालालाई नरम बनाउनको लागि आफ्नो छालामा यस्ता चीजहरू प्रयोग गर्नुपर्छ जसले गर्दा तिनीहरूले पोषण पाउन सकुन्। केही यस्ता चीजहरू छन् जसको मद्दतले तपाईँले आफ्नो सुख्खा छालालाई नरम र चम्किलो बनाउन सक्नुहुनेछ

Continue reading सुख्खा छालाको लागि यी घरेलु मोइस्चराइजर प्रयोग गर्नुहोस्

के हो अब्सेसिभ कम्पलसिभ डिसअर्डर ?

अब्सेसिभ कम्पलसिभ डिसअर्डर बिरामीको सोचको कुनै सीमा हुँदैन । 

रमा ३० वर्षकी युवती हुन्, उनी बारम्बार टोलाइरहन्छिन् । उनको मनमा अनौठा सोचहरू आउँछन् । जब उनी घरायसी काम गर्न खोज्छिन् तब यस्ता सोच मनमा आई सताउँछन् । उनलाई थाहा छ यो सोच आफ्नै हो तर उनी यसलाई नियन्त्रण गर्न सक्दिनन् । मन अशान्त हुन्छ, उनी मनबाट यस्ता कुरा हटाउन खोज्छिन् तर गाह्रो पर्छ । उनी लुगा धुन, नुहाउन पानीमा जानै हँुदैन, कारण उनी त्यहाँबाट उम्कन सक्दिनन् । पानीसँग जोडिएको यो मनोरोग अनौठो हुन्छ । जब उनी लुगा धुन जान्छिन् तब उनले त्यहाँ घन्टौं बिताउनुपर्ने हुन्छ । जब लुगा धुँदै जान्छिन्, मनमा सोचाइ आउँछ कि लुगा अझै सफा भैसकेको छैन अझ दस पटक पखाल्नुपर्छ । त्यसपछि उनी गन्दै दस पटक पुर्‍याउँछिन् र केही आनन्दको अनुभव गर्छिन् ।

फेरि सोचाइ दोहोरिन्छ अनि छटपटाउँछिन् । त्यसो त लुगा धुने, नुहाउने, हात धुने, घर सफा गर्ने, ढोकामा चुक्कुल लगाउने, पैसा काममा पनि यस्ता समस्या आउँछन् । त्यसैगरी प्रकाश पनि ३० वर्षका भए । उनी किसान हुन् । गत १ वर्षदेखि उनको मनमा एउटै विचार दोहोरिरहन्छ । जब उनी सुत्न लाग्छन् तब उनलाई  मूल ढोकामा चुक्कुल लगाएको विषयमा शंका उठ्छ, उनी छटपटीमा पर्छन् र हेर्न जान्छन्, हेर्दा चुक्कुल लगाइसकेको देख्छन् तर फेरि जब उनी सुत्न लाग्छन् त्यही कुरा दोहोरिरहन्छ । उनले खाना खाएर दिसा–पिसाब गरेपछि ३०–४० पटकसम्म हात धुनुपर्छ । उनको मनमा विचार आउँछ, हात फोहोर छ अनि उनी पटक–पटक हात धुन्छन् । यस्तै उनी बाटोमा हिँड्दा फोहोर वस्तु देखेर डराउँछन्, फोहोर वस्तु खाइएला भनेर । उनलाई थाहा छ फोहोर वस्तु खानु हुँदैन तर उनी खाऊँ खाऊँ जस्तो बनाउने डरले त्यहाँ बस्न सक्दैनन् । त्यस्तै यौन विचार आउनाले उनी आफ्ना नातेदार केटी छेउ पनि बस्न सक्दैनन् । उनलाई थाहा छ उनको सोच गलत हो तर उनी त्यसबाट छुटकारा पाउन सक्दैनन् ।

समाजमा रमा र प्रकाशलाई जस्तो समस्या भएका मानिस धेरै छन्, जसलाई यो रोग हो कि होइन थाहा छैन । जब यस्तो समस्या चरम उत्कर्षमा पुग्छ तब उनीहरू डाक्टरकहाँ पुग्छन् । यस्तो समस्यालाई अब्सेसिभ कम्पलसिभ डिसअर्डर भनिन्छ ।  यस्ता अनौठा सोच, तस्बिर, शंका उत्पन्न हुँदा बिरामी आत्तिन्छन् । पुस्तक पढ्दा चलचित्रका दृश्यहरू मनमा आइरहन्छ र पढाइमा ध्यान कम हुन्छ । अग्लो पहाडमा वा पुलमा जाँदा अचानक मनमा त्यहाँबाट हाम फालूँजस्तो हुन्छ । त्यसो त मनमा हाम फाल्दा खतरा हुन्छ भन्ने पनि छ तर यस्तो सोचाइले बिरामीमा छटपटी पैदा हुन्छ, बिरामी के गरौं, कसो गरौं जस्तो भएर कहिलेकाहीँ चिच्याउँछन् । 

घरमा खुकुरी, चक्कु वा बन्दुक नजिक बस्दा मनमा शंका उत्पन्न हुन्छ । खुकुरीले आफूलाई हानिन्छ वा अरूलाई हानिन्छ त्यस्तो गर्नु हुँदैन भन्ने थाहा छ तर पनि यस्तो शंका–उपशंका मनमा आइरहन्छ । त्यसैले बिरामी त्यस्तो ठाउँमा बस्न रुचाउँदैनन्, त्यो ठाउँ छाडेर हिँड्छन् । यो त केवल मनको हुरी मात्र हो । सँगै बस्ने साथीलाई समेत थाहा हुँदैन । यो मनोवैज्ञानिक समस्या हो । 

अब्सेसिभ कम्पलसिभ डिसअर्डर बिरामीको सोचको कुनै सीमा हुँदैन । मन्दिरमा गएर देवताका विषयमा नराम्रो सोच, शंका, उपशंकादेखि लिएर ‘आकाश किन नीलो हुन्छ’ भन्ने सम्मका अत्यन्तै विचित्रका सोच दिमागमा जबरजस्ती पस्छन् जसबाट बिरामीले यस्तो सोच हटाउन केही गर्नुपर्ने हुन्छ । प्राय: यस्ता बिरामी मन्दिरमा धेरै समय बस्न सक्दैनन् । जब सोचाइ चरम उत्कर्षमा पुग्छ तब उनीहरू मन्दिरबाट बाहिर निस्किन्छन् । आकाशमा हेरिरहन सक्दैनन्, हतियार नजिक बस्न नसकी अर्को ठाउँमा पुग्छन् । जुत्ता–मोजा लगाउने विद्यार्थी दिनभर जुत्ता–मोजा लगाउँदैमा बिताउँछन् । जाडो महिनामा नुहाउन बाथरुम जाने बिरामी घन्टौं नुहाइरहन्छन् । टाउको र शरीर चिसो भैसक्दा पनि पानीबाट बाहिर निस्कन सक्दैनन्, कहिलेकाहीँ त एक्कासि चिच्याउँछन् । हात धुने सोचाइ आउने र यो क्रम दोहोरिँदा हात रातो हुन्छ । यसरी पानीबाट बाहिरिन अत्यन्तै गाह्रो हुने र प्राय: पानीमा नै खेलिरहने हुनाले यस्तो रोगलाई पानी बहुलाहा वा पानी मनोरोग पनि भनिन्छ । 

यो एउटा यस्तो रोग हो जसमा बारम्बार विचार, सोच, दृश्य आइरहँदा छटपटी हुन्छ । हटाउन चाहँदा चाहँदै पनि दिमागमा आई सताउँछ । यसलाई हटाउन बिरामीले कुनै क्रियाकलाप गर्नुपर्ने हुन्छ, जस्तै हात छुने, चुक्कुल लगाए नलगाएको चेक गर्ने आदि । त्यसपछि यसबाट क्षणिक फाइदा हुन्छ तर फेरि दोहोरिरहन्छ । कतिपय बिरामीमा डिप्रेसनको लक्षण पनि पाइन्छ । 

के कारणले यो रोग हुन्छ ? 

यो रोगको खास कारण थाहा छैन तर मस्तिष्कमा सेरोटोनिन भनिने रसायनको गडबडी हुँदा यो रोग लाग्छ भन्ने धारणा छ । यसबाहेक सोचेको काम सफल नहुँदा तथा मस्तिष्कको संक्रमणपछि पनि यो रोग भएको पाइन्छ । वंशानुगत रूपमा पनि यो रोग सर्छ । 

उपचार कसरी गरिन्छ ?

विभिन्न खालका औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचार सोचाइ परिवर्तन गराउन, बिरामीको ध्यान केन्द्रित हुन नदिन गरिन्छ । यो रोगका केही बिरामीमा पछि गएर कडा मानसिक रोग पनि देखा पर्न सक्छ । त्यसैले समस्या थाहा हुनेबित्तिकै उपचार गराउनुपर्छ । 

कस्ता मानिसलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ?

यो रोग अत्यन्तै नैतिकवान्, आफूले भनेको नै हुनुपर्ने, अर्काको काममा चित्त नबुझ्ने खालका मानिसलाई लाग्ने सम्भावना बढी हुन्छ । यस्ता मानिसहरू अत्यन्तै नैतिकवान् हुन्छन् र अरूबाट पनि त्यस्तै आशा गर्छन्, तर समाज त्यस्तो छैन । साथै सहन सक्ने क्षमता कम हुने, सानो कुरालाई पनि ठूलो रूपमा लिने मानिसलाई पनि यो रोगले च्याप्ने सम्भावना हुन्छ । 

जान्नैपर्ने कुरा

  • यस्ता बिरामीले लुगा धुनु हुँदैन वा पानीमा गरिने कुनै पनि कामबाट टाढा हुनुपर्छ । 
  • यस्ता बिरामीले मनमा एउटै कुरा लिइरहनु हुँदैन । बारम्बार सोच परिवर्तन गर्नुपर्छ । 
  • खतरा हुने सामान र खतरा ठाउँमा बिरामीलाई राख्नु हुँदैन । 
  • जति नै ठूलो समस्या देखापरे पनि त्यो केवल बिरामीको मनमा मात्र हुन्छ । सँगैको साथीलाई पनि केही थाहा हुँदैन । 
  • कहिलेकाहीँ डिप्रेसन भए उपचार गर्नुपर्छ । 
  • धामीझाँक्रीबाट यो रोग निको हुँदैन ।
  • उपचार गरे यो रोग निको हुन्छ । 
  • यस्ता बिरामीको मनमा बारम्बार कुरा आइरहने हुनाले अत्यन्त छटपटी हुन्छ । बिरामी कुनै कुरामा भुल्दा समस्या कम हुन्छ ।

मानसिक रूपमा कसरी स्वस्थ बन्ने ?

  • अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोच नराख्ने ।
  • अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।
  • पुराना रुढिवादी कुरा जुन वर्तमानमा झूटो साबित भएका छन् तिनमा विश्वास नगर्ने ।
  • हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
  • जे छ त्यसमा सन्तुष्ट हुने तर परिश्रम गर्न नछाड्ने ।
  • लागूपदार्थ, रक्सी, ड्रग्स आदि सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना प्रबल हुने भएकाले ती वस्तुबाट टाढै रहने ।
  • दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने ।
  • समाज एवं घरपरिवारबाट नकारात्मक वातावरणको अन्त्य गर्ने ।
  • अति नैतिकवान् नबन्ने र अरूबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
  • आफ्ना समस्या आफ्नो परिवार एवं साथीभाइलाई पनि भन्ने । 
  • मनलाई सधैं शान्त राख्ने ।

 (चितवन मेडिकल कलेजका, नशा तथा मानसिक रोग विशेषज्ञ डा सी पी सेडाईंको लेख) 

४ प्रकारका ह्‍यांगिङ प्लान्ट, जुन घरभित्र आकर्षक तरिकाले सजाउन सकिन्छ

घरमा सजाइएका बिरुवाले हामीलाई प्रकृतिको नजिक रहेको महसुस गराउँछन् । तर घरमा ठाउँको अभावले बोटबिरुवा रोप्ने इच्छा पूरा गर्न नसकेको हुन सक्छ । यसका लागि घरमा ह्यांगिङ प्लान्ट लगाउन सकिन्छ ।

यसलाई घरको बार्दली, छतलगायत ठाउँमा राख्न सकिन्छ । ह्यांगिङ प्लान्टले घरलाई नै फरक ‘लुक्स’ दिन्छ । ह्यांगिङ प्लान्ट विभिन्न प्रकारका हुन्छन् ।

Continue reading ४ प्रकारका ह्‍यांगिङ प्लान्ट, जुन घरभित्र आकर्षक तरिकाले सजाउन सकिन्छ

अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्‍यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका

अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्‍यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका

इन्टरनेटमा क्रोम सर्वाधिक बढी प्रयोग हुने ब्राउजर हो । विशेषगरी कुनै पनि वेबसाइट खोल्ने, त्यसमा नयाँ अकाउन्ट बनाउने, विभिन्न विवरण राखेर फारम भर्ने जस्ता काम क्राेमबाट गरिरहेका हुन्छौँ ।

हामीलाई एउटै विवरण धेरै पटक भरिरहँदा दिक्दार लागेको हुनसक्छ । आज हामी बारम्बार राखिरहनु पर्ने त्यस्ता विवरण स्वतः कसरी राख्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौँ ।

Continue reading अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्‍यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका

जिब्रोको भूमिका के के छन्, कसरी स्वस्थ राख्ने ?

काठमाडौं । जिब्रोलाई हामी अक्सर गाली गर्छौं, स्वादे जिब्रो भन्दै । किनकि हामी जिब्रोको स्वादमा लोभिंदा स्वास्थ्यलाई समेत ख्याल गर्न भुल्छौं । जिब्रोसँगै सम्बन्धित अर्को प्रचलित भनाइ पनि छ, दुई तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस । अर्थात् जथाभावी बोल्नुमा पनि जिब्रोकै दोष ।

यसरी जिब्रोलाई विभिन्न पक्षसँग जोडिन्छ अनि दोष पनि दिइन्छ । तर प्रायजसोः गालीमा प्रयोग हुने जिब्रोको भूमिका मानव स्वास्थ्यका लागि भने महत्वपूर्ण हुने ओम अस्पतालका  सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन तथा मेडिकल डाइरेक्टर डा. हरिश जोशी बताउँछन् ।

उनका अनुसार जिब्रोले स्वाद मात्र नभई रोगको पहिचान, बोल्नमा निखारताजस्ता विभिन्न कार्यमा भूमिका खेल्छ ।

Continue reading जिब्रोको भूमिका के के छन्, कसरी स्वस्थ राख्ने ?

स्मार्टफोनको स्क्रिन बन्द गरेर पनि युट्युब भिडियो कसरी चलाउने ?

भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युब सन् २०२२ मा विश्वमा सर्वाधिक डाउनलोड हुने मनोरञ्जन एप बन्न सफल भएको छ । विश्वभर सन् २०२२ मा युट्युब एप १५ करोड ४० लाख पटक डाउनलोड भयो ।

गुगलको तथ्यांक अनुसार युट्युबका आधिकारिक मासिक प्रयोगकर्ताको संख्या २ अर्बभन्दा धेरै छ ।

विश्वका १ सय भन्दा धेरै देशमा ८० वटा भाषामा युट्युब उपलब्ध छ । युट्युबमा हरेक मिनेटमा ५ सय घण्टाको भिडियो सामाग्रीहरू अपलोड हुन्छन् ।

बजार तथा उपभोक्तासम्बन्धी डाटा तयार गर्ने प्लाटर्फम स्टाटिस्टाको तथ्यांक अनुसार युट्युब प्रयोगकर्ताको संख्याका हिसाबले भारत सबैभन्दा अगाडि छ ।

भारतमा युट्युबका प्रयोगकर्ताको संख्या ४६करोड ७० लाख छ । विश्वमा युट्युबको सशुल्क सेवाग्राही अर्थात् पि्रयिमम सब्सक्राइबरको संख्या ८ करोड पुगेको छ । यसको अर्थ युट्युबमा शुल्क तिरेर भन्दा नि:शुल्क प्रयोग गर्ने प्रयोगकर्ताको संख्या अत्यधिक छ ।

यद्यपि युट्युबको सशुल्क भर्सनमा विभिन्न नयाँ नयाँ तथा उपयोगी फिचरहरु उपलब्ध हुन्छन्, जुन आम नि:शुल्क प्रयोगकर्ताले प्रयोग गर्न पाउँदैनन् । त्यसमध्ये एउटा उपयोगी फिचर चाहिँ डिभाइसको स्क्रिन बन्द गरेर पृष्ठभूमिमा भिडियो चलाउने हो ।

युट्युबको सब्सक्रिप्सन भर्सनमा प्रयोगकर्ताले युट्युब एपलाई मिनिमाइज गरेर पनि भिडियो चलाउन सक्दछन् । यद्यपि युट्युबको पि्रमियम सेवा खरीद नगरिकन पनि यो सुविधा लिन सकिन्छ । स्मार्टफोनको स्क्रिन बन्द गरेर युट्युबमा भिडियो चलाउने सशुल्क र निशुल्क वटा तरिका यी हुन्ः

Continue reading स्मार्टफोनको स्क्रिन बन्द गरेर पनि युट्युब भिडियो कसरी चलाउने ?

दालचिनी सेवनका फाइदा

  • तेजपत्ताको बोक्रालाई दालचिनी भनिन्छ । जसलाई बासनादार मसलाको रूपमा प्रयोग गरिन्छ ।
  • दालचिनीमा हुने पोलिफिनोल नामक तत्वले शरीरमा विशेष प्रकारका प्रोटिनहरूको काम बढाई इन्सुलिन निष्कासन गर्न सहयोग गर्छ । त्यस्तै, रगतमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । जसले गर्दा रगतमा चिनीको मात्रा कम हुने हुँदा यसले मधुमेहका रोगीलाई फाइदा पुर्‍याउँछ । 
  • जिरा, ल्वाङ र सुठोको मिश्रणमा दालचिनी हाली उमालेर खाएमा रुघाखोकी र ज्वरो ठीक हुन्छ । 
  • कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ । 
  • मुखको घाउ–खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका लागि दालचिनी प्रभावकारी हुने आयुर्वेदमा उल्लेख छ । 
  • घाँटी बसेमा बिहान–बेलुकी दालचिनीको धुलो उमालेर खाने गर्दा केही दिनमै आराम मिल्छ । त्यस्तै, चिसोले कपाल दुखेमा दालचिनी र मरिचको लेप बनाई बिहान–बेलुका निधार र कन्चटमा लगाएमा सन्चो हुन्छ । 
Continue reading दालचिनी सेवनका फाइदा

अण्डा खाएपछि भुलेर पनि नखानुहोस् यस्ता चिज


health tips

हामी खानामा धेरै प्रकारका चीजहरू सँगै खान्छौँ। यस्तो अवस्थामा कहिलेकाहीँ यी चीजहरू हाम्रो शरीरको लागि खतरनाक साबित हुन्छन्। त्यसैले खाना खाँदा केही मिश्रणमा विशेष ध्यान दिनुपर्छ ।

जस्तै अण्डा खाएपछि केही कुराबाट टाढा रहनुपर्छ । यी चिजको सेवन गर्दा शरीरमा नकारात्मक असर पर्छ । अण्डा खाइसकेपछि यी चिज खानु भयो भने समस्या बढ्न सक्छ । कहिलेकाहीँ यी समस्याहरू यति बढ्छन् कि तपाईँको मृत्युको कारण पनि बन्छ । जानौँ, अण्डा खाइसकेपछि के के खानेकुरा खानु हुँदैन ।

Continue reading अण्डा खाएपछि भुलेर पनि नखानुहोस् यस्ता चिज

जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?

अनुहार, आँखा, हातमा पहेंलो देखिएमा जन्डिस भएको शंका गरिन्छ । तर जण्डिस भए नभएको प्रमाणित नै नभई पहेंलो रंगका खानेकुरा बार्ने प्रवृत्ति समाजमा व्याप्त छ । त्यति मात्र होइन, धेरैलाई  जन्डिस किन हुन्छ ? कहाँ हुन्छ ? के कारणले हुन्छ भन्नेबारे जानकारी नहुँदा सामान्य बन्ने जन्डिस पनि जटिल बन्दै जान्छ ।

शरीरमा बिलुरुविनको मात्रा २.५ भन्दा बढी भयो भने आँखादेखि शरीरका विभिन्न भाग पहेंलो हुनु जन्डिस हो । जन्डिस एउटा रोग नभएर विभिन्न रोगले शरीरको विभिन्न भागमा देखाउने एक संकेत मात्र हो ।

रगतमा भएको हेमोग्लोबिनमा कुनै कारण अवरोध आएपछि कलेजोमा पुगेर बिलिरुबीन बन्छ । बिलिरुबीन कलेजोले छानेपछि शरीरबाट बाहिर निस्कन्छ तर कुनै कारणले रगतबाट कलेजोमा प्रवेश नगर्दा वा कलेजोले छान्ने नगर्दा शरीरमा यसको मात्रा बढ्छ । जसले जन्डिस निम्त्याउँछ । प्रायः व्यक्तिमा हेपाटाइटिसका कारण जन्डिस देखिन्छ । हेपाटाइटिस ए, बी, सी, डी र ईमध्ये हेपाटाइटिस ए र ई प्रदूषित खाना र दूषित पानीले सर्छ भने बी, सी र डी रगतको संक्रमणबाट सर्छ । जाँडरक्सी खानेहरुमा कलेजो बिग्रिएर पनि जन्डिस हुन सक्छ ।

Continue reading जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?

स्वस्थ जीवन शैली , सकारात्मक भावना र जीवन सन्तुष्टि हाम्रो उदेश्य